Posts

Showing posts from May, 2015

ओखलढुंगाका विस्थापितलाई धराने युवाहरुद्धारा जस्तापाता सहयोग(फोटोफिचर)

Image
धरान । बैशाख १२ र २९ गतेको भुकम्प र त्यसपछिको पराकम्पनको कारण पहिरोकोसमेत जोखिममा परेका ओखलढुंगा जिल्लाको प्राप्चा गाविस ८ र ९ का विस्थापित परिवारलाई युवाहरुको टिम सेभ नेपाल, धरानले जस्तापाता, बेन्डिङ तार र म्याट वितरण गरेको छ । प्राप्चा ८ र ९ वडास्थित केउरेनीका ४५ घरपरिवारको भुकम्पले घरलाई क्षति मात्रै पुगेको छैन, श्रीचउर डाँडाबाट निरन्तर पहिरो गइरहेकोले उनीहरु त्यहाँबाट विस्थापितसमेत हुनुपरेको छ । भुकम्पले क्षति पुगे पनि घरनजिकै अस्थायी टहरा बनाएर बस्ने उनीहरुको चाहना छ, तर डाँडा चिरिएर जुनसुकै बेला खस्ने डर छ भने अहिले पनि सुख्खा पहिरो गइरहेको छ । बर्खामा चिरिएको स्थानमा पानी पसेर डाडै खस्ने त्रासले उनीहरु घर खेत छाड्न बाध्य छन् । कतिपय पीडित आफ्नै बेसीको जग्गामा छन् भने विपन्न परिवार अन्य वडामा कमाइदिने वा पैसा तिर्ने सर्तमा जग्गामा बासको चित्राले अस्याथी टहरा बनाएर बसेका छन् । राज्यको तर्फबाट उनीहरुले मात्रै एउटा त्रिपाल र एक बोरा चामाल पाएका छन् । ओखलढुंगा सदरमुकामबाट १६ किलोमिटर पश्चिममा रहेको वरुणेश्वर गाविस ३, रामपुरसम्म मात्रै गाडी जान्छ । त्यहाँबाट ओरालो झरेर झोलुङ

हावाहुरीले आँप झरेपछि किसान र व्यापारी चिन्तित

Image
धरान । शनिबारको हावाहुरीले आँपको वगानमा धेरै क्षति पुगेपछि पूर्वका किसान चिन्तित बनेका छन् । हावाहुरीले बोटबाट पाक्न लागेको आप झारेपछि यो बर्ष घाटा हुने भन्दै किसान चिन्तित बनेका हुन् । किसान एवं आपका व्यापारीहरुका अनुसार शनिबारको हावाहुरीले बगानमा कम्तीमा १० प्रतिशत क्षति पुगेको छ । सिजन शुरु हुने बेलामा १० प्रतिशत आँप झरेपछि यसबर्षको नाफा खेर गएको उनीहरुको भनाई छ । झरेका आँपलाई संकलन गरेर किसान एवं व्यापारीहरुले सोमबार धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा बिक्री गर्न ल्याएका थिए । काँचो भएपनि अचार बनाउनको लागि सर्वसाधारणले खरीद गर्ने आशामा किसानले ल्याएर बिक्री गरेको बजारस्थलले जनाएको छ । बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराईका अनुसार प्रतिकेजी १० देखि २० रुपैयासम्म काँचो आपको सोमबार कारोबार भएको थियो । पूर्वमा सप्तरी, सिरहा र धनकुटाको मुलघाट क्षेत्रमा सबैभन्दा धेरै आँप उत्पादन हुने गर्छ । शनिबार रातीको हावाहुरीले यही क्षेत्रमा बढी क्षति गरेको जानकारी आएको व्यावस्थापक भटराईले जानकारी दिए । सिजनको मुखैमा क्षति पुगेपछि यो बर्ष आँपको मुल्य गत बर्षको तुलनामा बढ्नसक्ने उनको अनुमान छ

