Posts

Showing posts from May, 2017

रावण बहिनी सुपर्णखा र रामको प्रेम(फोटोफिचर)

Image
धरान । हिन्दु धर्म मान्यता अनुसार त्रेता युगमा लंकाका राजा रावण(राक्षस)की बहिनी थिइन्, सुपर्णखा। पत्नी सीता र भाई लक्ष्मणसहित वनवास गएका रामप्रति उनी मोहित भइन् । आफ्नो प्रेम व्यक्त गर्दा रिसले चुर भएका रामका भाई लक्ष्मणले सुपर्णखाको नाकै काटिदिन्छन् । त्यो घटनाले आक्रोशित रावणले सीताको अपहरण गरेर लंका पुर्याउछन् । सीताको उद्दार गर्ने क्रममा पछि रामले रावणको बध गर्छन्, लंका पनि ध्वस्त हुन्छ । न सुपर्णखाले रामको प्रेम पाउछिन्, न राम र सीताको पुर्नमिलन हुन्छ । धोवीको कुरा सुनेर अग्नीपरीक्षा लिएपछि सीता धर्तीमा लुप्त हुन्छिन् । त्रेता युगमा रामप्रतिको प्रेम व्यक्त गर्दा नाक काटिएकी सुपर्णखा उर्फ सुलक्षणाको भेट भने अल्ट्रा युग(वर्तमान)मा पुनः रामसँग हुन्छ । कहाँ त्रेता युगको सच्चरित्र एवं पुरुषोत्तम राम, कहाँ अल्ट्रा युगको जड्याहा र निराशाले भरिएको राम । पत्नी सीता पनि जड्याहा पतिलाई छोडेर परपुरुष सिंगापुरे लाहुरे रेवत(रावण)सँग फिल्म हेर्न र डान्स पार्टीतिर धाउछिन् । स्वतन्त्रताको नाममा छाडा भएको भन्दै रिसले झापड हानेपछि सीताले रामसँग डिभोर्स माग्छिन् । उनी भन्छिन्,–‘म त्रेता युगकी सीत

जागिर छोडेर सिप सिकाउदै

Image
एसएलसी दिएकै साल २०४२ मा बुबाको देहान्त भयो । बुबाको देहान्त पछि दुई भाई र एक बहिनीको जिम्मेवारी उनको काँधमा आयो । उनी परिवारसहित झापाको वैगुनधाराबाट धरान आए । जिम्मेवारी बढेपछि कलेज पढ्ने चाहनालाई डम्बरकुमारी(पुर्णकला) मास्केले तिलाञ्जली दिइन् । आफन्तहरु सम्पन्न थिए । तर, कसैबाट पनि उनको परिवारले साथ सहयोग पाएन । २०४५ सालतिर घरेलु तथा साना उद्योग कार्यालय धरानमा तीन महिने टेक्सटायलको तालिम लिने अवसर जु¥यो । तालिमपछि लोकसेवा भिडेरै उनले घरेलुमा सुब्बा सरहको प्रशिक्षक जागिर पाइन् । उनको कार्यक्षेत्र जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहा, हरिनगरा, देवानगञ्ज, लौकही जस्ता तराई क्षेत्रमा थियो । त्यहाँका महिला दिदीबहिनीको समस्या र दुःख देखेर उनी झस्किन्थिन् । परिवार श्रीमान्को मात्र कमाईको भरमा । महिलाहरुसँग सिप भइदिए केही कमाइ हुन्थ्यो, र समस्याबाट मुक्ति मिल्थ्यो भन्ने सोच उनमा पलायो । महिलाहरुलाई सिप सिकाउनुपर्छ भन्ने भावनाले २०५० सालतिरै उनले एउटा सिलाई मेशिन पनि किने । हुन त उनी कार्यरत कार्यालय घरेलुले पनि सिप सिकाउथ्यो । तर त्यसमा उनको चित्त बुझेन । उनी सिप सिकाउने मात्र होइन,

सरल ‘सरला दिदी’

