Posts

Showing posts from July, 2017

नयाँ लुक्समा हाङकुक साराङ

Image
धरान,साउन १६ । धरान ९, पुतलीलाइनस्थित कोरियन परिकार पाउने रेष्टुरेष्ट हाङकुक साराङ तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । बन्द भएको तीन महिनापछि रिनोभेसन गरेर शुक्रबारदेखि सञ्चालक महेश श्रेष्ठ बिकीले नयाँ लुक्समा पुनः सञ्चालनमा ल्याएका हुन् । यो रेष्टुरेष्ट कोरियाबाट फर्किएका युवा श्रेष्ठले ६ बर्षअघिदेखि सञ्चालन गर्दै आएका थिए । उनका अनुसार आउदो भदौ २० गते रेष्टुरेष्ट ६ बर्ष पुरा गरी ७ बर्ष बर्षमा प्रवेश गर्नेछ । शुक्रबार साँझ एक समारोहबीच श्रेष्ठका जेठा दाजु मुकेश श्रेष्ठ र ७ बर्षीय छोरी अन्नुविन्ति श्रेष्ठले रिबन काटेर गरेका रिओपन(पुनःसञ्चालन)को घोषणा गरेका थिए ।रिओपन भएको हाङकुक साराङमा प्रवेश गर्दा ग्राहकहरुले नयाँपन महसुस गर्ने सञ्चालन श्रेष्ठले बताए । उनका अनुसार रेष्टुरेष्टको ढोका, झ्याल, कुर्सी, टेबल मात्र होइन, सिलिङमा पनि कोरियन कल्चरको थिममा डेकोरेशन गरिएको छ । जसले गर्दा ग्राहकहरुलाई कोरियाकै कुनै रेष्टुरेष्टमा बसेर खाना लिइरहेको महसुस गराउनेछ । ‘रिओपन गर्दा सामान्य मात्र होइन, डेकोरेशनमा बिशेष ध्यान दिएका छौं । ग्राहकहरुलाई कोरियाकै अनुभूति होस् भनेर लगानी थपेको हुँ,

पिण्डेश्वरमा महाआरती(फोटोफिचर)

Image
धरान,साउन १६ । हिन्दु धर्मवलम्बीहरु माझ धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको ठुलो महिमा र मह्त्व छ । साउन महिनामा पिण्डेश्वरमा भक्तजनहरुको घुइचो हुन्छ । साउन महिना हिन्दु आराध्य देव शिवको प्रिय महिना हो, र सोमबार प्रिय बार । त्यसैले हरेक सोमबार कोशीको पत्रिव जल बोकेर पिण्डेश्वर महादेवलाई चढाउन देश, विदेशबाट भक्तजनहरु यहाँ आउछन् । पछिल्लो दुई सोमबार(साता)देखि भने पिण्डेश्वरमा भक्तजनहरुमा महाआरतीको छुट्टै आकर्षण पनि बढेको छ । पिण्डेश्वर बाबाधाम समितिले साउनको आइतबार साँझ, सोमबार बिहान र पुनः साँझमा महाआरतीको शुरुवात गरेको छ । महाआरतीले पिण्डेश्वरको महिमा झनै बढाएको बाबाधाम समितिले जनाएको छ । साथै, धरानको धार्मिक पर्यटनलाई थप टेवा पनि पुगेको समितिको विश्वास छ । भारतको वाराणसीबाट आएका ५ जना नेपाली पण्डितहरुबाट पिण्डेश्वरस्थित सरस्वती सरोवरमा महाआरती हुने गरेको छ । यस्तो चलन वाराणसीस्थित गंगा र कौशीकी नदीमा हुदै आएको थियो । यो बर्षदेखि बाबाधाम समितिले सरोवरमा आरतीको प्रतिछाँया देखिने गरी आरतीको प्रबन्ध गरेको छ । महाआरतीमा १ हजार १ सय शुल्कमा संकल्प गर्ने व्यवस्था पनि छ । संकल्प

