Posts

Showing posts from July, 2016

सर्दुले आधा दर्जन घर बगायो(फोटोफिचर)

Image
धरान । तीन दिनदेखिको निरन्तरको बर्षासँगै सर्दु र पकुवा खोलामा आएको बाढीले धरान ११ स्थित नमुना सुन्दर बस्तीको ६ घर बगाएको छ भने थप आधा दर्जन घरमा क्षति पु¥याएको छ । निरन्तर बर्षा र बाढी आइरहेकोले सयौं घर जोखिममा छ । स्थानीयका अनुसार आइतबार र सोमबार गरेर ती घर बगाएको हो । वस्ती जोगाउन समुदायले निर्माण गरेको आरसिसि चेकड्याम र ग्याबिङले समेत बाढीलाई छेक्न सकेन । दिउँसै बाढी वस्तीमा पसेकोले मानवीय क्षति भने भएन । घर बगाएर र क्षति पु¥याएका परिवार छरछिमेकको शरणमा छन् । निरन्तर बर्षा भइरहेको र बाढी झनै बढ्दै गएकोले स्थानीबासी वस्तीमा थप कटान र क्षतिको जोखिमले त्रसित छन् । ‘अहिलेसम्म ६ वटा घर पुर्ण क्षति भइसक्यो, कति घरमा सामान्य क्षति मात्र पुगेपनि उच्च जोखिममा छ’–नमुना वस्तीका अगुवा जितराज राईले भने–‘हामी आफैले ड्याम बनाएका थियौं, त्यो पनि भत्काएर बाढी वस्ततिर पसेर यस्तो विजोग बनायो ।’ दुई दिनको बाढीले जनश्वरी राईको २ वटा घर पुर्णरुपमा क्षति पुगेको छ भने इन्द्र राई, तेजमाया राई, लगनश्वरी राई र भक्तबहादुर दर्जीको घर पनि बगाएको छ । यस्तै, कुमार विक, वलबहादुर राई, विष्णुका राई, चन्द्र र

पर्यटन प्रोडक्टः बोलबम

Image
साउनको महिना हिन्दु आराध्य देव शिवको प्रिय महिना भएको विश्वास गरिन्छ । हरेक सोमबार शिवभक्तहरुको लागि झन् बिषेश दिन हो । पानीसमेत नखाई भक्तजनहरु नजिकैको शिवालयमा जल चढाउछन् । महिलाहरु ब्रत बस्छन् । हरेक बर्ष झै धरान १४ स्थित पिण्डेश्वर बाबाधाम(मन्दिर)मा शिवभक्तहरुको चहलपहल शुरु भइसकेको छ । सोमबार त भक्तजनहरुको थामिनसक्नु घुइचो हुन्छ । चतरास्थित कोशी नदीको पवित्र जल लिएर आउने टाढा टाढाका तीर्थालु भक्तजनहरु त आइतबार राती नै मन्दिरमा पुगिसकेका हुन्छन् । पहिला पहिला भक्तजनहरु आइतबार चतरा जान्थे । कोशीको पवित्र जल बोकेर सोमबार बिहान मात्र पैदल हिडेर धरान आउथे । ‘बोल बाम..बोल बाम’ सबैको मुखमा झुण्डिएको हुन्थ्यो । त्यसैले चलनचल्तीको भाषामा साउनमा पिण्डेश्वरमा बोलबम मेला लाग्छ भन्थ्यौं । अहिले पनि बोलबम नै भनिन्छ । युवतीहरुको हात मेहन्दीले रंगिएको हुन्छ । हातमा हरियो चुरा । पहेलो वस्त्र लगाएर चतराबाट पानी लिएर आएका तीर्थालुहरुको एउटा लाइन । घरबाट बिहानै जल मात्र चढाउन गएका भक्तजनहरुको छुट्टै लाइन । आइतबार मध्यरातदेखि नै पिण्डेश्वरमा रौनक छाउछ । वेलपत्र र शुद्ध जल चढाउनाले मनोकांक्षा पुरा हुने

धरानमा दार्जिलिङका दुई कवि(फोटोफिचर)

