Posts

जोखिमपुर्ण काम गर्दा अपनाउनुपर्ने सुरक्षाबारे तालिम

Image
धरान । जोखिमपुर्ण श्रममा काम कार्यरत निर्माण कर्मचारी एवं मजदुरहरुलाई सुरक्षित गराउने उद्देश्यले मंगलबारदेखि धरानमा आधारभुत सुरक्षाबारे चेतनामुलक तालिम शुरु भएको छ । धरान उपमहानगरपालिकास्थित लर्निङ सेन्टरमा एक सातासम्म चल्ने तालिममा प्लस टु उर्तीण विद्यार्थी र निर्माण व्यावसायी सहभागी छन् । तालिमका सहभागीलाई भविष्यमा सुरक्षा अफिसरकोरुपमा करिअर अघि बढाउन मद्दत पुग्ने आयोजकको भनाई छ । वैदेशिक रोजगारीमा गएका अधिकांश नेपालीहरु जोखिमपुर्ण निर्माण कार्यमा कार्यरत भएपनि सुरक्षाबारे ज्ञान नहुदा ज्यान गुमाउने खतरा भएकोले कतारस्थित धराने युवाहरुको संस्थाको पहलमा तालिम आयोजना गरेको हो । ‘विदेशमा सिकेको सुरक्षाबारे ज्ञान आफ्नै देशमा बाँड्न चाहन्छौं, यसले जोखिमपुर्ण काममा जादा ज्यान सुरक्षित हुन्छ । भविष्यमा सुरक्षा अफिसरकोरुपमा करिअर पनि बढाउन सजिलो हुन्छ’–आयोजक संस्था धराने आउटअफ धरान कतारका अध्यक्ष गगन नेपालीले भने । उनका अनुसार एक सातासम्म ३० घण्टा तालिम हुनेछ । यो तालिम सुरक्षाबारे विश्वव्यापीरुपमा प्रयोगमा आइरहेको ओशो भन्ने संस्थाले तयार गरेको कोर्षमा आधारित हुनेछ । यसको शुरुवात अमेरि...

शुरु भएलगत्तै बीपीको ‘पेइङ सेवा’ बन्द

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आचारसंहिता तयार गरेर करिब साता महिनापछि ‘पेइङ सेवा’ सुचारु गरेलगत्तै अवरुद्ध भएको छ । प्रत्यक्ष सरोकारवालासँग छलफल नै नगरी आचारसंहिता तयार गरेको भन्दै प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाज र तदर्थ समितिले विरोध जनाएपछि ‘पेइङ सेवा’ सुचारु हुन पाएन । प्रतिष्ठानको अस्पताल प्रशासनले आइतबारदेखि लागु हुने गरि ‘पेइङ आचारसंहिता, पेइङ तालिका र शुल्कसम्बन्धी सर्कुलर’ जारी गरेको थियो । तर, ‘पेइङ सेवा’ व्यवस्थित गर्नुको साटो शुल्क अत्यधिक बढाएर सर्वसाधारण विरामीलाई महंगीको मारमा पारेको र जेनरल बराबरको शुल्क पनि प्रतिष्ठानमा जम्मा गर्नुपर्ने माग पुरा नगरेको भन्दै कर्मचारीहरुले सेवा सुचारु हुन दिएका छैनन् । समाजले आइतबार नै ‘पेइङ सेवा’को बिल काउण्टरमा ताला लगाइदिएको छ । अस्पतालका अन्य सम्पुर्ण सेवाहरु भने सुचारु छन् । गएको भदौमा कर्मचारीहरु आन्दोलनमा उत्रिएसँगै प्रतिष्ठानको पेइङ सेवा बन्द भएको थियो । ‘पेइङ सेवा’मा विकृति बढेको जनगुनासो बढेपछि अस्पताल प्रशासनले पेइङ सेवालाई सुधार एवं व्यवस्थित गर्न डेपुटि अस्पताल निर्देशक एवं प्रवक्ता डाक्टर पशु...