Posts

Showing posts from October, 2014

बार्सिलोना, आदिबासी फुटबल क्लब र मैत्रीपुर्ण खेल

Image
धरान । स्पेनको बार्सिलोना फुटबल क्लबले सुन्दर फुटबल खेल्दै संसारको ध्यान खिचेको छ । चर्चित र प्रतिभाशाली खेलाडी भरिएकोले पनि विश्वभर यो क्लबका करोडौं प्रसंशक एवं फ्यान छन् । नेपालमा पनि यो क्लबका लाखौं फ्यान छन् । यो क्लब र यहाँका आदिबासि जनजाति आन्दोलनबीच के प्रत्यक्ष एवं अप्रत्यक्ष कुनै सम्बन्ध होला ? यो प्रश्न सुन्दा जटिल लाग्छ र अचम्मित पनि बनाउछ । तर, आदिबासी जनजाति अधिकारका अभियन्ता एवं विद्धान डा.कृष्ण भट्टचन भने बार्सिलोना फुटबल क्लब स्पेनमा रहेका क्याटालोनिया स्वायत्तताको समर्थनमा शुरु भएको बताउछन् । ‘बार्सिलोना क्लब र आदिबासी जनजाति आन्दोलनबीचको सम्बन्ध छ, यसको शुरुवात नै क्याटालोनिया स्वायत्तताको समर्थनमा त्यहाँका आदिबासीहरुबाट भएको रहेछ’–भट्टचनले भने । बार्सिलोना क्लबको यही इतिहासबाट प्रेरित हुदै नेपालका आदिबासी जनजाति आन्दोलनका अभियन्ताहरुले पनि आदिबासी फुटबल क्लब गठन गरेका छन् । क्लब गठन जनजाति आन्दोलनलाई समर्थन जुटाउदै व्यापकता दिने नयाँ अभियान भएको डाक्टर भट्टचनको भनाई छ । अधिकार, पहिचान र स्वायत्तताको एजेण्डालाई सडक, मञ्चहरुमा प्रखररुपमा राख्ने डा.भट्टचन भैm

रेडियोलोजीको तीन दिने अन्र्तराष्ट्रिय सम्मेलन शुरु

Image
धरान । रेडियोलोजीमा विकास भएको नयाँ प्रविधि र उपचार पद्दतीबारे ज्ञान एवं दक्षता बढाउने उद्देश्यले शुक्रबारदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजिष्टहरुको अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । ११ औं सेफिल्ड लण्डन इन्टरनेशनल कन्फ्रेन्स अन डायग्नोष्टिक इमेजिङ नाम दिइएको सम्मेलनको उद्घाटन प्रतिष्ठानका उपकुलपति डा.बीपी दासले गरेका थिए । तीन दिनसम्म हुने सम्मेलनमा चीन, भारत र बेलायतबाट आएका ३४ जना रेडियोलोजी विज्ञहरुले युवा रेडियोलोजिष्टहरुलाई विकास भएको प्रविधि, अनुसन्धान एवं उपचार पद्दतीबारे सिकाउनेछन् । सम्मेलनबाट नेपाली रेडियोलोजिष्टहरुको लागि धेरै लाभदायी हुने र यसले जनतालाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ । ‘पछिल्लो १५ बर्षमा नेपालमा रेडियोलोजीको विकास तीब्र भयो, तर विश्वको तुलनामा भने यो धेरै कम छ । त्यसैले विश्वमा भइरहेको नयाँ प्रविधि विकास, प्रयोग र उपचार पद्दतीबारे विज्ञहरुबाट जानकारी पाउछौं, यसले उपचार पद्दतीमा नै धेरै प्रभाव पार्छ’–बीपी प्रतिष्ठानस्थित रेडियोलोजी विभागका प्रमुख एवं स्थानीय व्यवस्थापन समितिका अध्यक्ष डा.आर.के.रौनियारले भने । सम्मेलनमा नेपा

मिडिया स्पोर्टिङ क्लब र आदिबासी फुटबल क्लबबीच फुटबल हुने

Image
धरान । नेपालका आदिवासी विद्वान तथा अभियन्ताहरुको आदिवासी फुटबल क्लब र धरान मिडिया स्पोर्टिङ क्लबबीच आगामी कात्र्तिक १४ गते शुक्रबार धरानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद’ को नारालाई आत्मसाथ गर्दै नियमित फुटबल खेल्दै आएको आएको धरान मिडिया स्पोर्टिङ क्लबसँग फुटबल खेल्न आदिबासी क्लबको टोली बिहिबार धरान आइसकेको छ । सो टोली आदिबासी विद्धान डा.कृष्ण भट्टचनको नेतृत्वमा पासाङ शेर्पासहित धरान आइपुगेको हो । दुवै क्लबबीच शुक्रबार बिहान ७ बजे धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ । धरानको पहिचान र पर्यटनबारेसमेत प्रचार–प्रसार गर्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरिएको मिडिया स्पोर्टिङ क्लबका अध्यक्ष जनकऋषि राईले जानकारी दिए । मैत्रीपूर्ण खेलमा धरान मिडियाको टोली किशोर कार्कीको कप्तानीमा मैदानमा उत्रिनेछ भने आदिवासी फुटबल क्लबको टोली आदिवासी विद्वान डा. कृष्ण भट्टचनको नेतृत्वमा मैदानमा उत्रनेछ । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक डा. भट्टचनको नेतृत्वमा धरान आएको टोलीमा आदिवासी जनजातिका विद्वान तथा अभियन्ताहरु

दोस्रो पुरानो बजार साँझ सम्पन्न(फोटोफिचर)