बितेका कुरा...लाई वान्समोर

Image
धरान,साउन १५ । सुगम संगीतका चर्चित गायक दिप श्रेष्ठको गृहनगर हो धरान । त्यसैले धरानमा उनको फ्यानहरु हुनु नौलो होइन । तर, पप र रक पुस्ताका धराने युवाहरु पनि उनका सदावहार गीत भनेपछि हुरुक्कै हुन्छन् । शुक्रबार साँझ धरान १५ स्थित होटल इजी राइडरमा हस्तरानी मेमोरिय सेवा समाजले अक्षय कोष स्थापनाको लागि दिप श्रेष्ठ एकल साँझ आयोजना गरेको थियो । प्रायः फेशन शो हुने र पप गीतहरु गुञ्जिरहने होटलमा शुक्रबार रातमा भने श्रेष्ठका कालजयी गीतहरु गुञ्जिरह्यो । उनका हरेक गीतमा अघिल्लो पुस्ता मात्र होइन, युवा पुस्ताहरु पनि मन्त्रमुग्ध भए । कतिसम्म भने गायक श्रेष्ठले अन्तिम प्रस्तुती भनेर गाएको चर्चित बितेका कुराले... बोलको गीत उनले नदोहोर्याई धरै पाएनन् । गायक श्रेष्ठले करिब ८ बजेतिर २०२५ सालमा तत्कालीन राजा महेन्द्रको अघि गाएको चर्चित गीत म पत्थरको देवता होइन..बाट प्रस्तुती शुरु गरेका थिए । विजय श्रेष्ठले रचना गरेको यही गीतले श्रेष्ठलाई गायककोरुपमा चिनारी दिलाएको थियो । बीसको दशकको अन्त्यतिरका गीतहरु कहाँबाट ल्याउ म सपनाको देश.. , तिमी आकाशको जुन भयौं.. , सुनिदेउ सानो छदाको कथा.. लगायतबाट गायक श्रे

फिस्टुलाबारे जनचेतना जगाउदै मनिषा(फोटोफिचर)

Image
धरान,साउन १५ । चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला आइतबार संयुक्त राष्ट्र संघीय जनसंख्या कोष(युएनएपपिए)को सद्भावना दुत बनेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइन् । प्रतिष्ठानका पदाधिकारीसँगको भेटघाट पछि उनी प्रतिष्ठानको गाइनो वार्डस्थित प्रसव फिस्टुलाका उपचाररत महिलाहरुसँग भेट गर्न पुगिन् । सप्तरीकी ७० बर्षीय कौशिल्यादेवी साह, कपिलबस्तु, भैरहवाकी ३५ बर्षीय कौशिल्य गौडसहित ५ जना महिला उपचाररत छन् । उनीहरुसँग अभिनेत्री कोइरालाले भेटवार्ता गरिन् । दुवैको अप्रेशनमार्फत प्रसुती गराएपछि फिस्टुला भएको थियो । सप्तरीकी कौशिल्याले फिस्टुला भएको ३० बर्षपछि मात्र उपचार पाइन् भने अर्की कौशिल्याले युवा उमेरमा नै फिस्टुलाबाट पीडित हुन् पुगिन् । फिस्टुला पीडित महिलाहरुको व्यथा सुनेपछि अभिनेत्री कोइराला अवाक बनिन् । ‘मैले ७० बर्षकी महिलालाई पनि भेटे, जसले ३० औं बर्षसम्म रोग पालिन् । श्रीमान्का मृत्यु भएपछि आफ्नो छोरालाई पनि भन्न सकिनन्, र घरमा बुहारी आएपछि मात्र थाह दिएर उपचार गर्न आइन्,’ पीडितसँगको भेटपछि आयोजित पत्रकार अन्र्तक्रियामा अभिनेत्री कोइरालाले भनिन्,‘मसँग पनि त्यति बो

