Posts

पूर्वमा साइकल पर्यटन(फोटोफिचर)

Image
हिजोआजका शहरी युवाहरु प्रायः मोटरसाइकलमा हुइकिन्छन् । हिडडुल गर्न त्यति रुचाउदैनन् । खानपिनमा पनि ख्याल गर्दैनन् । मदिराको चुस्कीसँगै फ्राई गरेको मासु, पोलेको सेकुवा खान रुचाउछन् । कम हिडडुल र चिल्लोपन बढी भएको खानेकुराले पेटसँगै शरीर मोटाउने, मुटु, प्रेसर, मधुमेहजस्ता रोगहरुले उनीहरुलाई चाडै गाँज्छ । मानिसहरु शहरी जीवनमा यति ब्यस्त रहन्छन् कि नजिकैको गाउँ, डाँडापाखामा वहने स्वच्छ हावामा जान पनि भ्याउदैनन् । एउटा भनाई छ, स्वथ्य नै धन हो । जति नै ब्यस्त जीवन भएपनि आफ्नो स्वास्थ्यको ख्याल गर्नैपर्छ । स्वास्थ्य रहने उपाय निकाल्दै धरानका केही युवाहरुले साइक्लिङ(माउण्टेन बाइकिङ) शुरुवात गरेका थिए । सिमित युवाहरुले शुरु गरेको साइक्लिङले अहिले व्यापकता पाएको छ । धरानबाट तराईका खेत खलियान, जंगल र डाँडाकाडातिर माउण्टेन बाइकमा तन्नेरी, पाकाहरु डुल्दै गरेको दृष्य अब सामान्य हुन थालेको छ । त्यतिमात्रै होइन, स्वास्थ्यप्रति सचेत हुदै शुरु भएको साइक्लिङले व्यावसायिकरुप लिएको छ । साइकलमार्फत ग्रामिण पर्यटनको प्रर्वद्धन एवं विकास हुनसक्छ भन्ने ज्ञान पनि फैलिदै गएको छ । धराने केही युवाहरु त साइक्लि...

वास्तविक छुटे, नक्कली सुकुम्बासीले फारम भरे

Image
धरान । सेउती खोला किनारमा बसेको धरान १५ गणतान्त्रिक टोलका चन्द्रबहादुर बिकलाई कहिले खोलाले सताउछ, कहिले प्रशासनले । सुख खोज्दै भोजपुरबाट परिवारसहित धरान झरेका उनी चार बर्षदेखि सेउती बगरमा बसिरहेका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका बिकले सरकारले सुकुम्बासी, भुमिहिनलाई जग्गा दिने, लालपूर्जा बाड्ने खबर सुनेर मंगलबार नगरपालिका पुगे । तर, ढिलाई भएको भन्दै उनले फारम दर्ता गर्नै पाएनन् । निराश मुद्रामा नगरपालिका परिसरमा भेटिएका उनले गुनासो पोख्दै भने–‘जग्गा पाउने खबर सुनेर आएको थिएँ, तर फारम बुझाउनै पाइन ।’ बिकसँगै नगरपालिकामा निराश मुद्रामा भेटिएका धरान १३, स्वास्तिका मार्गका पदमबहादुर राईले पनि फारम भर्नबाट बञ्चित भए । कतिपय छरछिमेक र घरजग्गावालाहरुले फारम भरिसक्दा पनि उनले म्याद सकिने साँझ मात्रै थाह पाए । भोलीपल्ट(मंगलबार) नगरपालिकामा पुग्दा उनी पनि निराश बने । ‘ज्याला मजदुरी गर्नेले कहाँ के भइरहेको छ थाहै पाएनौं’–ढिलाई भएकोमा चुकचुकाउद ६९ बर्षीय राईले भने–‘नम्बरीमा घरजग्गा हुनेले भरिसकेछन्, तर हामी जस्तो सुकुम्बासीले भर्न पाएनौं ।’ सुकुम्बासी समस्या समाधान समितिले भुमिहिन...