Posts

Showing posts from July, 2013

नगरपालिकाभित्रको लुकेको सत्य । यसरी हुन्छ भ्रष्टचार !!

Image
धरान । दलित उत्थान समन्वय समितिले धरान नगरपालिकाबाट गत आर्थिक बर्षको दलित विकास कार्यक्रम अन्र्तगतको बजेट निकासा गरेपनि सम्झौता वमोजिम हालसम्म कतिपय कार्यक्रम नगरेको पाइएको छ । कार्यक्रम गर्न बाकी नै रहेपनि ती कार्यक्रम सम्पन्न भइसकेको भन्दै किर्ते बिल पेश गरेर समितिले सम्पुर्ण बजेट भने निकासा गरिसकेको खुलेको हो । समितिले दलित विकास कार्यक्रमअन्र्तगत नगरपालिकामा ३ लाख २० हजारको विभिन्न कार्यक्रम गर्ने प्रस्ताव पेश गरेको थियो । त्यसप्रस्ताव वमोजिम कार्यक्रम सम्पन्न हुन बाँकी नै रहेपनि विभिन्न मितिमा तीन किस्ता गरि बजेट भने निकासा भइसकेको छ । कार्यक्रम गर्न बाँकी नै रहेपनि समितिले नगरपालिकामा ती कार्यक्रम सम्पन्न भइसकेको झुटो प्रतिवेदन र बिलभौचर पेश गरेको थियो । नगरपालिकाले पनि त्यसैको आधारमा बिलभर्पाइ फछ्यौट गरिसकेको छ । कार्यक्रम सम्पन्न गर्ने जिम्मा लिएका समितिका पदाधिकारीले भौचरमा अर्काको नामको किर्ते हस्ताक्षर गरेर पैसा हिनामिना गरेको रहस्य पनि खुलेको छ । कार्यक्रम सन्पन्न गर्न बाँकी नै रहेको जानकारी हुदाहुदै पनि किर्ते बिलभौचर स्वीकृत गरेपछि नगरपालिकाको समाज विकास शाखा र लेखा शाख

वेड भर्ना नपाउदा प्रसुती वार्डबाहिरै जन्मियो मृत बच्चा

Image
 धरान । सुनसरीको प्रकाशपुर १, नयाँबस्तीकी कलावती रामलाई शनिबार व्यथाले च्याप्यो । उनका पति रत्नकुमारले तत्कालै नजिकको मेडिकलमा लगे । दुखाई र छटपटि बढेपछि मेडिकलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिदियो । गरिब परिवारका रत्नकुमारले स्थानीयसँग ऋण काढेर २८ बर्षीय श्रीमतिलाई राती नै बीपी प्रतिष्ठान ल्याइपुर्याए । सात महिनाकी गर्भवती कलावतीलाई गाइनो वार्डमा जाँच भयो । केहीबेर पछि सन्तोषजनक छ भन्दै वार्डबाट बाहिर पठाइयो । तर, श्रीमान् र आफन्तहरुले घर फर्किन मानेनन् । ‘चिकित्सकहरुलाई ७ महिनाको गर्भ छ, अवस्था गम्भीर छ’ भन्दै वेडमा भर्ना गरेर राखिदिन आग्रह गरे । वेड अभाव र अरु पनि विरामी भएको भन्दै मानेनन् । रातभर अनिदो, र निरन्तर कुर्सीको बसाईले कलावतीको व्यथा कम भएन । अन्ततः आइतबार बिहान करिब दश बजेतिर गाइनो वार्डको आँगनमै खुला आकाशमुनि नै कलावतीले बच्चा जन्माइन् तर, बच्चा जन्मदै मृत । कलावती बेहोस भइन् । यो घटना पछिमात्रै नर्स आएर मृत शिशु र आमालाई भित्र लगे । शुरुमा सामान्य जाँच गराएर पठाई दिएपछि वेड भर्ना आग्रह गर्दा ठुलो डाक्टर आउछ भन्दै राती र बिहानभर पर्खाए