जुनियर टेबुल टेनिसमा पुलिसका सान्टो र आर्मीकी दिक्षा जुनियर च्याम्पियन

Image
धरान,साउन १५ । नेपाल पुलिसका सान्टो श्रेष्ठ ब्वाइज जुनियरतर्फ(यु १९)  र  नेपाल आर्मीकी दिक्षा तामाङ गल्र्स जुनियरतर्फ टेबुल टेनिसमा राष्ट्रिय च्याम्पियन भएका छन् । शनिबार राती धरान ९, कलेज रोडस्थित कभर्ड हलमा सम्पन्न राष्ट्रिय जुनियर तथा भेट्रान टेबुल टेनिस प्रतियोगिताको सिंगल इभेन्टको फाइनलमा जित हासिल गर्दै दुवैले आफुलाई जुनियर च्याम्पियन बनाएका हुन् । ब्वाइजतर्फका विजेता सान्टोले फाइनलमा रुपन्देहीका नारायण घिमिरेलाई ३–० को सोझो सेटमा हराउदै च्याम्पियन बने । उनले ११–८, ११–७ र ११–८ को स्कोरमा घिमिरेलाई हराए । यस्तै, गल्र्सतर्फकी विजेता दिक्षाले नम्बर वान जुनियर खेलाडी सोनु थापा मगरलाई ३–० को सोझो सेटमा हराउदै च्याम्पियन बनिन् । भक्तपुरकी सोनुको चुनौतीलाई दिक्षाले ११–७, ११–३ र ११–५ स्कोरमा पन्छाइन् । प्रतियोगितामा ब्वाइज यु १९ सिंगल इभेन्टमा सशस्त्र प्रहरीका एलेक्स मर्हजन र ललितपुरका रितिज तेस्रो भ एभने गल्र्सतर्फ आर्मीकी दीक्षा दाहाल र सुनसरीकी गीता भुजेल तेस्रो भइन् । ब्वाइजतर्फका च्याम्पियन सान्टो टेबुल टेनिसमा नेपालको सिनियर र जुनियर दुवै इभेन्टका नम्बर १ खेलाडी पनि हुन् । गएक

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

Image
धरान,साउन १४ । न आफन्त, न चिनजानको व्यक्ति । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटा आहालेका २० बर्षीय जैसन राईको उपचारमा खर्च अभाव भएको थाह पाएपछि सहयोग जुटाउन धरानका ८ महिलाहरु ब्यानरसहित सडकमै आए । करिब तीन सातादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनुकटा आहालेका १८ बर्षीय जैसन राईको उपचार खर्च थिएन । खर्च अभावले उपचारबाट बञ्चित हुनपर्ने अवस्था आएपछि धरानका महिलाहरुले सामाजिक सञ्जालमार्फत सहयोग जुटाउदै आएका थिए । त्यतिले पनि नपुगेपछि उनीहरु साउन १० गते ब्यानर लिएर सडकमा आउनु पर्यो । यसको नेतृत्व लिइन्, धरान १७ की चन्द्रकला राईले । उनको अभियानलाई धरान १८ की रिता राई, धरान १७ की रिमला राई, जीवनकला राई, अनु राई, धरान ८ की बिनिता बेघा, धरान १६ की मनिषा राई र १५ की सरस्वती साह आचार्यले साथ दिए । ‘मेरो भदैनीको मःम पसलमा काम गर्न आएको रहेछ । भदैनीले अस्पतालमा ब्लड चाहियो भनेर फोन गरेपछि पुगे, उसको हालत देखेपछि चुपलागेर बस्नै सकिन,’ चन्द्रकलाले भनिन्,‘मानवताको नाताले पनि फेसबुकमा पोष्ट गर्दै सहयोग जुटाउन थाले । औषधीमा खर्च ज्यादै हुने । पुग्दै

चुरे क्षेत्रमा ढुंगा तस्करी, वन र प्रहरीद्धारा तस्करलाई उन्मुक्ति,साधन धरौटीमा छुट्छन्

