Posts

Showing posts from 2013

मोवाइल खोसेको निहुमा छुरा प्रहार हुँदा मृत्यु

Image
धरान । मोवाइल खोसेको निहुँमा भएको झगडामा छुरा प्रहारबाट धरानका एक युवकले ज्यान गुमाएका छन् । सोमबार साँझ एकआपसमा भएको झगडामा छुरा प्रहारबाट धरान १३ का ३० बर्षीय शम्भु सुनुवारको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएका सुनुवारलाई प्रहरीले तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपनि ज्यान बच्न सकेन । उनको हत्यामा संलग्नलाई प्रहरीले सोमबार राती नै सानो ढ्याबु भन्ने मिलन सुनुवार र हाकु काले भन्ने राज श्रेष्ठलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का ठुलो ढ्याबु भन्ने सानु सुनुवार फरार रहेको र खोजी तीब्र पारिएको इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए । पक्राउ परेका दुवैलाई मंगलबार सार्वजनिक गर्दै डिएसपी थापाले कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार मृतक र अभियुक्तहरु सबै सँगै हिड्ने, खाने गरेको देखिएको र सबै अपराधिक गतिविधिमा संलग्न थिए । ‘सबैको प्रहरी रेडर्क हेर्दा सबै अपराधिक गतिविधिमा रहेको देखियो, त्यो साँझमा भने उनीहरुबीच मोवाइलको बिषयमा झगडा भएको रहेछ’–डिएसपी थापाले भने । प्रहरीका अनुसार पक्राउ परेक

न्यु इयर इभमा धराने युवायुवतीको मस्ती(फोटोफिचर)

Image
 अंग्रेजी बर्ष २०१३ को विदाईसँगै नयाँ बर्ष २०१४ को स्वागतमा मंगलबार राती धरान ८ स्थित होटल कञ्चनजंघामा भव्यरुपमा टुबर्ग स्टेज न्यु इयर इभ डान्स पार्टी आयोजना भयो । Fervour Group Dharan ले आयोजना गरेको पार्टीमा डिजे लाक्पा र डिजे याक्खाको डिजेइङमा सयौं धराने युवायुवतीहरु झुमेका थिए । पुषको कठ्याग्रिदो जाडो भएप्नि नयाँ बर्षको स्वागतमा मस्ती गर्न धराने युवायुवतीहरुलाई कहाँ छेक्थ्यो र ? राती ८ बज्नु अघिदेखि नै उनीहरु होटल कञ्चनजंघाको डान्स पार्टीस्थलमा भेला भइसकेका थिए ।  उनीहरुलाई दुवै डिजेले विभिन्न हिन्दी तथा अंग्रेजी रिमिक्स गीतहरुमा डिजेइङ गर्दै खुब नचाए । युवायुवतीहरु पनि मध्यरातसम्म मस्तसँग झुमे, नाचे र नयाँ बर्षलाई भव्यतापूर्वक स्वागत गरे । मोहन काक्सले सपोर्ट गरेको उक्त कार्यक्रममा सृजा राई Host थिइन् । मनोरञ्जन गर्न त धरानेहरुलाई कुनै न कुनै वहाना मात्रै न चाहिन्छ । चाहे साकेला होस वा चासोक तङनाम, क्रिसमस होस नयाँ बर्ष । सबै अवसरमा हुने कन्सर्ट, डान्स पार्टी वा सास्ँकृतिक कार्यक्रमहरुमा यहाँका युवायुवतीहरु छुट्दैनन् ।

बीपीमा सिसिटिभीबाट उपचार र सुरक्षाको निगरानी

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हा आफ्नो कार्यकक्षमा रहदा घरी घरी कम्प्युटरतर्फ आँखा पुर्याउछन् । त्यहाँ(कम्प्युटरमा) उनलाई कुनै जरुरी काम गर्न ढिलाई भएर होइन, कम्प्युटरको स्क्रिनमा अस्पतालको विभिन्न विभाग एवं कक्षको दृष्य हेर्नलाई हो ।         उपचारमा लापरवाही एवं ढिलासुस्ती हुने गरेको सर्वसाधारणको गुनासोसँगै अनावश्यक दबाब तथा दुव्र्यवहार खेप्नु परेको भन्ने चिकित्सकबाट पनि गुनासो बढेपछि प्रतिष्ठानले दुवै पक्षको गतिविधिलाई निगरानी गर्न अस्पतालमा सिसिटिभी जडान गरेको छ । ती सिसिटिभीले कैद गरेको दृष्यलाई प्रतिष्ठानका अस्पताल निर्देशक डा. सिन्हा आफैले कार्यकक्षबाट हेर्ने गरेका छन् । सिसिटिभी जडान गरेर आफ्नो गतिविधिहरु अस्पताल निर्देशक स्वयमले निगरानी गर्न थालेपछि चिकित्सक एवं कर्मचारीहरुको व्यावहार विगतको भन्दा फेरिन थालेको छ । सिसिटिभीकै मद्दतले कामप्रति गैरजिम्मेवार हुने दुई प्राविधिकलाई अस्पताल प्रशासनले कारबाहीसमेत गरिसकेको छ । ‘चिकित्सक, कर्मचारीहरु काम गरिरहेको छ, छैन भनेर हेर्न त्यही पुग्नु पदैन, म यहीबाट अनु

