Posts

Showing posts from 2019

धरानका पुर्वमेयर राईलाई उपचारमा सहयोग जुटाउन अभियान शुरु

Image
धरान: क्यान्सर रोगबाट पीडित धरानका पुर्वमेयर ध्यानबहादुर राईको उपचारमा आर्थिक सहयोग जुटाउन धरानबासीहरुले अभियान शुरुवात गरेका छन् । हाम्रो अभियान, धरानका पुर्व नगर प्रमुखप्रति सम्मान नारा दिएर पुर्वनगर प्रमुख राईलाई उपचार खर्च जुटाउन अभियान थालिएको हो । पुर्व मेयर ध्यानबहादुर राई बचाऔं अभियान नाम दिएर धरानका समाजसेवी, पत्रकार तथा राजनीतिक नेताहरुले अभियानलाई तीब्रता दिएका छन् । पुर्वमेयर राई झण्डै १० महिनादेखि भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । पुर्वमेयर राईलाई स्क्वामस सेल क्यान्सर भएको बताइएको छ । केही दिनअघ स्वयम राईले झण्डै ३५ लाख रुपैया उपचारको क्रममा सकिएको र अझै थप उपचारको लागि ५० लाख भारतीय रुपैया आवश्यक भएको खुलाएका थिए । उनले फेसबुकमा यो स्टाटस पोष्ट गरेपछि नेपालमा सहयोग अभियान शुरुवात भएको हो । पुर्वमेयर राईलाई भएको क्यान्सर दुर्लभ र खर्चिलो मानिन्छ । यो रोग क्यान्सरका रोगीहरुमा पनि ५ प्रतिशतलाई मात्र हुने जानकारहरुको भनाई छ । बचाउ अभियानको संयोजकमा पत्रकार महेश श्रेष्ठ छन् भने सहसंयोजकमा शिव वान्तवा राई, कोषाध्यक्षमा क

वीपी प्रतिष्ठान चेककाण्ड: एमबिबिएस विद्यार्थी र बैंकका कर्मचारी पक्राउ

Image
 धरान,मंसिर २२: विना आधार र टिप्पणी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट चेकमार्फत ४ लाख ८० हजार रकम झिकिएको बिषयमा प्रहरीले प्रतिष्ठानकै विद्यार्थी र बैंकका कर्मचारी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले किर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थी पक्राउ गरेको हो भने सिरहाको मिचैयास्थित सनराइज बैंकको शाखाका दुई कर्मचारी पनि पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रतिष्ठानको चेक साटेको अभियोगमा एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा पक्राउ परेका छन् । यस्तै, सनराइज बैंकको मिचैया शाखाका कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका छन् । प्रतिष्ठानकै डा.रोशन यादव भने फरार छन् । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत ३ जना विद्यार्थी मुख्य दोषी देखिएका छन् । उनीहरुले लेखा शाखाको ड्रबाट करिब ६ महिनाअघि चेक चोरी गरेको वयान दिएका छन् । चेकमा अस्पताल निर्देशक डा.गौरीशंकर शाह र तत्कालिन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ । गत भदौ १

धरानको उपनिर्वाचन: धरानमा किन सत्ता पल्टियो ?

Image
धरान: धरानको मेयरको लागि मंसिर १४ को उपनिर्वाचनको मतगणना शुरु भएदेखि नै सत्तासिन पार्टी नेकपाको लागि सुखद भएन । नेकपाले वडा नं ७ को अध्यक्ष त जोगायो, तर प्रमुख(मेयर) पदमा २ हजार ७ सय ९५ मतान्तरले विरासत गुमाउन पर्यो । नेकपाको यो हारसँगै अब धरान लालकिल्ला पनि रहेन । यहाँ पञ्चायतकाल र २०४६ सालको परिवर्तन पछिको हरेक चुनावमा कम्युनिष्टले जित्दै आएको थियो । कांग्रेसले पहिलो पटक धरानमा विजयीको झण्डा फहराउन सकेको हो । अघिल्लो पटकको स्थानीयतह निर्वाचनमा पराजित कांग्रेसका उम्मेदवार तिलक राईले दोस्रो पटकमा जित हासिल गरे । अघिल्लो स्थानीयतह निर्वाचन २०७४ मा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन । त्यसबेला एमाले एक्लैले मेयर, उपमेयरसहित १४ वडा जितेको थियो भने माओवादीले एउटा वडा जितेको थियो । अघिल्लो चुनावमा बहुमतले जितेर पकड बनाएको वडामा यसपाली नेकपाको जनमत कमजोर देखिएको छ । अघिल्लो चुनावमा नेकपाले जितेको वडाहरु १९, १६, १३, १२, ११, १०, ९, ८, ७ र ३ वडामा कांग्रेसले अग्रता लिएको थियो भने कम्युनिष्टको निर्णायक भोट भएको वडा नं १७ मा मात्र ४० र १५ मा २ सय ६८ मत मात्र नेकपाले बढी ल

