Posts

Showing posts from January, 2018

इतिहास रच्दै सकियो ‘ईङघङ’(फोटोफिचर)

Image
धरान,माघ १५ । माघ ९ गते नाटक ईङघङ पहिलो पटक मञ्चन भइसकेपछि उपस्थित दर्शकबाट पाएको प्रतिक्रियाले रंगकर्मीहरु निक्कै हौसिए । तर, भोलीपल्ट दर्शकको उपस्थितिले तिनै रंगकर्मीहरु निराश हुन पुगे । एक दिन मात्र भए त केही थिएन, ७ दिन(माघ १५ गते)सम्म नाटक मञ्चन गर्नुपर्ने थियो । दैनिकरुपमा साढे ४ बजे नियमित शो हुने र बिहान ८, मध्याह्न १२ बजे विद्यार्थीहरुको लागि बिशेष बुकिङ शो हुने रंगभुमी एकेडेमीको घोषणा थियो । दोस्रो दिन नियमित शोमा दर्शकको न्युन उपस्थितिले न्यास्रो भएका रंगकर्मीहरु तेस्रो दिनदेखि भने निराश हुन परेन । पुर्वी पहाडको लिम्बूवान गाउँको सँस्कार, सँस्कृतिलाई जीवन्तरुपमा प्रस्तुत गरेको नाटक ईङघङले जातीय छुवाछुत, अन्धविश्वास र रुढीवादी समाजविरुद्ध पनि आवाज उठाएको छ । नाटकले उठान गरेको यिनै बिषय र जीवन्त प्रस्तुतीबाट प्रभावित कलाप्रेमी धरानेहरु तेस्रो दिनदेखि धरान ८ स्थित सभागृहमा नाटक हेर्न पुग्न थाले । दोस्रो दिनमा निराश भएका तिनै कलाकारहरु त्यसपछि भने औधी रमाए । चौथो र पाँचौं दिनसम्म नियमित साढे ४ बजेको शोमा दर्शकको उपस्थिति राम्रो थियो । छैटौं र अन्तिम सातौं दिनमा त दर्शकहरु

नाटक ‘ईङघङ’लाई सहयोग जुट्र्दै

Image
धरान,माघ १३ । लिम्बू सँस्कृतिलाई जीवन्तरुपमा प्रस्तुत गरिएको नाटक ईङघङलाई विभिन्न व्यक्ति एवं संस्थाहरुबाट सहयोग जुटेको छ । युवा रंगकर्मीहरुले धरानको रंगमञ्चलाई जगाउन धरान ८ स्थित सभागृहमा ७ दिनसम्म नाटक मञ्चन गरिरहेका छन् । दैनिकरुपमा नाटक मञ्चन भइरहे पनि आर्थिक अभाव भएको थाह पाएपछि जनप्रतिनिधि, व्यावसायी तथा संस्थाका प्रतिनिधिहरुले सहयोग गरेका हुन् । नाटक ईङघङ माघ ९ गतेदेखि सभागृहमा दैनिक मञ्चन भइरहेको छ । रंगभुमी एकेडेमीको आयोजनामा भइरहेको नाटक सोमबारसम्म प्रर्दशन हुनेछ । शुक्रबार नियमित साढे ४ बजेको शो हेर्न पुगेका १८ नं वडाका अध्यक्ष प्रविण राई, सुनसरी उद्योग वाणिज्य संघका प्रचार सचिव उपेन्द्र चाम्लिङ र किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष मोहन हुक्पा चोङवाङले जनही ५ हजारका दरले नाटकलाई सहयोग गरेका हुन् । उनीहरुले स्टेजमा नै कलाकारहरुलाई नगद हस्तान्तरण गरेका थिए । यसैगरि, झापाको विर्तामोडबाट नाटक हेर्न आइपुगेका सिनेकर्मी एवं कलाकार भुपेन्द्र लिंदेन(मन्त्री)ले पनि पछि ७ हजार ५ सय सहयोग गरेको नाटकका लेखक तथा निर्देशक विष्णु मोक्तानले बताए । उनका अनुसार लिंदेनले नै वनकाइलीको भुमिक