यौनपिपासु प्रिन्सिपलको कतुर्त पर्दाफास, होस्टलबाट छात्राहरुको उद्दार

Image
 धरान । अभिभावकविहिन तथा गरिबका छोराछोरी पढाइदिने भन्दै सञ्चालनमा रहेको क्रिष्चियन मिशनरी स्कुलका प्रिन्पिसलले बषौंदेखि छात्राहरुलाई यौन शोषण गर्दै आएको खुलेको छ । धरान १९, जिमिचोकस्थित एमानुअल इन्टरनेशनल बोर्डिङ्ग स्कुलका प्रिन्पिसल कपिङ मरामले सोही स्कुलकी छात्राहरुलाई यौनशोषण गर्दै आएको खुलेको हो । होस्टलमा राखिएका छात्राहरुमाथि यौनशोषण भएको सार्वजनिक भएपछि सोमबार यहाँका महिलावादी संघसंस्थाको पहलमा प्रिन्सिपल कपिङ र उनकी श्रीमति रेदिला मरामलाई प्रहरीले पक्राउ गरेको छ । प्रिन्पिसल दम्पत्ति भारतको मणीपुुरस्थित सेनापति जिल्लाका बासिन्दा हुन् । आफ्नो श्रीमान्को कर्तुतबारे जानकार हुदाहुदै पनि पत्नीले ढाकछोप गरिरहेको खुलेपछि उनलाई पनि प्रहरीको जिम्मा लगाएको महिलाअधिकारकर्मीहरुले बताएका छन् । प्रिन्सिपलबाट पीडित भएका एक दर्जन छात्राहरुलाई पनि उद्दार गरिएको छ । उनीहरुको उमेर ५ बर्षदेखि १४ बर्षसम्मका छन् । आरोपित प्रिन्सिपलले आफ्नै गाउँका एक छिमेकी एक किसोरीलाई पनि यौनशोषण गरेका थिए । तिनै किसोरीको दिदीले घटनाबारे आइतबार बेलुकी धरानका महिलाअधिकारकर्मीसम्म पुर्याएकी थिइन् । पीडित ती किसो

धरानको फोहोर सेउती खोलामा फालिदा पीडा भोग्नेहरु

Image
 बक्लौरी(सुनसरी) । कतिपय किसानहरुले भर्खर रोपाई सकेका छन्, कतै रोपाई जारी छ । मनसुन पनि समयमै आएको हो । त्यसैले, अब किसानहरुको मन लहलह धान फल्ने आशाले खुशी हुनुपर्ने हो । तर, सुनसरीको उत्तरी गाविस बक्लौरीमा पुग्दा भने किसानहरु अर्कै पीरमा डुबेका थिए । ‘रोपाई त सकियो, अब यी थुप्रिएको डंगुरलाई कहाँ फाल्ने भनेर चिन्तामा छुँ’–बक्लौरी ३, ननीगाउँका देवीलाल चौधरीले भने । उनले तीन बर्षयता कुमारखत २ को पञ्चायत माविको जग्गा अधिया कमाईरहेका छन् । उनले कमाई गर्ने स्कुलको करिब ३ विघा खेतमा हिजोआज अन्नबालीभन्दा बढी फोहोरको डंगुर फल्छ । बर्षायाम लागेपछि धरानबाट तीनढ्वाङ्गे खोला र सेउतीको बाढीले बगाएर लगेको फोहोरलाई स्थानीय कजरा र गोलझाप्रे खोलाले उनको त्यही खेतमा पुर्याईदिन्छ । अनि रोपाईमा जुट्नुपर्ने बेला देवीलालको परिवार खेतबाट फोहोर टिप्न कस्सिनुपर्छ । ‘टिप्न त टिपे, तर अब कसरी यहाँबाट हटाउने भनेर समस्या छ’–खेतको आलीहरुमा थुप्रिएको डंगुर देखाउदै उनले भने । देवीलाल त एक प्रतिनिधि पात्र मात्रै हुन् । उत्तरी सुन्दर शहर धरानबाट आएको फोहोरले खेतीयोग्य जमिन ढाकिएर पीडित बनेको किसानहरुको संख्या गनिसाध

