Posts

Showing posts from August, 2017

बिचौलियाले हरियो तरकारी महंगियो

Image
धरान,साउन ३१ । तराई डुबानमा परेको र पहाडी क्षेत्रमा ग्रामिण सडकहरु पहिरोले अवरोध पुगेको मौकामा बजारमा हरियो तरकारीको भाउ उच्च भएको छ । भाउ आकासिए पनि हरियो तरकारी उत्पादक(किसान)लाई भने ज्यादै कम मुल्य मात्र हात लागेको पाइएको छ । कोशी पहाडी क्षेत्रमा हरियो तरकारीको पकेट क्षेत्रका किसानले पाएको मुल्य भन्दा तीन गुण बढी मुल्यमा धरान, इटहरी, विराटनगरलगायत शहर बजारमा खुद्रामा तरकारी बिक्री भइरहेको छ । किसानदेखि खुद्रा व्यापारी हुदै उपभोक्तासम्म तरकारी पुग्दा धेरै एजेण्ट(बिचौलिया)हरुमा किनबेच र कमिशनको चक्करले तरकारीको भाउ उच्च हुन पुगेको हो । धरान १३ स्थित थोक कृर्षि उपज बजारस्थलका अनुसार बर्षा पछि अहिलेसम्मकै उच्च दरमा थोक मुल्यमा हरियो तरकारी बिक्री भइरहेको छ । पहाडी क्षेत्रबाट आएको तरकारी व्यापारीहरुबीच हारालुछ चल्ने गरेको छ । धरानको थोक कृर्षि बजारका अनुसार एक साताअघिसम्म ५०/६० रुपैया प्रतिकिलो बिक्री भइरहेको टमाटर बुधबार थोकमा १ सय रुपैया प्रतिकिलो बिक्री भयो । कोशी राजमार्गको धरान भेडेटार सडकखण्डको निसानेमा पहिरोले सडक भत्काएर आवागमन अवरुद्ध हुदा थोक मुल्य नै १ सय २५ सम्म पुगेको बजा

खानेपानी मन्त्रालयमा धरानेको डेलिगेशन, मन्त्रालय सचिवले भने,‘बोर्डले होइन स्थानीय सरकारले जिम्मा लिनुस्’

Image
धरान,साउन ३१ । खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति तथा दायित्वलाई खानेपानी व्यवस्थापन बोर्डमा चाडो हस्तान्तरण गराउन धरानका प्रमुख, उपप्रमखसहितको एक टोलीले बुधबार खानेपानी तथा सरसफाई मन्त्री र मन्त्रालयका सचिवसँग भेट गरी आग्रह गरेका छन् । एकीकृत सहरी विकास आयोजनाअन्र्तगत धरान खानेपानी परियोजना सञ्चालन रहेको अवस्थामा खानेपानी व्यावस्थापन बोर्ड गठन भएपनि सम्झौता अनुसार संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण नहुदा आयोजना पुरा गर्न र सञ्चालनमा समस्या भएको भन्दै प्रमुख, उपप्रमुख, बोर्ड सदस्य र आयोजना प्रमुखको संयुक्त टोली राजधानी गएको हो । उक्त टोलीले बुधबार खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव र मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायसँग भेट गरेको थियो । संस्थानको सम्पत्ति तथा दायित्व बोर्डलाई हस्तान्तरण गर्न माग गर्दै पुगेको टोलीलाई सचिव उपाध्यायले भने त्यसविपरीत अभिव्यक्ती दिए । उनले संस्थानको सम्पत्ति बोर्डले नभई स्थानीय सरकार(उपमहानगरपालिका)को मातहतमा लैजान सुझाव दिएका थिए । ‘नगरपालिका अब स्थानीय सरकार हो, त्यसैले बोर्डमा नजानुस्, सम्पुर्ण जिम्मा स्थानीय सरकारक

