Posts

Showing posts from September, 2015

प्रथम गोठबहादुर स्मृति भेट्रान फुटबल शुरु, धनकुटाको टिम विजयी(फोटोफिचर)

Image
धरान । पुर्व खेलाडीहरुको संगठन धरान भेट्रान फुटबल क्लबको आयोजनामा पुर्वाञ्चलको ठुलो पुरस्कार राशी भएको क्षेत्रीयस्तरको भेट्रान फुटबल प्रतियोगिता बुधबारदेखि धरानमा शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु भएको प्रथम पुर्वाञ्चल गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धनकुटाको पुर्वाञ्चल भेट्रान ब्रदर्श विजयी भएको छ । धनकुटाको टिमले धरानको पुर्वाञ्चल यातायात भेट्रानलाई २–१ गोलअन्तरले हरायो । धनकुटाको लागि पहिलो हाफमा पेनाल्टीमार्फत विमल गुरुङले पहिलो गोल गरेका थिए भने पहिलो हाफमा नै धरानका खेलाडीले आत्मघाती गोल गरेर धनकुटालाई २–० गोलअन्तरले अग्रता दिलाएको थिए । दोस्रो हाफमा धरानका सरन लिम्बुले सान्त्वना एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच घोषित हुदै धनकुटाका विमल गुरुङले मेहर्स कलेक्सनको तर्फबाट जर्सी पाए । प्रतियोगितामा शुक्रबार विराटनगरको सिएमजि भेट्रान क्लब र विराट भेट्रान क्लब कोशी हरैचाबीच स्पर्धा हुनेछ । प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ११ वटा भेट्रान क्लबहरुले भाग लिएको छ । असोज २३ गते फाइनल हुने प्रति

एमालेका जनवर्गीय संगठनहरुले मोदीको पुत्ला जलाए

Image
धरान । नयाँ संविधान जारी भएकोमा असन्तुष्ट रहेको भारतले अघोषितरुपमा नाकाबन्दी गरेर नेपालमा हस्तक्षेप गरेको भन्दै एमालेका भातृ एवं जनवर्गीय संगठनहरुले बुधबार धरानमा विरोध प्रर्दशन गरेको छ । युवा संघ नेपालको नेतृत्वमा भएको विरोध प्रर्दशनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत जलाएका छन् । युवा संघको नेतृत्वमा भएको विरोध प्रर्दशनमा पार्टीका सबै जनवर्गीय भातृ संगठनहरुले सहभागीता जनाएको थियो । छाताचौकस्थित एमाले नगर पार्टी कार्यालयबाट निस्किएको र्यालीले भानुचौकमा पुगेपछि मोदीको पुत्ला जलाएको थियो । र्यालीको क्रममा अघोषित नाकाबन्दी फिर्ता गर, कुटनीतिक मर्यादा कायम गर, अतिक्रमित भुमि फिर्ता गर, असमान सन्धी सम्झौता खारेज गर, भारतीय हस्तक्षेप मुर्दाबाद जस्ता नारा पनि लगाएका थिए । भानुचौकमा आयोजित कोणसभालाई संघका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला ईन्चाज ज्ञानदीप लिम्बुले सम्बोधन गर्दै जनजातीहरुको मुद्दालाई छायाँमा पारेर मधेशवादी दलहरु भारत परस्त भएको कारण हस्तक्षेप बढेको आरोप लगाए । कोणसभामा युवा संघका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बु, मजदुर नेता लक्ष्मी बाँनिया, अनेर

सडकमा सार्वजनिक गाडी घटे

Image
धरान । भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव बढ्दै जादा पुर्वमा चल्ने सार्वजनिक यातायातको संख्यामा कमी आएको छ । यातायात व्यावसायीहरुका अनुसार आयल निगमले तेल नदिने निर्णय गरेपछि पुर्वममा बिहिबारसम्म मात्रै सडकमा सार्वजनिक यातायात गुड्नेछ । सोमबार विराटनगरमा निगमसहित सुरक्षा निकायको बैठकले अत्यावश्यक सेवा र सुरक्षा निकायको गाडीलाई मात्रै तेल दिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार एम्बुलेन्स, दमकल, सुरक्षा निकायको गाडीलगायत अत्यावश्यक गाडीले मात्रै निगमबाट तेल पाउनेछ । व्यावसायीहरुले भने यो निर्णयले सार्वजनिक यातायातमा यात्रा गर्न पाउने अधिकारबाट सर्वसाधारणलाई बञ्चित गराउने भन्दै असन्तुष्टी जनाएको छ । सरकारले कम्तीमा पनि आगामी एक सातासम्मको लागि तेलको व्यवस्था गरिदिनुपर्ने व्यावसायीहरुको माग छ । ‘सरकारले यसरी लाचारी प्रकट गर्नु हुदैन थियो, थोरै संख्यामा भएपनि गाडी चल्ने व्यवस्था गरिदिनुपथ्र्यो’–पुर्वाञ्चल यातायात व्यावसायी संघका अध्यक्ष सरोज श्रेष्ठले भने–‘यातायात व्यावसायीहरुसँग समन्वय गरेर सरकारले काठमाण्डौंमा जस्तरी कोटा प्रणाली लागु गरिदिएको भएपनि हुनेथियो ।’

