Posts

Showing posts from July, 2014

सर्दु जलाधार क्षेत्र विवाद फेरि अदालतमा

Image
धरान । गएको साउन दोस्रो साता एक कट्ठा जग्गा बिक्री गर्नको लागि सिफारिश लिन धरान १३ का चन्द्रमणी मगर नगरपालिका पुगे । पुनरावेदन अदालत विराटनगरबाट जग्गा रोक्काको आदेश आएको भन्दै नगरपालिकाले सिफारिश दिन मानेन । बुझ्दै जादा जनसरोकार मञ्चले धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जालधार क्षेत्रको वन जंगल फडानी गर्न एवं कित्ताकाट गर्न रोक लगाउन माग गर्दै पुनरावेदनमा रिट हालेको खुल्यो । उक्त रिटमा सुनुवाई गर्दै पुनरावेदनले जेठ १ गते र जेठ ६ गते अन्तरिम आदेशमार्फत रोक लगाएको र मुद्दाको अन्तिम टुंगो नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिएको पत्र जेठ २७ गते पुनरावेदनले नगरपालिका, मालपोत, जिल्ला वन कार्यालयलगायत विपक्षीलाई पठाएको थियो । यो आदेशले मगरको मात्रै होइन, अहिले धरानमा मात्रै हजारभन्दा बढीको घरजग्गा रोक्का भएको छ । रिट निवेदकले जलाधारको विवादित जमिनको कित्ता नम्बर नछुट्याई एकमुष्ट पाँचकन्या ९ र विष्णुपादुका ७ मा रोक लगाउन माग गरेपछि त्यहाँका निजी घरजग्गा भएकाहरुले पनि अहिले दुःख पाइरहेका छन् । पुनरावेदनले रोक लगाएको पाँचकन्या गाविस ९ लाई स्रेस्तामा हाल सुनसरी बाँझगरा ९क भनेर उल्लेख गर

काठ तस्करलाई दोस्रो पटक सात दिनको म्याद थप

Image
धरान । ठुलो परिमाणमा तस्करी गरिरहेको सखुवाको गोलियासहित रंगेहात पक्राउ परेका चार जनालाई वन कार्यालयले दास्रो पटक म्याद थप गरेको छ । अनुसन्धान बाँकी रहेको दाबी गर्दै धरानस्थित सेक्टर वन कार्यालयले न्यायिक हिरासतमा राख्न १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले बिहिबार ७ दिनको म्याद थप गरेको हो । यसअघि, अदालतले अनुसन्धान गर्न पहिलो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद बुधबार सकिएपछि वन कार्यालयले चार जनालाई बिहिबार अदालतमा उपस्थित गराएर थप समय माग गरेको थियो । ‘अनुसन्धानको काम अझै पुरा भएको छैन, तस्करीमा अरु पनि संलग्न भएको नाम पाएका छौं । उनीहरुको खोजी जारी नै छ’–घटनाको अनुसन्धान अधिकृत एवं सहायक वन अधिकृत लखनलाल चौधरीलले भने–‘त्यसैले थप १० दिनको म्याद मागेका थियौं, अदालतबाट ७ दिनको लागि म्याद थप भएको छ ।’ प्रहरीले यही साउन ५ गते धरान १५ का काजिमान राई र धरान ११ का रमेश भनिने नरेन्द्र राईलाई मिनि ट्रकमा सखुवाको गोलिया धरान ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुको वयानको आधारमा धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा छापा मारेर प्रहरीले सञ्चालक चन्द्र श्रेष

