Posts

२० हजार घुससहित इलाका प्रशासनका ३ कर्मचारी पक्राउ

Image
धरान,कार्तिक ६ । सेवाग्राहीसँग नगद घुस लिएको प्रमाणसहित इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले तीन जना नायब सुब्बाहरु हर्कराज राई, युवराज पोख्रेल र मोहन सुवेदीलाई सेवाग्राहीबाट घुस लिएको नगदसहित सोमबार पक्राउ गरेको हो । उनीहरुले बराह नगरपालिका २, रेल्वे लाइनका एक सेवाग्राहीसँग बार्गेनिंग गरेर नगद २० हजार घुस लिएका थिए । कर्मचारीहरु पक्राउ परेपछि पीडित सेवाग्राहीमा डर एवं तनाव भएकाले अख्तियारले नाम सार्वजनिक नगरेको जनाएको छ । अख्तियारका अनुसार ती सेवाग्राहीको नागरिकतामा जन्ममिति फरक परेको थियो । उनी त्यही जन्ममिति सच्याउन आएपछि नागरिकता प्रतिलिपि फाँटका नायब सुब्बा राईले खर्च लाग्ने भन्दै शुरुमा बार्गेनिग गरेका थिए । खर्च लाग्ने भन्दै प्रशासनका कर्मचारीले निरन्तर काम अड्काएपछि ती सेवाग्रही आइतबार आफ्नो छिमेकी उद्धवप्रसाद घिमिरेसँग गुनासो गर्न पुगेका थिए । तिनै घिमिरेको सहयोगमा पीडित युवा सोमबार अख्तियारसम्म पुगेपछि ३ जना कर्मचारी पक्राउ परेको थियो । पीडितहरु सम्पर्...

खानेपानी आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुग्यो

Image
धरान,कार्तिक १ । सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी गरेको भनि विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ । विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । आयोजनाको लागत बढेपनि एसियाली विकास बैंकको २२ मिलियन डलर बजेट सिलिङ भित्र नै भएकोले लगानी जुटाउन भने समस्या हुनेछैन । तर, आयोजनाको लागत बृद्धि भएपछि धरान उपमहानगरपालिकाको १५ प्रतिशत सहभागीताको खर्च पनि स्वतः वृद्धि हुदै जानेछ । म्याचिङ फण्डअन्र्तगत आयोजनाको लागि १५ प्रतिशत खर्च जुटाउन उपमहानगरपालिकालाई हम्मे छ । यसअघि म्याचिङ फण्डको लागि उपमहानगरपालिकोले सुकुम्बासी घरपरिवारलाई धारा जडान गर्ने भन्दै खानेपानी व्यवस्थापन बोर्डले संकलन गरेको रकम ऋण लिएर चलाउनु परेको थियो । अब उपमहानगरपालिकाले आयोजनाको लागि २५ करोड बढी बजेट लगानी गर्नुपर्नेछ । आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलका अनुसार लागत बढ्नुमा आयोजना ढिलाई हुनु मात्र प्रमुख कारण भने होइन । सन् २०१२ मा आयोजनाको सर्वे हुदाको समय भन्...