Posts

Showing posts from April, 2018

बीपी प्रतिष्ठानमा बेथिती:विना प्रतिस्पर्धा किड जिलाई जग्गा र भवन लिजमा

Image
धरान,बैशाख ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठान हाताभित्र विना प्रतिस्पर्धा भारतीय फ्रेन्चाईजी किडजी मन्टेश्वरी ठुलो क्षेत्रफल न्युन भाडादरमा उपलब्ध गराएको खुलेको छ । प्रतिष्ठानका पदाधिकारीसँगको निकट सम्बन्ध र मिलेमतोमा विना प्रतिस्पर्धा न्युन भाडादरमा किडजीले भवन र ठुलो क्षेत्रफल जग्गा हात पार्न सफल भएको हो । प्रतिस्पर्धा विनै व्यापारिक उद्देश्यका संस्था भित्र्याउदा प्रतिष्ठानले पाउनसक्ने ठुलो आम्दानी गुमाइरहेको छ । प्रतिष्ठानभित्र किड जि विगत २ बर्षदेखि सञ्चालनमा आएको हो । यसलाई पुर्व उपकुलपति डा.बीपी दासले विना प्रतिस्पर्धा प्रतिष्ठानमा भित्र्याएका हुन् । प्रतिष्ठानमा व्यापारीक उद्देश्यका लागि कुनै पनि संस्थालाई त्यहाँको भवन वा जग्गा लिजमा दिनुपर्ने भए टेण्डर प्रक्रिया गरिन्छ । तर, किड जि मन्टेश्वरीको हकमा भने यो नियम तथा प्रक्रिया पालना गरिएन । कतिसम्म भने कार्यकारिणी समितिबाट पनि निर्णय नगरी पुर्वउपकुलपतिको एकल निर्णयमा किड जिले प्रतिष्ठानमा ठाउँ पाएको हो । स्रोतका अनुसार पुर्वउपकुपति दाससँगको निटक सम्बन्ध भएका सुमित साह किड जिका सञ्चालक हुन् । दास

विजयपुरमा पानीटंकी विवाद:दुई स्थानमा विकल्प प्रस्ताव

Image
धरान,बैशाख ५ । खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सबसिस्टमको विवाद समाधान गर्न गठित समितिमार्पmत विजयपुरको रिजर्ब वेयर(पानीटंकी)को विकल्पमा २ ठाउँ प्रस्ताव गरिएको छ । यद्यपी, समितिले दुवै विकल्पमध्ये कुन उपयुक्त हो वा होइन भन्ने निर्णय भने गरेको छैन । इञ्जिनियर भगवान सुब्बाले स्थलगत अध्ययन गरेर दिएको दुई विकल्पसहितको प्रतिवेदनलाई ठोस निर्णय नगरिकनै समितिले मंगलबार उपमहानगरपालिकालाई बुझाएको हो । उक्त प्रतिवेदनमा धरान १३ स्थित गौरामार्गलाई पहिलो विकल्पकोरुपमा उल्लेख गरिएको छ भने दोस्रो विकल्पकोरुपमा पञ्चकन्या मन्दिर छेऊको खानेपानी संस्थानको हालको रिजर्व वेयर भएको स्थानलाई अघि सारिएको छ । समितिले ईञ्जनियरको प्रतिवेदनलाई ‘प्राविधिक बिषय’ भन्दै जस्ताको तस्तै उपमहानगरलाई बुझाएको हो । ‘समितिमा इञ्जिनियरको रिपोर्टबारे छलफलै गरिएन । त्यो प्राविधिक कुरा हो, जे छ त्यो नै नगरपालिकामा बुझायौं,’उपमहानगरपालिकाको तर्फबाट समितिमा सदस्य रहेका इन्द्र राईले भने । समितिमा रहेका संघर्ष समितिका प्रतिनिधिहरुले खानेपानी संस्थानबाट अवकास पाइसकेका ईञ्जिनियर सुब्बालाई ल्याएर वैकल्पिक स्थानको स्थलगत अध्ययन ग

