Posts

सुनसरीमा किरात राई खेलकुद संघ

Image
धरान । किरात राई यायोक्खाको भातृ संगठनकोरुपमा रहेको किरात राई खेलकुद संघको सुनसरीमा नयाँ समिति गठन भएको छ । धरान १० स्थित यायोक्खाको जिल्ला कार्यालय रहेको भवनमा मंगलवार भएको भेलाले विकास चाम्लिङ राईको अध्यक्षतामा ११ सदस्य कार्यसमितीको चयन गरेको हो । भेलाले समितिको उपाध्याक्षमा मनकुमार राई, सचिवमा सीता राई, सहसचिवमा विज्ञान राई र कोषाध्यक्ष नुनाम राई चयन गरेको छ भने सदस्यहरुमा नविन राई, युकेश राई, सुसीला राई, इलम राई, अमिता राई र मदनकुमार राईलाई चयन गरेको छ । कार्यसमिती थप २ जना सदस्य मनोनित गरेर १३ सदस्यीय कार्यसमिती बनाइने अध्यक्ष राईले जानकारी दिए । संघका केन्द्रीय सदस्य गोपाल राईको अध्यक्षतामा आयोजित भेलामा संघका केन्द्रीय अध्यक्ष महेन्द्र राई प्रमख अतिथि थिए भने यायोक्खा सुनसरी अध्यक्ष कमला राई विषेश अतिथि, नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई अतिथि थिए । नवनिवार्चित पदाधिकारीहरुलाई खेलकुद संघ धनकुटाका अध्यक्ष राकेशकुमार राईले मंगलबार नै सपथ ग्रहण गराएका थिए । नवनिवार्चित अध्यक्ष राईले सम्पुर्ण किरात राई खेलाडी, प्रशिक्षक, खेलकुदमाआवद्ध अग्रजहरुलाई समेट्दै समग...

कांग्रेस युवा नेताको घर खानतलासी गरेकोमा आपत्ति

Image
धरान । नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर १ का सदस्य तथा तरुण दलको जिल्ला उपसभापति प्रविन राईको धरान १८ स्थित घरमा सोमबार मध्यराती प्रहरीले छापा मारेको शैलीमा खानतलासी गरेर अनाहकमा दुःख दिएको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेस क्षेत्रीय र धरान उपमहानगर कमिटिले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै मध्यरातमा युवा नेता राईको घरपरिवार, छारछिमेकमा आतंक मच्याएको र प्रतिष्ठामा आँच पुर्याएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी ढकेन्द्र खतिवडालाई विभागीय कारबाही गर्न माग गरेको छ । ठोस प्रमाण र कानुनी प्रक्रिया विना युवा नेताको घरमा छापामार शैलीमा खानतलासी गरेर चरित्रमा दाग लगाएकोले डिएसपी खतिवडाविरुद्ध कानुनी उपचारको बाटोमा जाने र छानबिन नगरे चरणबद्ध आन्दोलनमा जाने कांग्रेसले चेतावनी दिएको छ । ‘हाम्रो युवा नेता राईको घरमा विना अनुमति र विना कारण गैरकानुनीरुपमा एउटा आतंकवादी, कुख्यात फरार अपराधीको घरमा छापा मारेको शैलीमा गाडी र पुरै घर खानतलासी गरेपनि केही फेला परेन, यो घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो गैरकानुनी कार्यको...