Image
धरान साउन १४ । राष्ट्रपति चुरे संरक्षण क्षेत्रअन्र्तगत पर्ने सुनसरीको पुर्वी उत्तर अधेरी खोलाबाट ढुंगा तस्करी बढ्दो छ । तस्करीमा संलग्न साधन पक्राउ परेपनि जिल्ला वन कार्यालयले धरौटीमा छोड्ने गरेपछि तस्करहरु झनै मौलाएको संरक्षणकर्मीहरुको आरोप छ । जानकारहरुका अनुसार पछिल्लो समय सुनसरीको अधेरी खोला ढुंगा तस्करी गर्नेहरुको केन्द्र बनेको छ । प्रहरी प्रशासन र वन कार्यालयको नियमित नजर नपुग्ने भएकोले अधेरी खोलामा तस्करहरुको रजाई छ । कहिले कही प्रहरीले तस्करीमा संलग्न ट्याक्टर वा साधन पक्राउ गरेर धरानस्थित सेक्टर वन कार्यालयमा बुझाउछ । तर, ती साधनको मालिक(तस्कर) पक्राउ परेको रेकर्ड छैन । वन कार्यालयले पनि कानुनमै १० हजारसम्मको विगो जरिवानाको मुद्दा जिल्ला वन अधिकृत(डिओफो)ले हेर्न मिल्ने भन्दै सोही अनुसारको मिसिल तयार गरेर पठाउछ । डिएफओले अधिकतम १० हजार धरौटी लिएर छोडिदिन्छ । त्यसरी कारबाही प्रक्रिया अघि बढाउदा तस्करीमा पक्राउ परेको साधन पटके भए नभएको पनि नहेरिने भएकोले सजिलै धरौटीमा उन्मुक्ति पाउछ । ‘पहिलो कुरा त २०/२२ बर्षअघिको कानुनी व्यवस्था समयसापेक्ष बनाउनुपर्छ, त्यतिबेलाको दण्ड जरिवान

बिकराल बन्दै हेपटाइटिस सि,उपचार र रोकथाममा ध्यान दिन सरकारसँग माग

Image
धरान,साउन १३ । विश्व स्वास्थ्य संगठनले ‘भाइरल टाइम बम’को संज्ञा दिएको हेपटाइसिस सिको संक्रमण भएपनि यसको उपचार र रोकथाममा सरकारले ध्यान नदिएको भन्दै चिकित्सक तथा सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले विपन्न संक्रमित हेपटाइटिस सिको उपचार निःशुल्क उपलब्ध गराउन माग पनि माग गरेका छन् । विश्व हेपटाइटिस दिवसको अवसरमा नगर एचआइभि तथा एड्स समन्वय समिति र बीपी प्रतिष्ठानस्थित मेडिसिन विभागअन्र्तगतको डिभिजन अफ ग्याष्ट्रोइन्टेरोलोजीले शुक्रबार आयोजित कार्यक्रममा सरोकारवालाहरुबाट यस्तो चिन्ता व्यक्त भएको हो । उनीहरुले बीपी प्रतिष्ठानमा हेपटाइटिस सिको उपचारको क्रममा आवश्यक भाइरल लोड तथा जेनोटाइपको जाँच गर्ने मेशिन उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । एचआइभि एड्स समन्वय समिति, रिकभरिङ धरान, संजिवनी पुर्नजीवन केन्द्र, धरान पोजेटिभ समुह, कियाचु पुर्नजीवन केन्द्रलगायत संस्थाले यस्तो माग गरेको हो । ‘विश्वव्यापीरुपमा ८० प्रतिशतभन्दा बढी सुईद्धारा लागुऔषध प्रयोग गर्नेहरुमा हेपाटाइसिस सिको संक्रमण छ । नेपाल र धरानमा पनि यही दरमा संक्रमितहरुको संख्या छ, र अवस्था भायवह बन्दैछ ।