पानीटंकी विवादमा नयाँ मोड, उपयुत्त विकल्प भेटिएको ईञ्जिनियरको ठहर,जग्गाधनी निःशुल्क दिन तयार

Image
धरान,चैत २९ । खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सबसिस्टमको विजयपुर दरबार क्षेत्रमा रिजर्ब वेयर(खानेपानी टंकी) निर्माण विवाद सुल्झाउन गठित विवाद समाधान समितिको म्याद थप भएको छ । समितिको म्याद चैत २७ गते सकिएपनि आवश्यक काम तथा प्रतिवेदन बुझाउने काम बाँकी रहेको भन्दै बैशाख ३ गतेसम्मको लागि म्याद थप भएको हो । समितिमा रहेका उपमहानगरपालिका र संघर्ष समितिका प्रतिनिधिहरुबीच बुधबार बिहान भएको संयुक्त वैठकले बैशाख ३ गतेसम्मको लागि म्याद थप गरेको हो । ‘बैठकले समितिको म्याद ३ गतेसम्मलाई थपेका छौं, हामी उचित विकल्प खोजेर विवाद अन्त्य गर्न चाहन्छौं,’समितिका सदस्य अमर इजमले भने,‘विकल्प खोज्न समिति गठन भएको हो, हामी उचित विकल्पसहित विवादलाई समाधान गर्ने पक्षमा छौं ।’ करिब १० दिनअघि(चैत १६ गते) उपमहानगरपालिका र विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिबीच भएको वार्ताले १० सदस्यीय समिति गठन गरेको थियो । विवाद समाधान गर्न गठित समितिमा दुवैतर्फबाट ५÷५ जना सदस्य छन् । समितिका सदस्य एवं वडा नं १४ का अध्यक्ष कृष्ण भटराईले पनि संघर्ष समितिकोतर्फबाट प्राविधिक अध्ययनको काम बाँकी रहेको भनेपछि ३ गतेसम्मको लाग

जाग्दैछ धरानको रंगमञ्च:‘ईङघङ’को ३५ औं इनिङ

Image
धरान,चैत २८ । नाटक मञ्चनको मिति(फागुन २७ गते) आउनु एक दिनअघि चैत २६ मा मात्र थाह भयो, सभागृहमा राखिएको नाटक ईङघङको एउटा सेट(घर) दाउरा बनिसकेछ । त्यसको जिम्मेवारी कसैले नलिदा रंगभुमी एकेडेमी र ईङघङ टिम विलखबन्दमा पर्यो । एक दिन मात्र बाँकी हुदा सेट तयार हुने अवस्था थिएन । के गर्ने, कसो गर्ने हतास र तनावको बीचमा एकदिन पछि सर्यो, ईङघङको मञ्चन । फागुन २८ गतेबाट मञ्चन शुरु भएको नाटक ईङघङमाथिको संकट त्यति मात्र आइपरेन । पहिल्यै हल भाडा चुक्ता नगरेको भन्दै केही दिनपछि नियमित ४ बजेको नाटक मञ्चन हुनुअघि ताला लाग्यो । कलकारहरुले पैसा जोरजाम गरेर भाडा तिरेपछि संकट टर्यो । अनेक आरोह–अवरोह व्यहोर्दै १५ दिनसम्म नियमित २४ शो गरेर आइतबार(चैत ११ गते) समापन भएको नाटक ईङघङ । रंगभुमीका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानलाई नियमित दुई साता नाटक मञ्चन गर्ने मेलोमेसो मिलाउदाको क्षण सम्झदा जति पीडा हुन्छ, ईङघङलाई दर्शकले गरेको माया र सकारात्मक प्रतिक्रिया सम्झेर भने शान्ति मिल्छ । धरानमा नाटकको महोल बनाउन सकेकोमा उनी गर्व गर्छन् । लेखन र निर्देशनसँगै ईङघङमा अभिनयसमेत गरेका मोक्तान भन्छन्,‘हामीले पाएको स

