Posts

Showing posts from February, 2017

बुढासुब्बा गोल्डकपमा पुलिस च्याम्पिनय(फोटोफिचर)

Image
धरान । सिएमजि क्लब संकटालाई सडन डेथमा हराउदै नेपाल पुलिस क्लब १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार निर्धारित समयको खेल र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा पुलिसले जित हात पारेको हो । सिजनको पहिलो उपाधि जितेको पुलिसले बुढासुब्बामा सर्वाधिक उपाधि विजेताको रेकर्ड पनि बनायो । साथै, आहा रारा गोल्डकप पोखरामा संकटासँग भएको हारको वदला पनि पुलिसले लियो । पुलिसले यसअघि बुढासुब्बाको दोस्रो, पाँचौै, छैटौं र एघारौं सँस्करणमा उपाधि जितेको थियो । च्याम्पियन पुलिसले नगद ५ लाखसँगै ट्रफी हात पा¥यो भने उपविजेता संकटाले नगद २ लाख ५० हजारसगै उपविजेता ट्रफीमा चित्त बुझायो । निर्धारित समयको खेलमा पहिलो हाफको २७ औं मिनेटमा राज पौडेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पुलिसका डिफेन्स अजित भण्डारीको मिस पासमा उनले पाएको वलमा गोल गरे । दोस्रो हाफको ३४ औं मिनेटमा जुमानु राईले पेनाल्टीमा गोल गर्दै खेल बराबरी बनाए । संकटाका अनिल गुरुङले बुद्ध लामालाई डि बक्सभित्र फल गरेपछि रेफ्री नविन्द्र मर्हजनले पुलिसलाई पेनाल्टी अवसर दिएका

धरान रनमा तीर्थ र सानुमाया प्रथम(फोटोफिचर)

Image
धरान । भारतीय सेनामा कार्यरत धावक तीर्थ पुनले धरान रन, पाँचौं नेवा च्यारिटी ८ के रनको खुला स्पर्धामा आफ्नो उपाधि जोगाएका छन् । वाग्लुङ जिल्लाका यी २७ बर्षे धावकले शनिबार धरानमा आयोजित ८ किलोमिटर रनको दुरी २६.८ मिनेटमा पुरा गरेर प्रथम हुदै आफ्नो उपाधि जोगाएका हुन् । करिब ९ बर्षअघि भारतीय सेनामा भर्ती भएका पुन त्यहाँ पनि खेलाडी(धावक)कोरुपमा परिचित छन् । छुट्टी मनाउन घर आएको मौकामा उनी कान्तिपुर हिरो हाफ म्याराथनमा पनि सहभागी हुदै तेस्रो भएका थिए । ‘गत बर्ष पनि यहाँ पहिलो भएको थिए, यसपाली पनि भए । खुशी छुँ’–नागरिकसँग उनले भने । प्रतियोगितामा निर्धारित दुरी २६.३६ मिनेटमा पार गर्दै नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने २७.२७ मिनेटमा दुरी पार गरेका सेनाकै टिकाराज कटवाल तेस्रो भए । होमलाल दोस्रो सँस्करणमा सहभागी हुदा पहिलो भएका थिए भने टिकाराज गत सँस्करणमा पाँचौं भएका थिए । यसैगरि,महिला खुला स्पर्धातर्पm नेपाली सेनाकी सानुमाया कार्की प्रथम भइन् । उनले निर्धारित ८ किलोमिटरको दुरी ३४.३ मिनेटमा पुरा गरिन् भने ३४.१३ मिनेटमा दौड पुरा गर्दै धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो भइन् भने जुम्लाक