Image
बरु झुण्ड्याईदिऊँ उँधोमुन्टै बजिया आँखाहरु सिधा हेर्नुको अभियोगमा दर्ता मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा । कसले देख्नु भनेको थियो ? घनटाउके प्रश्न भैmँ घनटाउके मान्छेहरु ? घनटाउके सपनाहरु ? दार्जिलिङका कवि भुपेन्द्र सुब्बाले आफ्नो कृति ‘बजिया आँखाहरु’को शिर्षक कविता वाचन गर्दा पर्र ताली बज्यो । उनले वाचन गरेका हरेक कविताले वाहवाही र ताली पायो । धरान ९ स्थित होटल रत्न इनमा कलरव धरान र कवि विमल गुरुङ स्मृति पुस्तकालयले दार्जिलिङका कवि सुब्बा र सुधिर क्षेत्रीलाई साहित्यनुरागीमाफ उभ्याएको थियो । निरन्तरको बर्षालाई पनि वेवास्ता गर्दै साहित्यका पारखीहरु दुवैलाई सुन्न पुगेका थिए । दुवैले साहित्य पारखीहरुलाई निराश बनाएनन् । सुब्बापछि माइला र युद्ध शिर्षकको कवितामा यसरी कड्किए अर्का कवि सुधिर क्षेत्री, युद्धको बान्ता सोहोरेको उसले युगौंँ । त्यसैले उसको आङबाट निस्कन्छ विखालु पाण्डुलिलिपको दुर्गन्ध, उसको घाँटीबाट फुस्कन्छ सन्धि चिच्याएको क्रन्दन, उसको जुँगामा गनाउँछ ताजा बोफोर्सको गन्ध । माइला देशका निम्ति टाइमपास हो । सन् १८१६ को सुगौली सन्धीपछि नेपालको सिमा मेचीमा खुम्चिए पछि

गोविन्द केसीको सामर्थनमा अर्को एउटा पागल

Image
धरान । मेडिकल शिक्षा माफियाकरणको विरुद्धमा सत्याग्रही डाक्टर केसी अनसन बसेको चौथो दिन । धरान ७, हिमायती पथका ५४ बर्षीय वासु चालिसे दुवै हातमा प्ले कार्ड बोकेर घरबाट निस्किए । प्ले कार्डमा ‘माफियातन्त्रको अन्त्य गरौं’ र ‘स्वस्फुर्त जुटौं, गोविन्द केसीलाई बचाउ’ भन्ने नारा थियो । प्ले कार्ड बोकेर हिड्ने सडकमा उनी एक्लै थिए । चिनजानका मान्छेले ‘त्यसरी एक्लै हिड्दा तपाईलाई पनि पागल भन्छन्’ पनि भने । तर उनी विचलित भएनन् । अरुले के भन्छन्, उनलाई वास्ता पनि भएन । उनी त सत्याग्रही डाक्टर केसीबाट यति प्रभावित थिए कि त्यही प्ले कार्ड बोकेर धरानको चोक सबै डुलिसके । इटहरी चोकमा दुई दिन त्यही प्ले कार्ड बोकेर उभिए । उनको एक मात्र उद्देश्य हो, डाक्टर केसीको समर्थनमा जनमत सृर्जना गर्नु । त्यसमा उनी सफल पनि भए । धरान र इटहरी जागिसकेको छ । दिनहुँ ¥याली र प्रर्दशन भइरहेको छ । ‘शुरुमा त तपाई एक्लैले के गर्नुहुन्छ ? तपाईलाई पनि पागल भन्छन् भने’–नागरिकसँग चालिसेले भने–‘अरुले जे सुकै भनुन्, म एक्लै भएपनि डाक्टर केसीको साथमा उभिन्छु भनेर निस्किए । जनता आपैm नउठि भएन ।’ अख्तियार प्रमुख लोकमानसिंह कार्क

डाक्टर केसीको समर्थनमा वृहत ¥याली

Image
धरान । डाक्टर केसीको समर्थनमा शुक्रबार धरानमा वृहत ¥याली निकालिएको छ । डाक्टर गोविन्द केसी एक्यवद्धता समुहको आह्वानमा बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, विभिन्न संघसंस्था तथा प्राध्यापकहरुले ¥याली निकालेका हुन् । प्रतिष्ठानबाट निस्किएको ¥याली भानुचौक, छाताचोक पुगेर पुनः लोकतान्त्रिक चौतारीमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसका प्राध्यापक काजीराम कार्कीले सचेत मान्छेहरु चुप बसिदिएकै कारण फटाहाहरुको राज चलेकोले आवाज उठाउनुपर्ने बेला भएको बताए । शिक्षा, स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएको र हरेक नागरिकलाई सेवा पु¥याउनु राज्यको दायित्व भएको भनेर डाक्टर केसीले झक्झकाइरहेको उनको भनाई थियो । ‘शिक्षा क्षेत्रको विकृति, विसंगति र माफियाकरणको विरुद्ध हो सत्याग्रह, अब सबै सचेत नागरिकहरु एक ठाउँमा उभिनै पर्छ’–उनले भने । प्रतिष्ठानका विद्यार्थी निरज पौडेलले पद र शक्ति दुरुपयोग गर्ने अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन नेता र सांसदहरु डराउनुले उनीहरु कति भ्रष्ट भइसकेका छन् भन्ने प्रमाणित भएको बताए । डाक्टर केसीले