विपन्न परिवारलाई बाख्रा वितरण

Image
धरान । पाँचकन्या गाविसकी पदमकुमारी दर्जी शनिबार दिउसो बाख्रा डोर्याउन पाउदा हर्षित भइन् । निम्न आर्थिक अवस्थाकी उनलाई अब यही बाख्रा परिवारको पालनपोषणको लागि थप सहारा हुन्छ भन्ने आशा जागेको छ । शनिबार हात लागेको बाख्रालाई उनले तत्काल बिक्री गर्न पाउने छैनन् । पाठापाठी जन्मिएपछि मात्रै बाखा्रमाथि उनको पुर्णअधिकार रहनेछ । जन्मिएको पहिलो पाठी भने उनलाई जसले माउ बाख्रा दिएको हो, उसैलाई फर्काउनुपर्ने सर्त छ । ‘यसलाई राम्ररी पाल्छुँ, स्याहार गर्छु, पछि पाठापाठी भएपछि बिक्री गरौला’–उनले भनिन् ।        पदमकुमारी झैं कमजोर आर्थिक अवस्था भएका एकदर्जन व्यक्तिहरुले शनिबार बाख्रा पाए । उनीहरुलाई रोट्रयाक्ट क्लब अफ धरान घोपाले आर्थिक उपार्जन गर्न सकुन् भन्ने उद्देश्यले बाख्रा पालनमा प्रोत्साहित गर्न एक एक वटा बाख्रा वितरण गरेको हो । संस्थाले धरान १७, रेल्वेस्थित पञ्चकन्या निमाविमा शनिबार एक कार्यक्रम आयोजना गरेर बाख्रा वितरण गर्यो । कार्यक्रमका प्रमुख अतिथि रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले सबैलाई बाख्रा हस्तान्तरण गरेका थिए । बाख्रा पाउने थप

खाद्य प्रविधिको बिषय समिति भंग, जथाभावी सम्बन्धन दिने षडयन्त्र गरेको आरोप

Image
धरान । विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्र्तगतको डिन कार्यालयको सिफारिशमा त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद स्थायी समितिले खाद्य प्रविधि बिषयको समितिलाई विघटन गर्ने स्वीकृति दिएपछि विवाद निम्त्याएको छ । प्राज्ञिक परिषदको स्थायी समिति वैठकले खाद्य बिषय समितिलाई विघटन गर्ने निर्णयलाई खाद्य प्रविधि केन्द्रीय विभाग र नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा),केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले कडा विरोध जनाएको छ । शैक्षिक माफियाको प्रभावमा परेर निजी कलेजलाई जथाभावी सम्बन्धन दिनको डिन कार्यालय मातहतको विद्या परिषदले बिषय समिति भंग गर्न शिफारिस गरेको र विश्वविद्यालयको प्राज्ञिक परिषदले नियमविपरीत स्वीकृति दिएको उनीहरुको आरोप छ । ‘विश्वविद्यालयको नियममा केन्द्रीय विभागका प्रमुख नै बिषय समितिको अध्यक्ष रहने स्पष्ट व्यवस्था भएपनि बिषय समिति भंग गरेर नयाँ गठन गर्ने प्राज्ञिक परिषदको निर्णय नियमविपरीत हो’–खाद्य प्रविधि केन्द्रीय विभागका प्रमुख प्रा.डा.धनबहादुर कार्कीले भने–‘खासमा डिन कार्यालयको स्वार्थ पुरा हुन नसकेपछि बिषय समिति भंग गरेर आफ्नै मातहतमा राख्न यो गैरकानुनी कादम चा

