Posts

आगामी संविधानसभाको निर्वाचनमा सुकुम्बासीको मत निर्णायक

Image
धरान । अघिल्लो संविधानसभा चुनावमा एकीकृत माओवादीले आर्कषक नारा दिएको थियो, ‘सबैलाई हेर्यौं पटक पटक, माओवादीलाई हेरौं एक पटक’ । यो नाराले सुनसरीको क्षेत्र नम्बर १ मा निर्णायक मत रहेका सुकुम्बासी बस्तीका मतदाताहरु पनि प्रभावित भए । माओवादी उम्मेदवार र नेताहरु दिनरात भोट माग्न सुकुम्बासी वस्तीमा हुन्थे । क्रान्तिकारी भुमिसुधार लागु गर्ने, धनीपूर्जा बाँड्ने, पानी, विजुलीको सुविधा दिलाउनेलगायत आश्वासन दिए । निर्णायक मत रहेको सुकुम्बासीहरुको साथ पाएर माओवादी उम्मेद्वारले एमालेको गढ मानिएको क्षेत्रमा अत्यधिक बहुमतले विजय हासिल गरे । एमालेको गढ मानिएको क्षेत्रमा उपमेयर हुदै धरानको मेयरसमेत भइसकेका चर्चित नेता मनोजकुमार मेन्याङ्वोलाई भर्खर देखा परेका माओवादीका उम्मेदवार किरणकुमार राईले जित्नुमा पनि सुकुम्बासीहरुको मतले ठुलो भुमिका खेल्यो । माओवादी उम्मेदवारले १८ हजार ६ सय २० मत ल्याएका थिए भने एमालेका उम्मेदवारले ११ हजार ६ सय ९३ मत ल्याएका थिए भने कांग्रेस उम्मेदवारले ६ हजार ५ सय ३५ मात्रै मत पाएका थिए । त्यसबेला ४५ हजार १ सय ४५ मत खसेको थियो । यो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेक...

अर्काको जग्गा हडप्न खोज्ने गिरोह पक्राउ

Image
धरान । नक्कली जग्गाधनी खडा गरेर अर्काको जग्गा हडप्न खोज्ने भुमाफियाको गिरोहलाई धरान १३, अमरहाटका बासिन्दाहरुले पक्राउ गरेर प्रहरीमा बुझाइदिएका छन् ।        पक्राउ परेका पाँचै जना महिला छन् । पक्राउ पर्नेहरुमा योजनाकार मानिएकी धरान १३ की डोलरुपा खड्का र धनमाया राई छन् भने सरजिमिनको क्रममा साक्षी बसेका दिलमाया रिजाल, सम्झना राई र हिरा राई छन् । घटनामा संलग्न सरिता गुरुङ र मानबहादुर तामाङ फरार छन् । पक्राउ परेकाहरुलाई अनुसन्धानमा राखिएको र फारारको खोजी शुरु भइसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।        धरान १३, अमरहाटका शेरबहादुर राईको जग्गा हडप्ने प्रयास गरिरहेको भु माफिया गिरोहको कतुर्त बिहिबार नाता प्रमाणित गर्न दोस्रो पटक स्थलगत सरजिमिनमा गएकोबेला पर्दाफास भएको थियो । नाता प्रमाणित गर्न गिरोहसँग वडा सचिव भानुभक्त आचार्यको पनि संलग्नता भएको आशंका गर्दै स्थानीयले छानबीन हुनुपर्ने माग पनि गरेका छन् । भुमाफिया गिरोहले जग्गाधनी शेरबहादुर जस्तै देखिने स्थानीय मानबहादुरलाई प्रलोभन दिएर जग्गा हडप्ने षडयन्त्र बुनेको रहस्य खुलेको छ । अमरहाटमा शेर...