Image
‘हेलो, सरला दिदी बोल्नुभएको हो ?’ ल्याण्डलाइन फोनबाट जवाफ आयो,–‘हजुर बोल्दैछु, तपाई नि ?’ ‘म नागरिक दैनिकको रोहित भाई ’ ‘अँ बाबु, भन्नुस् न’ ‘आज तपाई घरमै रहनुहुन्छ कि कतै जानुहुन्छ ?’ ‘२ बजेपछि एउटा मिटिङमा जानुछ, बाबु ।’ घडि हेरे, १० बजिसकेको थियो । आजै(बिहिबार,चैत ३१) नभेटे काम अधुरै हुन्छ । ‘तपाईसँग भेटेर कुरा गर्नुछ, ११ बजेतिर घरमै आउछु है दिदी ।’ ‘हुन्छ बाबु’–जवाफ आयो । ........................................................................................................ धरान २, रत्न रोड निवासी ७८ बर्षीय सरला कायस्थलाई जतिबेला पनि घरमा भेट्न सकिदैन । यसको कारण हो, उनले बिताइरहेको सक्रिय सामाजिक जीवन । उमेरले ७ दशकको उत्तराद्र्धमा हिडेपनि सामाजिक काम अथवा समाजसेवामा उनको लगाव युवा भन्दा कम छैन । यही सक्रिय जीवन, सरल विचार, मधुर वचन र मिलनसार व्यावहारले उनी सबैको प्रिय छिन् । समाजको सेवामा समर्पित कायस्थको जीवन आफ्नो नाम जस्तै सरल छ । उनलाई सबैले ‘सरला दिदी’ भनेर सम्बोधन गर्छन् । यो ‘दिदी’ शब्दभित्र अगाध श्रद्धा, सम्मान, प्रेम र प्रेरणा(उर्जा) भरिएको छ । उनले केही प

उम्मेद्वार छनौटप्रति असन्तुष्टि:चुनावको मुखमा कार्यकर्ता जोगाउनै गाह्रो

Image
धरान । झण्डै पाँच दशकदेखि नेपाली कांग्रेसमा सक्रिय धरान १४ विजयपुरका श्याम श्रेष्ठ स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका आकांक्षी थिए । वडामा सहमति जुट्न नसकेपछि उनीसँगै ४ जनाको नाम सिफारिश भयो । उम्मेद्वारको बाजी भने जग्गाको कारोबारमा पनि संलग्न युवा कृष्ण भटराईले मारे । आफुभन्दा उमेर र पार्टीमा योगदानको हिसाबले पनि कान्छा रहेका भटराईले उम्मेद्वारी पाएपछि श्रेष्ठ यतिबेला पार्टीसँग रुष्ट छन् । आफुमाथि अन्याय भएको महसुस गर्दै उनले सोमबार स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरे, त्यो पनि गणतन्त्र दिवसको अवसरमा माओवादी केन्द्रले विजयपुर चोकमा आयोजित एक कार्यक्रममा । ‘२०२५ सालदेखि म कांग्रेसमा छु । नेताहरुले तपाई नै वडा अध्यक्षको उम्मेद्वार हो भन्थे, अहिले एक शब्द पनि नसोधी अरुलाई टिकट दियो’–असन्तुष्टी जनाउदै ६३ बर्षीय श्रेष्ठले भने–‘मलाई अन्याय भएको छ, म स्वतन्त्र उम्मेद्वारी दिन्छु ।’ करिब २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ झै ठुला दललाई उम्मेद्वारका आकांक्षीहरुको लर्कोले उम्मेद्वार टुंगो लगाउन जति सकस छ, चुनावको मुखमा आफ्ना कार्यकर्ताहरुलाई जोगाउन उतिकै चुनौती पनि छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना

