Posts

क्षमताभन्दा दोब्बर थुनुवा, अवस्था दयनीय

Image
धरान, असार २९ । डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता मात्र ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न घटना तथा अपराधमा संलग्न ९३ जना थुनुवा अभियुक्तहरु छन् । प्रहरी कार्यालयभित्र २ वटा हिरासत कक्षमा थुनुवाहरु खचाखच छन् । केही समयअघि महिला हिरासत अलग्गै भएपनि त्यसको क्षमता पनि न्युन छ । हिरासतमा रहेकाहरु कतिजना सामान्य घटनाका अभियुक्तहरु हुन्छन् भने कोही गम्भीर अपराध, लागुऔषध कारोबारी र विभिन्न रोगले संक्रमितहरु हुन्छन् । अभियोग वा घटनाका प्रकृत्ति अनुसार थुनुवाहरुलाई एकै ठाउँमा राख्नुभन्दा अलग अलग राख्न उपयुक्त हुन्छ । थुनुवा रोगी छ भने अन्यलाई संक्रमण हुने जोखिम हुन्छ । तर, आवश्यक भौतिक संरचना एवं पुर्वाधार अभावमा ती सबै थुनुवा एकै कोठामा कोचिएर बस्न बाध्य छन् । ‘इलाका प्रहरी कार्यालयको हिरासतको क्षमता ४० जनाको मात्र हो, तर अहिले ९३ जना थुनुवा छन् । यसले एकदमै समस्या भइरहेको छ,’इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रामेश्वर पौडेलले भने,‘सबैलाई एकै ठाउँमा राख्दा एउटाको रोग अर्कोलाई सर्न पनि सक्छ । गम्भीर अपराध र सामान्य घटनाका थुनुवालाई पनि ए...

सर्दु जलाधार विवाद:आयोग बनाएर छानबिन गर्न माग

Image
धरान, साउन २५ । राजनैतिक नेतृत्व र कर्मचारीसमेतको मिलोमतोमा भु–माफियाको कब्जामा परेको सर्दु जलाधार क्षेत्र जोगाउन धरानका पुर्वजनप्रतिनिधिसहितको टोलीले घरदैलो अभियान शुरु गर्ने भएका छन् । जनसरोकार मञ्च, धरानले खानेपानीको स्रोत र पर्यावरणीय महत्वको जलाधारको संरक्षणमा नगरबासीहरुमा जागरण ल्याउने उद्देश्यले घरदैलो अभियान शुरु गर्ने घोषणा गरेको हो । मञ्चले शुक्रबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्दै जलाधार जोगाउन उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न पनि सरकारसँग माग गरेको छ । स्थानीय तह धरान उपमहानगरपालिकासँग पटक पटक आग्रह गर्दा पनि जनप्रतिनिधिहरुबाट सुनुवाई नभएको मञ्चका संयोजक एवं पुर्वउपमेयर कृष्णनारायण पलिखेले बताए । ‘जनप्रतिनिधि चुनिएपछि पनि उपमहानगरपालिकालाई ३ पटक ज्ञापन पत्र बुझाउदै जलाधार संरक्षणमा चासो दिनुस्, भुमाफियाले सक्छ, त्यसलाई रोक्नुस् भन्यांै । सुनुवाई भएन,’उनले भने,‘त्यसैले जनता जगाउन घरदैलो अभियानमा जादैछौं । अब प्रदेश सरकार, केन्द्र सरकारले उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ । कसैले मुआब्जा नपाएको हो भने पनि दिनुपर्छ ।’ घरदैलो अभियानमार्पmत जनतामा जाग...