Posts

मोरङको सुन्दर हरैचाकी २४ बर्षीया युवतीको मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

Image
धरान: मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करिब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दर हरैचा नगरपालिका ९ सलकपुर आएकी थिइन् ।  उनको विवाह सुन्दर हरैचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी तिनै रोजिनाको हिजो आइतबार रहस्यमय मृत्यु भएको छ । श्रीमानका परिवारले रोजिनाले कोठाभित्र आत्महत्या गरेको दाबी गरिरहेका छन् भने माइती पक्षले कुटपिट गरि हत्या भएको र आत्महत्या गरेको भन्ने बनाएको आरोप लगाइरहेका छन् । माइती पक्षले ईलाका प्रहरी कार्यालय बेलबारीमा उजुरीसमेत दिएका छन्, तर प्रहरी पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थप कार्वाही प्रक्रिया अघि बढाउने निचोडमा पुगेको छ । मृतकका श्रीमान् भने विदेशमा छन् ।  मृतक रोजिनाको शव पोष्टमार्टम गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान ल्याइएको छ । सोमबार उनको शव पोष्टमार्टम गर्ने भनेपछि माइती पक्ष दिनभर वीपी प्रतिष्ठानमा आएर समय बिताए, तर मृतकको श्रीमानतर्फका भने कोही पनि आफन्त नआएपछि उनीहरु घर फर्किएको छिमेकी गीतादेवी अधिकारी पौडेलले बताइन् । उनले भनिन्,‘प्रहरीले पोष

धरानको स्मार्ट बासपार्क पनि निर्माण हुने तीनकुने सुन्दर बस्ती आयोजनाको काम शुरु

Image
धरान: स्मार्ट बसपार्क निर्माणसहितको तीनकुने सुन्दुर बस्ती विकास आयोजनाको काम शुरु भएको छ ।  लामो समयदेखिको विवाद अन्त्य भएपछि आयोजनाको कामले गति लिएको हो । यो आयोजना धरानको गौरवको आयोजना पनि हो । आयोजना प्रमुख खगेन्द्र प्रसाद खतिवडाका अनुसार आयोजना अन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन निर्माणको कार्य शुरु भएको छ । यसको लागि साइट क्लियरेन्सको काम प्रारम्भ भएको उनले जानकारी दिए । साइट क्लियरेन्स भएपछि ठेकेदर कम्पनीलाई ड्रेन निर्माण कार्य गर्न सहज हुनेछ । यसको लागि उपमहानगरपालिकाले पटक पटक उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा स्थानीय जग्गाधनीहरुसँग छलफल भएको थियो। स्थानीय तह निर्वाचन लगत्तै तत्कालि मेयर तारा सुब्बाले आयोजनाको विवाद समाधान गर्ने जिम्मेवारी उपप्रमुख भण्डारीलाई दिएका थिए । उनले विभिन्न चरणमा छलफल गर्दै समाधानको उपाय खोजेकी थिइन् ।काम शुरु भएपछि उपप्रमुख भण्डारी सोमबार स्थलगतरुपमा हौसला दिन आयोजनास्थल पुगेकी थिइन् ।  बसपार्कको पहुँच मार्ग र आयोजनाको सडक सञ्जालको ठेक्का ब्राइट बुलले पाएको छ । यो बर्ष ड्रेन निर्माण हुने र अर्को बर्ष पिचको काम हु