रजत जयन्तीमा अक्षय कोष अभियान

Image
धरान । स्थापनाको २५ औं बर्ष पुगेको अवसरमा धरान ३ तुर्केस्थित सरस्वती बालआश्रमले अक्षय कोष स्थापनाको अभियान चलाउने भएको छ । साउन ९ गतेदेखि भदौ २९ गतेसम्म एक महिना रजत जयन्ती मनाउने तयारी गरेको आश्रमले दीगो आम्दानीको स्रोत बनाउन अक्षय कोष अभियान शुरु गर्न लागेको हो । रजत जयन्तीबारे शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आश्रमले ५० लाखको अक्षय कोष खडा गर्ने लक्ष्य लिएको जनाएको छ । यसको लागि रजत जयन्ती अवसरलाई उपलब्धीमुलक बनाउन आश्रमले पहल गरिरहेको सचिव मनिष खड्गीले जानकरी दिए । ‘सहाराबिहिन बालबालिकालाई आश्रय दिइरहेको संस्थाले रजत जयन्ती मनाउने कि नमनाउने भनेर व्यापक छलफल ग¥यौ’–सचिव खड्गीले भने–‘रजत जयन्तीलाई सहाराविहिन बालबालिकालाई समर्पित गर्दै उपलब्धीमुलक बनाउने भन्ने निष्कर्ष भयो ।’ आश्रमका अनुसार बालबालिकाको लालनपालन र संरक्षणमा थप सहयोग जुटाउने अभियान स्वरुप रजत जयन्ती मनाउने निर्णय भएको हो । संस्थाले ५० लाख बराबरको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएकोले रजत जयन्ती मनाउदै गर्दा करिब २५ लाख संकलनको लक्ष्य लिएको जनाएको छ । हाल सस्थामा करिब १५ लाख जति अक्षय कोष भएको सचिव खड्

राती पनि खेल्न सकिने बास्केटवल कोर्ट

Image
धरान । विगत ३ बर्षदेखि नियमित बास्केटवल कोर्ट धाउन थालेका ओमकुमार राई साँझ पर्न थालेपछि अझै खेल्ने, सिक्ने चाहना हुदाहुदै पनि बाधा पुग्थ्यो । अध्यारो हुँदा प्रशिक्षण र खेल दुवै राकिन्थ्यो । अन्य खेलाडी साथीहरुसँग उनी गफिदै घर फर्किन्थे । धरान १८ स्थित डिपोट आर्दश बहुमुखी क्याम्पसको त्यही बास्केटवल कोर्ट । जहाँ उनी नियमित प्रशिक्षणमा जान्छन् । अचेल अबेर रातीसम्म पनि उनी ढुक्कले बास्केटवल खेल्छन् । अध्यारो हुदा पनि उनको प्रशिक्षण होस् वा खेल, निरन्तर चल्छ । उनी भन्छन्,–‘पहिला त खेल्दा खेल्दै साँझ पथ्र्यो र खेल रोकिन्थ्यो । अहिले त रात परे पनि ट्रेनिङ र खेल हुदैछ भने पनि रोकिदैन ।’ अध्यारोमा पनि बास्केटवल खेल वा प्रशिक्षणले निरन्तरता पाउनुमा भर्खरै डिपोटको बास्केटवल कोर्टमा ‘लिड लाइट’ जडान भएकोले हो । राष्ट्रिय खेलकुद परिषदले करिब डेढ लाख रुपैया खर्चिएर यो कोर्टमा ६ वटा लाइटको प्रबन्ध गरिदिएको छ । जसले गर्दा ओमकुमार जस्ता बास्केटवल क्रेजी युवा खेलाडीहरु अचेल अबेर रातीसम्म कोर्टमा खेलिरहेका भेटिन्छन् । डिपोटको बास्केटवल कोर्ट अन्र्तराष्ट्रिय साइजमा बनेको पुर्वको एक मात्र कोर्ट हो । पु