तरुण दलका नगर उपसभापतिसहित तीन पक्राउ

Image
धरान । मदिरा सेवन गरेर राती छिमेकीको घरमा ढुंगामुढा गर्ने तरण दल धरान नगर समितिको उपसभापति कुले भनिने रञ्जन राईसहित तीन युवा बिहिबार पक्राउ परेका छन् । पक्राउ लगत्तै धरान प्रहरीले ती युवाहरुलाई सार्वजनिक ऐनअन्र्तगत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । अन्य पक्राउ पर्नेमा धरान १८ का सुवास राई र अरुण लिम्बू छन् । छोड्न राजनैतिक दबाब आउनसक्ने भन्दै प्रहरीले उनीहरुलाई बिहिबार नै म्याद थप गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पाँच दिनको म्याद थप गरिएका ती युवाहरुलाई धरान नल्याइ जिल्ला प्रहरी कार्यालय इनरुवामा नै हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ‘यहाँ राखिरहदा कारबाही नगर्न दबाब आउने भएकोले तत्कालै म्याद थप गर्न इनरुवा पठायौं, म्याद थप पछि जिल्लामै राखिएको छ’–इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रामेश्वर त्वातीले भने । उनका अनुसार तरुण दलका उपभापति राईसहित तीन जना युवाहरुले रातभर मदिरा सेवन गरेर तीन बजेतिर धरान १८, बुद्धचोकस्थित विष्णुकमार राई र माया राईको घरमा ढुंगामुढा गरेका थिए । उपसभापति राई र पीडित परिवारबीच साइनो पनि छ । पीड

फुटबलको सपना साकार बनाउदै धराने किसोरीहरु

Image
धरान । धरान १७ की १६ बर्षीय विपना राईको सपना छ, भविष्यमा नेपाली राष्टिय महिला टिमको गोलकिपर भएर खेल्ने । अहिले उनी त्यही सपना साकार बनाउन कडा मेहनत गरिरहेकी छिन् । हरेक दिन बिहान सबेरै उठ्छिन्, अनि साढे पाँच बज्नुअघि नै धरान १८ स्थित डिपो उच्चमाविको खेल मैदानमा पुग्छिन् । त्यहाँ दुई दर्जनबढी किसोरीहरुसँगै उनी प्रशिक्षकको निगरानीमा कडा प्रशिक्षणमा रहन्छिन् । ‘म राम्रो गोलकिपर भएर राष्टिय टिमबाट खेल्न चाहन्छु’–मैदानमा रक्षापंक्ति पनि सम्हाल्ने गरेकी विपना भन्छिन् । उनले अहिलेसम्म आधा दर्जन जति क्षेत्रीय, राष्टिय प्रतियोगितामा सहभागी भइसकेकी छिन् । विपनाको जस्तै धरान १६ की टिका बिकको पनि सपना छ, विभागीय टोली नेपाल पुलिस क्लबबाट फुटबल खेल्ने । दर्जन जति प्रतियोगितामा सहभागी भइसकेकी टिका मैदानमा मिडफिल्डरकोरुपमा हुन्छिन् । ‘पुलिस क्लबबाट खेल्ने मेरो ठुलो इच्छा छ’–प्रशिक्षणमा ब्यस्त रहेकी उनले भनिन् । करिब पाँच बर्षअघिदेखि नै फुटबल खेल्न थालेकी टिकाले दर्जन जति प्रतियोगितामा खेलिसकेकी छिन् । विपना र टिका झै महिला फुटबलको राष्टिय टोलीबाट खेल्ने धोको बोकेका २६ जना किसोरीहरु बिहान–बेलुकी कड

लांघाली वन समुहमा हिनामिना, कार्यसमिति विघटन

Image
धरान । लांघाली सामुदायिक वन उपभोक्ता समुहका मुख्य तीन पदाधिकारीको मिलेमतोमा व्यापक आर्थिक हिनामिना गरेको पुष्टि भएको छ । अख्तियारमा उजुरी परेपछि जिल्ला वन कार्यालय सुनसरीले गरेको अनुसन्धानको क्रममा समितिका सचिव, कोषाध्यक्ष र कार्यालय सचिवले व्यापक आर्थिक हिनामिना गरेको पुष्टि भएको हो । समुहका अध्यक्षले भने आर्थिक हिनामिना गरेको नदेखिएपनि उनी मुकदर्शक मात्रै बनेर हिनाहिनाको साक्षीकोरुपमा बसेको अनुसन्धानले देखाएको छ । समुहको गत आर्थिक बर्षको अडिट रिपोर्टमा कोषाध्ययक्ष रमेश राईले करिब साढे ३ लाख हिनामिना गरेको देखाएको थियो । अनुसन्धानको क्रममा भने कोषाध्यक्षसँगै समुहकी सचिव पुर्णमाया मगर र कार्यालय सचिव ध्रुव मास्केले पनि व्यापक आर्थिक हिनामिना गरेको रहस्य खुल्यो । समुहको कोषको व्यापक हिनामिना भइरहदा पनि समुहका अध्यक्ष झमकबहादुर मगरले भने नियन्त्रण गर्न कुनै चासो नदेखाएको सहायक वन अधिकृत तथा अनुसन्धान अधिकृत ज्ञानकुमार लामाले बताए । उनका अनुसार फितलोरुपमा गरिएको अडिट रिपोर्टले कोषाध्यक्षको नाममा मात्रै करिब साढे तीन लाख देखाएको थियो । तर, अनुसन्धान गर्दै जादा भने अन्य पदाधिकारीले पनि स