बुढासुब्बाको उपाधि हत्याउन पुलिस र संकटा भिड्दै

Image
धरान । मोफसलको प्रतिष्ठित १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधिको लागि आज(शनिबार) नेपाल पुलिस क्लब र सिएमजि क्लब संकटाबीच फाइनलमा भिडन्त हुदैछ । बुढासुब्बा गोल्डकपमा चार पटकको विजेता पुलिस सर्वाधिक उपाधि उचाल्ने दाउमा छ भने संकटा नयाँ च्याम्पियन बन्दै जारी सिजनमा उपाधि ह्याट्रिक गर्न आतुर छ । नेपाली फुटबलको महारथी पुलिसको खेल खस्किदै गएपछि पछिल्लो समय आलोचना खेपिरहेको छ । यो सिजनमा ५ वटा नकआउट प्रतियोगिता खेलेको पुलिस बुढासुब्बामा मात्र फाइनल पुग्न सफल भयो । उपाधिको खडेरी टार्दै पुलिस आलोचकलाई गतिलो जवाफ दिन मात्र चाहिरहेको छैन, आरा–रारा गोल्डकप पोखरामा संकटासँग व्यहोरेको हारको वदला पनि लिन चाहन्छ । पोखरामा संकटासँग भेट हुदा पुलिस २–१ गोलअन्तरले हारेको थियो । संकटा बुढासुब्बामा पहिलो सहभागितामै फाइनल पुग्ने फाग्यशाली टोली हो । फाइनल जित्दा संकटा बुढासुब्बाको नयाँ च्याम्पियन मात्र हुनेछैन, उसले सिजनको तेस्रो महत्वपुर्ण उपाधि पनि उचाल्नेछ । जारी सिजनमा ९ वटा प्रतियोगितामा भाग लिएको संकटाले यसअघि ४ वटामा फाइनल खेलेको छ । त्यसमध्ये नारायणगढको विकास रनिङ सिल्ड र सिमरा गोल्डकपको उपा

धरानमा पुर्वाञ्चलस्तरीय पुष्प व्यापार मेला हुने

Image
धरान । सर्वसाधारणहरुमा पुष्प(फुल) तथा फलफुलका विरुवाको व्यावसायिक खेतीमा आकर्षित एवं प्रर्वद्धन गर्न र प्राविधिक ज्ञानसमेत दिलाउने उद्देश्यले धरानमा पुर्वाञ्चलस्तरीय तीन दिने पुष्प व्यापार मेला आयोजना हुने भएको छ । पुष्प तथा फलफुल कृर्षि व्यावसाय प्रर्वद्धन तदर्थ समिति धरानको आयोजनामा फागुन २३, २४ र २५ गते धरान ५ स्थित अमान बजारमा पुष्प व्यापार मेला हुन लागेको हो । पुर्वाञ्चलमै पहिलो पटक हुन लागेको पुष्प मेलामा पुर्वका विभिन्न जिल्लाबाट कम्तीमा २५ नर्सरी व्यावसायीहरुले पुष्प तथा फलफुलको विरुवा स्टल राख्ने आयोजक समितिका सदस्य प्रेम पराजुलीले जानकारी दिए । उनका अनुसार व्यापार मेलामा एउटा नर्सरी व्यावसायीले कम्तीमा ५० हजार बराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । ‘यो पुर्वमै पहिलो पटक हुन लागेकोले नर्सरी व्यावसायीहरु धेरै उत्साही भएका छौं, सर्वसाधारणहरुमा पनि धेरै चासो हुनेछ र अवोलकन, खरीद गर्न आउनेमा ढुक्क छौं’–पत्रकार सम्मेलनमा मेलाबारे पराजुलीले भने–‘मेलामा २५ वटा नर्सरीको स्टल हुनेछ, एउटाले ५० हजार भन्दा माथिको कारोबार गर्ने अनुमान गरेका छौं ।’ प्रर्दशनीमा सुनसरी, मोरङ, झापा, इलाम

आयोजकलाई हराउदै पुलिस फाइनलमा(फोटोफिचर)

