Posts

फाइनलमा आर्मी र एपिएफको भेट(फोटोफिचर)

Image
धरान । नेपाल आर्मी सातांै राष्ट्रिय खेलकुदअन्र्तगतको पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार मध्यमाञ्चल क्षेत्रलाई सडन डेथमा ७–६ गोलअन्तरले हराउदै आर्मीले अर्को विभागीय टोली एपिएफसँग फाइनलमा भेट पक्का गरेको हो । बुधबार एपिएफले नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २–० ले हराउदै फाइनल यात्रा गरिसकेको छ । आर्मी र मध्यमाञ्चल क्षेत्रबीच बुधबार नै भएको ९० मिनेटको निर्धारित समय र थप ३० मिनेटको खेलमा निर्णायक गोल हुन नसकेपछि अनिर्णित बनेको खेलको बिहिबार टाइब्रेकरबाट छिनोफानो भएको हो । बिहिबार भएको टाइब्रेकरमा आर्मीका राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको पहिलो प्रहार नै मध्यमाञ्चलका गोलकिपर दिपेश यादवले रोकेका थिए । आर्मीका जितेन्द्र कार्की, दिपक गुरुङ, सुमन अर्याल र किपर विकेस कुथुले गोल गरे । मध्यमाञ्चलका सञ्जिव कार्कीको पहिलो प्रहार गोलमा परिणत भएपनि यरिक विष्टको दोस्रो प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियो । कुलदिप कार्की, सन्तोष सिहं र आदित्य शाक्यको प्रहार गोलमा परिणत भयो । टाइब्रेकरमा पनि बराबर भएपछि खेलको छिनोफानो सडन डेथब...

राष्ट्रिय खेलकुद आयोजनाबाट सन्तुष्ट छुः सदस्य सचिव विष्ट

Image
धरान । राष्ट्रिय खेलकुद प्रतियोगिता भएर पनि सातौं सँस्करण फितलो र भद्रगोलरुपमा आयोजना भइरहेको भनि आलोचना भइरहे पनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले भने आफु सन्तुष्ट रहेको बताएका छन् । बुधबार धरानमा सातौं खेलकुदको समापनबारे आयोजित पत्रकार सम्मेलनमा उनले व्यावस्थापनमा कमीकमजोरी रहेको स्वीकार गरेपनि सिमित बजेट र साधनस्रोतको वावजुद प्रतियोगिता आयोजना भएकोले आफु सन्तुष्ट रहेको बताए । ‘मुल्यांकन नै गर्ने हो भने सन्तुष्टी छ, व्यवस्थापनमा सामान्य छैन तर पहिलाको जस्तो धेरै विवादहरु भएको छैन’–उनले भने–‘सानो बजेटमा यतिको कार्यक्रम भएको छ । खोज्दै गयौं भने असन्तुष्टीहरु धेरै छन् तर सिमित स्रोत साधन, सिमित समयभित्र थोरै बजेटमा गर्नु प¥यो, यी सबै कुराबाट हेर्दा सन्तुष्टी हुनुपर्छ ।’ पुर्वघोषणा अनुसार पुर्वाधार तयार नगरी राष्ट्रिय खेलकुद किन गराएको भन्ने प्रश्नमा उनले पुर्वाधारलाई बजेट नछुट्याएको र जे जस्ता पुर्वाधार थिए, त्यसैलाई स्तरोन्नती गरेर आयोजना गरिएको जिकिर गरे । यद्यपी उनले सबै खेलहरु अन्र्तराष्ट्रिय मापदण्डअनुसार नै आयोजना भएको बताए । ‘कमीकमजोरी भएन भन्दैनौं तर नियतवश भए...