धरानमा मेयरले एकलौटी र मनोमानी निर्णय गरेको कांग्रेसको आरोप

Image
धरान,माघ ११ । बहुमतको वलमा धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले जथाभावी र एकलौटी निर्णय गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस धरान उपमहानगर समितिले कडा आलोचना गरेको छ । कांग्रेसले बिहिबार पत्रकार सम्मेलन गर्दै मेयरको गलत रवैयाको विरुद्ध जिम्मेवार प्रतिपक्षीकोरुपमा जनदबाब सृर्जना गर्ने पनि घोषणा गरेको छ । कांग्रेसका निवार्चित ५ जना वडाअध्यक्षहरुसहित आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति तिलक राईले बहुमतको दम्भले मेयर सुब्बा एकलौटी र गैरजिम्मेवाररुपमा अघि बढेको भन्दै चर्को आलोचना गरे । कांग्रेसले चुनाव पछिको ७ जनप्रतिनिधिहरुको कार्यशैलीलाई सुक्ष्मरुपमा नियालेको उल्लेख गर्दै खानेपानी मुहानको समस्या, विभिन्न बिषयगत समिति गठन, जलाधार क्षेत्र सिमांकन, कर्मचारी भर्ना, गाडी खरीद, वाइपास सडक, धरान बसपार्क, एयरपोर्ट निर्माण, सुकुम्बासी समस्या समाधान, आर्थिक सहयोग र ठेक्कापट्टाको बिषयमा उपमहानगर नेतृत्वले मनोमानीढंगले काम गरेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा कांग्रेस नगर सभापति राईले भने,‘उपमहानगर नेतृत्वमा बहुमत छ भन्ने दम्भ र घमण्ड देखियो । मसँग बहुमत छ भन्दैमा जे पन

खानेपानी आयोजनामा १८ बुँदे सहमति

Image
धरान,माघ ११ । विजयपुर दरबार क्षेत्र परिसरमा खानेपानी टंकी बनाउन रुखहरु काटिएपछि विवाद उत्पन्न भएर रोकिएको एककिृत शहरी विकास आयोजनाअन्तर्गत धरान खानेपानी आयोजनाको विजयपुर सब–सिस्टमको काम अघि बढाउन सहमति जुटेको छ । चार किरातजन्य संघसंस्था, विजयपुर दरबार संरक्षण संघर्ष एवं वार्ता समिति र धरान उपमहानगरपालिकाबीच विभिन्न १८ बुँदे सहमति भएको हो । पटक पटकको वार्ता र संवादको क्रममा पछिल्लो पटक माघ ९ गते दुवै पक्षबीच भएको सहमतिलाई बिहिबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । यो सहमतिसँगै आयोजनालाई विजयपर दरबार क्षेत्र परिसरमा प्रस्तावित ६ लाख लिटर क्षमताको खानेपानी टंकी निर्माण गर्ने बाटो खुलेको छ । २०७३ चैतमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाजलगयातको विरोधपछि विजयपुर सब–सिस्टमको निर्माण कार्य पुर्णरुपमा रोकिएको थियो । सहमतिको पहिलो बुदामा नै आजको मितिमा सहमति भएकोले निर्माण कार्य अगाडि बढाउने उल्लेख छ । यस्तै, विगतको सहमतिअनुसार प्राविधिक टोलीले आन्दोलनकारीको तर्फबाट विकल्पको रुपमा अघि सारेको विजयपुरको पुरानो पानी ट्याँक

अशिक्षा र कुसँस्कारविरुद्ध नाटक ‘ईङघङ’

Image
धरान,माघ १० । किरात लिम्बू सँस्कृतिमा केलाङ(च्याब्रुङ) र मुन्धुमको महत्व सर्वोपरी छ । महत्वपुर्ण कार्यमा च्याब्रुङ नाच्नु, मुन्धुमी परम्परा अंगाल्नु लिम्बू जातिको जीवन हो । बिहेमा सोल्टी सोल्टीनीहरु रातभरि धान नाच्दै रमाउनु, माया प्रिति गाँस्नु र बिहे गर्नु लिम्बू सँस्कृतिभित्रको रोमान्टिक पाटो हो । लिम्बू समाज नबुझ्नेलाई लाग्नसक्छ, कति छाडापन भएको । लिम्बू समाजभित्र महिलालाई स्वतन्त्रता छ । महिलासँग बोल्नलाई त निक्कै आटिलो पुरुष चाहिन्छ । पुर्वी लिम्बूवानको एउटा गाँउ । जहाँ जेठा सुब्बा लिम्बू भएर जन्मिएपछि केलाङ नाच्नु र मुन्धुम बुझ्नुपर्छ भन्ने मान्यता राख्छन् । आफुलाई मन परेकी लिम्बूनी ‘स्वाङफेमा’ बाट बिहेको स्वीकृति पाउने प्रतिक्षा गर्दा गर्दै उमेर ढल्कन लागिसकेको हुन्छ । दुवैको मायाप्रितिको सुवास गाउँभरि फैलिएको छ, ठिठाठिटीहरु मौका पाउनासाथ दुवैलाई खुब जिस्काउछन् । लिम्बूनीलाई पनि जेठा सुब्बा असाध्यै मन पर्छ । तर, स्कुलमा पाइला पनि नटेकेकी उनलाई पण्डित ध्रुव दत्तको भविष्यवाणीले झस्काइरहन्छ । पण्डितले हात हेर्दै भनेको थियो, ‘तिमीले बिहे गर्यौं भने त बुढो मरिहाल्छ !’ गाउँमा ए

