Posts

Showing posts from January, 2014

उदय र मनिला सोताङको कर्णप्रिय गीतसँग मुग्ध हुँदा...(फोटोफिचर)

Image
भर्खर ‘टिनएज’ लाग्दै गरेको बेला तिमी बिना बाँच्न गाह्रो भो.., माया नमार है.., हजार जुनिसम्म... जस्ता गीतहरु खुब सुनिन्थ्यो । उमेर नै त्यस्तो, सेन्टिमेन्टल गीतको क्यासेट किनेरै ल्याएर सुन्थे, गुन्गुनाउथे । विभिन्न गायकहरुको गीतको संग्रह पनि बजारमा निस्केको हुन्थ्यो, त्यो पनि किन्ने चलन थियो । सेन्टीमेन्टल गायक, गायिका असाध्यै मन पर्ने । उदय र मनिला(उ र म दम्पत्ति) सोताङ मेरो प्रिय गायक÷गायिका भइसकेका थिए । धरानमा थुप्रै मेला, उत्सवहरु बर्षेनी हुन्छन् । कन्सर्टहरु पनि भइरहन्छ । ती उत्सव र कन्सर्टहरु नेपालका थुप्रै नयाँ तथा पुराना गायक गायिकाहरुलाई प्रत्यक्ष सुनिसकियो, तर उ र म जोडीलाई प्रत्यक्ष सुन्ने अवसर कहिल्यै पाएको होइन । बरु केही महिनाअघि पब्लिक स्कुलको मैदानमा आयोजित टुबोर्ग कन्सर्टको बेला छोरी श्रेयालाई प्रत्यक्ष सुनियो । अरुको झै मेरा पनि प्रिय यी गायक/गायिका दम्पत्ति किन त्यसरी उत्सव तथा सांगीतिक कार्यक्रमतिर नआएका होलान् ? मलाई यो प्रश्नले हिर्काइरहेको छ । उनीहरुलाई सुन्न टिभी वा रेडियो÷एफएम खेल्नुपर्छ कि सिडि खरीद गर्नुपर्छ । अझ लाइभ सुन्ने चाहना भए साँझमा काठमाण्डौंको द

पूर्वमा ग श्रेणीको मात्रै एम्बुलेन्स

Image
धरान । पूर्वमा डेढ सय हाराहारी एम्बुलेन्स सर्चालनमा भए पनि जोखिम अवस्थाका बिरामी बोक्ने एम्बुलेन्स एउटै छैन । सिकिस्त एवं जोखिम अवस्थाका बिरामीका लागि ‘क’ वा ‘ख’ श्रेणीको एम्बुलेन्स आवश्यक पर्छ तर, ती एम्बुलेन्स नभएकाले जटिल अवस्थाका बिरामीलाई पनि सामान्य बिरामी बोक्ने ‘ग’ श्रेणीको एम्बुलेन्समा अस्पताल लैजानुपर्ने बाध्यता छ । एम्बुलेन्स सेवा सञ्चालन नीतिले अस्पतालको आवश्यकता र बिरामीको किसिमअनुसार एम्बुलेन्सलाई क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ । ‘क’ वर्गको एम्बुलेन्समा एकजना तालिमप्राप्त प्यारामेडिक, एक डाक्टरसहित इसिजी, कार्डिक मनिटर, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन, रेडियो कम्युनिकेसन सिस्टम, पल्स अक्स मिटरलगायत सुविधा जडान गरिएको हुुनपर्छ । यस्तै, ‘ख’ श्रेणीको एम्बुलेन्समा पनि एक जना प्यारामेडिकसहित प्राथमिक उपचारको सामान, आइभि इन्जेक्सन दिने सामान, र्पाइन सपोर्ट एयर वे, फ्रयाक्चर स्प्लिन्ट, अक्सिजन मास्क, फ्लोमिटरलगायत सेवा हुनुपर्ने प्रावधान छ । ’ग श्रेणी’का एम्बुलेन्सका चालकलाई नियमितरुपमा प्राथमिक उपचार तालिम दिइएको हुँदैन । एम्बुलेन्समा पनि फर्सट एड बक्स

