Posts

धरानमा नेकपाको विशाल जनसभामा प्रचण्डले भने,'कांग्रेस म्युजियममा राख्ने बस्तु नहोस्'(फोटोफिचर)

Image
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले अझै पनि जनतासामु झुट बोलिरहन नछाडे म्युजियममा राखिने बस्तु झै लोप भएर जाने चेतावानी दिएका छन् । बुधबार धरानको भानुचोकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेस नसच्चिए इतिहासमा त्यो पार्टी पनि थियो रे भन्ने अवस्था आउने कडा टिप्पणी गरेका हुन् । पछिल्लो समय नेपाली भुमि मिचिएको विवादबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरेको टिप्पणीबारे प्रसंग उठाउदै दाहालले सर्वदलीय बैठकमा धन्यवाद दिएर पोखरामा भने उल्टै सरकारलाई गाली गरेको बताए । ‘कांग्रेसले झुट पनि कति बोल्न सकेको ? जति झुट बोल्छ, उति हाम्रो भोट बढ्छ,’अध्यक्ष दाहालले भने,‘यसरी नै झुट बोलिरहने हो भने कांग्रेस इतिहासको वस्तु हुन बेर छैन । नेपाली कांग्रेस पार्टी थियो रे भन्ने अवस्था आउन बेर छैन ।’ अध्यक्ष दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रिया, संविधानसभा र संविधान निर्माणको सहयात्री दल भएकोले कांग्रेसको हालत त्यस्तो होस् भन्ने आफुले ...

धरानमा उपनिर्वाचन : कांग्रेसको विशाल आमसभा, प्रधानमन्त्रीलाई सच्याउन कांग्रेसलाई जिताउन आग्रह

Image
धरान : प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन यही मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरुले आह्वान गरेका छन् । धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचन लक्षित मंगलबार धरानमा आयोजित आमसभामा कांग्रेस नेताहरुले मतदातासँग यस्तो आह्वान गरेका हुन् । नेताहरुले उपनिर्वाचनको हारजितले केन्द्रीय सत्ता परिर्वतन नभए पनि प्रधानमन्त्री र सरकारलाई गलत दिशामा अघि बढ्नबाट अंकुश लाग्ने उनीहरुले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आएपछि देशमा जनताले महंगी, भ्रष्टचार र कर वृद्धिको मार खेपिरहेकोले त्यसको जवाफ यो उपनिर्वाचनबाट दिन आग्रह गरे । ‘दुई बर्षमा महंगीले आकाश छोयो, भ्रष्टचार बढ्यो, कर वृद्धिले जनता आजित छन्,’उनले भने,‘उपभोक्ता समितिको नाममा ब्रह्मलुट भएको छ, यो सबै अन्त्य गर्न कांग्रेसको जित आवश्यक छ ।’ अर्को प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानी मुद्दामा आएर लम्पसारवादमा परिणत भएको पनि आरोप लगाए । उनले कालापानीलाई नेपाल र भारतको सिमाना मानेको र पानी पनि आधा आधा बढ्ने सहमति भएको उल्ले...