Posts

Showing posts from May, 2016

एकल नृत्य प्रतियोगिता हुने

Image
धरान । ‘प्रतिभाको विकास स्कुल स्कुलबाट’ भन्ने नारासहित सुनसरी जिल्ला अन्तर विद्यालय स्कुल स्कुलमा एकल नृत्य प्रतियोगिता २०७३ आयोजना हुने भएको छ । धरान ९ स्थित युनाइटेड मल्टि आर्टसले नृत्य प्रतियोगिताको अडिशन यही जेठ १९ गते बुधबारबाट शुरु हुने जानकारी दिएको छ । ‘अडिशन बुधबार धरान १९ को आवर होम बोर्डिङ स्कुलबाट शुरु गछौं, सुनसरी भरिका ४० वटा निजी र सरकारी स्कलहरुमा अडिशन गछौं’–प्रतियोगिताको संयोजक मिलन भुजेलले भने । उनका अनुसार अडिशनमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । स्कुलमा शैक्षिक ज्ञानसँगै बालबालिकाहरुमा कला, सँस्कृतिप्रति आकर्षण गर्न र शारीरिक, बौद्धिक विकास गराउने उद्देश्य भएको उनले बताए । अडिशनबाट पहिलो चरणमा १ सय ५० प्रतियोगीहरुलाई छनौट गरिने आयोजकले जनाएको छ । त्यसपछि क्रमशः नेपाली मोर्डन राउण्ड, नेपाली फिल्मी राउण्ड, कल्चरल एण्ड जज राउण्ड हुदै टप १५ छनौट गरिनेछ । टप १५ मा छनौट हुने प्रतियोगीहरुले नै फाइनलमा उपाधिको लागि स्पर्धा गर्ने आयोजक आर्टस् व्यावस्थापक सन्तोष तामाङले जानकारी दिए । उनका अनुसार फाइनलमा प्रतियोगिहरुले कल्चरल नृत्य मात्रै प्रस

सुधारिएको चुलाको तालिम

Image
धरान । परम्परागत चुलोबाट अत्यधिक धुवा निस्केर स्वास्थ्यमा पनि असर पुग्ने भएकोले त्यसबाट मुक्ति दिलाउन धरान २६ विष्णुपादुकाका स्थानीयलाई सुधारिएको चुला तालिम सञ्चालन गरिएको छ । धरान उपमहानगरपालिकाको सहयोग तथा नारी स्वतन्त्र मञ्चको आयोजनामा तीन दिने तालिम शुरु भएको हो । तालिममा स्थानीय २१ जनाको सहभागीता रहेको छ । तालिमको सोमबार एक कार्यक्रमबीच धरान उपमहानगरका वरिष्ठ लेखा परीक्षण अधिकृत रमेश कुमार शाहले उद्घाटन गरेका थिए । तालिममा गोपाल श्रेष्ठ र रनमाया तामाङ प्रशिक्षककोरुपमा रहेका छन् । दुवै प्रशिक्षक वनस्पति(बिक्रेट) कोइला र कम्पोष्ट मलका विज्ञ पनि मानिन्छन् । स्थानीय एवं वडा नागरिक मञ्चकी अध्यक्ष रुविना राईले गाउँघरमा ग्याँस नपाउने भएकोले सुधारिएको चुलाबाट गाउँलेहरुलाई धेरै फाइदा पुग्ने बताइन् । दाउरा पनि कम खपत हुने र स्वास्थ्यमा पनि फाइदा पुग्ने उनले बताइन् । सामाजिक परिचालक भक्त राईका अनुसार गाउँमा सुधारिएकोले चुला अभियान चलिरहेकोले धुवामुक्त चुलाको तालिम आवश्यक भएको बताए । स्थानीयको आवश्यकता अनुसार तालिम पाएकोमा पनि उनले खुशी व्यक्त गरे । लेखा परीषण अधिकृत शाहले वडास्तरबा

फुटसलमा साकेला(फोटोफिचर)

