Posts

Showing posts from December, 2018

डिपो बिपी जग्गा स्वामित्व प्रकरण:इजी राइडर्सको रिट खारेज, फनपार्क बनाउन नपाउने

Image
धरान,पुष डिपो उच्चमाविले भोगाधिकार मात्र पाएको जग्गालाई लिजमा लिएर फनपार्क निर्माण गर्नु कानुन सम्मात भएको दाबी गर्दै इजी राइडर्स ग्रुप बिजनेश प्रालिले दिएको रिट निवेदनलाई जिल्ला अदालत सुनसरीले खारेज गरिदिएको छ । न्यायाधिश शंकरप्रसाद राईको इजलाशले बिहिबार इजी राइडर्सको रिट खारेज गरिदिएको हो । इजी राइडर्सको रिट खारेज भएपछि फनपार्क निर्माण कार्य पनि कानुनसम्मत नभएको ठहर भएको हो । यसअघि जिल्ला प्रशासन, धरान उपमहागनरपालिका, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक प्रयोजनको लागि भोगाधिकार पाएको जग्गा लिजमा दिनु र फनपार्क बनाउनु गैरकानुनी भएको भन्दै रोक लगाएको थियो । त्यसविरुद्ध इजी राइडर्सले निषेधाज्ञा माग गर्दै अदालतमा रिट हालेपछि स्टे आर्डर जारी भएको थियो । तर, बिहीबार दुवै पक्षको वकिलहरुको बहस पछि सार्वजनिक महत्वको जग्गामा फनपार्क बनाउनु कानुनसम्मत नहुने भन्दै इजी राइडर्जको रिट निवेदन खारेज गरिदिएको हो । ‘इजी राइडर्सको रिट खारेज भएको हो,’इजी राइडर्सकोतर्फबाट बहस गरेका वकिल एवं बार एशोसिएशन सुनसरीका अध्यक्ष प्रेम पोख्रेलले पुष्टि गर्दै भने,‘उच्च अदालत जाने बाटो खुला छ ।

त्यो बेलाको धान नाच सम्झेर..

Image
धरान,पुष स्थान: धरान १५ स्थित चुम्लुङ हिम । समय: आइतबार(पुष ८ गते) रातको करिब साढे ८ बजे । मौलिक पहिरनमा सजिएका लिम्बू महिला र पुरुषहरु एकअर्का हात समातेर गाइरहेका । त्यही पालामको भाका र लयअनुसार खुट्टाको चाल अघिपछि, दाँयाबाँया गर्दै सुस्तरी सुस्तरी नाचिरहेका । त्यो लयलाई पालाम भनिन्छ, र चाललाई धान नाच भनिन्छ । लिम्बू जातिको महान् चाड चासोक तङ्नाम(उधौली)को अवसरमा धरानमा आयोजित साँस्कृृतिक उत्सवमा हरेक साँझ देखिने दृष्य हो यो । कोही २ जना मात्र महिला र पुरुष हात समोतर पालाम गाउदै धान नाचिरहेका हुन्छन्, कोही ४, ५ जनाको अलग्गै समुह बनाएर चुम्लुङ हिम परिसरको एक छेउतिर नाचिरहेका हुन्छन् । अहिलेका युवा पुस्ता मुख्य स्टेजमा आयोजना भइरहेको आधुनिकशैलीको गीत र नृत्यमा रमाइरहदा अघिल्लो पुस्ताका लिम्बूहरु भने धान नाच र पालममा रमाइरहेका हुन्छन् । लिम्बू जातिमा अघिल्लो पुस्ताका सोल्टी, सोल्टिनीहरु मेलामा भेटिएर पालाम गाउदै धान नाच्ने सँस्कार, सँस्कृति बोकेर हुर्किएका थिए । समयसँगै मेला, हाटबजार विस्थापित हुदै गएपछि यस्ता सँस्कार, सँस्कृति पनि हराउदै गयो । पछिल्लो पुस्ताले धान नाच, पालामलाई