Posts

धरानमा मालपोत र नापी कार्यालय माग गर्दै प्रशासन घेराउ

Image
धरान । मालपोत र नापी कार्यालय धरानमा स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न १० दिने अल्टिमेटम दिएको सर्वदलीय दबाब समितिले सोमबार धरानस्थित इलाका प्रशासन कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाएक छ । दबाब समितिले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै इलाका प्रशासन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको हो । सर्वसाधारणसहित राजनीतिक दल, नागरिक समाज सम्मिलित दबाब समितिले अल्टिमेटमको अवधिभरमा निर्णय कार्यान्वयन नभए थप सशक्त आन्दोलनको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ । यसैगरि, सोमबार नै राजधानीमा रहेका तीन जना सभासदको टोलीले पनि सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै भुमिसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएको दबाब समितिले जनाएको छ । ‘जनताको चाहनाअनुरुप सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छौं, उक्त निर्णय १० दिनभित्र निर्विवाद कार्यान्वयन नभए आम धरानबासीको अधिकारमाथि कुठाराघात भएको हुनेछ र थप सशक्त आन्दोलनको कार्यक्रम सञ्चालन गर्नेछौं’–एमाले उपाध्यक्ष एवं दबाब समितिका सदस्य नारायण सुवेदीले भने–‘आजै राजधानीमा...

कराते खेलाडी विमलालाई धरानमा राष्ट्रिय सम्मान

Image
धरान । गएको असोजमा दक्षिण कोरियाको इन्चोन शहरमा सम्पन्न १७ औं एसियाडमा नेपाललाई एक मात्र कास्य पदक दिलाएकी खेलाडी विमला तामाङ धरानमा दोस्रो राष्ट्रिय सम्मान २०७१ बाट सम्मानित भएकी छिन् । धरान नगर खेलकुद विकास समितिले आइतबार साँझ धरान १० स्थित कवर्ड हलमा एक समारोहबीच तामाङलाई राष्ट्रिय सम्मान गरेको हो । उनलाई सम्पुर्ण खेलकुदकर्मी र धरानबासीकोतर्फबाट उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले सम्मानपत्र प्रदान गरेका थिए । साथै, उनलाई आयोजक समितिका अध्यक्ष विक्की राईले नगद ५ हजार रुपैया पनि प्रदान गरेका थिए । पहिलो राष्ट्रिय सम्मान बक्सिङ खेलाडी दिपक मर्हजनलाई दिइएको थियो । सोही कार्यक्रममा नेपाल तामाङ घेदुङ सुनसरी र धरान नगर समितीले पनि संयुक्त रुपमा नगद ७ हजार ७ सय ७७ रुपैयासहित सम्मान पत्र प्रदान गरेको थियो । यसैगरि, मेहर्स कलेक्सनका प्रोपाईटर मेहरलाल श्रेष्ठले पनि उनलाई नगद २ हजारसहित उपहार प्रदान गरे भने योङगर कलेक्सनका प्रोपाईटर संदिप श्रेष्ठले पनि उपहार प्रदान गरेका थिए । उनलाई खेलकुद सम्बद्ध विभिन्न संघसंस्थाहरुले पनि सोही कार्यक्रममा सम्मान गरेको थियो । शनिबार पनि ...