अपारदर्शी धरान सरकार: सहमति महिना दिनपछि मात्र सार्वजनिक

Image
धरान,माघ १० । धरान उपमहानगरपालिका र सुर्योदय बुद्ध बिहारबीच धरान ४ स्थित विवादित छोटीमोरङ डाँडामा थाउजेण्ड बिग बुद्ध(सहश्र बुद्ध मुर्ति)सहितको बुद्धविहार निर्माण र सञ्चालन सम्बन्धमा पुष १७ गते नै सहमति भएको थियो । पारदर्शीता र सुशासनको नारा दिने जनप्रतिनिधि नेतृत्वको स्थानीय सरकार(उपमहानगरपालिका)ले भने यो सहमतिलाई तीन साता बितिसक्दा पनि सार्वजनिक गरेको थिएन । दुवै पक्षबीचमा १२ बुँदामा भएको यो सहमति एक्कासी सोमबार मात्र सञ्चारकर्मीलाईहरु इमेलद्धारा उपलब्ध गराइयो । मेयरका प्रेस संयोजकद्धारा उपलब्ध सहमति पत्रमा कुन मितिमा सहमति भएको उल्लेख नभएपनि खोजी गर्दै जादा गत पुष १७ गते नै दुवै पक्षबीच हस्ताक्षर भइसकेको खुलेको थियो । झण्डै महिना दिनसम्म किन सहमतिलाई गुपचुप राखियो ? मेयर तारा सुब्बाका प्रेस संयोजक योगेशबाबु काफ्लेले भने,‘सहमति भएको त झण्डै एक महिना हुन लाग्यो, मलाई जुन दिन सार्वजनिक गर्नु भन्छ, तबमात्र गर्ने हो ।’ द्धिपक्षीय सहमति पत्रमा सुर्योदयका अध्यक्ष प्रदिप थापाले पहिलो पक्षको तर्फबाट र धरान उपमहानगरका प्रमुख तारा सुब्बाले दोस्रो पक्षतर्फबाट हस्ताक्षर गरेका छन् । साक्षीकोर

बीपीमा प्रक्रिया मिचेर पुर्वउपकुलपतिले सोझै ठेक्का लगाएको खुलासा

Image
धरान,माघ ७ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निर्माण भइरहेको मातृशिशु केन्द्र(एमसिएच) भवनको नियमअनुसार लागत अनुमान स्वीकृत नभएको पाइएको छ । गएको ४० औं सञ्चालक परिषद(सिनेट)को निर्णयअनुसार गठित छानबिन समिति र अनुसन्धान टोलीले तयार पारेको गोप्य प्रतिवेदनमा उपकुलपतिस्तरबाट मात्र लागत अनुमान स्वीकृत गरी ठेक्का स्वीकृत गरिएको उल्लेख छ । ‘लागत अनुमान स्वीकृत नै नभई प्रतिष्ठानले अनुदान रकम दाबी गरेको तथा स्वास्थ्यमन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा समेत कुनै बजेट सुनिश्चितता तथा बहुबर्षिय सम्झौताको कागजात नपठाएको एवं स्वीकृत भएको नदेखिएको’ प्रतिवेदनमा उल्लेख छ । गत कार्तिक ३० गते सम्पन्न ४० औं सिनेट बैठकले विवादित मातृशिशु, अंकोलोजी र कार्डियोलोजी भवन बारे तत्कालीन स्वास्थ्य सचिव डा.किरण रेग्मीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । सचिव रेग्मीले आफु रिटायर्ड हुनुअघि मन्त्रालयका शाखा अधिकृत सुरज घिमिरे र लेखा अधिकृत सुरेश शर्मालाई स्थलगत अध्ययनसहितको अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए । सोही अनुसन्धान प्रतिवेदन एक सि

स्वास्थ्यमन्त्रीको उपकुलपति हटाउने खेल

Image
धरान,माघ ८ । सिनेट बैठक डाक्न आफुले दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्य मन्त्री दिपक बोहरा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् । मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरता स्वरुप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री बोहरा प्रतिष्ठानका उपकुपति डा.राजकुमार रौनियारलाई नै हटाउने प्रयासमा छन् । प्रतिष्ठानको सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री बोहराले निर्देशन अवज्ञा गरेको भन्दै एक साता अघि उपकुलपति रौनियारलाई स्पष्टीकरण सोधी सकेका छन् । स्पष्टीकरणमा चित्त नबुझेको भन्दै मन्त्री बोहराले थप कारबाहीको लागि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्राचार गरिसकेको स्रोतको भनाई छ । ‘मन्त्रीले स्पष्टीकरणमा चित्त नबुझेको भनेर प्रधानमन्त्रीसमक्ष पत्र पठाइसकेका छन्, मन्त्रीले कि म छैन, कि उपकुलपति छैन भनेजस्तो गर्नुभएको छ,’मन्त्रालय स्रोतले भन्यो । गएको सिनेट बैठकले बहुबर्षिय योजना भएर पनि सिनेट र मन्त्रालयको स्वीकृत विना ठेक्का लगाएर निर्माण भइरहेको भनिएको निर्माणाधिन मातृशिशु स्याहार केन्द