फोटो खिचाउन मतदाताहरुमा आकर्षण

Image
धरान,साउन २४ । वि.स.१९९० साल साउनमा भोजपुर छिनामखुमा भोटीमाया सुनुवारको जन्म भएयता नेपालमा थुप्रैपटक निर्वाचन भयो । तर, उनले एक पटक पनि भोट हालेकी छैनन् । २०५६ सालदेखि धरानमा बस्न थालेकी उनी त्यसयता पनि २ पटक संविधानसभा र भर्खरै स्थानीय तहको चुनाव भयो । त्यसमा पनि उनले भोट हालिनन् । तिनै ८४ बर्षीय भोटीमाया मंगलबार भने धरानको वडा नं १५ स्थित वडा कार्यालयमा मतदाता परिचय पत्र बनाउन फोटो खिचाउदै थिइन् । उनले भनिन्,‘अहिलेसम्म भोट हालेको छैन, भोटलिष्ट नै थिएन । अब मर्ने बेला के बनाउनु भनेको, सबैले कर गरेर आए ।’ उनीजस्तै छरछिमेक र नेताहरुले कर गरेपछि फोटो खिच्न आएकी ६८ बर्षीय मनलक्ष्मी राईलाई त भोटलिष्ट हुन्छ भन्ने पनि थाह थिएन् । भोट हाल्न कहाँ जानुपर्छ, के गर्नुपर्छ भन्नेबारे बेखबर उनी अहिले भने वृद्ध भत्ता थाप्नेजति फोटो खिच्नुपर्छ भन्ने सुनेर आएको बताइन् । ‘मलाई त भोटलिष्ट भन्ने पनि थाह थिएन, के बनाउनुपर्ने, कहाँ जानुपर्ने के थाह ?’ फोटो खिचिसकेपछि उनले भनिन्,‘भत्ता थाप्नेजति भोट हाल्नुपर्छ भन्ने सुने । छरछिमेकले पनि भनेपछि आएँ ।’ धरानका भोटीमाया र धनलक्ष्मी प्रतिनिधि पात्र मात्र हुन

दृष्टिविहिन पढ्ने विद्यालयमा राजनीति, शिक्षक/ शिक्षिकाको आन्दोलन, नेवि संघको ताला, विद्यार्थीहरु भने आक्रोशित

Image
धरान,साउन २५ । दृष्टिविहिन विद्यार्थीहरु पढ्ने धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा प्रअ अवकाश हुने समय नजिकिएपछि राजनैतिक हस्तक्षेप एवं चलखेल बढेको छ । त्यही कार्यरत ६ जना शिक्षक एवं शिक्षिकाले प्रअको राजिनामा माग गर्दै पढाउन छोडेको घटना अन्ततः राजनीतिकरण हुन पुगेको छ । आन्दोलन शिक्षकहरुको माग पुरा नभएको भन्दै मंगलबार विदाको समय पारेर कांग्रेसको भातृसंगठन नेवि संघ क्षेत्रीय समितिले विद्यालयको प्रशासन र लेखा फाँटमा तालाबन्दी गरेको छ । आन्दोलनरत शिक्षकहरुको नेतृत्वमा ताला लगाउन आएको थाह पाएपछि दृष्टिविहिन विद्यार्थीहरुले विरोध गर्दै नाराबाजी गरेका थिए । पढाउन छोडेर राजनीति गरेको र विद्यालयमा बाहिरी हस्तक्षेप निम्त्याएर शैक्षिक वातावरण विगारेको भन्दै आन्दोलनरत शिक्षक, शिक्षिकाहरुप्रति विद्यार्थीहरु आक्रोशित छन् । यसअघि पनि आन्दोलनरत शिक्षक, शिक्षिकाहरुले ताला लगाएर धर्नामा बस्ने प्रयास गरेपनि विद्यार्थीहरुकै विरोधको कारण रोकिएको थियो । मंगलबार भने विदाको समयमा नेविसंघका कार्यकर्ताहरुले बिहान करिब ११ बजेतिर ताला लगाएको हो । प्रअ केशरी थापाले विभेद एवं अन्याय गरेको, विगतको