Image
धरान । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि सोमबार सुनसरी जिल्लाको धरान उपमहानगरपालिकासहित बाँकी ११ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । असार ९ गतेको निर्वाचनको तयारीसँगै सम्पन्न गर्ने जिम्मेवारीसहित जिल्लाका सबै तहमा कार्यालय स्थापना भएको हो । सुनसरीमा २ उपमहानगरपालिका, ४ नगररपालिका र ६ गाउँ पालिका रहेको छ । ती मध्ये यसअघि इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको थियो । इनरुवा नगरपालिकाको निर्वाचनको सम्पुर्ण कार्य त्यहीबाट गरिने भएकोले बाँकी तहमा सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । कार्यालय स्थापनासँगै एक निर्वाचन अधिकृतसहित ९ जना कर्मचारीहरु पनि परिचालन भएका छन् । सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका छ भने इनरुवा, दुहबी, रामधुनी भाषी र बराह नगरपालिका छ । यस्तै, गढीमाई, भोक्राहा, कोशी, हरिनगरा, देवानगञ्ज र बर्जु गाउँपालिका छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा प्रमुख जिल्ला न्यायधिश अर्जुनप्रसाद कोइराला छन् भने धरान उपमहानगरमा निर्वाचन अधिकृतकोरुपमा जयप्रसाद महत र इटहरी उपमहानगरमा भरतमणी

‘देशले माग्दैन, दिनुपर्छ’ को च्यारिटी

Image
धरान । पुर्वमा मेची र पश्चिममा महाकाली नदीमा खुम्चिएको नेपालको भुमि इतिहासको कुनै कालखण्डमा पुर्वमा टिण्टा र पश्चिममा कांकडासम्म फैलिएको थियो । भारतलाई आफ्नो अधिनमा परेपछि इष्ट इण्डिया कम्पनी(अंग्रेज)हरुको नजर सुन्दर हिमाली मुलुक नेपालमा परेको थियो । अंग्रेजहरुले नेपाललाई कब्जा जमाउन अनेक जुक्ति निकाल्यो तर सकेन । अन्त्यमा युद्धमा उत्रियो । अत्याधुनिक हातहतियारले सुसज्जीत अंग्रेजको विशाल फौज । नेपालतर्फ भने घरेलु हातहतियार बोकेका सिमित गोर्खाली फौज । त्यसमाथि पनि महिला, केटाकेटीहरु समेटिएको । तरपनि पश्चिमको नालापानी किल्लामा ३ पटक आक्रमण गर्दा पनि अंग्रजले जित हासिल गर्न सकेन । युद्ध रणनीति र नेतृत्वमा कुशल जनरल जिलेस्पीलाई पनि अंग्रेजले गुमाए पछि त नालापानीको युद्ध अंग्रेजको लागि प्रतिष्ठाको बिषय बन्यो । तेस्रो पटकको आक्रमणमा जित नपाएपछि अर्कै जुक्ति निकाल्यो, नालापानी किल्लामा पानीको स्रोत थुन्ने । भोकप्यासलाई सहदै गोर्खालीहरुले ४ दिनसम्म वीरता देखाए । तर, महिला, केटाकेटीहरुको अवस्था ज्यादै खराब भएपछि फौजको नेतृत्व गरेका बलभद्र कुँवरले किल्ला छोड्ने निर्णय लिए । रातको समयमा अंग्र

अदालतको फैसला कार्यान्वयन गर्दे प्रहरी, एक सातामा ४ फरार अभियुक्त पक्राउ

Image
धरान । अदालतबाट कैद तथा जरिवाना फैसला भएर पनि फरार रहेका अभियुक्तहरुलाई प्रहरी धमाधम पक्राउ गरी जेल चलान गर्न थालेको छ । पछिल्लो एक सातामा धरान प्रहरीले अदालतबाट फैसला भएर पनि कैद भुक्तान नभएका ४ जना अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । अदालतमा उपस्थित गराएपछि उनीहरु जेल चलान भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार गएको शनिबार यता जर्बजस्ती करणी मुद्दाका एक, लागुऔषध मुद्दाका २ र वन मुद्दाका एक गरी ४ जना अभियुक्त पक्राउ गरी जेल चलान भएका छन् । चार मध्ये एक जना लागुऔषध मुद्दामा महिला छन् । अदालतबाट फैसला भएर पनि सजाय भुक्तान नभएका अभियुक्तहरुको खोजी गरेर जेल चलान गरी फैसला कार्यान्वयनको अभियान थालिएको डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । अदालतबाट फैसला भइसकेका तर कार्यान्वयन हुन नसकेका मुद्दाहरुको सुची मगाएर खोजतलास अभियान शुरु गरेको डिएसपी खतिवडाको भनाई छ । ‘फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान चलाएका छौं, अदालतबाट फैसला भइसकेको तर पक्राउ नपरेको अभियुक्तहरुको लिष्ट ल्याएका छौं’–डिएसपी खतिवडाले भने–‘मातहतको सबैतिर युनिटमा त्यसक्षेत्रको फरार प्रति