शनिबारको हावाहुरीले वन क्षेत्रमा व्यापक क्षति

Image
धरान । शनिबार रातीको हावाहुरीले सुनसरीको वन क्षेत्रमा धेरै क्षति पुर्याएको छ । व्यापक क्षति पुगेपनि वास्तविक तथ्यांक भने संकलन भइनसकेको जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला वन अधिकृत ज्ञानेन्द्र मिश्रका अनुसार सम्बन्धित इलाका वन कार्यालय र वन समुहलाई क्षतिको विवरण संकलन गर्न आइतबार नै निर्देशन दिएपनि प्राप्त भइसकेको छैन । हावाहुरीले अधिकांश लाथ्रा र बुढो रुखहरु लडाएको प्रारम्भिक जानकारी आएको अधिकृत मिश्रले बताए । हावाहुरीले जंगलको धेरै र भित्री क्षेत्रमा पनि रुख लडाएको हुनाले तत्काल क्षतिको सही विवरण संकलन हुनसक्ने अवस्था नभएको वन कार्यालयको भनाई छ । ‘लाथ्रा र धेरै उचाई भएको पुरानो रुखहरु व्यापक मात्रामा लडेको प्रारम्भिक जानकारी आएको छ, अछुतो कुनै पनि वन क्षेत्र छैन । तर के कति क्षति भएको छ भनेर अहिल्यै भन्न सकिन्न’–जिल्ला वन अधिकृत मिश्रले भने–‘विभागबाट पनि विवतरण माग भइसकेकोले सम्बन्धित वन कार्यालय र समुहलाई विवरण संकलन गर्न आदेश गरिसकेको छौं ।’ जिल्ला वन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी रामधुनी वन क्षेत्रमा क्षति भएको प्रारम्भिक विवरण आएको छ । यही मौकामा वन तस

धराने युवाहरु जस्तापाता लिएर ओखलढुंगा जादै

Image
धरान । बैशाख १२ गते गएको महाभुकम्प र त्यसपछिको पराकम्पनबाट घरबारविहिन भएका पीडितहरुलाई राहत वितरणमा सक्रिय धराने युवाहरुको टिम सभे नेपाल, धरान ठिक एक महिनापछि पुनः राहत लिएर पूर्वको ओखलढुंगा जाने भएको छ । युवाहरुको टिमले अस्थायी घर(टहरा) निर्माणको लागि आवश्यक जस्ता पाता लिएर मंगलबार(जेठ १२ गते) बिहानै ओखलढुंगातर्फ प्रस्थान गर्ने जानकारी दिएका छन् । ओखलढुंगाको प्राप्चा गाविस ८ र ९ वडाका भुकम्प पीडितहरुलाई ती जस्तापाता वितरण गरिने सेभ नेपालका संयोजक योगेन राईले जानकारी दिए । उनका अनुसार प्राप्ता गाविसको वडा ८ र ९ का ४५ जना घर परिवार भुकम्प पछि पहिरोको त्रासमा भएकाले पुर्नबास गर्नुपर्ने अवस्था छ । ती घर परिवारले अन्यत्र सुरक्षित स्थानमा पुर्नबास गराउन जिल्ला दैवि प्रकोप उद्दार समितिलाई लिखित निवेदन पनि दिइसकेका छन् । ‘प्राप्चाको दुई वटा वडाका ४५ घरपरिवारलाई अन्यत्र पुर्नबास गराउनुपर्ने अवस्था रहेछ, उहाँहरुलाई नै अस्थायी टहरा बनाउन भएपनि सहयोग पुगोस् भनेर जस्तापाता लिएर जादैछौं’–संयोजक राईले भने । युवाहरुको टिमले ५२ वण्डल जस्ता पाता लिएर ओखलढुंगा जादैछन् । यसबाहेक १०५ थान म्याट र केही

इमान्दार भए बन्छ सुरक्षित घर

Image
धरान । बैशाख १२ र २९ गतेको भुकम्पले छोराबुहारीको घरको तेस्रो तलामा बिम क्र्याक भएपछि ८१ बर्षीय पूर्व ब्रिटिश गोर्खा मेजर झप्तमान लिम्बू शुक्रबार धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठलाई भेट्न गए । घरको स्थलगत निरीक्षण गरिसकेका इञ्जिनियर श्रेष्ठले तेस्रो तलामा नबस्न आग्रह गर्दै प्राविधिकको प्रत्यक्ष रेखदेखमा फलामको प्लेट लगाएर मर्मत गर्न सुझाव दिए । ‘तेस्रो तलाको बिम क्र्याक छ, त्यसैले इञ्जिनियरसँग सल्लाह गर्न आएको । आफुखुशी बनाउनु भन्दा इञ्जिनियरको प्रत्यक्ष रेखदेखमा बनाउदा वलियो र सुरक्षित हुन्छ नि’–पाका लिम्बूले नागरिकसँग भने । पूर्व गोर्खा मेजर लिम्बू बाहिरिएलगत्तै निर्माण व्यावसायी प्रमेश ताम्राकार इञ्जिनियर श्रेष्ठको कार्यकक्षमा पसे । ‘तेस्रो तलाको ढलाई भइसकेको घरलाई के गर्ने सर ? फिनिसिङ गर्न मिल्छ कि मिल्दैन ?’–व्यावसायी ताम्राकारको यो जिज्ञासाप्रति इञ्जिनियर श्रेष्ठले भने–‘ढलाई नै सकेर फिनिसिङ गर्नमात्रै बाँकी हो भने त मिल्छ, २ तलामाथिको काम भर्खर शुरु हुनलागेको भए रोक्नुपर्छ ।’ इञ्जिनियर श्रेष्ठले सरकारले नयाँ घरनक्सा दर्ता नगर्न, दर्ता भएर इजाजत लगेको भएपनि काम शु