राजनीति, प्रहरी र अपराधको नेक्ससमा ‘संरक्षण’

Image
धरान,साउन २३ । नेपालमा सत्ता, शक्ति र त्यसको संरक्षणमा रहेको अपराधबीचको नेक्ससबारे धेरै चर्चा हुनेगर्छ । पछिल्लो केही बर्षयता प्रहरी इन्काउण्टरमा गुण्डा नाइकेहरु मारिए । त्यसले नेपालको राजनीतिमा नै हलचल ल्यायो । नेपालको राजनीतिमा देखिदै आएको यही नेक्ससलाई अब पर्दामा पनि देख्न पाइनेछ । यही साउन २७ गतेदेखि देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘संरक्षण’ले राजनीति र अपराधबीचको नेक्सस्लाई मात्र उदांगो पार्ने छैन, सर्वभौमसत्ता सम्पन्न जनता एकजुट हुदा राजनीतिलाई नै लिड गर्नसक्ने सन्देश पनि दिनेछ । साथै,दोस्रो जनआन्दोलनपछिको राजनीतिक, सामाजिक द्धन्दको पृष्ठभुमिलाई पनि संरक्षणले उठान गर्नेछ । ‘यो फिल्म २०६२/०६३ को जनआन्दोलनपछि नेपालमा सृर्जना भएको राजनीतिक, सामाजिक द्धन्द र मनोविज्ञानमा आधारित छ । अलग विचारधारा, पहाड र मधेश, लिम्बूवान, थारुवान जस्ता राजनैतिक, सामाजिक विभाजनले निम्त्याएको व्यावहारिक र मनोवैज्ञानिक द्धन्दको चित्रण छ,’ फिल्मका निर्देशक पुर्णेन्दु झाले भने,‘तर, यो फिल्म संघीयता विरोधी भने होइन । पावरको लागि हुने पोलिटिक्स र पोलिटिक्सले प्रेस, पुलिसलाई आफ्नो पक्षमा राख्दा अपराधले

सर्दुमा पुल बनाउन मन्त्रालयमा डेलिगेशन

Image
धरान,साउन २२ । धरानको पश्चिमी सर्दु खोलामा बषौंदेखि पुल नहुुदा बर्खा समयमा सर्वसाधारण जनताले सास्ती भोग्नु परेको भन्दै केन्द्रीय योजनामा पारेर पुल निर्माणको पहल गर्न वडा नं १७ का अध्यक्ष सुर्यकुमार भटराई(मनोज) राजधानी गएका छन् । वडा कार्यालयका कर्मचारी प्रेम उप्रेतीसहित राजधानी पुगेका अध्यक्ष भटराईले उता रहेका स्थानीय नेताहरुलाई साथमा लिएर वाणिज्य मन्त्रालयमा आइतबार वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मालाई भेटेका थिए । मन्त्री विश्वकर्मालाई सर्दुबाट बर्षेनी जनताले पाइरहेको सास्तीबारे अवज्ञत गराउनुका साथै पुल निर्माणको लागि पहल गर्न टोलीले आग्रह गरेका थिए । सोमबार पुनः वाणिज्य मन्त्री विश्वकर्मासहितको टोली भौतिक योजना मन्त्री वीरबहादुर बलायरलाई भेट्न जाने समयतालिका निश्चित भएको वडाअध्यक्ष भटराईले जानकारी दिए । उनका अनुसार वाणिज्य मन्त्री विश्वकर्माले धरान–चतरा सडकखण्डमा पर्ने सर्दुमा पुल निर्माणको लागि सक्दो पहल र सहयोग गर्ने वचत दिएका थिए । मन्त्री विश्वकर्माकै पहलमा भौतिक योजनामन्त्रीसँग भेटवार्ताको समय मिलेको हो । दुवै मन्त्री नेपाली कांग्रेसका हुन् भने वाणिज्य मन्त्री विश्वकर्माक

