इलामेलीहरुको र्याली
धरान,चैत २४ । इलाम सदरमुकाम स्थापना भएको २ सय बर्ष पुगेको अवसरमा मोरङ र सुनसरीमा बसोबास गर्दै आइरहेका इलामेलीहरुले शनिबार मोटरसाइलक र्याली निकालेका छन् । बैशाख पहिलो साता इलाममा आयोजना हुन लागेको ‘इलाम हाम्रो गौरव’ कार्यक्रमको प्रर्वद्धन तथा इलाम स्थापनाको २ सय बर्षको सन्दर्भ पारेर सुनसरी मोरङ इलामेली समाजले शनिबार यो कार्यक्रम गरेको हो । एकै दिन विराटनगर, इटहरी र धरानमा र्याली निकालिएको थियो । र्यालीमा २ सय हाराहारीमा मोटरसाइकल र चार पांग्रे सवारी पनि सहभागी भएको समाजका नेतृत्वकर्ता कृष्ण साहले जानकारी दिए । ‘इलाम सदरमुकाम स्थापना भएको २ सय बर्षको सन्दर्भ पारेर र इलाम हाम्रो गौरव कार्यक्रमको प्रर्वद्धन गर्न समाजले र्याली गरेको हो,’उनले भने । उनका अनुसार र्यालीमा इलाम जन्मघर भई हाल मोरङ र सुनसरीमा बसोबास गर्दै आएका इलामेलीहरु र इलामका ज्वाईहरुलाई पनि सहभागी गराइएको थियो । शनिबारै यो कार्यक्रम इलाममा पनि भएको उनले बताए । वि.स. १८७५ मा इलाम सदरमुकाममा निसान राखेर स्थापना गरिएको थियो । वि.स.२०७५ सालमा इलाम स्थापना भएको २ सय बर्ष पुग्दैछ । नेपालको पुर्वको सिमाना टिष्टा नदीसम्म ...