'I Have A Dream'

Image
उहिल्यै अमेरिकाका चर्चित अश्वेत नेता मार्टिन लुथर किंगले भनेका थिए, I Have A Dream अर्थात मसँग एउटा सपना छ । उनले कुन सन्दर्भमा यो अभिव्यक्ति दिएका थिए कुन्नी । यो भनाईबाट म भने साह्रै प्रभावित छुँ । हरेक मान्छेको सपना हुन्छ । मान्छेले सपना नदेख्दो हो त आज संसारमा जे जति उपलब्धीहरु भएका छन्, ती सबै हुने थिएनन् । हामी ढुंगे युग अथवा जंगली अवस्थामै हुनेथियौ, मलाई यस्तै लाग्छ । भिञ्चीले मान्छे चरा जस्तै उडेको सपना नदेखेको भए सायद राइट दाजुभाईले त्यो सपना साकार पार्न सक्थे कि सक्दैनथे, म भन्न सक्दिन । तर, सपनाकै कारणले आज हामी चरा जस्तै आकाशमा उड्न सकेका छौं । मान्छेले सपना देख्छ र देख्नुपर्छ । सपना देखेकैले ऊ बाँच्छ, उसको जीवनले गति पाएको हुन्छ । नत्र, मान्छे उद्देश्यविहिन हुन्छ, गन्तव्य भेट्दैन । मान्छे सपनाकै भरमा बाँचेको हुन्छ, मलाई यस्तै लाग्छ । मसँग पनि सपनाहरु छन्, तिनै सपनाहरुको भरमा म बाँचेको छुँ । तर, मेरो सपनाहरु ठुला छैनन्, लामा छैनन् । तिनै ससाना सपनाहरुमध्य आज सामुहिकरुपमा देखेको एउटा सपना पुरा भएको छ । सन्दर्भ हो, www.clickdharan.com को कार्यालय उद्घाटनको । म यो वेभसा

मनोज जी, माफ गर्नुस है !

Image
मोवाइलमा एसएमएस आएको आएकै थियो । कल पनि निरन्तर आइ रहेकै थियो । म भने म्यासेज पढेर जवाफ फर्काउन र कल रिसिभ गरेर कुरा गर्नसक्ने अवस्थामा नै थिइन । आज बिहान उठेदेखि नै अतिब्यस्त भइयो, बेलुकाको चार बजिसक्दा पनि त्यतिबेलासम्म मैले भर्खर एउटा समाचार मात्रै लेखिसक्न लागेको थिएँ । अझै दुईटा लेख्नै पर्ने समाचार बाँकी थियो, तर मसँग समय एकदमै कम । www.clickdharan.com को कार्यालयको भित्तोमा अडेस लागेर दुवै खुट्टा भुइँमै लम्पसार परेर काखे कम्युटर(ल्यापटप) काखमा नै राखेर बल्लतल्ल समाचार सके । त्यतिबेलासम्म साँझ पर्न थालिसकेको थियो । मंगलबार उद्घाटन कार्यक्रम र हाम्रो वेभसाइटबारे सामान्य छलफल पछि दर्शन सुब्बा घरतिर लाग्नुभयो । साँझ झमक्क परिसके पनि म, विकास जी, सोहन दाई केहीबेर गफिदै बस्यौं । त्यसबेला मैले फेसबुकमा कसैले छक्क लाग्दो कुनै वेभसाइटको समाचार सेयर गरेको देखे । शिर्षक थियो, कलंक भन्दै पत्रकारसहित तीन जनालाई कालोमोसो । उफ् ! समाचारको शिर्षकले नै मेरो आङ सिरिङ्ग बनायो । मैले समाचारको शिर्षक बताएपछि सबैको ध्यान खिच्यो । बेलबारीको घटना रहेछ । छिमेकी जिल्ला मोरङको बेलबारी त्यति टाढा पनि होइन

धराने सुरज दाईसँगको मोवाइल वार्तापछि...