धरानमा धुमधामले तमु ल्होछार मनाइदै

Image
धरान । गुरुङ समुदायले नयाँ बर्षकोरुपमा मनाउने तमु ल्होछार पर्वलाई धरानमा पनि भव्यरुपमा मनाइदैछ । तमु ल्होछार २५९८ को अवसरमा तमु ह््युल छोंज धीं धरान नगर समितिको आयोजनामा धरान १८ स्थित बौद्ध गुम्बामा सामेबार भव्यरुपमा कार्यक्रम भइरहेको छ । गुरुङ समुदायले घोडा वर्ग(त लो)लाई नयाँ बर्षकोरुपमा स्वागत गरेका छन् भने सर्प वर्गलाई विदाई गरेका छन् । ल्होछार मनाउन धरानभरिका गुरुङ समुदायका केटाकेटी, युवादेखि वृद्धवृद्धाहरु पनि गुम्बामा भेला भएका छन् । सोमबार बिहानै पूजापाठ र ग्रहशान्ति गरिएको तथा गुरुहरुबाट आर्शिवाद थापिएको अध्यक्ष पृथ्वीमान गुरुङले जानकारी दिए । उनका अनुसार दिउँसो एकआपसमा शुभकामना आदानप्रदान हुनेछ । साथै, तमु राजाको घैटो फुटाउने खेल आयोजना हुने र फुटाउने व्यक्तिलाई एक बर्षको लागि नयाँ तमु राजा घोषणा गरिने उनले जानकारी दिए । धरानमा ५ सय घरधुरी गुरुङहरुको बसोबास रहेको अनुमान छ ।

सुर्यप्रसादको टिमलाई प्रो-एम उपाधि

Image
धरान । सुर्य नेपाल इष्टर्न ओपन टुर्नामेन्ट २०१३ अन्र्तगतको प्रो–एम स्पर्धाको उपाधि व्यावसायिक खेलाडी सुर्यप्रसाद शर्माको टिमले जितेको छ । निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को गल्फ कोर्षमा पाँचौ दिन भएको प्रो–एम स्पर्धामा १२ अण्डर ५८ स्कोर गर्दै शर्माको टिमले उपाधि जितेको हो । व्यावसायिक खेलाडी शर्माको टिममा एमेच्योर खेलाडीहरु अंशु लिम्बू, सुवर्ण लिम्बू र प्रताप लिम्बू थिए । स्ट्रोक प्ले स्क्राम्बल आधारमा खेलमा विजेता टिमले फ्रन्ट नाइनमा ६ अण्डर २९ र ब्याक नाइनमा पनि ६ अण्डर २९ को कार्ड बनाएका थिए । यसैगरी, प्रतियोगितामा ११ अण्डर ५९ स्कोर गर्दै व्यावसायिक खेलाडी दिपक थापा मगरको टिम उपविजेता भयो । यो टिमले फ्रन्ट नाइनमा ४ अण्डर ३१ र ब्याक नाइनमा ७ अण्डर २८ को कार्ड बनाएको थियो । उपविजेता टिममा व्यावसायिक खेलाडी थापासँगै एमेच्योरहरु काजी राई, तिलक राई र अशोक लिम्बू थिए । यस्तै, स्पर्धामा १० अण्डर ६० स्कोर खेल्दै स्थानीय व्यावसायिक खेलाडी देवराज पाख्रिनको टिम तेस्रो भएको थियो । अन्य थप तीन व्यावसायीक खेलाडीको टिमले पनि समान स्कोर गरेपनि ब्याक नाईनमा ‘अन्तिम ६ होल काउन्ट’को आधारमा