तीन दिन देशभरका गाविस, नगरपालिका र जिविस ठप्प हुने

Image
धरान । विकेन्द्रीकरणको सिद्धान्त विपरीत मन्त्रालयले मनोगतरुपमा कर्मचारी नियुक्ती गरेर स्थानीय निकायमा पठाएको एवं कर्मचारी संगठनहरुको माग सम्बन्धमा विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै कर्मचारीले तीन दिन स्थानीय निकाय ठप्प पार्ने घोषणा गरेका छन् । कर्मचारीहरुले धरान नगरपालिकासहित देशभरका जिविस, नगरपालिका र गाविस कार्यालयमा साउन १८, १९ र २० गते सम्पुर्ण कामकाज बन्द गर्ने घोषणा गरेका छन् । सांकेतिक विरोध स्वरुप गरिएको बन्दमा अत्यावश्यक सेवा मानिएको सरसफाई, एम्बुलेन्स र दमकल भने बन्द नहुने आन्दोलन परिचालन समितिले जनाएको छ । कर्मचारीले तीन दिन कामकाज बन्द गरेर कार्यालय प्रांगणमा धर्ना दिने आन्दोलन परिचालन समिति धरानका संयोजक एवं केन्द्रीय सदस्य खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । ‘सरकार र मन्त्रालयले स्थानीय स्वायत्त शासन ऐन ०५५को मर्म र भावना विपरीत स्थानीय निकायमा स्थानीय शासन विज्ञ, आइसिटी स्वयमसेवकलगायत कर्मचारी नियुक्त गरेर पठाएको छ, उनीहरुलाई तत्काल फिर्ता गरिनुपर्छ’–खतिवडाले भने–‘दुई बर्षअघि कर्मचारी संगठनको मागबारे एक बर्षभित्र पुरा गर्ने प्रतिवद्धता सरकारले जनाएको थि

धरानको विकासको लागि सात दलीय मोर्चा

Image
धरान । पहिचानसहितको संघीयता र संविधान सुनिश्चित गर्दै स्थानीयस्तरमा जनसरोकारका मुद्दा तथा विकास निर्माण कार्यमा सहकार्य गर्न विभिन्न सात राजनीतिक दलहरुले सुनसरी १ नम्बर क्षेत्र एवं नगरस्तरीय मोर्चा गठन गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक स्थानीय मोर्चा नाम दिइएको गठबन्धनले बुधबार पत्रकार सम्मेलन गर्दै संविधान निर्माण, जनताका आधारभुत आवश्यकता, विकास निर्माण तथा भ्रष्टचार, कलोबजारीविरुद्ध सरकार र स्थानीय निकायको ध्यानाकर्षण गर्ने जनाएको छ । मोर्चाले साझा अवधारणा एवं उद्देश्यहरु सार्वजनिक गर्दै त्यसलाई प्राप्त गर्न जनपरिचालनदेखि बन्द,हडतालसम्मका सशक्त आन्दोलन गर्ने घोषणा पनि गरेको छ । ‘पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान सुनिश्चित गर्न केन्द्रमा पनि मोर्चा बनेकै छ, तर स्थानीयस्तरको यो मोर्चाले यहाँका जनताको सरोकारका बिषयलाई पनि उठान गछौं, खबरदारी गछौं । विकास निर्माण र समस्यालाई हल गर्न साझा अवधारणा बनाएर सहकार्य गर्छांै’–मोर्चाका संयोजक एवं एकीकृत माओवादीको नेता अशोक राईले भने । मोर्चामा हाल सरकार सञ्चालनमा रहेको ठुला दल नेपाली कांग्रेस र एमाले भने सहभागी छैन ।

धरानमा तिज उत्सवको तयारी

Image
धरान । महिलाहरुको चाड तिज आउन ठ्याक्कै महिनादिन बाँकी छ । तर, धरानका दुई सामाजिक संस्था यूवा दृष्टि समाज र लियो क्लब अफ धरान बुढासुब्बा श्रावण तिज उत्सव २०७१ के तयारीमा जुटिसकेका छन् । दुवै संस्थाले मंगलबार पत्रकार सम्मेलन गरेर सहुलियत दरको बजार तथा स्वास्थ्य मनोरञ्जनको लागि साउन २३ र २४ गते धरान १० स्थित सैनिक भवन परिसरमा उत्सव आयोजना गर्ने जानकारी दिएको छ । राखी(जनैपुर्णिमा), कुशे औशी र हरितालिका तीजको बेला महिलाहरुले विभिन्न श्रृंगारका सामानहरु खरीद गर्ने भएकोले एकै ठाउमा सबै सामग्रीहरु उपलब्ध गराउने उद्देश्यले उत्सव आयोजन गरिएको लियो क्लबका अध्यक्ष दिपेन्द्र निरौलाले बताए । उनका अनुसार आयोजक दुवै संस्थामा महिलाहरुको बाहुल्यता भएकोले पनि महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो । उनका अनुसार सैनिक भवन परिसरमा विभिन्न सौन्दर्य प्रशाधन एवं गरगहना, खाद्यान्न, साडी कुर्तालगायतका कपडा तथा तिज, रक्षाबन्धनमा आवश्यक घरायसी सामाग्रीहरुको स्टल राखिनेछ । कार्यक्रम स्थलमा नै महिलाहरुलाई मेहन्दीको सामाग्रीका साथै मेहन्दी लगाइदिने, नेल आर्ट गरिदिने स्टल पनि रहनेछ । ‘खेल तथा मन

