बुढासुब्बा गोल्डकप आजदेखि, उद्घाटन खेल धरान र दार्जिलिङबीच हुने
धरान,चैत १४ । मोफसलको चर्चित अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको १६ औं सँस्करण आज शुक्रबारदेखि शुरु हुदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा चैत १४ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । मैदानको मर्मतसम्भार, अस्थायीरुपमा बाँसको प्याराफिट निर्माणसँगै भव्यता दिलाउन विभिन्न माध्यमबाट प्रचारप्रसार भइरहेको क्लबका अध्यक्ष किसोर राईले बताए । ‘प्रतियोगिताको सम्पुर्ण तयारी भइसकेको छ, केही सानातिना काम मात्रै बाँकी छन् । सहभागी टिमहरु आजैदेखि आउन शुरु गरिसकेको छ’–एन्फा केन्द्रीय द्धितिय उपाध्यक्षसमेत रहेका राईले भने–‘खेलाडीहरुलाई कुनै गुनासो नहुने गरि खान, बस्न र सुरक्षाको प्रबन्ध मिलाईसकेका छौं ।’ खेल मैदानको पूर्वीक्षेत्रमा २५ सय क्षमताको पक्की स्थायी प्याराफिट छदैछ भने तीनतिर १८ सय क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन बिहिबार युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गर्नेछन् । प्रतियोगितामा दुई विदेशी टिमसहित ८ ...