Posts

Showing posts from August, 2015

धम्कीपुर्ण पत्र घटनाको अझै रहस्यमै

Image
धरान । नातेदारलाई एक राउण्ड गोलीसहित धम्की पत्र पठाएको घटनाका मुख्य योजनाकारसमेत पक्राउ गरिसकेको घटनामा अरु पनि संलग्न भएको बताएपनि प्रहरीले थप रहस्य सुल्झउन सकेको छैन । असार २० गते साँझ धरान २ स्थित सुन व्यापारी मनोज अग्रवालको घरमा छोराको ज्यान खतरामा रहेको धम्कीपुर्ण पत्र र गोलीसमेत पठाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । तर, पीडित परिवारलाई मोवाइलबाट पनि धम्कीपुर्ण म्यासेज पठाएकोले अन्य पनि घटनामा संलग्न रहेको दाबी गर्ने प्रहरीले अहिलेसम्म थप कसैलाई पक्राउ गर्न सकेको छैन । पत्रमा धम्की मात्रै दिएको हो कि अपहरणको पनि योजना थियो भन्ने कुरा प्रहरी अनुसन्धानबाट अझै खुलेको छैन । प्रहरीले धम्कीपुर्ण पत्र र गोली पठाएको आरोपमा धरान ५ का ३६ बर्षीय कमल अग्रवाल, धरान ७ का २९ बर्षीय प्रविन ठकुरी र धरान १७ का १७ बर्षीय शिव शाक्यलाई पक्राउ गरी साउन २८ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । त्यतिबेला प्रहरीले घटनाको मुख्य योजनाकार अग्रवाल भएको दाबी गरेको थियो । धक्कीपुर्ण म्यासेज पठाउने नम्बरको कल डिटेल लिएर अध्ययन गरेर खोजी गरिरहे पनि पक्राउ पर्न नसकेको डिएसपी सुदमकुमा

तोडफोड र आगजनी गर्नेबाट नै क्षतिपुर्ति तिराउने

Image
धरान । तीनकुनेस्थित पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पछिल्लो दुई साताभित्र तोडफोड र आगजनीबाट भएको क्षतिपुर्ति आन्दोलनकारी विद्यार्थीहरुबाट गराउने निर्णय गरेको छ । शुक्रबारको घटनापछि शिक्षक, कर्मचारी र क्याम्पस प्रशासनको आकस्मिक बैठकले तोडफोड र आगजनी गर्नेहरुबाट नै क्षतिपुर्ति गराउने निर्णय गरेको हो । गएको शुक्रबार क्याम्पसको इलेक्ट्रीकल एण्ड कम्युटर विभागअन्र्तगतका विद्यार्थीहरुले विभिन्न प्रशासनिक प्रमुखहरुको कुर्सी जलाउनुका साथै प्रशासनमा तालाबन्दी गरेका थिए । आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुख, लाइब्रेरी प्रमुख, विभागीय प्रमुख र शैक्षिक प्रमुखकोसमेत कुर्सी निकालेर जलाएका थिए । क्याम्पस प्रमुख जितेन्द्र चौधरीले आगजनी र तोडफोडको घटनाले शैक्षिक वातावरण खलबलिएकोले त्यसलाई निरुत्साहित गर्न प्राध्यापक संघ, कर्मचारीहरुसँग छलफल गरेर नै यस्तो निर्णय गरेको बताए । ‘यो निर्णय क्याम्पस प्रशासनको मात्रै होइन, प्राध्यापक संघ, शिक्षक र कर्मचारीहरु सबैसँग छलफल गरेर लिइएको हो’–प्रमुख चौधरीले भने–‘भविष्यमा पनि यस्ता घटना नदोहोरियोस् भन्ने चाहन्छौं ।’ प्रमुख चौधरीका अनुसार प्रशासनको ताला

संग्रहालयमा लिम्बुवानको इतिहास(फोटोफिचर)

Image
धरान । वि.स.१८३१ साउनमा तत्कालीन शाह र लिम्बु शासकबीच सम्झौता हुनुअघिसम्म अरुण कोशी पुर्व स्वतन्त्र राज्य थियो । यसको प्रमाण लालमोहर भएको इतिहासका जानकारहरु बताउछन् । त्यही ऐतिहासिकताको आधारमा संघीय नेपालमा पुर्वका ९ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने आवाज राजनैतिक एवं सामाजिक संघसंगठनहरुले उठाएका हुन् । लिम्बुवानको राजनीतिलाई उठाउने आधार बनेको लालमोहर कस्तो होला ? सबैलाई चासो छ । तर, इतिहासका खोज एवं अनुसन्धानकर्ताहरुबाहेक अन्यले लालमोहर प्रत्यक्ष हेर्न र पढ्न पाएका छैनन् ।  छथरे समाजले शनिबारदेखि धरान १५ स्थित आफ्नै कार्यालयमा सञ्चालनमा ल्याएको संग्रहालयले भने ती लालमोहरलाई सर्वसाधारणले पनि अध्ययन गर्न सक्ने बनाइदिएको छ । छथरे समाजले छथर थुमबाट लोप हुदै गएको ऐतिहासिक एवं मौलिक सामग्रीहरुको संरक्षण गर्न ‘सानबहादुर कुमति पारघरी खजुम संग्रहालय’ स्थापना गरेको हो । समाजको १३ औं साधारणसभाको अवसरमा शनिबार उक्त संग्रहालयको उद्घाटन किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तम थाम्देनले रिबन काटेर गरेका थिए । समाजका वरिष्ठ सल्लाहकार एवं पुर्वगोर्खा मेजर झप्तमान खजुम पारघरी लिम्बुले

