Posts

एमाले पार्टी कार्यालयमा तालाबन्दी र धर्ना

Image
धरान । आगमी जेठ ३१ गतेको स्थानीय तह निर्वाचनमा पार्टीले वडा अध्यक्षमा जनपक्षीय नभई आफ्ना मान्छेलाई उम्मेद्वार बनाएको भन्दै उम्मेद्वारका आकांक्षीसहित कार्यकर्ताहरुले एमाले धरान उपमहानगर कमिटि कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार धरान १० का वडा अध्यक्षका आकांक्षी हर्क चुम्मे र वडा ७ का आकांक्षी भुवन मोक्तानसहित असन्तुष्ट कार्यकर्ताहरुले धरान १ स्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि असन्तुष्ट नेता, कार्यकर्ताहरु दिनभर कार्यालयअघि धर्नामा बसेका थिए । चुम्मे सुनसरी क्षेत्र नं १ को क्षेत्रीय सचिवालय सदस्य हुन् भने मोक्तान एमाले जिल्ला कमिटि सदस्य हुन् । वडा हुदै उपमहानगर कमिटिबाट सिफारिश गएको वडा अध्यक्षका आकांक्षीमा जिल्ला पदाधिकारीले अरुलाई नै छनौट गरेको सार्वजनिक भएपछि असन्तुष्ट नेता, कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् । एमालेलाई धरानमा स्थापित गर्न योगदान पुर्याएकाहरुलाई मुंल्यांकन नगरी नेताले भनेको मान्ने आफ्ना मान्छेहरुलाई टिकट दिएको कारण असन्तुष्टी जनाएको चुम्मेले बताए । ‘जनपक्षीय र सही व्यक्तिलाई उम्मेद्वारी दिनुपर्छ भन्ने हाम्रो माग हो, नेतृत्व नसच...

एक महिनादेखि बीपीमा सिटिस्क्यान सेवा ठप्प

Image
धरान । सुगर अत्यधिक मात्रामा बढेपछि धरान ८ का वृद्ध खड्गबहादुर सेन्च्युरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए । मद्यपान, धुम्रपान केहीको लत नभए पनि उनको उपचारको क्रममा चिकित्सकहरुले कलेजो सुन्निएको आशंका गरे । खास के भएको हो त ? यही पत्ता लगाउन चिकित्सकले सेन्च्युरीका परिवारजनलाई बुधबार पेटको सिटिस्क्यान गर्न रिफर गर्यो । तर, सेन्च्युरीका परिवारजनले प्रतिष्ठानमा सिटिस्क्यान गराउन सकेनन् । बीपी प्रतिष्ठानस्थित सेन्ट्रल सिटि बिग्रिएर थन्किएर महिना दिन भइसकेको छ भने आकस्मिक कक्षमा भएको सिटि पनि दुई सातादेखि चलेको छैन । उनीहरुले कि त धरानमै रहेको निजी स्वास्थ्य संस्था वा विराटनगरमा जानुपर्ने बाध्यता भयो । सेन्च्युरी खतरामुक्त भएकाले परिवारजनले तत्काल प्रतिष्ठानबाहिर सिटि गर्न नजाने निर्णय लियो । तर, सबै विरामी सेन्च्युरी जस्ता हुदैनन् । तत्काल सिटि गर्नुपर्ने अवस्थामा विरामीहरु भने महंगो शुल्क तिरेर सिटिस्क्यान गर्न बाध्य छन् । ‘चिकित्सकसँगै सल्लाह गर्यौं, र पछि बीपीमा नै सिटि गरेर ओपिडीमा रिपोर्ट देखाउने निर्णय गर्यौं’–सेन्च्युरीका ज्वाई सुलभ गजमेरले भने । बीपी प्र...