शहीद दिवसको अवसरमा दिप प्रज्वलन

Image
धरान । नेपाल बिद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार इकाइ समितिले बिहिबार साँझ शहीद दिवसको अवसरमा धरानको बिजयपुर चोकमा दिप प्रज्वलन गरेको छ । बेलुका ६ बजे भएको कार्यक्रममा २०४६ सालमा शहादत प्राप्त गरेका स्थानीय शहीद शुशिल कट्टेलको बुवा छबीलाल कट्टेल र आमा इन्दिरा कट्टेललाई सम्मान गरिएको थियो । सो कार्यक्रमका प्रमुख आतिथी एवं नेपाली कांग्रेस सुनसरी जिल्ला सहसचिब बिकास आचार्यले शहीदका अभिभावकद्धयलाई खदा ओढाएर सम्मान गरेका थिए । सो अवसरमा बोल्दै सहसचिव आचार्यले शहीदहरुको बलिदानलाई सम्मान गर्दै लोकतान्त्रिक संबिधान निर्माणतर्फ राजनीतिक दलहरु अग्रसर हुनुर्पे बताए । संबिधानसभा मार्फत निर्माण हुने संबिधान नै सही अर्थमा शहिद प्रति श्रद्धा हुने धारणा कार्यक्रमका बिशेष अतिथि एवं नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का कार्यवाहक सभापति सुरेशमान श्रेष्ठले व्यक्त गरेका थिए । उनले शहीद शब्द सस्तो भएको प्रति असन्तोष व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनमा शहीदहरुको भूमिकाको चर्चा गरेका थिए । नेबिसंघका नेता सागर प्रसाइले बिद्यार्थी आन्दोलनका क्रममा शहिद भएका सबैलाई सम्झना गर्दै सम्पूर

बाँदरको आंतकविरुद्ध संघर्ष समिति, व्यावस्थापन गर्न सरकारसँग गुहार

Image
धरान । ऐतिहासिक विजपपुर गढीस्थित जंगल रहेका बाँदरहरुको वदमाशीबाट आतंकित बनेका धरानबासीहरुले बाँदर व्यवस्थापनको लागि सरकारसँग माग गरेका छन् । पछिल्लो समय बाँदरहरुले ह्रिंसक व्यवहार देखाउन थालेपछि प्रभावित विभिन्न वडाका बासिन्दाहरु संगठित हुदै बाँदरको नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारलाई गुहारेका हुन् । बाँदरको आंतक यति बढेको छ कि प्रभावित क्षेत्रका बासिन्दाहरुले दुई दिन अघि बाँदर व्यवस्थापन संघर्ष समिति नै गठन गर्नु पर्यो । तिनै पीडित वडाबासीहरुले बुधबार नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय र धरानका तीन जना संविधानसभा सदस्यसमक्ष ज्ञानप पत्र बुझाएका छन् । समितिले बुधबार नगरपालिकाका कार्यकारी अधिकृतलाई ज्ञापन पत्र बुझाए भने त्यहीबाट सभासद, वन मन्त्रालय, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, वन कार्यालयलगायतका निकायमा पनि फ्याक्समार्फत ज्ञापन पठाए । संघर्ष समितिले बाँदर व्यवस्थापन नभएसम्म बाँदर रक्षक नगर प्रहरीको व्यवस्था गर्न, प्राविधिक टोलीको सहयोगमा खोर, जाली, पासो वा ड्याटिङ(बेहोस पार्ने सुई) वा डार्टगन(बेहोस बनाउने बन्दुक) प्रगोग गरी राष्ट्रिय निकुञ्ज तथा आरक्षण केन्

१० औं राष्ट्रिय उसुमा एपिएफ टिम च्याम्पियन(फोटोफिचर)

Image
धरान । प्रथम लुम्बिनि राष्टिय च्याम्पियनसिप अन्र्तगतको १० आंै राष्ट्रिय उसु प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एफिएफ क्लब टिम च्याम्पियन बनेको छ । धरानमा बुधबार सम्पन्न प्रतियोगितामा कुल ९ स्वर्ण र २ रजत जितेर एपिएफ टिम च्याम्पियन भएको हो । यसैगरि, अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण, १ रजत र ३ काँस्य जित्दै दोस्रो भयो भने सिन्धुपाल्चोक जिल्लाले २ स्वर्ण र २ रजत जित्दै तेस्रो भयो । प्रतियोगितामा मोरङले २ स्वर्ण र एक काँस्य जित्यो भने भक्तपुरले एक स्वर्ण र दुई रजत जित्यो । यसैगरि, काठण्डौंले पनि एक स्वर्ण, एक रजत र ३ काँस्य जित्यो । कैलाली, काँस्की र सुर्खेत जिल्लाले एक÷एक स्वर्ण हात पार्यो । टिम च्याम्पियन बनेको एपिएफको लागि महिला छाङ छ्वान विद्यामा सुस्मिता तामाङ, र पुरुष नान छ्वान÷नान कुन सुतर्फ सन्नि श्रेष्ठले स्वर्ण पदक दिलाए भने पुरुष ताओ सु÷कुन्सु विद्यातर्पm रिन्जि शेर्पाले एपिएफलाई स्वर्ण दिएका थिए ।सान्सौ पुरुषतर्फ ४८ केजीमा अशोक खालिङ, ५२ केजीमा राजकुमार राई, ५६ केजीमा अमर सुनार, ६० केजी तौलमा मंगलप्रसाद थारु, ८० केजीमा निकेश श्रेष्ठ र महिला ६० के