बीपी प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा शुरु

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सोमबारदेखि न्युरो सर्जरी सम्बन्धि सम्पुर्ण सेवा सञ्चालनमा ल्याएको छ । न्युरो सर्जनको अभावमा न्युरोसम्बन्धी विरामीलाई अन्यत्र रिफर गर्दै आएको प्रतिष्ठानले अब भने सर्वसाधारण विरामीहरुले आकस्मिक एवं नियमित सम्पुर्ण सेवा यही पाउने जनाएको छ । न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याउदा सर्वसाधारण विरामीले सर्वशुलभरुपमा सेवा पाउने प्रतिष्ठानको भनाई छ । न्युरो सर्जरीमा डाक्टर गुणराज पौडेलले तीन बर्षे कोर्ष पुरा गरी बिशेषज्ञता(एम.सिएच.) हासिल गरेर फर्किएपछि प्रतिष्ठानले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । करिब चार बर्षअघि न्युरो सर्जनले प्रतिष्ठान छोडेर गएपछि चिकित्सकको अभावमा प्रतिष्ठानले यो सेवा दिन सकेको थिएन । सामान्य टाउकोमा चोट लागेर आएका विरामीलाई पनि प्रतिष्ठानले अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो । ‘हामीलाई न्युरो सर्जरीमा बिशेषज्ञता र एम सिएच गरेको डाक्टर अभाव थियो, अब भने न्युरो सर्जरीसम्बम्बी जति पनि केस आउछ, हामी यही उपचार गर्न सक्छौं, विरामीहरुले अरुतिर भौतारिनु पदैन’–प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हाले भने–‘सेवा

छापा मारेको विरोधमा सुनचादी पसल बन्द

Image
धरान । घरमा छापा मारेर सुनचादीको गहना र नगद पक्राउ गरेको विरोधमा धरानका सुनचादी व्यावसायीहरुले आइतबार पसल बन्द गरेका छन् । उनीहरुले व्यावसायिक सुरक्षा दिनुपर्नेमा घरमा छापा मारेर व्यावसायीहरुलाई थप त्रसित बनाएको आरोपसमेत लगाएका छन् । सुनसरी सुनचादी व्यावसायी संघका उपाध्यक्ष किशन मास्केले व्यावसायिक सुरक्षाको लागि व्यावसायीहरुले स्वतस्फुर्तरुपमा आइतबार पसल बन्द गराएको बताए । ‘काचो सुन पनि होइन, व्यावसायिक सामानलाई सुरक्षाको लागि आफन्तको घरमा राखिएको हो’–संघका जिल्ला उपाध्यक्ष किसन मास्केले भने–‘घरमा सुरक्षाको लागि राखिएको सामानबारे अर्नगल प्रचार भयो, छापाले गर्दा व्यावसायीहरु डराउनुपर्ने अवस्था भयो । त्यसैले सांकेतिक विरोधमा व्यावसायीहरु आफैले पसल बन्द गरेका हुन् ।’ कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले शनिबार धरान ४ स्थित दिपक अग्रवालको घरमा छापा मारेर सुनचादीको तयारी गहना र नगद ५२ लाख वरामद गरेको थियो । वरामद भएको चादीको गहना ७० किलो र सुनको गहना ८० तोला भएको खुलेको छ । दिपक अग्रवालको घरमा वरामद भएको ती गहना र नगद सुनचादी व्यावसायी संघ सुनस

