Posts

सेफ हाउस नहुदा पीडितलाई झनै पीडा

Image
धरान । गएको साउन तेस्रो साता धरान विजयपुरकी सात बर्षीय बालिकालाई एक महिनादेखि आफ्नै फुपुको छोरा(दाजु)ले जर्बजस्ती करणी गर्दै गरेको घटना सार्वजनिक भयो । प्रहरीले तत्काल पीडकलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढायो । पीडित बालिका र पीडकबीच नजिकको नाता मात्रै थिएन । दुवैको घर आमनेसामने थियो । पीडितलाई घरमै राख्नु उचित थिएन । यो महसुस हुदा हुदै पनि प्रहरी र महिला अधिकारकर्मीहरुसँग अर्को विकल्प थिएन । जिल्ला सदरमुकाम इनरुवामा महिला तथा बालबालिका कार्यालयअन्र्तगत जिल्ला सेवा केन्द्र छ । तर, पीडित बालिका त्यति टाढा जान मानिनन् । पीडकको घर नजिकै भएकोले अनेक दबाब र धम्की आउछ, गाउँ छरछिमेकले घटनाबारे सोधी रहला भन्ने प्रहरी र अधिकारकर्मीलाई डर थियो, त्यही भईदियो । ‘बच्चीलाई घरमा राख्नु ठिक थिएन, तर यहाँ नजिकै राख्ने सेफ हाउस नै थिएन, त्यही भएर घरमै पठाउन बाध्य भयौं’–इलाका प्रहरी कार्यालयका डिएसपी सुदमकुमार सिजापतिले भने–‘घरमा धेरै मानसिक समस्या र तनाव भोग्नु पर्यो । यस्ता पीडित बालबालिका र महिलाको लागि सेफ हाउस अतिआवश्यक छ ।’ उनका अनुसार ती बच्ची मात्रै होइन, प्रायःजसो घरेलु हिंसा, यौन दुव...

१४ होइन, ९ जिल्लाको लिम्बुवान मात्रैःचुम्लुङ

Image
धरान । किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तम थाम्देनले लिम्बुवानको आन्दोलन शान्तिपुर्ण रहे पनि सरकार र ठुला दलले समयमै सम्बोधन नगरे सशक्त हुदै ‘बिद्रोह’सम्म हुनसक्ने चेतावनी दिए । कैलालीको टिकापुर घटनाबारे बिहिबार धरानमा पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । चार दलले सहमति गर्दा पुर्वका १४ जिल्लालाई समेटेर १ नम्बर प्रदेश बनाएको छ । लिम्बुवानजन्य दल एवं संगठनहरुले भने अरुण, कोशी पुर्वका ९ जिल्लालाई मात्र लिम्बुवान राज्यको माग गर्दै आइरहेको छ । ‘ऐतिहासिकताको आधारमा हामीले ९ जिल्लालाई लिम्बुवान राज्यको माग गरेका हौं, हामी ९ वटा मात्रै बोक्न सक्छौं । १४ वटाको क्षमता छैन । सिमांकन मात्रै होइन, नामांकनसहितको आउनुपर्छ ।’–चुम्लुङका केन्द्रीय अध्यक्ष थाम्देनले भने–‘लिम्बुवानको आन्दोलन शान्तिपुर्ण छ,समयमै मागको सम्बोधन नभए सशक्तरुपमा उठनेछ र बिद्रोहसम्म पनि हुन्छ ।’ चुम्लुङकै पहल एवं समन्वयमा ६ र ७ प्रदेशलेसमेत लिम्बुवानको माग सम्बोधन गर्न नसकेपछि लिम्बुवानवादीहरूले ‘अकुपाई लिम्बुवान’ कार्यक्रम तीन दिनदेखि प्रारम्भ गरिसकेको छ । विभिन्न...