Image
अपरिचित नम्बरबाट मोवाइलमा फोन आयो । हिजोआज म नचिनेको नम्बरबाट फोन आयो भने हत्तपत्त उठाउदिन । कसैले म फलना हुँ भनेर म्यासेज गर्यो भने मात्रै नयाँ नम्बर वा अपरिचित नम्बरबाट मोवाइलमा आएको कल उठाउने गर्छु । तर, आइतबार दिउँसो के मुड चल्यो कुन्नी, कल रिसिज गरे । ‘तपाई रोहित भाई बोल्नु भएको होइन ?’–उताबाट सोधेपछि जवाफ दिर्दै मैले पनि सोधे,–‘हो त, तपाई को बोल्नु भएको ?’ मेरो यो प्रश्नको जवाफले भने मलाई खुशी दिलायो । किनभने, मलाई फोन गर्ने व्यक्ति अघिल्लो दिनमात्रै काठमाण्डौंमा सम्पन्न एनएफडिसि राष्टिय चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका निर्देशक सुरज सुब्बा नाल्बो हुनुहुन्थ्यो । उहाँले आफ्नो नाम भन्दै थप परिचय दिन भुमिका बाँध्दै हुनुहुन्थ्यो, मैले रोक्दै भने–‘दाई मैले तपाईलाई चिनिसके ।’ बिहानै घरमा नागरिक दैनिकमा सादयले सात वटा विधामा अवार्ड जितेको समाचार पढीसकेको थिए । यो चलचित्रका निर्देशक सुरज दाई हुनुहुन्थ्यो भन्ने कुरा पनि थाह पाइसकेको थिए । उहाँले मलाई आफ्नो गुनासोहरु पोख्नुभयो, जसलाई मैले सहजरुपमा लिए । त्यो गुनासो मसँग सम्बन्धित अथवा व्यक्तिगत गुनासो नभई

गर्मी विदामा यू-१४ फुटबल प्रशिक्षण शिविर

Image
धरान । फटबल भनेपछि हुरुक्कै हुने माउण्ट हर्मन एकेडेमीका ९ बर्षीय मौषम राईलाई शनिबारको रात एक युग झै भयो । कहिले उज्यालो होला भन्ने उनको छटपटीले उनको अभिभावकलाई पनि चिन्तामा डुबायो । उनको छटपटिको कारण थियो, आइतबारदेखि शुरु हुने समर फुटबल ट्रेनिङ क्याम्प । फुटबल प्रशिक्षण हुने थाह पाएदेखि नै उनी असाध्यै उत्साहित थिए । ‘कहिले बिहान होला र ट्रेनिङमा जान पाइएला भनेर छटपछि भइरह्यो’–कक्षा ३ का मौषमले भने–‘ज्यादै खुशी छुँ ।’ उनलाई यो अवसर माउण्ट हार्मन एकेडेमीले दिलाएको हो । एन्फाको प्राविधिक सहयोगमा आइतबारदेखि शुरु भएको अण्डर १४ प्रशिक्षणमा मौषम झै ४३ जना फुटबल क्रेजी विद्यार्थीहरु सहभागी छन् । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा अबको १५ दिनसम्म प्रशिक्षण रहने एकेडेमीले जनाएको छ । विद्यार्थीहरुको विदाको समय उपयोग गर्दै उनीहरुमा भएको खेल क्षमतालाई निखार्न प्रशिक्षण आयोजना गरिएको एकेडमीका संस्थापक एवं एन्फाका जिल्ला उपाध्यक्ष नविन राईले बताए । ‘प्रशिक्षणले विद्यार्थीहरुलाई स्वस्थ्य, तन्दुरुस्त राख्छ र उनीहरुमा भएको खेल प्रतिभा पनि हामीले चिन्ने अवसर पाउछौं’–उनले भने । प्र

सम्पत्तिको लोभमा परेपछि....!

