Posts

Showing posts from September, 2014

दशैंको मुखमा एकै दिन करोडको खसी,बोका बिक्री

Image
धरान । दशैंको मुखमा धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा लाग्ने साप्ताहिक पशु बजारबाट यो साता एक करोड बढीको कारोबार भएको छ । बजारस्थलका अनुसार गएको शुक्रबार(असोज ११ गते) एकै दिन बजारमा खसी, बोका, भेडा र च्याङ्ग्राको करोड भन्दा बढीको कारोबार भएको हो । उक्त दिन साप्ताहिक हाटमा १ हजार ६ सय भन्दा बढी खसी, बोका, भेडाको बिक्री भएको बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराईले जानकारी दिए । दशैं चाड नजिकै आइसकेकोले खसी, बोकाको अत्यधिक कारोबार भएको उनले बताए । ‘दशैंमा बोकाको बलि दिने र खसी,भेडा काटेर खाने चलन भएको कारण यो साता धेरै खसी,बोका बिक्री भएको हो’–व्यवस्थापक भटराईले भने–‘यो शुक्रबार एकै दिन १६ सय भन्दा धेरै खसी,बोका, भेडाको बिक्री भयो, जसको मुल्य एक करोड भन्दा बढी हुन्छ ।’ उनका अनुसार यो कारोबार अघिल्लो बर्ष दशैंको मुखमा भएको कारोबारको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष दशैंको मुखको शुक्रबार एकै दिन १ हजार २ सय वटा खसि, बोकाको कारोबार भएको थियो । जसको मुल्य ७५ लाख हुने भटराईले बताए । बजारस्थलमा प्रत्येक शुक्रबार पशु बजार लाग्ने गर्छ । जहाँ दुई दिनअघिदेखि नै पहाडी जिल्लाबाट

कर्मचारी आन्दोलनको स्वरुप फेर्न सकरात्मक, मंगलबार त्रिपक्षीय वार्ता हुने

Image
धरान । दुई सातादेखि ओपिडी सेवासमेत ठप्प बनाएर आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाज सेवा सुचारु गर्न सकरात्मक भएको छ । प्रतिष्ठान खुलाउन धरानका राजनीतिक दल एवं नागरिक समाजको पहलमा गठित सर्वपक्षीय वार्ता समिति र समाजबीच सोमबार भएको वार्तामा समाजको नेतृत्व आन्दोलनको स्वरुप बदल्न सकरात्मक बनेको हो । यद्यपी, उनीहरुले प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दासको उपस्थितिमा आफ्नो धारणाहरु राखेपछि मात्रै आन्दोलनको स्वरुप फेर्ने जनाएका छन् । प्रतिष्ठानको अस्पताल निर्देशकको बैठक कक्षमा आन्दोलनकारी र सर्वपक्षीय वार्ता समितिबीच करिब साढे ४ घण्टा लामो वार्ता भएको थियो । आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारे सोमाबार साँझ समाजको बैठक बसेको छ भने मंगलबार उपकुलपतिको उपस्थितिमा प्रतिष्ठान व्यवस्थापन, आन्दोलनरत समाज र सर्वपक्षीय वार्ता समितिबीच त्रिपक्षीय वार्ता हुनेछ । ‘आजको वार्ता सकरात्मक र उपलब्धीमुलक भयो, आन्दोलनरत पक्षले उपकुलपतिको उपस्थितिमा वार्ता गर्ने र उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता गर्ने हो भने आन्दोलनको स्वरुप परिवर्तन गर्न त

बीपी प्रतिष्ठान खुलाउन सर्वपक्षीय वार्ता समिति गठन

Image
धरान । कर्मचारी आन्दोलनले ठप्प बनेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलाउन धरानका राजनीतिक दल एवं नागरिक समाजको पहलमा एउटा सर्वपक्षीय वार्ता समिति गठन भएको छ । प्रतिष्ठानमा आइतबार भएको सर्वपक्षीय भेलाले दुवै पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न एक समिति गठन गरेको हो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ संयोजक रहेको समितिमा नागरिक समाजका तर्फबाट सहसंयोजक तिलक राई, पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, कुमारबहादुर कार्की, पत्रकारकोतर्फबाट किसोरकुमार कार्की, समाजसेवी सरला कायस्थ र सबै राजनीतिक दल सदस्यका रुपमा छन् । समितिले आन्दोलनरत कर्मचारीको दुवै समुह नेतृत्वसँग वार्ता गर्ने र सहज निकास खोज्ने जनाएको छ । प्रतिष्ठान व्यवस्थापनले वार्ताको पहल गरेपनि कर्मचारीहरुले आन्दोलन स्थगित नगरेपछि राजनीतिक दल र नागरिक समाजले गम्भीर चासो दिएको हो । कर्मचारी कल्याण समाजले ओपिडी, ल्याब, एक्सरे सेवासँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प बनेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्न समाजलाई दबाब बढिरहेको छ । प्रतिष्ठानको ३६ औं सिनेट बैठकले तलब बृद्धिबारे उच्चस्तरीय तलबमान आयोग गठन गरेप