Image
धरान । विकास निर्माणमा जनसहभागिता र कला सँस्कृतिले धरान जति चर्चा छ, लागुऔषधको कारोबार र युवाहरु दुव्र्यसनमा फसेको कारणले उतिकै वदनाम पनि छ । तर, यही शहरका युवाहरु यो वदनामीको दागलाई मेटाउन हरसम्भव प्रयास पनि गरिनै रहेका छन् । दुव्र्यसनमा फस्ने किसोरकिसोरी र युवा पुस्तालाई लक्षित गरेर बुधबार साँझ धरानमा एक सांगीतिक कार्यक्रम आयोजना भयो, जसको नारा थियो ‘से नो टु ड्रग्स, एस टु म्युजिक’ । धरानडट भाइब्सले आयोजना गरेको दोस्रो पुरानो बजार साँझमा गायक,गायिकाहरुले युवा पुस्तालाई सांगीतिक प्रस्तुतीले मनोरञ्जनसँगै लागुपदार्थबाट टाढै रहन सचेत पनि गराईरहे । कार्यक्रमका आयोजकले लागुपदार्थ तथा दुव्र्यसनको कारणले मृत्यु अंगाल्न पुगेका युवाहरुलाई सर्मपण गरेर सांगीतिक साँझ आयोजना गरिएको जनाएको छ । स्टेजको ब्यानरमा मृत्यु अंगाल्न पुगेका युवाहरुको नामसमेत लेखिएको थियो । कार्यक्रममा धरानबाट सांगीतिक करियर शुरु गरेका शिव लामिछाने प्रमुख आर्कषण थिए । हाल राजधानीमा कृपा डिजिटल प्रालि सञ्चालन गरिरहेका उनले रातो र चन्द्र सुर्य..बोलको गीतबाट आफ्नो प्रस्तुती थालेका थिए । त्यसपछि उनले चर्चित गीत माया ला

धरानका तिलक राईलाई एमेच्योर गल्फको उपाधि(फोटोफिचर)

Image
धरान । तेस्रो सुनसरी टेक्निकल कलेज गल्फ एमेच्योर ओपन प्रतियोगिताको उपाधि धरानका तिलक राईले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बुधबार सम्पन्न प्रतियोगितामा नेट ३ अण्डर ६७ स्कोर गर्दै राईले उपाधि जितेका हुन् । स्ट्रोक प्लेको आधारमा भएको प्रतियोगितामा नेट २ अण्डर ६८ स्कोर गरेका नविन सुनुवार(पिटर कतिचा) उपविजेता भए । खेलमा विजेता राईले फ्रन्ट नाईनमा एक ओभर ३६ को कार्ड बनाएका थिए भने ब्याक नाईनमा ४ ओभर ३९ को कार्ड बनाउदै कुल ७५ स्कोर गरेका थिए । एमेच्योरतर्फ ८ ह्ण्याण्डी क्याप खेलाडी रहेका उनी विजेता बनेसँगै एक ह्याण्डीक्याप घटेको छ । यस्तै, उपविजेता रहेका सुनुवारले फ्रन्ट नाईनमा १० ओभर ४५ को कार्ड बनाएका थिए भने ब्याक नाईनमा ११ ओभर ४६ को कार्ड बनाउदै कुल ९१ स्कोर गरेका थिए । एमेच्योरका २३ ह्याण्डी क्याप खेलाडी रहेका सुनुवारको पनि एक ह्याण्डीक्याप घटेको छ । उपाधि विजेता राईले ट्रफीसँगै गल्फ ब्यागसमेत पुरस्कार पाए । यस्तै, प्रतियोगितामा महिलातर्फ नेट ४ अण्डर ६६ स्कोर गर्दै नोर्किन पाख्रिन विजेता बनिन् । खेलमा उनले फ्रन्ट नाईनमा ११ ओभर ४६ र ब्याक न

पहाडे र मधेशीको फाटो टाल्दै एकै ठाउँमा छठ पूजा(फोटोफिचर)

Image
धरान । धरान ३ की ५९ बर्षीय नैनकला न्यौपानेलाई दशैं–तिहारको रौनकले छोडेकै थिएन । तर, बुधबार साँझतिर उनी धरान १५ स्थित सेउती खोला किनारमा बिशेष पूजामा सरिक भइन् । पहाडे मुलकी न्यौपाने बिशेष गरि मधेशबासीले धुमधामले मनाउने छठ पूजामा अस्ताउदो सूर्यलाई आराधाना गरिन् । बिहिबार बिहान पनि उनी यसैगरि उदाउदो सूर्यलाई अर्ध दिनेछिन् । एक दशकयता राजनीतिक वृत्तमा जातजातिलाई अधिकार, संघीयतालगायतको आवाज बुलन्ध भएसँगै नेपाली समाजमा पनि धर्म, जातिलगायत विविध कारणले तिक्तता बढ्दै गएको छ । आदिबासी जनजाति–क्षेत्री बाहुन, मधेशी–पहाडे भन्दै नेपाली समाज बिखण्डनको शिकार पो हुने हो कि भनेर चिन्तित हुनेहरु पनि छन् । तर, जाति, धर्म, क्षेत्र जस्ता राजनीतिक नाराले विभाजित यही नेपाली समाज सँस्कृतिकरुपमा भने एकतामा बाधिन्छ भन्ने सन्देश छठ पूजाले दिएको न्यौपानेको भनाई छ । ‘म हरेक बर्ष छठ पूजा गर्छु, धेरै पहाडेहरुले पनि ब्रत बसेका छन्’–उनी भन्छिन्–‘मधेशी, पहाडी, जनजाति भन्छन्, तर यहाँ त सबै एकै लहरमा एकै ठाउँमा उभिएर पूजा गरेको देख्छु ।’ न्यौपानेले भने झै राजनीतिकरुपमा विभाजित मधेशी, पहाडी, जनजाति समुदाय बुधबार