Posts

सिजन गुरुङ पक्राउ प्रकरण: जग्गा हडप्न जनप्रतिनिधिकै मिलेमतो

Image
धरान,जेठ १८ । गोल्डेन चोक(तरहरा)मा ६६ बर्षीय तीर्थकुमारी गिरीको नाममा भएको करोडौं मुल्य बराबरको जग्गा हडप्ने प्रयासमा तरुण दलका सभापति सिजन गुरुङ र उनका युवाहरुसँग सोही सोही वडाका जनप्रतिनिधिको पनि मिलेमतो रहेको खुलेको छ । गुरुङले तत्कालीन साझा संस्थानको जग्गा बैंक लिलामीमार्फत लिएपछि शुरु भएको जग्गा विवाद टुंग्याउन अमिन ल्याएर नपाउदा वडा नं २० का अध्यक्ष मणी श्रेष्ठले मुचुल्कामा सही गर्न नमान्ने र मिल्न दबाब दिने गरेको पीडित परिवारको भनाई छ । जग्गा व्यापारमा समेत संलग्नता रहेका अध्यक्ष श्रेष्ठ र गुरुङ बीच एउटै राजनीतिक पार्टी भएर मात्र होइन, एकअर्काको सहयोगी र निकट सम्बन्ध छ । पीडामा परेका जनतालाई न्याय दिलाउनु पर्नेमा अध्यक्ष श्रेष्ठले उल्टै जग्गा हडप्न प्रयास गरिरहेकाहरुको पक्षमा उभिएर मिल्न दबाब दिएको पीडित गिरीले बताइन् । ‘सहयोग गर्यो भनौं भने अमिन ल्याएर नपाउदा मुचुल्कामा सही गर्न अध्यक्षले नै मानेन । नापी शाखाबाट धेरै पटक चिठी लिएर वडामा आए, मेरो जग्गालाई हो भनेर सहीछाप गरिदिएनन्,’पीडितले भनिन्,‘पश्चिमतिर मेरो ६० फुटको जग्गा हो, २५ फुटमा मिल भन्ने अध्यक्ष नै हो । गिरीले २०...

बीपी प्रतिष्ठानमा बेथिती:विना प्रतिस्पर्धा किड जिलाई जग्गा र भवन लिजमा

Image
धरान,बैशाख ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठान हाताभित्र विना प्रतिस्पर्धा भारतीय फ्रेन्चाईजी किडजी मन्टेश्वरी ठुलो क्षेत्रफल न्युन भाडादरमा उपलब्ध गराएको खुलेको छ । प्रतिष्ठानका पदाधिकारीसँगको निकट सम्बन्ध र मिलेमतोमा विना प्रतिस्पर्धा न्युन भाडादरमा किडजीले भवन र ठुलो क्षेत्रफल जग्गा हात पार्न सफल भएको हो । प्रतिस्पर्धा विनै व्यापारिक उद्देश्यका संस्था भित्र्याउदा प्रतिष्ठानले पाउनसक्ने ठुलो आम्दानी गुमाइरहेको छ । प्रतिष्ठानभित्र किड जि विगत २ बर्षदेखि सञ्चालनमा आएको हो । यसलाई पुर्व उपकुलपति डा.बीपी दासले विना प्रतिस्पर्धा प्रतिष्ठानमा भित्र्याएका हुन् । प्रतिष्ठानमा व्यापारीक उद्देश्यका लागि कुनै पनि संस्थालाई त्यहाँको भवन वा जग्गा लिजमा दिनुपर्ने भए टेण्डर प्रक्रिया गरिन्छ । तर, किड जि मन्टेश्वरीको हकमा भने यो नियम तथा प्रक्रिया पालना गरिएन । कतिसम्म भने कार्यकारिणी समितिबाट पनि निर्णय नगरी पुर्वउपकुलपतिको एकल निर्णयमा किड जिले प्रतिष्ठानमा ठाउँ पाएको हो । स्रोतका अनुसार पुर्वउपकुपति दाससँगको निटक सम्बन्ध भएका सुमित साह किड जिका सञ्चालक हुन् । दास...