खानेपानी आयोजना विरुद्ध संघर्ष समिति गठन, संस्थानको कार्यालयमा तालाबन्दी

Image
धरान । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल खानेपानी संस्थानको धरानस्थित शाखा प्रमुखलाई सरुवा गरिएपछि विभिन्न राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सर्वदलिय तथा सर्वपक्षीय खानेपानी संघर्ष समिति गठन गर्दै संस्थानको शाखा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।  संघर्ष समितिले संस्थानका शाखा प्रमुखको कार्यकक्ष र प्रशासन फाँटमा ताला लगाएको हो । समितिले सरुवा गरिएका प्रमुख दिपक श्रेष्ठको पूर्नबहाली गरिनुपर्ने, आयोजनालाई दीर्घकालीन तथा सस्तो र सर्वसुलभ बनाउन चतराबाट पानी ल्याउनुपर्नेलगायत माग अघि सारेको छ । ‘सरुवा रद्द नभएसम्म तालाबन्दी जारी रहन्छ । दीर्घकालीन र सस्तो खानेपानी आयोजनाको लागि चतरास्थित कोशी नदीबाट पानी ल्याउनुपर्ने र बचेको बजेटले यहाँको विकास निर्माणमा खर्च गरिनुपर्ने हाम्रो माग हो’–संघर्ष समितिका संयोजक सुजेन्द्र गोले तामाङले भने । धरानमा खानेपानी आयोजनाको काम शुरु भएदेखि नै केही संस्था, राजनीतिक दलहरुले ठुलो ऋणको भार धराने जनतालाई बोकाएको र भुमिगत स्रोत दीर्घकालन पनि नभएको भन्दै असन्तुष्टी

प्रकृतिलाई पूर्वाञ्चल स्टार २ को उपाधि(फोटोफिचर)

Image
धरान । ताप्लेजुङ नाम्फल्याङकी २१ बर्षीय प्रकृति थलङ लिम्बूले पूर्वाञ्चलव्यापी गायन प्रतियोगिता पूर्वाञ्चल स्टार–२ को उपाधि जितेकी छिन् । युवा गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले शनिबार धरान सभागृहमा सम्पन्न फाइनलमा उनी प्रथम घोषित हुदै उपाधि विजेता बनिन् । विभिन्न चरण पार गर्दै उत्कृष्ट १० मा छनौट हुन सफल भएकी प्रकृतिले फाइनलमा चर्चित गायिका मिलन आमात्यको जहिलेसम्म संसारमा...बोलको गीत गाएकी थिइन् । मिठो स्वरकी धनी प्रकृतिको प्रस्तुतीले मुख्य निर्णायक एवं संगीतकार महेश खड्का, निर्णायकद्धय गायक ए.पि.शेर्पा र गायिका कला राईसँगै हलमा उपस्थित स्रोताहरुको मन जित्न सफल भएकी थिइन् । यसैगरि, प्रतियोगितामा तेह्रथुम जिल्लाका पुष्पराज बस्याल दोस्रो भए भने पाँचथरकी हिमाली सुब्बा तेस्रो भइन् । फाइनलमा पुष्पराजले पानी पानी भो..बोलको गीत गाएका थिए भने हिमालीले भञ्ज्याङ कुर्नु गाह्रो भो..बोलको गीत गाएकी थिइन् । प्रतियोगितामा धरानका उत्तम राईले वेष्ट पर्फमेन्स, खोटाङका निरञ्जन राईले वेष्ट भोकल र भोजपुरका रामध्वज राईले पब्लिक च्वाइसको अवार्ड हात पारे । उपाधि विजेता प्रकृतिले टप टेनमा पर्न