तीनजुरेदेखि पाथीभारासम्म ट्रेकिङ रुटको खोजी

Image
धरान,चैत २८ । पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेश नं १ मा पर्यटन प्रर्वद्धन र विकासको लागि पदमार्ग खोजी गर्न पर्यटनकर्मीसहितको एक टोली सात दिने पदयात्रामा निस्किएका छन् । ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौंको नेतृत्वमा राजधानीबाट पर्यटन व्यावसायीहरुसहित ५६ जना पदयात्री टोली मंगलबार धरान हुदै तेह्रथुमतिर लागेका छन् । धरानबाट पनि टोलीमा दर्जनजति पदयात्रीहरु थपिएका छन् । तीनजुरे, गुफा पाथीभारा पदयात्रा महोत्सव नाम दिइएको यो पदयात्राबाट प्रदेश १ को पर्यटनमा राजधानीका पर्यटन व्यावसायीहरुको पनि नजर पर्ने भन्दै स्थानीय पर्यटनकर्मीहरु उत्साहित छन् । यो पदयात्री टोलीमा नेपालको पर्यटनसम्बद्ध सरकारी निकाय पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्राभल एण्ड टुरिष्ट एशोसिएशनलगायतका नेतृत्वको पनि सहभागीता छ । त्यसैले भविष्यमा विदेशी पर्यटकहरु राजधानीका पर्यटन व्यावसायीहरुमार्फत प्याकेजमा पुर्वको गन्तव्यमा आउनसक्ने भन्दै यताका व्यावसायीहरु खुशी भएका हुन् । पदमार्गको खोजीमा हिडेका पदयात्रीहरुलाई मंगलबार धरानस्थित ताप्लेजुङ सुनसरी सरोकार समाजले घण्टाघर परिसरमा स्वागत तथा विदाई कार्यक्रम गरेको थियो ।

बगरकोटमा फुड फेस्टिवल (फोटोफिचर)

Image
धरान,चैत २७ । सेकुवा, सुकुटी र तोम्बाको लागि चर्चित धरान १५ स्थित बगरकोटमा मंगलबारदेखि प्रथम बगरकोट फुड फेस्टिवल(खाना उत्सव) शुरु भएको छ । सेउती खोला किनारमा आयोजित उद्घाटन समारोहमा बिशेष अतिथि एवं कार्यपालिका सदस्य तथा वडा १५ का अध्यक्ष नरेश इवारमले पानसमा दिप बालेर उत्सवको उद्घाटन गरेका थिए । चैत २९ गतेसम्म सञ्चालन हुने उत्सव बगरकोट सेकुवा व्यावसायी समितिले आयोजना गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष इवारमले जननिवार्चित स्थानीय सरकारले जनताको हरेक समस्याहरुलाई समाधान गर्न केन्द्रीत रहेको उल्लेख गर्दै पर्यटन विकास र प्रर्वद्धनमा पनि गम्भीरतापुर्वक लागिपरेको धारणा राखे । जनताको धेरै चाहनाहरु भएकोले प्राथमिकताको आधारमा पुरा गर्दै जाने उनको भनाई थियो । ‘पर्यटन विकासको बिषय स्थानीय सरकारको कार्यक्षेत्रमा पर्छ, धरान सरकारले पनि पर्यटनको विकास र प्रर्वद्धनलाई प्राथमिकतामा राखेको छ,’उनले भने,‘बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्य बनिसकेको छ, यो क्षेत्रलाई व्यवस्थितरुपमा अघि बढाउनुपर्छ ।’ उत्सव अवधिभर अन्य दिनको भन्दा सर्वसुलभ मुल्यमा परिवकारहरु उपलब्ध गराउने पनि आयोजक सम