‘घरेलु तथा साना उद्योग विकासको मेरुदण्ड’

Image
धरान,साउन २२ । घरेलु तथा साना उद्योगहरुका समस्या समाधानको लागि सरकारलाई समयअनुकुल नीति तथा व्यावहार परिमार्जन गर्न र आफ्नै संस्थागत संरचना परिवर्तनको खाका तयार गर्न देशभरका घरेलु तथा साना उद्योगीको नेतृत्वकर्ताहरु धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित पर्यटकीय गाउँ नाम्जेमा भेला भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र केन्द्रीय महिला उद्यमी समितिको चौथो संयुक्त विस्तारित बैठकमा घरेलु तथा साना उद्योगहरुलाई पनि समयअनुकुल नयाँ प्रविधिमैत्री बनाउने, बित्तिय संस्थामा पहुँच पुर्याउने तथा स्वदेशी उत्पादनको बजार सृर्जना गर्ने लगायत बिषयमा वृहत छलफल हुने बताइएको छ । दुई दिने बैठक सकेर महासंघले सोमबार इटहरीमा पत्रकार सम्मेलन गरेर घोषणा पत्रसमेत जारी गर्नेछ । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीका अनुसार विस्तारित बैठकले घरेलु तथा साना उद्योगहरुको विकास एवं संर्वद्धनको लागि परिवर्तित समय र मुलुकको संरचनाअनुसार ठोस नीति बनाउन सुझावसमेत दिनेछ । ‘घरेलु तथा साना उद्योगहरुबाट मात्र देशको विकास सम्भव छ, दक्षिण कोरिया, ताइवान, जापानको चमत्कारिक विकास यस्तै घरेलु तथा साना उद्योगहरुबाट नै भएको हो,

नेचुरल बडिबिल्डिङमा ४ स्वर्ण विजेतालाई सम्मान

Image
धरान,साउन २२ । थाइल्याण्डमा सम्पन्न आइसिएन वल्र्ड एमेच्योर नेचुरल बडिबिल्डिङ प्रतियोगितामा नेपाललाई ४ वटा स्वर्ण पदक दिलाउन सफल धरानका खेलाडी मिलनचन्द्र राई गृहनगरमा सम्मानित भएका छन् । धरान १८ बुद्धचोकस्थित एनिटाइम फिटनेश धरानले स्थापनाको ६ महिना पुरा भएको अवसर पारेर किर्तिमानी खेलाडी राईलाई सम्मान गरेको हो । गत जुन २४ र २५ मा थाइल्याण्डको फुकेटमा आयोजित अन्र्तराष्ट्रिय प्रतियोगितामा उनले चार वटा क्याटोगोरीमा स्वर्ण जितेका थिए । पहिलो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुनेक्रममा उनले मेन्स नोभिस फिजिक, मेन्स ओपन अल फिजिक, मेन्स ओभरअल फिजिक र प्रो मेन्स फिजिक क्याटोगोरीमा स्वर्ण जितेका थिए । अन्र्तराष्ट्रिय बडिबिल्डिङ(शारीरिक सुगठन) प्रतियोगितामा नेपाली खेलाडीले एकैपटक चार स्वर्ण पदक जितेको यो नै पहिलो हो । ओभरअल फिजिकका स्वर्ण जित्दै प्रो क्वालिफाइरमा भिड्ने अवसर पाएका राईले त्यसमा पनि पहिलो हुदै स्वर्ण जितेका थिए । उनले त्यस क्वाटोगोरीमा यसअघिका प्रो विजेतालाई हराउदै प्रो कार्ड र ५ सय डलर पनि हात पारे । अब उनले नेचुरल बडिबिल्डिङको जुनसुकै प्रतियोगितामा पनि सिधै प्रो.क्याटोग

