Posts

Showing posts from November, 2016

होराइजन कपको उपाधि इर्मोटललाई(फोटोफिचर)

Image
धरान । तेस्रो होइराजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता(होराइजन कप) २०७३ को उपाधि इर्मोटल क्लब धरान १५ ले जितेको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शनिबार सम्पन्न फाइनलमा बीपीकेआइएचएस, डक्टर्स टिमलाई ८५–५२ स्कोरले हराउदै उपाधि जितेको हो । इर्मोटलले डक्टर्स टिमलाई १६–८, १५–१९, ३०–११ र २४–१४ स्कोरले हरायो । च्याम्पियन इर्मोटलले उपाधि ट्रफीसँगै नगद ३० हजार हात पा¥यो भने उपविजेता डक्टर्स टिमले नगद १५ हजारमा चित्त बुझाउन बाध्य भयो । फाइनल खेलको म्यान अफ दि म्याच इर्मोटलका बिजय बुर्जा मगर घोषित भए । फाइनलमा इर्मोटलका मिनेष शाक्यले व्यक्तिगत सर्वाधिक २१ स्कोर गरे भने डक्टर्सका विकेन चौधरीले व्यक्तिगत सर्वाधिक १२ स्कोर गरेका थिए । इर्मोटलका मिनेष शाक्य मोस्ट भ्यालुएवल प्लेयर घोषित हुदै नगद १० हजार र ट्रफी हात पारे भने रुकी प्लेयर(उदयीमान खेलाडी) घोषित हुदै कार्मेल हाइ स्कुलका अभिमान राईले नगद ५ हजार र ट्रफी थापे । फेयर प्लेको पुरस्कार कार्मेल हाइ स्कुलले पायो । विजेता तथा उपविजेता टिमलाई आयोजक होराइजन क्लबका अध्यक्ष बालकृष्ण सुनुवार, प्रमुख अतिथि एवं सांसद मिन बिश्व

एमेच्योर गल्फको उपाधि विजयलाई(फोटोफिचर)

Image
धरान । पाँचौ सुनसरी टेक्निकल कलेज एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि धरानका विजय राईले जितेका छन् । पार ७० को निर्वाणा गल्फ कोर्षमा शनिबार भएको प्रतियोगितामा नेट ४ अण्डर ६६ स्कोर गर्दै राई च्याम्पियन भएका हुन् । उनको कुल स्कोर भने ४ ओभर ७४ थियो । फ्रन्ट नाईनमा ४ ओभर ३५ खेलेका उनले ब्याक नाईनमा लेभल पार ३५ खेलेका थिए । आठ ह्याण्डीक्याप खेलाडी राईले उपाधि जितेसँगै एक ह्याण्डीक्याप घटेर ७ भएको छ । उनले च्याम्पियन ट्रफीसँगै नगद ५ हजार बराबरको गिफ्ट ह्याम्पर हात पारे । यस्तै, प्रतियोगितामा एक ओभर ७१ स्कोर गरेका शेखर लिम्बु दोस्रो भए । आठ ह्याण्डीक्याप खेलाडी उनको कुल स्कोर भने ९ ओभर ७९ थियो । फ्रन्ट नाईनमा ३ ओभर ३८ खेलेका उनले ब्याक नाइनमा ६ ओभर ४१ स्कोर खेलेका थिए । यस्तै, नेट २ ओभर ७२ स्कोर गरेका राम तामाङ प्रतियोगितामा तेस्रो भए । पाँच ह्याण्डीक्याप खेलाडी उनले कुल ७ ओभर ७७ स्कोर खेलेका थिए । फ्रन्ट नाईनमा ६ ओभर ४१ स्कोर गरेका उनले ब्याक नाइनमा १ ओभर ३६ स्कोर खेले । दोस्रो र तेस्रो भएका खेलाडीले क्रमशः ट्रफीसँगै ३ र २ हजार बराबरको गिफ्ट ह्याम्पर पाए । यसैगरि, प्रतियोगितामा नेट १