हावाहुरीले रुख लडेर किच्दा महिला डाक्टरको मृत्यु

Image
धरान । शनिबार राती आएको हावाहुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको रुख लडाउदा त्यही कार्यरत एक डाक्टरको मृत्यु भएको छ । राती करिब साढे ८ बजे टेनिस कोर्ट अघि रुख ढलेर किच्दा प्रतिष्ठानको एनाटोमी विभागकी जुनियर रेजिडेन्ट २७ बर्षीय डाक्टर रञ्जना देवकोटाको मृत्यु भएको हो । मृतक देवकोटा गोरखा जिल्लाबाट अध्ययन गर्न प्रतिष्ठान आएकी हुन् । उनले प्रतिष्ठानबाटै एमबिबिएस उर्तीण गरेकी थिइन् भने हाल एनाटोमीमा एम.डि.पहिलो बर्षमा अध्ययनरत पनि थिइन् । शनिबार राती एक्कासी ठुलो हावाहुरी चलेको थियो । त्यतिबेला देवकोटासहित तीन जना साथी बाटोमा हिडिरेका थिए । रुख ढल्दा उनी किचिए पनि साथीहरु भने सकुशल नै रहेको प्रतिष्ठानको आकस्मिक कक्षस्थित प्रहरी विटका इञ्चार्ज सई तिलक गिरीले जानकारी दिए । ‘हावाहुरीले रुख लडाउदा हागाले किचेको रहेछ, उहाँको मृत्यु भएपनि अरु भने जोगिनुभएको छ’–सई गिरीले भने । प्रतिष्ठानले गहिरो दुःख व्यक्त गर्दै भविष्यमा घटना दोहोरिन नदिन सचेतता अपनाउने जनाएको छ । प्रतिष्ठानका डेपुटि निर्देशक एवं प्रवक्ता डाक्टर पशुपति चौधरीले प्रतिष्ठान हाताभित्रको पुराना र बुढो

भुकम्पपछि पर्यटनको आशा जगाउदै प्याराग्लाइडर

Image
धरान । बैशाख १२ को महाभुकम्पले भौतिक संरचना मात्रै होइन, नेपालको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्रलाई पनि तहसनहस पार्यो । पर्यटकहरु आउन रोकिए, पर्यटनका गतिविधिहरु पनि प्रायः ठप्प छ । पोखरामा व्यावसायिक प्याराग्लाइडिङ गर्दै आएका ग्लाइडर र व्यासायीहरु भुकम्प पछि गोरखा र सिन्धुपाल्चोक गएर राहत वितरण गरे । गोरखाको मचेक, थुमी र सिन्धुपाल्चोकको लिस्टीकोटमा राहत विरतण सकेर दुई टेण्डम पाइलट भने गृहनगर पूर्वको धरानतर्फ हान्निए । उनीहरु गृहनगर आउनुमा पोखरामा प्लाइट बुकिङ नभएर मात्रै थिएन, पोखरामा केन्द्रीत प्याराग्लाइडिङलाई पूर्वमा पनि विस्तार गर्नु र भुकम्प पछि ठप्प बनेको पर्यटनलाई जगाउने प्रयास गर्ने उद्देश्य पनि थियो । माउण्टेन भ्यु प्याग्लाइडिङमा आवद्ध  टेण्डम पाइलट देशविर जिमी र बिगस्माइल प्याराग्लाइडिङका मणि तामाङ अहिले धरानको आकाशमा प्रि–मनसुन टेस्ट फ्लाइटको साथै विष्णुपादुकास्थित चिण्डेडाँडाको टेकअफ प्वाइन्ट र ल्याण्डिङ स्पट अध्ययन एवं तयारीमा जुटेका छन् । ‘भुकम्प पछि पर्यटन क्षेत्र पनि तहसनहस भएको छ, हामी राहत लिएर गोरखा र सिन्धुपाल्चोक गयौं, त्यसपछि पूर्वमा केही गर्नुपर्छ