सुनचादीको गहना र नगद ५२ लाख वरामद

Image
धरान । प्रहरीले धरान ४ स्थित एक घरबाट ठुलो परिमाणमा सुनचादीको गहना र नगद ५२ लाख वरामद गरेको छ । बिशेष सुचनाको आधारमा दिपक अग्रवालको घरमा शनिबार बिहानै छापा मारेको प्रहरीले ७० केजी चादीका गरगहना र नगद ५२ लाख फेला परेको थियो । सुनका गहना जस्तो सामानसमेत वरामद भएपनि त्यसको परिमाण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । धरानस्थित कोशी अञ्चल प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार बिहानै अग्रवालको घरमा छापा मारेको थियो । रित पुर्याएको माछा मार्दा बोरामा प्याक गरेर खाटमुनि लुकाईरहेको अवस्थामा गरगहना र नगद फेला परेको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘यी सामानको आवश्यक कागज पत्र घरधनीले देखाउन सकेनन्, हामीले सुनचादी व्यावसायी संघको रोहबरमा वरामदी मुचुल्का बनाएर ल्याएका छौं’–इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै डिएसपी थापाले भने । प्रहरीले घरधनी दिपक अग्रवाललाई पनि सोधपुछको लागि नियन्त्रणमा लिइएको जानकारी दिएको छ । सुनचादीको गहना घरमा फेला परेपनि अग्रवाल स्वयम भने सुनचादी व्यावसायी होइनन् । उनको धरान ८, तीनकुनेस्थित औद्योगिक क्षेत्रमा प्लाष्टिक उद्योग छ । उन

फुर्सद हुनासाथ साइकलमा सरर(फोटोफिचर)

Image
धरान । राजु सुनचादी पसलका सञ्चालक राजु दर्नाल सधै पसल बन्द गरेर घर जान्थे । तर, शुक्रबार भने पसल बन्द गरेर उनलाई माउण्टेनबाइकमा धरान डुल्न रहर जाग्यो । आफ्नो रहर पुरा गर्न उनी धरान १९ स्थित आफ्नो पसल नजिकैको ग्रिनह्विल्स माउण्टेन बाइक शो रुममा गए, अनि कलिला र युवाहरुसँगै निस्किए क्रिटिकल मास राइडमा । धरानमा सबै क्षेत्रका मानिसहरुको हिजोआज साइक्लिङप्रतिको रुचि बढ्दो छ । ती मध्ये एक प्रतिनिधि पात्र हुन्, राजु । साइकल सिटि अभियानले गति लिन थालेपछि राजु जस्तै विभिन्न पेशा एवं क्षेत्रका मानिसहरुको ध्यान माउण्टेन बाइक एवं साइक्लिङले तानेको छ । शुक्रबार क्रिटिकल मास राइडमा राजुसँगै टोकियो वल्र्ड ल्याङ्वेज एकेडेमीका सागर लिम्बू, एटु कोल्ड स्टोरका अजय लिम्बू पनि पहिलो पल्ट साइक्लिङको अनुभव लिए । ‘सधै केटाकेटी र युवा भाईहरु साइकलमा डुलेको देख्छु, आज त मलाई पनि धरान साइकलमा घुम्ने रहर भयो’–सुनचादी व्यावसायी दर्नालले भने । धरानका साइकल सिटि अभियानका अगुवाहरुले ग्रिनह्विल्स माउण्टेन बाइक शोरुमसँग मिलेर प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार गर्वका साथ साइकल चढौं भन्दै ‘क्रिटिकल मास राइड

मान्छे छुटाइदिने भन्दै ठगी गर्ने खम्बुवानका अध्यक्ष पक्राउ

Image
धरान । जाहेरी परेपछि कानुनी कारबाहीको लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा ठगी गरेको अभियोगमा खम्बुवान राष्ट्रिय मोर्चाका सुनसरी जिल्ला अध्यक्ष शिखर खम्बुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नजिकैको एक घरमा बिहिबार साँझ लेनदेन गरिरहेको अवस्थामा नगद ५० हजारसहित खम्बुलाई प्रहरीले पक्राउ गरेको हो । खम्बुले प्रहरी, प्रशासन र सरकारी वकिललाई मिलाउन भन्दै पैसा लिएको अभियोग छ । प्रहरीलाईसमेत पैसा खुवाउनु पर्ने भन्दै मोलमोलाई भइरहेको गोप्य सुचना पाएपछि खटिएको प्रहरी टोलीले कार्यालय नजिकै रहेको धरान १९ स्थित राधिका राईको घरबाट नगदसहित नै खम्बुलाई पक्राउ गरेको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘रितपुर्वक जाहेरी दरखास्त भई कानुनीरुपमा कारबाही प्रक्रिया अघि बढीरहेको अवस्थामा शिखर खम्बुले छुटाउनको लागि प्रहरी, प्रशासन र सरकारी वकिललाई समेत मिलाउन भन्दै ६० हजार चाहिन्छ, नत्र मान्छे जेल जान्छ भनेर बार्गेनिङ गरेको रहेछ, अन्त्यमा ५० हजारमा कुरा मिलेको सुचना पायौं र तत्कालै नगदसहित नै पक्राउ गर्न सफल भयौं’–डिएसपी थापाले भने । प्रहरीका अनुसार धरान १७ का आश