साइकलमा बोलबम(फोटोफिचर)

Image
साउन महिना लागेपछि धरानमा छुट्टै चहलपहल र रौनक हुन्छ । यसको कारण हो, पिण्डेश्वर महादेवको मन्दिरमा लाग्ने बोलबम मेला । हरेक सोमबार हजारौंको संख्यामा भक्तजनहरु जल चढाउन आउछन् । पहेलो बस्त्रधारी भक्तजनको ओहोरदोहोर र घुइचो मन्दिरमा मात्र होइन, धरानको बजार क्षत्रेमा पनि देखिन्छ । तिनै भक्तजनहरुको तस्बिर खिच्न हामी लालयित हुन्छौं । हरेक सोमबार बिहानै अधिकांश सञ्चारकर्मीहरु पिण्डेश्वर मन्दिर पुगिसक्छौं । यो सोमबार(साउन ९ गते) पनि बिहान पिण्डेश्वर मन्दिर जाने सोचाई थियो । तर, ओछ्यानबाट उठेकै थिइन । मोवाइल बज्यो । साहसिक खेलकुदमा सक्रिय राजन लिम्बू दाईले ‘चतरा राइडमा जाने भनेको हैन भाई, खै त ?’ भन्दा पो झसंग भए । केही दिनअघि उहाँले बोलबमको प्रर्वद्धन गर्न चतरा(कोशी)सम्म साइक्लिङ जाने र जल लिएर आउने खबर दिनुभएको थियो । साइक्लिङमा रुचि भएकोले त्यतिबेला सहमति जनाइसकेको थिए । साइकल (माउण्टेनबाइक)मा बोलबम ! सुन्दा अनौठो लाग्ने । हुन त अचेल गाडी, मोटरसाइकलमा पनि कोशी नदीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउन थालेका छन् । पहिला त भक्तजनहरु आइतबार गाडीबाट चतरा जान्थे । अनि, राती १२ बजेपछि मात्र जल बोक

कहिले बन्ला सर्दुमा पुल !?(फोटोफिचर)

Image
धरान,साउन २० । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिनाको बच्चालाई जाँच गराएर बराह नगरपालिका ७, देवीघाटका मनोज गजमेर र उनकी श्रीमति सुनिता शुक्रबार दिउँसो घर फर्कदै थिए । उनीहरु चढेको बस धरान १७ स्थित सर्दु खोला किनारमा पुगेपछि रोकियो । त्यसबेला बर्षात भइरहेकोले सर्दुमा भिषण बाढी थियो । बस अघि जान सकेन । यात्रुहरुलाई त्यही ओरालेर फर्कियो । बिहान ११ बजे गाडी चढेर घर हिडेका गजमेर दम्पत्ति दिउँसो करिब २ बज्दासम्म सर्दु खोला किनारमा थिए । केही यात्रु जोखिम मोलेर खोला पार गर्दै वारी आउन नसकेको बसमा चढेर गन्तव्यतिर लागे । तर, गजमेर दम्पपित्तले सानो बच्चासहित बाढीमा हेलिएर पार गर्ने हिम्मत गरेनन् । उनीहरु जस्तै अरु थुप्रै सर्वसाधारण एवं यात्रुहरु सर्दु वारी र पारी अलपत्र परेका थिए । ‘सर्दु किनारमा उभिएको ३ घण्टा हुनलाग्यो । यताबाट बस पारी जान सकेन, उताको पनि नआइ उतैबाट फर्कियो,’ निराश मुद्रामा मनोजले भने,‘यो खोलामा कहिले पुल बन्ने हो ? यसरी त जनताले सधै दुःख पाइरहने भयो ।’ यो पीडा गजमेर दम्पत्तिको मात्र होइन । धरान–चतरा सडकखण्डमा ओहारदोहोर गर्ने दैनिक सर्वसाधारणले बर्ष