Posts

पर्याप्त खेल सामग्रीविना नै छनौट प्रतियोगिता

Image
धरान । बक्सिङ खेलको प्रतियोगिता रिङमा हुनुपर्ने हो । सुनसरी जिल्ला बक्सिङ छनौट प्रतियोगिता धरानस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलभित्र हुदैथियो । त्यो पनि कराते संघले उपलब्ध गराएको म्याटमा । आगामी मंसिरमा पुर्वाञ्चलमा हुने भनिएको सातांै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप जिल्लामा धमाधाम छनौट प्रतियोगिता भइरहेको छ । ती छनौट प्रतियोगिताहरु पर्याप्त खेल सामग्री र बजेट अभावले समस्या भइरहेको सम्बन्धित खेलका अधिकारीहरु गुनासो पोख्छन् । खेलकुद संघका पदाधिकारीहरु जिल्ला छनौट प्रतियोगिता सञ्चालन गर्न खेल समग्री खरीद एवं छनौट खर्चविना नै आफै रकम खोजेर छनौट गर्नुपरिरहेको गुनासो छ । जिल्ला खेलकुद विकास समितिमार्फत ३ वा ४ हजार मात्रै खेल सामग्री वा छनौट खर्च उपलब्ध गराउने जानकारी आएको छ । जुन बजेट एकदमै न्युन हो । ‘राखेपले छनौट गर भन्छ, तर बजेट छैन । खेल सामग्री छैन । छनौट गर्न ३,४ हजार खर्च दिने रे । त्यसले के गर्ने ?’–सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष देवेन्द्र लिम्बुले भने–‘सामान्य खेल सामग्री त छैन, रिङ कसरी व्यवस्थापन गर्ने ? यो म्याट पनि करातेका साथीहरुले दिनुभएको हो ।’ ...

दशैंमा घरको सम्झनामात्र

Image
धरान । घटस्थापनाको दिन एक मनकारी दाताले दिएको पहेलो टि–सर्ट लगाएपछि १३ बर्षीय हरिकुमार क्षेत्रीले आफ्नो जन्मघर र अभिभावक सम्झिए । दशैंमा घर जाने इच्छा छ, तर उनी जान सक्दैनन् । पक्षघातले थलिएका उनी ह्विलचियरको सहारामा मात्रै हिडडुल गर्न सक्छन् । त्यो भन्दा उनको ठुलो पीडा परिवार सम्पर्कमा छैन । ‘आमा हुनुहुन्न, बुबा विदेश जानुभको छ रे’–बुधबार धरान ४ स्थित पुर्नस्थापना गृहमा ह्विलचियरमा बसेका हरिले भने–‘घरको साह्रै याद आउछ, दशैंमा जान पाएपनि हुन्थ्यो ।’ यति जवाफ फर्काउदा उनको आँखामा आशु टिलपिलाईसकेको थियो । उदयपुरको रामपुर घर भएका हरि आफ्ना चार भाई र आमासँग घरमा सुतिरहेका थिए । गड्याङगुडुङसँगै एक्कासी चट्याङ पर्यो । आमा र कान्छा भाईको तत्कालै मृत्यु भयो । हरि, माइला भाई केशव र साइला भाई गम्भीर घाइते भए । साइला भाई मात्रै सकुशल छन् । यो घटना ४ बर्षअघिको जस्तो लागेपनि ठ्याक्कै मिति भने उनलाई सम्झना छैन । आमाको मृत्यु पछि उनी र भाईहरुको दुःखका दिन शुरु भयो । बुबाले कान्छी आमा ल्याए । चट्याङले पक्षघात भई थलिएका तीनै भाईमाथि तिरस्कार र कुटपिटसमेत हुनथाल्यो । गएको बर्ष उनका बुबाले हरि र केश...