कालोबजारी हुन नदिन युवा संघद्धारा ज्ञापन

Image
धरान । युवा संघ नेपालले अघोषित नाकाबन्दीले अत्यावश्यक सामग्री आपूर्ति नहुदा चाडपर्वमा कृत्रिम अभाव सृर्जना गरी कालोबजारी हुनसक्ने भन्दै नियन्त्रण गर्न र आपुर्ति सहज बनाउन माग गर्दै सुनसरी उद्योग वाणिज्य संघ र इलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । संघको धरान उपमहानगर कमिटि र १ नम्बर क्षेत्रीय कमिटिले मंगलबार संयुक्तरुपमा ती दुवै निकायमा ज्ञापन पत्र बुझाएको हो । संघले बजारको प्रभावकारीरुपमा अनुगमन गर्न र अत्यावश्यक सामग्रीको आपुर्ति व्यवस्था सहज बनाउन पनि अनुरोध गरेको छ । संघका नगर अध्यक्ष राजेन्द्र राईले सम्बन्धित निकायले कालोबजारी नियन्त्रणमा सक्रियता देखाउन आग्रह गर्दै संगठनले थाह पाएमा कडा कारबाही गर्ने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिए । इलाका प्रशासन कार्यालयका प्रमुख सिताराम कार्कीलाई संघका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बुले ज्ञापन पत्र बुझाएका थिए भने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठलाई केन्द्रीय सदस्य एवं सुनसरी इञ्चार्ज ज्ञानदिप लिम्बुले ज्ञापन बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै प्रशासन प्रमुख कार्कीले बजार अन

क्षेत्रीयस्तरको गोठबहादुर स्मृति भेट्रान प्रतियोगिता हुने

Image
धरान । यही असोज १३(बुधबार)देखि धरानमा क्षेत्रीयस्तरको प्रथम पुर्वाञ्चल गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पुर्व खेलाडीहरु मिलेर गठन गरेको धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । असोज २३ गतेसम्म हुने प्रतियोगितामा पुर्वको झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ११ वटा भेट्रान क्लबहरुले सहभागीता लिने आयोजकले जानकारी दिएको छ । ‘यो प्रतियोगिताले युवा खेलाडीहरुलाई फुटबल खेलमा समर्पित भएर खेलिरहन उर्जा प्रदान गर्नेछ भन्ने आशा लिएका छौं । साथै, हाल विभिन्न पेशामा रहेर फुटबलबाट टाढिएका पुर्व खेलाडीहरुलाई पनि संगठित गर्ने, स्वस्थ्य जीवन र सेभ फुटबलको नारामा गोलबद्ध गर्ने उद्देश्य लिएका छौ’–प्रतियोगिताको उद्देश्यबारे आयोजक क्लबका अध्यक्ष रोमी मोक्तानले भने । स्थानीयस्तरमा भेट्रानहरुको खेल एवं प्रतियोगिता आयोजना हुदै आएपनि पुरस्कार राशी र सहभागीताको दृष्टिकोणले पुर्वमा क्षेत्रीयस्तरको यो नै पहिलो र ठुलो प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले ४० हजार रुपैया पाउनेछ

