होराइजन कपको फाइनलमा इर्मोटल र डक्टर्सको भेट
धरान । तेस्रो होइराजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता(होराइजन कप) २०७३ को उपाधिको लागि इर्मोटल क्लब र बीपीकेआइएचएस,डक्टर्स टिमबीच भिडन्त हुने भएको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शुक्रबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा डक्टर्स टिमले डिपोटियन स्पोर्टस क्लबलाई ३१–२३ को स्कोरले पराजित गर्दै फाइनलमा इर्मोटलसँगको भेट पक्का गरेको हो । डिपोटिनलाई पहिलो क्वार्टरमा ७–२ स्कोरले पछि पर्नु नै महंगो सावित भयो । दोस्रो क्वार्टरमा डिपोटियनले ८–६ स्कोरले डक्टर्स टिमलाई दबाबमा राख्न सके पनि तेस्रो र चौथो क्वार्टरमा क्रमशः १०–६ र ८–७ स्कोरले पछि परेपछि उपाधि दौडबाट बाहिरियो । डिपोटियन गत बर्षको उपविजेता टोली हो । सो खेलको म्यान अफ दि म्याच डक्टर्स टिमका अशुतोष पाण्डे घोषित भए । उनले डक्टर्स टिमको लागि सर्वाधिक व्यक्तिगत १० स्कोर पनि गरेका थिए । यस्तै, डिपोटिनका कविन मगरले पनि सर्वाधिक व्यत्तिगत १० स्कोर गरेका थिए । डक्र्टर्स टिम र इर्मोटलबीच उपाधिको लागि शनिबार दिउँसो फाइनल खेल हुनेछ । इर्मोटलले बिहिबारको सेमीफाइनल खेलमा स्ट्याग्स ए टिमलाई ७९–४८ स्कोरले हराउदै फाइनलमा स्थान...