काठ तस्करलाई १० दिनको म्याद थप
धरान । ठुलो परिमाणमा तस्करी गरिरहेको सखुवाको गोलिया काठसहित रंगेहात पक्राउ परेका चार जनालाई इलाका वन कार्यालय धरानले म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । वन कार्यालयले आरोपितसँग वयान लिएर मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतबाट १० दिनको म्याद थप भएको र अनुसन्धानलाई तीब्ररुपमा अघि बढाइएको सहायक वन अधिकृत ज्ञानकुमार लामाले बताए । उनका अनुसार सर्जिमिन गर्ने र पक्राउ परेकाले नाम पोलका अन्य व्यक्तिहरुको खोजीमा वन कार्मचारीहरु जुटिसकेको छ । तीन दिनअघि(सोमबार) धरान प्रहरीले सखुवाको गोलिया काठसहित चार जनाहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका धरान १५ का काजिमान राई, धरान ११ का रमेश भनिने नरेन्द्र राई, धरान ८ का रमेश राई र उत्तम फर्निचर उद्योगका चन्द्र श्रेष्ठ हाल तरहरास्थित वनको सशस्त्र सुरक्षा क्याम्पको हिरासतमा राखिएको छ । वन कार्यालयका अनुसार पक्राउ परेकामध्ये नरेन्द्र र रमेश राई लामो समयदेखि काठ तस्करीमा संलग्न रहेको खुलेको छ । उनीहरुले धरानमा सञ्जाल बनाएर नै वन क्षेत्रबाट सखुवाको गोलिया तस्करी गरेको अनुसन्धानबाट देखिएको वन कार्यालयले जनाएको छ । ‘पक्राउ परेकाहरुले अरु पनि ...