आमालाई कुवेत पठाउन नपाउदा दलालले छोरा कुटे
धरान । सुकुम्बासी बस्तीका गरिब महिलाहरुलाई गैरकानुनी तरिकाबाट खाडी मुलुक पठाउने एक दलालले आमालाई लैजान नपाउदा छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको छ । धरान ११ स्थित सुकुम्बास बस्तीकी ३९ बर्षीय भोजकुमारी राईलाई अवैध तरिकाले विदेश लैजानबाट रोक्ने उनका छोरा अमृतलाई दलाल राजेश बिकले मरणासन्न हुने गरी कुटेका हुन् । दलाल बिकको आक्रमणबाट अमृतको अनुहार, आँखामा गम्भीर चोट छ भने शरीरको विभिन्न भागमा पनि चोट छ । ‘एमआरपी बनिसकेको’ भन्दै दलाल बिक काठमाण्डौं जाने बसको टिकटसहित सोमबार बिहान भोजकुमारीको घर पुगेका थिए । आमालाई अवैधरुपमा खाडी मुलुक लैजान लागेको सुइको पाएपछि १६ बर्षी छोरा अमृतले टिकट च्यातेर दलाललाई घरबाट धपाएका थिए । त्यही झोकमा दिउसो पसल जादै गरेको बेला दलालले अमृतलाई मरणासन्न हुने गरि कुटे । ‘बिहान टिकट लिएर राजेश घरमा आएको थियो । छोराले कुवेत जान लागेको थाह पाएर टिकट च्यातिदियो । दिउसो त बाटो ढुकेर छोरालाई नै कुटेछ’–इलाका प्रहरी कार्यालयमा जाहेरी दिन आइपुगेकी भोजकुमारीले भनिन्–‘दिल्ली हुदै अवैध तरिकाले कुवेत पठाउन लागेको थाह पाएर म जान्न भनेको थिएँ, बिहान त एमएरपी बनिसक्यो, न...