चीनबाट फाइदा लिनुपर्छ:मन्त्री कार्की

Image
धरान, चैत २६ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले महाशक्ति राष्ट्र चीनबाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । सोमबार निर्वाणा कन्ट्री क्लबमा आयोजित चीनलाई भेटौं कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले तीब्ररुपमा आर्थिक तथा भौतिक विकास गरिरहेको महाशक्ति राष्ट्र चीनबाट नेपालले फाइदा लिनुपर्ने बताएका हुन् । छिमेकी मुलक चीन भौगोलिक र जनसंख्याले मात्र विशाल राष्ट्र नभई आर्थिक शक्तिको हिसाबले पनि विश्वको महाशक्ति भएकोले चीन समृद्धशाली हुदा नेपाललाई पनि लाभ पुग्ने धारणा राखे । ‘चीनको मान्यता नै चीनमात्र होइन, छिमेकी देश पनि समृद्ध र धनी हुनुपर्छ भन्ने छ । त्यसैले चीन समृद्ध हुदा हामीले पनि लाभान्वित हुन्छौं,’मन्त्री कार्कीले भने,‘छिमेकी मुलुक चीनबाट हामीले फाइदा लिनुपर्छ ।’ चीनलाई ठुलो पाठशालाकोरुपमा उल्लेख गर्दै मन्त्री कार्कीले चीनबाट नेपालले जति सिक्नसक्यो, उति फाइदा पुग्ने पनि बताए । आफु चीनीया नेताहरुबाट प्रभावित भएर राजनीतिमा लागेको खुलाउदै मन्त्री कार्कीले भने,‘हामी पनि चीनले जस्तै प्रगति गर्न चाहन्छौं ।’ केही दिनअघि चीनीया राजदुतसँग भएको भेटवार

दुबईबाट आएको ५ दिनमै सम्पत्ति कुम्ल्याएर श्रीमति हिडेपछि...

Image
सम्पत्ति लिएर फरार विष्णुकी पत्नी टिका र उनको प्रेमी । धरान,चैत २५ । आफ्नो परिवारको सुरक्षित भविष्य र खुशीको लागि लाखौं नेपाली युवाहरु वैदेशिक रोजगारीमा छन् । दिनहु सयौं युवा रोजगारीको सिलसिलामा विदेश उड्छन् । तिनै मध्ये एक हुन्, धरान ५ ठिंगाबारीका विष्णु श्रेष्ठ । मोरङको पुर्वी दक्षिणी पटियापाटाकी टिका प्रधानसँग उनको ११ बर्षअघि बिहे भएको थियो । बिहे अघि नै ५ बर्ष दुबई बसेका विष्णु बिहेपछि पनि रोजगारमा गएका थिए । बेला बेला घर आउथे । एक छोरा र छोरी भइसकेको थियो । सन्तान पढाउनलाई ठिंगाबारीबाट श्रीमतिलाई धरान १५ मा डेरामा राखेका थिए । श्रीमतिले पसल गर्ने भनेपछि शिक्षा सदन स्कुलअघि कस्मेटिक पसलमा पनि लगानी गरिदिएका थिए । पछिल्लो समय विष्णु छुट्टी लिएर घर नआएको ५ बर्ष भएको थियो । बीचमा नआउनुमा पनि कारण छ, श्रीमतिले नै उनलाई अब घर बनाउनुपर्छ, एकैचोटी राम्रो कमाई गरेर मात्र आउनु भनेकी थिइन् । त्यसैले उनी ५ बर्षसम्म विदा नलिई काममा घोटिए । मेहनतको कमाईले डेरा नजिकै घडेरी किनेका थिए, त्यो पनि श्रीमतिको नाममा थियो । उनी ५ बर्ष पुरा बसेर गत फागुन ७ गते घर फिरे । उनी घर आएको ५ दिन मात्र भएक