Image
धरान । आयोजक धरान निलोलाई ३–१ गोलअन्तरले हराउदै नेपाल पुलिस क्लब धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा बिहिबार भएको दोस्रो सेमीफाइनलमा जुमानु राईले २ गोल गरे भने मनबहादुर परियारले एक गोल गर्दै पुलिसलाई उपाधि नजिक पु¥याए । आयोजकबाट रजिन सुब्बाले एक गोल गरेपनि जितको लागि पर्याप्त भएन । यो सिजनमा ५ वटा नकआउट खेलेको पुलिस बुढासुब्बामा मात्रै फाइनल पुग्न सफल भएको हो । पुलिसले उपाधिको लागि शनिबार सिमरा गोल्डकप विजेता सिएमजि क्लब संकटासँग फाइनलमा खेल्नेछ । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ३१ मिनेटमा मनबहादुर परियारले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर, ३७ औं मिनेटमा धरानका रजिन सुब्बाले हेडमार्फत बराबरी गोल गरे । ४० औं मिनेटमा जुमानु राईले लामो प्रहारमा गोल गरेपछि पुलिसले पुनः २–१ गोलको अग्रता लियो । जुमानुले पुनः दोस्रो हाफको २१ औं मिनेटमा हेडहार्फत गोल गरेपछि पुलिसको जित पक्का भयो । खेलको म्यान अफ दि म्याच पनि पुलिसका जुमानु राई घोषित भए । उनले नगद ५ हजार हात पारे । धरानबाट राष्ट्रिय खेलाडीहरु प्रकाश बुढाथोक

नेवा च्यारिटी ८ के रनको तयारी पुरा

Image
धरान । फागुन १४ गते शनिबार आयोजना हुन लागेको धरान रन, पाँचौं नेवा च्यारिटी ८ के रनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक धरान रनले बुधबार पत्रकार सम्मेलन गर्दै दौडमा हालसम्मकै बढी २ हजार २ सय जना सहभागी हुने जानकारी दिएको छ । स्वच्छ धरान, स्वस्थ्य धरान नारा दिएर स्थापना भएको संस्था धरान रनले बर्षेनी आयोजना गर्ने दौडमा सहभागी संख्या राजधानीबाहिरको सर्वाधिक हो । दौड शनिबार बिहान साढे ६ बजे भानुचौकबाट शुरु भएर विभिन्न चोक हुदै पुतलीलाइनबाट भानुचोकामा पुगेर टुंगिने प्रवक्ता गोपाल राईले बताए । यो दौडको दुरी ८ किलोमिटरको हुनेछ । प्रतियोगितामा नेपालभरिका विभिन्न उमेर समुहले भाग लिन पाउने प्रवक्ता राईले प्रष्ट्याए । दौडमा खुल्ला, १२ बर्ष मुनिका, १३ देखि १६ बर्ष मुनिका र भेट्रान गरि विभिन्न चार उमेर समुहको स्पर्धा हुनेछ । खुल्लातर्फका प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाले जनही मेडलसहित क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार पुरस्कार पाउनेछन् । यस्तै, १२ बर्ष मुनि, १६ बर्ष मुनि र भेट्रान(४० बर्षमाथि)का प्रथम, दोस्रो र तेस्रो हुने धावक र धाविकाले मेडलसहित जनही क्रमशः नगद

संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा (फोटोफिचर)

Image
धरान । उपाधिको दाबेदार मानिएको अग्नी रुपन्देही ११ लाई २–१ गोलअन्तरले हराउदै सिएमजि क्लब संकटा १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको सेमीफाइनल खेलमा अनिल गुरुङले २ गोल गर्दै संकटालाई फाइनलमा पु¥याए । रुपन्देहीको लागि दिपक राईले गरेको गोल सान्त्वनामा सिमित भयो । संकटाले यो सिजनमा नारायणगढमा विकास रनिङ सिल्ड र आठौं सिमरा गोल्डकप जितिसकेको छ । संकटाले नेपाल पुलिस क्लब र आयोजक धरान निलोबीच शुक्रबार हुने सेमीफाइनलको विजेतासँग शनिबार फाइनल खेल्नेछ । प्रतिस्पर्धात्मक खेलमा संकटाका अनिल गुरुङले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए । तर, पहिलो हाफको ४३ औं मिनेटमा रुपन्देहीका दिपक राईले गोल गर्दै खेल बराबरी बनाए । दोस्रो हाफको ३५ औं मिनेटमा संकटाका अनिल गुरुङले पेनाल्टीमा गोल निर्णायक गोल गरेका थिए । रुपन्देहीका सौरभ मगरले संकटाका दिपेश श्रेष्ठलाई डि बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा अनिलले विजयी गोल गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद ५ हजार थापे । पहिलो हाफमा बराबरी खेलेपनि दोस्रो हाफमा संकटाले रुप