धरानमा नेकपाको विशाल जनसभामा प्रचण्डले भने,'कांग्रेस म्युजियममा राख्ने बस्तु नहोस्'(फोटोफिचर)

Image
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले अझै पनि जनतासामु झुट बोलिरहन नछाडे म्युजियममा राखिने बस्तु झै लोप भएर जाने चेतावानी दिएका छन् । बुधबार धरानको भानुचोकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेस नसच्चिए इतिहासमा त्यो पार्टी पनि थियो रे भन्ने अवस्था आउने कडा टिप्पणी गरेका हुन् । पछिल्लो समय नेपाली भुमि मिचिएको विवादबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरेको टिप्पणीबारे प्रसंग उठाउदै दाहालले सर्वदलीय बैठकमा धन्यवाद दिएर पोखरामा भने उल्टै सरकारलाई गाली गरेको बताए । ‘कांग्रेसले झुट पनि कति बोल्न सकेको ? जति झुट बोल्छ, उति हाम्रो भोट बढ्छ,’अध्यक्ष दाहालले भने,‘यसरी नै झुट बोलिरहने हो भने कांग्रेस इतिहासको वस्तु हुन बेर छैन । नेपाली कांग्रेस पार्टी थियो रे भन्ने अवस्था आउन बेर छैन ।’ अध्यक्ष दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रिया, संविधानसभा र संविधान निर्माणको सहयात्री दल भएकोले कांग्रेसको हालत त्यस्तो होस् भन्ने आफुले

धरानमा उपनिर्वाचन : कांग्रेसको विशाल आमसभा, प्रधानमन्त्रीलाई सच्याउन कांग्रेसलाई जिताउन आग्रह

Image
धरान : प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन यही मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरुले आह्वान गरेका छन् । धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचन लक्षित मंगलबार धरानमा आयोजित आमसभामा कांग्रेस नेताहरुले मतदातासँग यस्तो आह्वान गरेका हुन् । नेताहरुले उपनिर्वाचनको हारजितले केन्द्रीय सत्ता परिर्वतन नभए पनि प्रधानमन्त्री र सरकारलाई गलत दिशामा अघि बढ्नबाट अंकुश लाग्ने उनीहरुले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आएपछि देशमा जनताले महंगी, भ्रष्टचार र कर वृद्धिको मार खेपिरहेकोले त्यसको जवाफ यो उपनिर्वाचनबाट दिन आग्रह गरे । ‘दुई बर्षमा महंगीले आकाश छोयो, भ्रष्टचार बढ्यो, कर वृद्धिले जनता आजित छन्,’उनले भने,‘उपभोक्ता समितिको नाममा ब्रह्मलुट भएको छ, यो सबै अन्त्य गर्न कांग्रेसको जित आवश्यक छ ।’ अर्को प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानी मुद्दामा आएर लम्पसारवादमा परिणत भएको पनि आरोप लगाए । उनले कालापानीलाई नेपाल र भारतको सिमाना मानेको र पानी पनि आधा आधा बढ्ने सहमति भएको उल्ले

धरान उपनिर्वाचन: उस्तै छ उत्साह

Image
धरान: धरान–८ की सन्ध्या शाक्य(२२) शनिबार बिहानै स्कुटी लिएर घरबाहिर निस्किइन् । उमेर मिल्ने सात–आठ जना सङ्गी पनि भेला भए । हिना अन्सारी र सानु राई पनि सँगै आए । सलमा शाक्य र रक्षा शाक्यले पनि धरान– ८ मा हुने नेकपाको चुनावी घरदैलो अभियानमा जाने चांजोपांजो मिलाए । स्कुटीमा सूर्य चिह्न अङ्कित ध्वजा फहराउँदै उनीहरु धरान सभागृह पछाडि भेला भए । नेकपाका उम्मेदवार प्रकाश राईको पक्षमा मत माग्न उनीहरु पनि सर्वसाधारणसँग हात जोड्दै थिए । राजनीतिलाई ‘फोहोरी खेल’ को संज्ञा दिँदै आलोचना गर्ने युवा जमात अहिले बढ्दो छ । ‘देशमा रोजगारको अवस्था भएन’, ‘विदेशिनु प¥यो’ भनेर युवाहरुको गुनासो बढिरहेको छ । ‘सूर्य चिह्न’ मा छाप लगाउनुहोस है’ भन्दै नेकपाका उम्मेदवार प्रकाश राईलाई जिताउन भोट माग्न हिंडेकी सलमा शाक्यको गुनासो पनि यस्तै छ । तर पनि राजनीतिबाटै परिवर्तन सम्भव छ, मात्र सही उम्मेदवारलाई जनताले छान्न सक्नु पर्ने धारणा उनी राख्छिन् । ‘वर्तमान सरकारले ‘अध्ययन गरेको सर्टिफिकेट राखेर विद्यार्थीलाई ऋण दिने’ प्रावधान ल्याएको छ, बेरोजगार युवालाई रोजगारीको प्रवाहमा ल्याएको छ, तर सबै विद्यार्थी यसबाट ला