अस्तब्यस्त बन्दै इञ्जिनियरिङ क्याम्पस, फेरी तालाबन्दी

Image
धरान । तालाबन्दी खुलेको दश दिन नबित्दै धरान ८ स्थित पुर्वाञ्चल इञ्जिनियर क्याम्पसमा फेरी विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । क्याम्पसका इलेक्ट्रीकल एण्ड कम्युटर विभागअन्र्तगतका विद्यार्थीहरुले क्याम्पस प्रशासनमा ताला लगाएका हुन् । कृर्षि इञ्जिनियरीङ पढाई हुने नेपालको एक मात्र सरकारी क्याम्पस आन्दोलन, तालाबन्दी र गुटबन्दीले अस्तब्यस्त बन्दै गएको भन्दै प्राध्यापकहरुले भने चिन्ता व्यक्त गरेका छन् । क्याम्युटर तेस्रो बर्ष र इलेक्ट्रीकल पहिलो बर्षका विद्यार्थीहरुले पुस्तकालयमा किताब नभएको, ल्याबमा प्राक्टिकल गर्न नपाएको, कक्षा कोठा नभएको भन्दै नाराबाजीसहित प्रशासनको प्रवेश द्धारमा नै ताला लगाएका छन् । त्यसअघि उनीहरुले क्याम्पस प्रमुख, लाइब्रेरी प्रमुख, विभागीय प्रमुख, शैक्षिक प्रमुखकोसमेत कुर्सी निकालेर परिसरमा जलाएका थिए । टायरसमेत बालेर प्रर्दशन गर्न थालेपछि सशस्त्र प्रहरीको एक टोली क्याम्पसमा प्रवेश गर्यो । सशस्त्र पुगेपछि मध्याह्न केहीबेर क्याम्पस परिसर तनावग्रस्त बन्यो । विद्यार्थीहरुले विरोध जनाउदै नाराबाजी गरेपछि सशस्त्र बाहिरिएको थियो । घटनालगत्तै बसेको बैठकमा प्राध्यापक संघ

आसरा सुधार केन्द्रलाई सहयोग

Image
धरान । दुव्र्यसनमा फसेकाहरुलाई आवासियरुपमा राखेर उपचार र पुर्नस्थापना गराउने उद्देश्यले धरानमा निर्माण शुरु भएको आसरा सुधार केन्द्रलाई होटल व्यावसायीहरुले आर्थिक सहयोग गरेका छन् । होटल एशोसिएशन अफ धरानले केन्द्र निर्माणको लागि नगद २५ हजार प्रदान गरेको हो । एक लाख रुपैया दिने कवोल गरेको एशोसिएशनले पहिलो किस्ता वापत उक्त रकम प्रदान गरेको जनाएको छ । एशोसिएशनका अध्यक्ष सुर्वण श्रेष्ठले केन्द्र निर्माण समितिकी कोषाध्यक्ष शिला बज्रचार्यलाई चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष श्रेष्ठका अनुसार एक बर्षभित्र एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेअनुरुप पहिलो किस्ता प्रदान गरिएको हो । ‘धरानको मुख्य समस्या दुव्र्यसन हो, दुव्र्यसन मुक्त बनाउने राम्रो कामको लागि हामीले सहयोग गरेका हौं । एक बर्षभित्र एक लाख रुपैया बुझाइसक्छौं’–उनले भने । नेपाल प्रहरीको बिशेष अगुवाईमा धरान २३ स्थित पानवारीमा केन्द्रको भवन निर्माण हुदैछ । भवन निर्माण गर्न पुर्व मेयर मनोजकुमार मेन्याङबोको संयोजकत्वमा एक समिति गठन भएको छ । आगामी दुई बर्षभित्र केन्द्रको भवन निर्माण पुरा गर्ने समितिको लक्ष्य छ । करिब ४ करोड लागतमा निर्

तीन बर्षीय आहाना भइन् हेल्दी बेबी(फोटोफिचर)

Image
धरान । रोजडर्ब मन्टेश्वरीका तीन बर्षीय आहाना श्रेष्ठ २०१५ की हेल्दी बेबी(स्वास्थ्य बच्चा) घोषित भएकी छिन् । धरान जेसजको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत शुक्रबार आयोजित प्रतियोगितामा सहभागीमध्ये उनी सबैभन्दा स्वस्थ्य ठहरिएकी हुन् । धरान १२ स्थित सुनाखरी एकेडेमीमा सम्पन्न प्रतियोगितामा बुद्र्ध आर्दश बोर्डिङ स्कुलका ४ बर्षीय रोनिशा चौधरी फष्ट रनरअप भइन् भने धरान मन्टेश्वरीकी साढे ३ बर्षीय अविरल कनोडिया सेकेण्ड रनरअप घोषित भए । उनीहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेडियाट्रिक विभागकी एसिस्टेष्ट प्रोफेसर डा.ज्योति अग्रवालसहित पाँच जना चिकित्सकको टोलीले छनौट गरेको हो । बच्चाको उमेर अनुसारको उचाई, तौल, बच्चा र अभिभावकबीचको सम्बन्ध, बौद्धिक क्षमता, स्वास्थ्य परीक्षणलगायत जाँच गरेर मात्रै हेल्दी बेबी छनौट गरिएको आयोजकले जनाएको छ । यसैगरि, प्रतियोगितामा रोड वर्डकी विशेष्टा कार्कीले वेष्ट स्माइलको जितिन् भने विष्णु मेमोरियलकी आराध्य कटवालले वेष्ट स्किन, रोज वर्डका शास्वत भण्डारीले वेष्ट पर्सनालिटी, सुनाखरी एकेडेमीकी हाङसुमा लिम्बुले वेष्ट ड्रेस, युरेका स्कुलकी सुभाना सिल