Image
धरान । फुटसलमा फुटबल खेल्न युवाहरु तम्तयार भएर उभिएका थिए । रेफ्रीले सिटि फुक्ला र खेल शुरु गरौला भनेर उनीहरु मैदानमा प्रतिक्षारत थिए । तर, रेफ्रीले सिटि फुकेनन् । त्यहाँ त ढोल र झ्याम्टा पो बज्न थाल्यो । अनि, फुटसलको बीचमा वल राखेर गोलाकार भई युवाहरु साकेला पो नाच्न थाले । धरान १५ स्थित बिग फुट फुटसलमा युवाहरु दिनहुँ फुटवल खेलेर रमाउछन् । तर, आइतबार भने त्यहाँ फुटसल मात्रै खेलिएन, किरात राई जातिको साकेला पनि नाचियो । ढोल र झ्याम्टाको तालमा युवा, खेलाडीहरु पनि उफ्रिउफ्रि साकेला नाचे । ‘सोई ढोले सोइ, किरात राज्य खोइ ?’ साकेला नाच्दै गर्दा उनीहरु गीतमा यो नारा पनि घन्काए । किरात राईहरु यतिबेला आफ्नो चाड साकेला उभौलीमा रमाइरहेका छन् । किरात राई बाहुल्य क्षेत्रमा बैशाख पुर्णेदेखि १५ दिनसम्म ढोल र झ्याम्टा बजिरहन्छ । किरात राई यायोक्खाको नेतृत्वमा साकेला उभौली मनाइरहदा किरात राज्य प्राप्तिको लागि प्रचारात्मक अभियानले पनि निरन्तरता पाइरहेको छ । अभियानअन्र्तगत आइतबार धरानमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता आयोजना भएको हो । तर, खेलाडीहरुले फुटसल मात्रै खेलेनन्, साकेला पनि नाचे । आइतबार ६

रमिते डाँडामा युनिभर्सल आइकोन(फोटोफिचर)

Image
धरान । सर्दु खोला तरेपछिको करिब ४ किलोमिटर उकालो छिचोल्न धरानकी दिव्या श्रेष्ठलाई निक्कै गाह्रो भयो । धरान उपमहानगरभित्रै भएर पनि उनी रमिते डाँडा शनिबार पहिलो पटक जादै थिइन् ।डाँडामा उक्लिएपछि भने उनले डेढ घण्टा उकालो चढ्दाको सबै पीडा भुलिन् । सेल्फीसँगै साथीहरुसँग विभिन्न पोजमा फोटो खिचेर रमाइन् । त्यतिमात्रै होइन, नृत्य प्रस्तुत गरेर अन्य साथीहरुलाई पनि खुशी बनाइन् । दिव्या धरान ९ स्थित टप युनिभर्सल एकेडेमीद्धारा आयोजित युनिभर्सल आइकोन २०१६ अन्र्तगत नृत्यकी सहभागी हुन् । एकेडेमीले आइकोनअन्र्तगत नृत्य र गायनका प्रतिस्पर्धी विद्यार्थीहरुसहित करिब ८४ जनालाई रमिते डाँडासम्म पदयात्रामा लगेको थियो । प्रतिस्पर्धी विद्यार्थीहरु पदयात्रामा मात्रै रमाएनन्, डाँडामा पुगेपछि आफुमा रहेको गायन र नृत्य प्रतिभा प्रस्तुत गरे । दर्शक बनेका एकेडेमीका शिक्षक र अन्य विद्यार्थीहरुले हुटिङ र ताली बजाउदै रमाए । ‘आउदा त उकालो चढ्न गाह्रो भयो, तर डाँडामा आइपुगेपछि धेरै रमाइलो भयो । साथीहरुको अघि डान्स ग¥यौं, ठुलो स्टेजमा नाच्ने तयारी गर्दैछौं, यसले हाम्रो आत्मविश्वास बढाएको छ’–विजयपुर उच्चमाविबाट एसएलसी

शिक्षा सदनका पुर्वविद्यार्थीहरुद्धारा कम्प्युटर र प्रोजेक्टर प्रदान(फोटोफिचर)

Image
धरान । शिक्षा सदन उच्चमावि धरान १५ का पुर्व विद्यार्थीहरुको समुह एसएलसी ब्याच–२०५१ ले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले विद्यालयलाई सुचना एवं प्रविधिको सामग्रीहरु प्रदान गरेको छ । विद्यालयमा शुक्रबार आयोजित छात्रवृत्ति वितरण समारोहमा एसएलसी ब्याच–२०५१ तदर्थ समितिले कम्प्युटर र प्रोजेक्टर प्रदान गरेको हो । समितिले ११ थान कम्प्युटर सटे र २ थान प्रोजेक्टर विद्यालयलाई उपलब्ध गराएको हो । समितिका सदस्यहरुले संयुक्तरुपमा सामग्री विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बकसमान गुरुङ र प्राचार्य अमरबहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए । सोही समारोहमा छात्रवृत्तिको लागि २ वटा अक्षय कोषको पनि पुर्व विद्यार्थीहरुले घोषणा गरेका थिए । तदर्थ समितिका संयोजक मनिष खड्गीका अनुसार देश विदेशमा छरिएका रहेका एसएलसी ब्याच–२०५१ का दुई दर्जन जति विद्यार्थीहरुबाट सहयोग रकम संकलन भएको हो ।जसमध्ये पहिलो चरणमा अध्ययनरत विद्यार्थीहरुलाई अध्यापनमा सहज र प्रविधिमैत्री बनाउन कम्प्युटर र प्रोजेक्टर दियएको उनले बताए । पुर्व विद्यार्थी दिदी भाई उमेश पौडेल र उमा पौडेल खड्काले संयुक