तस्कार छुटाउन गिरोह सक्रिय, प्रलोभनमा नपर्ने प्रहरी पुरस्कृत

Image
धरान । ठुलो परिमाणमा सखुवाको गोलिया काठसहित रंगेहात पक्राउ परेका काठ तस्करीमा संलग्नहरुलाई छुटाउन विभिन्न व्यक्तिहरु लागिपरेका छन् । पक्राउ परेको बेलामा प्रहरीलाई आर्थिक प्रलोभन दिएर उक्किन नसकेपछि अहिले मुद्दा कमजोर बनाउन ती व्यक्तिहरु जुटेको स्रोतले जनाएको छ । पाँच दिन अघि(सोमबार) इलाका प्रहरी कार्यालय धरानको टोलीले सर्दु खोला क्षेत्रबाट मिनि ट्रकमा सखुवाको गोलियासहित चालक काजीमान राई र तस्कर रमेश भनिने नरेन्द्र राई पक्राउ परेका थिए । तस्कर नगेन्द्रको वयानको आधारमा उत्तम फर्निचर उद्योगमा छापा मार्दा थप सखुवाको गोलिया र चिरान गरेको अवैध काठ फेला परेको थियो । प्रहरीले उद्योगका सञ्चालक चन्द्र श्रेष्ठ र कारोबारको जिम्मेवारी हेरिरहेका रमेश राईलाई पनि पक्राउ गरेको थियो । प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजालको नेतृत्वमा छापा मार्न सर्दु खोला र फर्निचर उद्योगमा पुगेको प्रहरी टोलीलाई तस्करको गिरोहले त्यतिबेला नै आर्थिक प्रलोभन दिएर जोगिन खोजेको थियो । तर, प्रहरी प्रलोभनमा नपरेपछि गिरोह निराश बनेको थियो । स्रोतका अनुसार धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा लामो समयदेखि नै तस्करीको का

चुम्लुङ होटलकी सञ्चालिका कारागार चलान

Image
धरान । होटलमा बन्धक बनाएर युवतीलाई जर्बजस्ती देहव्यापारमा संलग्न गराएको आरोपमा पक्राउ परेकी न्यु चुम्लुङ होटल एण्ड लजकी सञ्चालिका पुर्पक्षको लागि जेल चलान भएकी छिन् । धरान ७ स्थित उक्त होटलकी सञ्चालिका दिलकुमारी वनेम सुब्बालाई जिल्ला अदालत सुनसरीले बिहिबार पुर्पुक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । उनी बिहिबार नै विराटनगरस्थित कारागार चलान भइसकेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । आरोपित वनेम गत असार १७ गते पक्राउ परेका थिए । उनीविरुद्ध एक युवतीले बन्धक बनाएर जर्बजस्ती यौन कार्यमा लगाएको प्रहरीमा जाहेरी दिएकी थिइन् । न्यायाधिश नारायणप्रसाद पराजुलीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार विष्णु गिरीले जानकारी दिए । धरानको भानुचौकस्थित वडा प्रहरी कार्यालय नजिकै रहेको होटलमा लामो समयदेखि यौनजन्य क्रियाकलाप भइरहे पनि कारबाही तथा नियन्त्रण भएको थिएन । पीडित युवतीले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर मानव बेचविखन ऐन अन्र्तगत मुद्दा दर्ता गरेको थियो । स्थानीयले पनि अवैधरुपमा यौनधन्दा चलाएर समाजमा विकृति फैलाएको भन्दै स्थानीयल

