धराने एमेच्योर खेलाडी शिवकुमार शीर्षस्थानमा
धरान । एमेच्योर खेलाडी शिवकुमार माझीले सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा दोस्रो दिनको खेल सकिदा कुल ४ अण्डर १३६ स्कोरका साथ शीर्षस्थानमा उक्लिएका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा माझीले पहिलो दिन झै दोस्रो दिन पनि २ अण्डर ६८ को कार्ड बनाए । बिहिबार दोस्रो स्थानबाट खेल शुरु गरेका माझीले फ्रन्ट नाईनमा ३ अण्डर ३३ स्कोर खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो र छैटौं होलमा वर्डी गर्दै स्ट्रोक जोगाए भने दोस्रो होलमा बुगी खेलेका थिए । यस्तै, ब्याक नाइनमा एक ओभर ३६ स्को खेल्ने क्रममा १२ औं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाए पनि १३ र १७ आंै होलमा बुगी खेल्दै स्ट्रोक खेर फाले । नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ कुल २ अण्डर १३८ स्कोरका साथ दोस्रो स्थान छन् । उनी व्यावसायिक खेलाडीतर्फ भने अगाडि छन् । शिवरामले पनि पहिलो दिन झै एक अण्डर ६९ स्कोर खेलेका थिए । फ्रन्ट नाईन २ अण्डर ३३ खेल्ने क्रममा उनले पहिलो, दोस्रो, तेस्रो र पाँचौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि पार ३ को चौथो होलमा डबल बुगी खेपेका थिए । यस्तै, ब्याक नाईन एक ओभर ३६ खेल्ने क्रममा उनले १४ आंै र १६ औ...