ज्ञानचक्षु विद्यालयमा प्रअ बन्ने खेल, प्रअ थापाको राजिनामा माग्दै आन्दोलन

Image
धरान । रिटायर्ड(अवकाश) हुन करिब ६ महिना मात्र समय बाँकी रहदा धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयकी प्रअ केशरी थापाको तत्काल राजीनामा माग गर्दै केही शिक्षक, शिक्षिकाहरुले आन्दोलन थालेका छन् । विद्यार्थी र शिक्षक, शिक्षिकामाथि अत्याचार भएको आरोप लगाउदै विद्यालयका ६ जना शिक्षक तथा शिक्षिकाहरु प्रअको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यो विद्यालय दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने एक मात्र बिशेष विद्यालय हो । बिशेष विद्यालयहरुमध्ये ज्ञानचक्षु उत्कृष्ट एवं नमुना विद्यालयको रुपमा गनिन्छ । विद्यालयलाई यो स्थानमा ल्याउन सञ्चालक समितिसँगै प्रअ थापाको बिशेष योगदान रहेको मानिन्छ । तर, मंसिर १७ गतेदेखि अवकास पाउन लागेकी प्रअ थापाविरुद्ध सोही विद्यालयका ६ जना शिक्षक, शिक्षिकाहरुले राजिनामाको माग गरेपछि विवादमा तानिएकी छिन् । विद्यालयका शिक्षकहरु प्रकाश कार्की, विद्या शाक्य, सीता कार्की, सुशिला थापा, तुलसी तिम्सिना र डोल्मा योञ्जनले आइतबार विद्यालय परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रअ थापाको राजिनामा माग गरेका हुन् । साथै, विद्यालयका बिशेष शिक्षकहरुबाटै प्रअको

एमालेको प्रतिद्धवता पत्र:पर्यटन, उद्योग व्यावसाय र कृर्षि प्राथमिकतामा

Image
धरान । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले धरान उपमहानगर कमिटिले ‘धरानको विकास र समृद्धिको आधार, स्थानीय तहमा एमालेको सरकार’ भन्ने नारासहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले निर्वाचन परिचालन समितिले शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सुरक्षित व्यवस्थित, व्यावसायिक, आवासिय तथा पर्यटकीय सुन्दर शहर बनाउने लक्ष्यसहितको प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेको स्थानीय सरकार गठन गरेपछि धरानको समृद्धि र विकास गर्नको लागि विभिन्न २७ वटा बिषय क्षेत्रहरु प्रतिवद्धता पत्रमा समेटिएको छ । एमालेले बिषयगत प्रतिवद्धतामा पर्यटन प्रर्वद्धन, उद्योग व्यावसाय प्रर्वद्धन र कृर्षि विकासलाई प्राथमिकतामा राखेको छ । धरानलाई स्वच्छ, सफा, नमुना नगर निर्माण गरी आन्तरिक र बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखिएको प्रतिवद्धता तयारी उपसमितिका संयोजक एवं एमाले जिल्ला नेता मुरारी सुवेदीले जानकारी दिए । प्रतिवद्धता पत्र प्रस्तुत गर्दै उनले आर्थिक सामाजिक विकासको लागि धरानलाई व्यावपारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने, शिक्षा, स्वास्थ्य र