कोल्ड स्टोर बनाउन कृर्षि उपजलाई जग्गाको किचलो

Image
धरान । धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा किसान तथा व्यापारीलाई अतिआवश्यक रहेको कोल्ड स्टोर निर्माण गर्न सरकारी एवं दातृ निकायले चासो दिएपनि जग्गा अभावले बाधा पुगेको छ । कोल्ड स्टोर बनाउन कृर्षि मन्त्रालयअन्र्तगतको कृर्षि व्यावसाय प्रर्वद्धन तथा बजार विकास निर्देशनालय र एसियाली विकास बैंकअन्र्तगतको व्यावसायिक कृर्षि विकास आयोजनाले चासो दिइरहेको छ । तर, कोल्ड स्टोरको लागि आवश्यक एवं पर्याप्त जग्गा नपुग्दा योजना अघि बढ्न सकेको छैन । कोल्ड स्टोर निर्माण गर्न कृर्षि उपजसँग पर्याप्त जग्गा हुदै नभएको भने होइन । कृर्षिको जग्गामा हाल ६ घर परिवार सुकुम्बासी बसोबास गरिरहेकोले पर्याप्त जग्गा हुँदा हुदै पनि समस्या भएको हो । कृर्षि उपजले ती घरपरिवारलाई अन्यत्र स्थानान्तरण गराउन विभिन्न सरकारी निकायमार्फत प्रयास गरेपनि सफल हुन सकेको छैन । कृर्षि उपज बजारस्थलका अनुसार ती ६ घर सुकुम्बासीहरुले करिब ५ कट्ठा जग्गा ओगटेर बसेका छन् । शुरुमा कच्ची घर मात्रै बनाएर बसेका उनीहरुले अहिले पक्की घर नै बनाएपछि स्थान्तरणको लागि कृर्षि उपज थप संकटमा परेको छ । पूर्वी पहाडका किसानलाई राहत दिलाउने उद्देश्यले ०५१ साल

भेडेटारमा चङ्गा चेट उत्सव सम्पन्न(फोटोफिचर)

Image
धरान । दशै तिहार चाड तथा विश्व पर्यटन दिवसको अवसर पारेर धनकुटा र सुनसरीको सिमानामा अवस्थित पूर्वको पर्यटकीय गन्तव्य भेडेटारमा दुई दिने चङ्गा चेट उत्सव सम्पन्न भएको छ । होटल एसोसियसन अफ भेडेटारको आयोजना तथा सिल्भर ईन्टरटेनमेन्टको संयोजनमा शुक्रबार र शनिबार उत्सव आयोजना भएको हो । दुई दिनसम्म आयोजित उत्सवमा विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरुले शुल्क तिरेर चङ्गा उडाउदै सहभागीता जनाएका थिए । आयोजकका अनुसार चार दर्जन बढी व्यक्तिहरुले सहभागीता जनाएका थिए । भेडेटार चोकमा आयोजित समारोहमा शुक्रबार बर्षातको कारणले निर्धारित समयभन्दा ढिला उत्सवको उद्घाटन भएको थियो । कार्यक्रमको उद्घाटन पश्चात सहभागीहरुले चङ्गा उडाउदै रमाइलो गरे भने चर्चित गायकहरुको प्रस्तुतीले उत्सव संगीतमय पनि बन्यो । कार्यक्रममा चर्चित गायक ए.पि.शेर्पा, नवराम राई, बविन लिम्बूलगायतले गीत गाएका थिए । भेडेटारलाई थप पर्यटकीय केन्द्र बनाउने उद्देश्यले उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । उत्सवको उदघाटन समारोहमा विराट क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारीले पर्यटन विकासमा सक्दो सहयोग गर्ने बताए । उत्सवको समाप

सानिमा बैंकको एकैदिन ६ स्थानमा शाखा विस्तार

Image
धरान । गैरआवासिय नेपाली(एनआरएन)हरुको लगानीमा सञ्चालित सानिमा बैंक लिमिटेडको शुक्रबार एकैदिन विभिन्न ६ स्थानमा शाखा खुलेको छ । बैंकले पूर्वको धरान, इटहरी, विर्तामोडसँगै जनकपुर, कलैया र भैरहवामा शुक्रबार शाखा विस्तार गरेको हो । यी स्थानमा शुक्रबार एक कार्यक्रमबीच बैंकले शाखा उद्घाटन गरेको छ । शुक्रबार एकै दिन ६ स्थानमा शाखा विस्तार भएपछि हालसम्म ३७ वटा शाखा पुगेको बैंकले जनाएको छ । धरान ५, महेन्द्र पथस्थित शाखाको उद्घाटन बैंकका सिइओ भुवन दाहाल, निर्देशक महेश घिमिरे र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले एक समारोहबीच संयुक्तरुपमा गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ दाहालले कान्छो बैंक भएर पनि ग्राहकहरुलाई सेवा सुविधा दिनुमा भने अग्रणी रहेको बताए । बैंकले आफ्नो शाखाहरुबाट डिपोजिट, लोन, रेमिट्यान्स सुविधा दिने र एल.सि.को प्रक्रियाको लागिसमेत ग्राहकहरुले केन्द्रीय कार्यालय धाउनु नपर्ने सिइओ दाहालले खुलाए । ‘यो एनआरएनहरुको लगानीमा खुलेको बैंक हो, विदेशको कमाई त्यसै खेर फाल्छन् भन्ने कुरा सही होइन भन्ने गतिलो उदाहारण यो बैंक बनेको छ’–सिइओ दाहालले भने–‘धरानमा शाख