धरानमा मिरा राई जिताऔ अभियान

Image
धरान । नेशनल जिओग्राफिक एडभेञ्चर अफ दि इयरको उत्कृष्ट १० मा पर्न सफल नेपालकी अल्ट्रा धाविका मिरा राईलाई जिताउन धरानमा अभियान शुरु भएको छ । किरात राई खेलकुद संघ सुनसरी र धरान रनले सहकार्य गर्दै शनिबारदेखि संयुक्तरुपमा ‘मिरा राई जिताऔं’ अभियानको शुरुवात गरेको हो । प्रत्येक शनिबार बिहान यलम्बर पार्कमा हुने धरान रन कार्यक्रमको २ सय ९१ औं साता दौडमा सहभागीहरुले अभियानको शुरु गरेको घोषणा गरेका थिए । मिरालाई बेष्ट भ्युअर च्वाईस विधामा जिताउन अनलाईन भोटिङ गर्नुपर्ने भएकोले अभियान शुरु गरिएको संघका जिल्ला अध्यक्ष विकास चाम्लिङले जानकारी दिए । ‘मिरा राईले साहसिक खेलबाट नेपाललाई विश्वसामु चिनाउन सफल छिन् । अहिले उनलाई जिताउने अभिभारा हामीमा छ । त्यसैले यो अभियान शुरु गरेका हौं’–अध्यक्ष चाम्लिङले भने । उनका अनुसार भ्युअर च्वाइस विधामा अनलाइनबाट भोट हाल्न मिल्ने प्रावधान भएकोले यो अभियान प्रभावकारी हुनेछ । धरान रनको मिरा राई जिताऔं अभियानसहितको दौडमा उच्च डल्फिन पुर्वाञ्चल एकेडेमी, एम्स एकेडेमी, डिपोट उच्चमावि, झुनाज फिटनेस, पुर्व डिपो विद्यार्थी संगठन, डिपोटियन स्पोर्टस् क्लबका शिक्षक, विद्

डिपो कपमा इमानुयल, सेक्रेट र होलील्याण्ड विजयी

Image
धरान । प्रावितहको जिल्लास्तरीय १३ औं ललित–अम्बर डिपो कपमा इमानुयल बोर्डिङ स्कुल, सेक्रेट हर्ट र होलिल्याण्ड बोर्डिङ स्कुल विजयी भएको छ । धरान १८ स्थित डिपो आर्दश बहुमुखी क्याम्पसको मैदानमा शनिबार भएको तीन खेलमा जित पाएको तीन वटै टिम(स्कुल)हरु प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । पहिलो खेलमा इमानुयलले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ४–० गोलअन्तरले पराजित ग¥यो । इमानुयलको जितमा गणेश बस्नेतले ह्याट्रिक गरे भने एक गोल डिकेन राईले गरेका थिए । पहिलो हाफको १४ औं मिनेटमा डिकेनले गोल गर्दै इमानुयुलको लागि खाता खोलेका थिए । दोस्रो हाफको ८, १६ र २२ औं मिनेटमा गोल गर्दै गणेशले ह्याट्रिक पुरा गर्दै जित पक्का गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच ज्ञानकुञ्जका सनम बराइली घोषित भए । यसैगरी, दोस्रो खेलमा सेक्रेट हर्ट इटहरीले आयोजक डिपोट उच्चमाविको बि टिमलाई २–० गोलअन्तरले हरायो । सेक्रेट हर्टका सन्देश तामाङले दुवै गोल गरेका थिए । उनले पहिलो हाफको १३ औं र दोस्रो हाफको १६ औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच डिपोटका गोलकिपर सुसन श्रेष्ठ घोषित भए । यस्तै, अत्यन्तै प्रतिस्पर

खानेपानी परियोजनाको प्रष्टीकरणःजलाधार संरक्षणसँगै भुमिगत स्रोतको उपभोग

Image
धरान । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित बृहत्तर शहरी विकास आयोजनाअन्र्तगतको खानेपानी परियोजनाले सर्दु जलाधार क्षेत्रको संरक्षण गर्दै त्यहाँको स्रोतको पानी पनि नगरबासीलाई उपभोग गराउने स्पष्ट गरेको छ । पछिल्लो समय परियोजनाले दक्षिणी जंगलमा बोरिङ गरेको भुमिगत पानी मात्र धरानबासीलाई उपभोग गराउने भन्ने हल्ला चलिरहदा आयोजनाले भने जलाधार क्षेत्रको संरक्षण गर्दै त्यसक्षेत्रको स्रोतको पानी पनि उपभोग हुने प्रष्ट पारेको हो । खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति मुल्यांकन तथा दायित्व हस्तान्तरणको लागि आएको उच्चस्तरीय समितिले शुक्रबार परियोजनासँग असन्तुष्ट नगरबासीहरुसँगको छलफलमा सर्दु जलाधार क्षेत्र संरक्षणप्रति पनि आफुहरुको गम्भीर चासो रहेको प्रष्ट्याएका थिए । संस्थानको सम्पत्ति मुल्यांकन तथा दायित्व हस्तान्तरणको लागि खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव राजनराज पाण्डे संयोजक रहेको समिति बिहिबार धरान आएको थियो । संयोजक पाण्डेसँगै सदस्यद्धय शहरी विकास मन्त्रालयका सहसचिव तथा वृहतत्तर शहरी विकास आयोजना(आइयुडिपी) प्रमुख राजुमान मानन्धर र खानेपानी संस्थानक