सार्वजनिक सुनुवाईमा मेयर बोलिरहदा‘एयरपोर्ट चाहिदैन’भन्ने प्ले कार्ड प्रर्दशन

Image
धरान,माघ ६ । विगत १४ बर्षअघिदेखि एयरपोर्ट बन्ने आशमा बसेका धरानबासीमा शनिबार नागरिक उड्यान प्राधिकरणले सार्वजनिक सुनुवाई गर्ने खबर केही दिनदेखि भुसको आगो जस्तै गरि फैलिएको थियो । धरान १७ स्थित उदय सामुदायिक वनको सभाहलमा ८ बजे शुरु हुने भनिएपनि शुरुमा उपस्थिति कम भएपछि निर्धारित समयमा कार्यक्रम शुरु हुन सकेन । केही समयपछि भने प्रस्तावित एयरपोर्टस्थलका जग्गाधनीसहित ठुलो संख्यामा नगरबासीहरु प्ले कार्डसहित सुनुवाई कार्यक्रम हलमा प्रवेश गरे । साउण्ड सिस्टमको राम्रो व्यवस्थापन नहुदा शुरुवातदेखि नै तनाव भएको कार्यक्रममा जनतालाई आफ्नो कुरा राख्न नदिइएको भन्दै आयोजक उपमहानगरपालिका र प्राधिकरणका प्रतिनिधिमाथि आक्रोश पनि पोखे । आफु बसेकै स्थानमा बोल्दा माइक प्रष्ट नसुनिएपछि सहभागीहरु स्टेजमा पुगेर बोल्न खोज्दा नदिएपछि जनप्रतिनिधिसँगै नगरबासी आक्रोशित बनेका थिए भने थोरै मात्र बोल्न भन्दै समयसीमा तोक्दा पनि सहभागीहरुले विरोध जनाए । खासमा एयारपोर्ट निर्माण कार्यको लागि वातावरणीय प्रभाव मुल्यांकन(इआइए)को अध्ययनको लागि प्राधिकरणबाट परामर्शदाताका प्रतिनिधिहरु प्रभावित क्षेत्रका बासिन्दाहरुको धा

धरानको निर्णय पारदर्शी भएन, कर्मचारी नेतृत्व हुदा वेभ साइडमा राखिन्थ्यो

Image
धरान,माघ ५ । स्थानीय तहमा जनप्रतिनिधि निवार्चित भएर आएपछि धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठक थुप्रै पटक बसिसकेको छ । तर, ती वैठकहरु कुन मितिमा बस्यो र के निर्णय गर्यो भन्ने विस्तृत विवरण सार्वजनिक हुन सकेको छैन । उपमहानगरपालिकामा मेयर तारा सुब्बाका प्रेस संयोजक छन् भने प्रवक्ता र सुचना महाशाखामा अधिकृत पनि छन् । प्रेस संयोजकमार्फत बैठकमा भएको केही निर्णयहरु पत्रकारहरुलाई जानकारीमा आउने गरेपनि विस्तृतरुपमा सार्वजनिक गरिएको छैन । विगतमा जस्तो उपमहानगरपालिकाले आफ्नो वेभसाइडमा पनि कार्यपालिकाको निर्णय राखेको छैन । जसले गर्दा जनप्रतिनिधिहरु आएपछि उपमहानगर पारदर्शी हुन नसकेको टिकाटिप्पणी हुन थालेको छ । विगतमा भने उपमहानगरपालिकाको बोर्ड बैठकको निर्णयलाई जस्ताको तस्तै स्क्यान गरेर वेभ साइडमा राखिन्थ्यो । जोकोहीले पनि आवश्यकता अनुसार वेभ साइडबाट निर्णयको कपी डाउनलोड गरेर हेर्न सक्थ्यो । जनप्रतिनिधि चुनिएर आएको झण्डै ६ महिना बितिसकेको छ । यसबीचमा बसेको कार्यपालिका बैठकको निर्णयहरु भने वेभ साइडमा पनि पाइदैन । सुचनाको हक सम्बन्धि ऐन २०६४ ले जनताको करबाट सञ्चालनमा आउने कार्यालयहरुमा