Image
बुधबार मध्यान्हको समय थियो । औजार दैनिकको कार्यालय धरान ७ शान्तिपथ मुनि म  साथीहरुसँग बसेर गफिदै थिएँ । भोक लागेकोले खाजा पनि मगाएर खानै लागेको बेला मोवाइल बज्यो । न्युज २४ मा कार्यरत मित्र सन्तोष काफ्लेले गर्नुभएको रहेछ । ‘रोहित जी, शिवधाराको एउटा घरमा तीन बर्षदेखि महिलालाई बन्धक बनाएको रहेछ, म यही छुँ । राम्रो समाचार बन्न सक्छ आउनुस्’–मोवाइल उठाउनुबित्तिकै सन्तोष जीले भन्नु भो । तीन बर्षदेखि महिला बन्धक ? दिमागमा झट्का हानिहाल्यो । हतार हतार खाजा खाएर हुँइकिए शिवधारा तिर । सन्तोष जीले फोनमा वेल्फेयर अफिसदेखि अलिकति तल हो भन्नु भएको थियो । म त्यसै अनुसार जिरोप्वान्टबाट धनकुटातर्फ जाने बाटोमा मोडिएपछि वरिपरी हेर्दै हिडे । वेल्फेयर अफिस पुग्नु अघि नै मैले सडकबाटै एउटा घरमा मानिसहरुको भिड देखिहाले । त्यही सन्तोष जी पनि देखे । बाइकलाई साइड लगाएर म पनि घरको गेटभित्र छिरे । गेटभित्र छिरेपछि देखे, एउटी महिला शारीरिकरुपमा ज्यादै कमजोर महिला छिन् । करिब एक दर्जन पुरुष छन्, ती मध्ये एक जना पत्रकार र ३ जना घुमुवा प्रहरी । अरु सबै स्थानीय । सबैले ती महिलालाई सोधी गरिरहेका छन् । पत्रकार मित

औषधी नकिन्दा अस्पतालभित्रै झगडा

Image
धरान । अस्पतालको बेडमा खुटा भाचिएका एक विरामी शल्यक्रिया हुने समयको प्रतिक्षामा छन् । उनको बेडअघि दुई व्यक्ति आपसमा भनाभन गर्छन् र एकैछिनमा हात हालाहाल गर्न थाल्छन् । डाक्टरलाई पनि गालीगलौज गर्छन् । कुनै फिल्मी दृष्य जस्तै लाग्ने यो घटना सोमबार मध्याह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको हो । सुरक्षा गार्ड र प्रहरीले तत्कालै पक्राउ गरेपछि उनीहरु प्रतिष्ठान बाहिर खुलेको सिताराम मेडिकल र इसा मेडिकलका कर्मचारीहरु भएको रहस्यो खुल्यो । विरामीको उपचारको लागि आवश्यक औषधी आफ्नोबाट नलिएको बिषयमा उनीहरुबीच झगडा भएको रहेछ । यो घटनाले प्रतिष्ठान बाहिर खुलेका मेडिकलहरु औषधी बिकाउन अस्पतालमा ल्याएका विरामीहरु खोज्न आफ्ना मान्छे –दलाल) खटाउने गरेको पनि सार्वजनिक भएको छ । ‘विरामीका आफन्तले एउटाबाट औषधि किनेको रहेछ, पछि अर्को मेडिकलबाट किनेपछि उनीहरुबीच झगडा भएको हो’–इलाका प्रहरी कार्यालयका डिएसपी चन्द्रदेव राईले भने–‘बीपीले पत्र पठाउछु भनेको छ, त्यो पत्रआएपछि आवश्यक कार्वाही प्रक्रिया अघि बढ्छ ।’ उनका अनुसार अस्पतालभित्रै झगडा गर्ने इसा मेडिकलका अभिषेक मिश्र, सन्तोष य