बीपीका सुरक्षा गार्ड काममा फर्के

Image
धरान । आर्थिक बर्ष ०७०/०७१ मा नेपाल सरकारले बृद्धि गरेको तलब भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेक्युरिटी गाडीहरु सोमबार साँझदेखि काममा फर्किएका छन् । ठेकेदार कम्पनीले जिफोरएसले चालु सेप्टेम्बर महिनाको भत्ता वृद्धि गर्न सहमति जनाएपछि सुरक्षा गार्डहरु काममा फर्किन सहमत भएका हुन् । गत भदौ २८ गतेदेखि सुरक्षा गार्डहरुले २४ घण्टा नै काम छोडेर आन्दोलनमा होमिएका थिए । जसले गर्दा प्रतिष्ठानको आन्तरिक सुरक्षा अस्तब्यस्त बनेको थियो । सुरक्षा गार्डहरु डिउटी छोडेर ठेकेदार कम्पनीको कन्ट्रोलरुम अघि धर्नामा बस्ने गरेका थिए । उनीहरुले जिफोरएसको कन्ट्रोल रुममा तालासमेत लगाइदिएका थिए । आन्दोलन लम्बिदा अस्पतालजस्तो संवेदनशील ठाउँको सरक्षा अस्तब्यस्त हुदै गएपछि समाधान गर्न जिफोरए डाइरेक्टर गार्डिङ सुन्दर प्रताप राना र एचआर विभागका प्रबन्धक विनोदप्रसाद मिश्र केही दिनदेखि धरानमा थिए । बुधबार भएको वार्तामा सेप्टेम्बर महिनाको भत्ता एक हजार बढाईदिन कम्पनी सहमत भएपछि गार्डहरु पनि आन्दोलन फिर्ता लिन सहमत भई काममा फर्किएको जिफोरएसका इञ्चार्ज वलराम निरौलाले बत

रेबिज डेको अवसरमा धरानमा डग वाकिङ डे

Image
धरान ।  विश्व रेबिज दिवसको अवसरमा सोमबार धरानमा डग वाकिङ डे अर्थात कुकुर र्याली निकालिएको छ । रेबिज रोगबारे जनचेतना फैलाउने उद्देश्यले धरान ९, पुतलीलाइनस्थित पेटस् होम डग वाकिङ डे मनाएको हो । पेट्स होमले विगत तीन बर्षदेखि रेजिब डेको अवसरमा धरानमा गड वाकिङ गराउदै आएको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शुरु भएको कुकुरहरुको र्याली भानुचौकमा पुगेर टुंगिएको थियो । कुकुर पाल्न सौखिन करिब तीस जना धरानेहरुले कुकुरसहित सहभागिता जनाएका थिए । ‘मानिसहरुलाई रेबिज रोग कस्तो रोग हो, कसरी हुन्छ र जोगिन के गर्नुपर्छ भन्ने चेतना पुगोस् भनेर तीन बर्षदेखि आयोजना गर्दै आइरहेका छांै’–पेट्स होमका प्रोपाइटर शंखुकर्ण श्रेष्ठले भने । घरमा पालिएका कुकुरहरुलाई भ्याक्सिन दिनुपर्ने सन्देश पनि रेबिज डेको अवसरमा फैलाउन मद्दत पुग्ने उनको भनाई छ । साथै, टोलमा भएका छाडा कुकुरहरुलाई पनि बन्ध्याकरण र भ्याक्सिन दिने काम भइरहेको पनि उनले बताए । दशैतिहार लगत्तै पुनः बन्ध्याकरणको लागि निःशुल्क शिविर सञ्चालन हुने श्रेष्ठले बताए । यसैगरि, सोमबार नै विश्व रेबिज डेको अवसरमा जिल्ला पशु सेवा कार्यालय,

धनकुटे रोडमा नयाँ पुल बन्ने

Image
धुरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने धनकुटे रोडस्थित बिहिबार राती पुल भत्किएको खहरेमा नयाँ पुल निर्माण हुने भएको छ । सडक डिभिजन कार्यालय विराटनगरका इञ्जिनियर एवं प्राविधिकहरुले भत्किएको पुलको स्थलगत निरीक्षण गरिसकेपछि त्यहाँ नयाँ पुल नै बनाउनुपर्ने निष्कर्षमा पुगेको हो । डिभिजन कार्यालयका प्राविधिकहरुले शुक्रबार नै भत्किएको पुलको निरीक्षण गरेका थिए भने आइतबार डिभिजन प्रमुखसहितको टोली आएर पुनः निरीक्षण गरेको थियो । निरीक्षणमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत, योजना शाखाका इञ्जिनियरसमेत थिए । धनकुटे रोडले परिचित उक्त सडक खण्डमा गएको बिहिबार राती पुल भत्किएको थियो । उक्त पुल भत्कदा सर्वसाधारणहरुलाई आउजाउमा कठिनाई भइरहेको छ । कतिपय स्थानीय जोखिम मोलेर भत्किएको पुलको संरचनाबाटै खहरे पार गरिरहेका छन् । धरान उपमहानगरका योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठका अनुसार पुलको पश्चिमतफको फाउण्डेशन नयाँ बनाएर अन्य पुरानै संरचना उपयोग गर्नेबारे पनि सोचिएको थियो । तर, खहरेबीचमा झरेको संरचनालाई कुनै क्षतिविना उठाउन र पछि राख्न सम्भव नदेखिएकोले नयाँ पुल नै निर्माण