Posts

गोपाल मन्दिर र जग्गा हडपेको भन्दै विरोध

Image
धरान । करिब आठ दशकअघि धरान १४ विजयपुर(सिंहदेवी मन्दिर मास्तिर)मा स्थापना भएको ‘गोपाल मन्दिर’को अस्तित्व मेटाएर धार्मिक माफियाहरुले अर्कै धार्मिक संस्थाको नाममा मन्दिर र जग्गा हडपेको भन्दै विरोध शुरु भएको छ । ऊँ शिवशक्ति कल्याणी केन्द्रको नाममा पुरानो गोपाल मन्दिरको अस्तित्व मेटाएर ‘बालगोपाल मन्दिर’ बनाएको र करिब ५ कट्टा १८ धुर जग्गासमेत हडपेको भन्दै विरोध शुरु भएको हो । केन्द्रले मन्दिर निर्माणस्थलमा बुधबारदेखि रामकथा नवाह पितृ उद्दार ज्ञान महायज्ञ शुरु गर्नुअघि नै जनसरोकार मञ्च नेपालको अगुवाईमा सिंहदेवी चोकमा धर्ना शुरु गरिएको हो । वि.स.१९९२ सालमा सिंहदेवी मन्दिर मास्तिर गोपाल मन्दिर स्थापना भएको इतिहास छ । तर, पछिल्लो समय धरान नगरपालिकाले गोपाल मन्दिरको जग्गा संरक्षण गर्न भन्दै केन्द्रलाई दिएको खुलेपछि विवाद शुरु भएको थियो । केन्द्रले मन्दिरको जग्गामा वृद्धाश्रम, सत्सङ हलसँगै नाम फेरेर बालगोपाल मन्दिर बनाइसकेको छ । एउटा मन्दिरको अस्तित्व नै लोप गराएर अर्कै धार्मिक संस्थाले जग्गा हडपेको भन्दै मञ्चको अगुवाईमा मंगलबारदेखि नै प्रवेशद्धारअघि(सिंहदेवी चोक)मा धर्ना शुरु भएको थियो । ...

रंगमञ्च दिवसको औपचारिक कार्यक्रममा युवक कुटिएपछि...

Image
धरान । ५५ औं विश्व रंगमञ्च दिवसको अवसरमा धरान ९ स्थित होटल रत्न इनको हलमा सोमबार नाट्य संगोष्ठी कार्यक्रम चलिरहेको थियो । आयोजक आरम्भ नाट्य डबलीका सचिव प्रविण राईले कार्यक्रमबारे बोल्न मात्र शुरु गरेका थिए, एक युवाले अर्कोलाई कुट्दै स्टेज छेऊमै पुगे । ‘साला पाकेटमार’ भन्दै एक युवालाई अर्कोले कुट्न थाले । औपचारिक कार्यक्रमको बीचमा अचानक युवाहरु झगडा गर्दै पुगेपछि हलमा सन्नटा छायो । खासमा के भएको हो भनेर शुरुमा त कसैले भेऊ नै पाएनन्, सबै स्तब्ध बने । कुटाई खाने पाकेटमार युवा कार्यक्रममा आतिथ्यता ग्रहण गरिरहेका भाषाविद् डा.टंक न्यौपानेका विद्यार्थी रहेछन् । पाकेटमार ती युवकको बचाउ गर्दै डा.न्यौपानेले भने–‘ए भाई, ऊ त्यस्तो होइन ।’ तर, उनको आग्रह सुनुवाई भएन । ती दुई युवाबीच जब दोहोरो संवाद शुरु भयो, अनि मात्र रहस्य खुल्यो । ती युवा त आरम्भका नव कलाकारहरु पो रहेछन् । धनी परिवारका छोरा आमा बुबाको माया र सही हेरविचार नपाएर लागुऔषध दुव्र्यसनमा फसेका रहेछन् उनी । लागुऔषधको लतले उनलाई अन्ततः पाकेटमार बन्न बध्य बनाएको रहेछ । ‘हो, म दुव्र्यसनी हुँ । आमा बुबाले माया ममता र सँस्कार दिएको भए...