विवादले शहरी सेवा केन्द्रको सम्झौता रद्द

Image
धरान । सार्वजनिक शौचालयसहितको शहरी सेवा केन्द्र सञ्चालनको विवाद नसुल्झिएपछि नगरपालिकाले वार्ड विकास तथा बजार सुधार समितिसँगको सम्झौता रद्द गरेको छ । केन्द्र सञ्चालनमा आएदेखि नै समितिमा शुरु भएको विवाद मिलाउन पटक पटक प्रयास भएपनि सुल्झन नसकेपछि सहमतिमा नै सम्झौता रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बिहिबारदेखि सम्झौता रद्द भएको जानकारीसहितको पत्र समिति र सरोकारवालाई बुधबार पठाएको थियो । सम्झौता रद्द भएपछि तत्कालको लागि नगरपालिकाले नै केन्द्रको सञ्चालन गर्ने र आवश्यक छलफल एवं निर्णय गरेर नयाँ विधिबाट केन्द्र सञ्चालनको जिम्मा दिइने नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । ‘समितिमा आन्तरिक विवाद भइरह्यो, हामीले पटक पटक मिल्न भन्यौं, नमिलेपछि सहमतिमा नै सम्झौता रद्द गरेका हौं’–खतिवडाले भने–‘ तत्काल नगरपालिकाले सञ्चालन गर्छ, आवश्यक छलफल गरेर नयाँ विधिबाट सञ्चालन गछौं ।’ शहरी वातावरण एवं सर्वसाधरणलाई विभिन्न सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्र्तगत भानुचौकमा गत बर्ष केन्द्रको निर्माण भएको थियो । केन्द्र मर्मत एवं विकास र सञ्च

एन्फा अध्यक्ष थापालाई निलम्बन गर्न माग

Image
धरान । अखिल नेपाल फुटबल संघ(एन्फा)का द्धितिय केन्द्रीय उपाध्यक्ष किसोर राई र सुनसरी एन्फाले अध्यक्ष गणेश थापालाई तत्काल निलम्बन गर्न नेपाल सरकारसँग माग गरेका छन् । अध्यक्ष थापाविरुद्ध संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायबाट अनुसन्धान शुरु भएको र उनी पदमा बसिरहदा आफुविरुद्धको प्रमाण नष्ट गर्नसक्ने भएकोले अध्यक्षबाट तत्काल निलम्बन गर्न माग गरेका हुन् । एन्फा उपाध्यक्ष राई र जिल्ला फुटबल संघले बिहिबार संयुक्तरुपमा धरानमा पत्रकार सम्मेलन गर्दै धरानस्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको नयाँ समिति अवैधानिकरुपमा गठन गरेकोले निर्णय वदर गराउन कानुनी उपचारको बाटो अवलम्बन गर्ने पनि घोषणा गरेको छ । उपाध्यक्ष राईका अनुसार सेन्टरसँगै अध्यक्ष थापाको विविध गैरकानुनी गतिविधि रोक्नको लागि उत्प्रेषणको आदेशका लागि सर्वोच्च अदालतमा रिट दायार गर्ने तयारी भइरहेको छ । ‘अध्यक्ष थापा पदमा रहीरहदा विभिन्न हतकण्डाहरु अपनाई आफुविरुद्धको प्रमाण नष्ट गर्ने र भ्रष्टचारविरुद्ध आन्दोलनरत पक्षलाई विभिन्न षडयन्त्रमार्फत संघबाट हटाउने प्रयासहरु भइरहेको छ, त्यसैले अध्यक्

आँखाको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाही गर्न माग

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोतियाविन्दुको अप्रेशन गरेपछि आँखाको ज्योति गुमेका इटहरी ५ का ६० बर्षीय लालबहादुर गिरीले लापरवाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् । गत असार दोस्रो साता दाहिनो आँखाको मोतिया विन्दु अप्रेशन सफल भएपछि पनि गिरीको आँखामा इन्फेक्शन भएको थियो । चिकित्सकले इन्फेक्शन रोक्न भन्दै लापरवाहीपुर्ण तरिकाले सुई लगाइदिएको र डाक्टरले हेर्न पनि नआएपछि आँखाको ज्योति गुमेको गिरी परिवारको आरोप छ । चिकित्सककै सल्लाहमा राजधानीस्थित तिलगंगा आँखा अस्पतालमा जचाउन गएपनि गिरी निराश भएर फर्किएका छन् । ‘सुई लगाएपछि २९ घण्टासम्म मलाई हेर्न डाक्टर किन आएनन् ? डाक्टरले विरामीप्रति गरेको लापरवाही हो कि होइन ?’–बुधबार पत्रकार सम्मेलन गर्दै पीडित गिरीले भने–‘डाक्टर, नर्स नआएपछि सुई हानेपछि लगाएको पट्टी पनि हेल्परले खोलिदिएको थियो । हेल्चेक्राई गर्ने डाक्टरलाई कानुनी कारबाही हुनुपर्छ ।’ पटक पटक डाक्टर बोलाउन आग्रह गर्दा पनि नआएको उनको भनाई छ । उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै पीडित गिरीले बुधबार नै बीपी प्रतिष्ठानका उपकुलपतिला