१३ आंै डिपो कप शुरु, आयोजक विजयी

Image
धरान,। प्रावितहको जिल्लास्तरीय १३ औं ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता शुक्रबारदेखि धरानमा शुरु भएको छ । धरान १८ स्थित डिपो आर्दश बहुमुखी क्याम्पसको मैदानमा शुरु भएको प्रतियोगितामा आयोजक डिपो ए ले विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजकको ए टिमले सुनाखरी एकेडेमीलाई ३–० गोलअन्तरले हरायो । डिपोटको लागि दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफको खेल शुरु भएको ६ मिनेटमा नै डिपोटका सुलभ बस्नेतले गोल गर्दै खाता खोलेका थिए । यस्तै, १६औ मिनेटमा सञ्जिव मल्लिकले गोल गर्दै पहिलो हाफमा सुनाखरीविरुद्ध डिपोटलाई २–० को अग्रता दिलाएका थिए । डिपोटको लागि तेस्रो गोल दोस्रो हाफको दशौं मिनेटमा ऋतिक मण्डलले गरे । यो जीतसँगै डिपोट ए प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ भने सुनाखरीले अब अर्को खेल दिलकुमार प्लेट च्याम्पियनसिप कपमा खेल्नेछ । उद्घाटन खेलको म्यान अफ दि म्याच सुनाखरीका निङ्मा राई घोषित भए । उनलाई उद्घाटन समारोहका प्रमुख अतिथि एवं डिपो गुठी संस्थाका सदस्य पुर्वगोर्खा मेजर तनाहाङ लिम्वुले ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगिताम

तीन नगरबीच लुमन्तिको कार्यक्रमबारे अन्र्तक्रिया

Image
धरान । सिमान्तकृत समुदायलाई उनीहरुकै नेतृत्वमा सशक्तीकरण गरिरहेको सुरक्षित आवासको लागि जनताको अगुवाईमा सामाजिक तथा आर्थिक रुपान्तर कार्यक्रमले एक उपमहानगरसहित तीन नगरपालिकाबीच अन्र्तक्रिया कार्यक्रम गरेको छ । धरान उपमहानगरपालिका र लुमन्ति आवासको लागि सहयोग समुह धरानको आयोजनामा शुक्रबार धरानउपमहानगरसहित रत्ननगर नगरपालिका र कलैया नगरपालिका समुहबीचमा अन्र्तक्रिया भएको हो । आफ्नो नगरक्षेत्रमा भइरहेको कार्यक्रम र त्यसले पारेको प्रभावबारे एकआपसबीचमा अन्र्तक्रियात्मक जानकारीका साथै थप प्रभावकारी बनाउन आवश्यक सुझावहरु संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको लुमन्तिका वरिष्ठ कार्यक्रम व्यवस्थापक महेन्द्र शाक्यले जानकारी दिए । ‘३ वटा शहरमा भएको कार्यक्रम र त्यसले पारेको प्रभावबारे अन्र्तक्रिया हो । अनुभवहरु लिन्छौं र भावी दिनमा कसरी प्रभावकारी बनाउने भनेर सुझाव पनि लिनेछौं’–उनले भने । एक दिने अन्र्तक्रियामा रत्ननगरको तर्फबाट सिंह लामा, कलैया नगरपालिकाको तर्फबाट रामजी मण्डल र अब्दुल कैसले प्रस्तुतीकरण गरेका थिए भने धरान उपमहानगरपालिकाबाट पनि आफ्नो नगरक्षेत्रमा भएको कार्यक्रम र उपलब्धीहर