Posts

Showing posts from May, 2014

तेस्रो लिङ्गीको प्रतिभालाई सबैको ताली

Image
धरान । केही बर्षअघिसम्म दिउँसो घरबाट बाहिर निस्कदा विराटनगरकी विलासा चौधरीलाई निक्कै आपत आइपथ्र्यो । सडकमा उनलाई अनौठो मानेर हेर्थे । कतिले अपाच्य शब्दले दुव्र्यवहार गर्थे । सोमबार दिउँसो उनै चौधरी धरान १० स्थित सैनिक भवनमा र्याम्पमा उत्रदा भने उनले ताली पाइन् । क्याटवक गर्दा उनले अपाच्य शब्द होइन, सम्मानको वचन पाइन् ।     लैगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारको लागि कार्यरत निलहिरा समाज सुनसरीले सोमबार धरानमा ट्यालेण्ट तथा फेशन शो कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा विलासा जस्ता पूर्वका दर्जन तेस्रो लिंगीहरु मोडलकोरुपमा विभिन्न सिक्वेन्समा क्याटवक गरेका थिए । आफ्ना अभिभावक, आफन्त र समाजका भद्रभलाद्मीहरुबाट उनीहरुले विगतमा जस्तो गाली होइन, ताली र हौसला पाए । ‘समाज पहिलाभन्दा विस्तारै हामीप्रति सकारात्मक हुदै गइरहेको छ, यस्तो कार्यक्रमले हामीलाई पनि समाजको सामु खुलेर हिड्ने हिम्मत दिन्छ’–फेशन शो पनि विलासाले भनिन् ।     उनले जस्तै धरानकी दिपिका राईले पनि सडकमा हिड्दा निक्कै सास्ती भोग्नुपथ्र्यो । उनले पनि कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गरेर आफ्नो प्रतिभा देखा

खाद्य उद्योग र प्राविधिकको आवश्यकता बुझ्न अन्र्तक्रिया

Image
धरान । कृर्षिमा आधारित नेपालका खाद्य उद्योग र खाद्य प्रविधिकहरुबीच आपसी समन्वय र एकअर्काको आवश्यकता बुझ्ने उद्देश्यले धरानमा एक दिने एकेडेमिया इन्डष्ट्रिज डाइलग आयोजना भएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारको पनि सहभागिता छ । उद्योग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेको कार्यक्रममा योजना आयोगका उद्योग, वाणिज्य तथा आपूर्ति शाखाका कार्यक्रम निर्देशक महेश भटराईले पनि कृर्षिमा आधारित उद्योगसम्बन्धमा नेपाल सरकारको नीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । खाद्य प्रविधिक र उद्योगहरुबीच सहकार्य हुने क्षेत्र पहिचान गर्न र समयअनुकुल पाठ्यक्रम परिमार्जन गर्न डायलग महत्वपुर्ण हुने क्याम्पसका पोषण तथा आहार विज्ञान प्रमुख एवं कार्य समिति सदस्य श्यामकुमार मिश्रले बताए । उनका अनुसार खाद्य प्रविधिक उत्पादन गर्ने संस्थाले उद्योगहरुको अवस्थाबारे थाह पाएपछि सोही अनुरुपको जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा परिमार्जन गर्न सक्नेछन् भने उद्योगहरुले पनि स्वेदेशी जनशक्ति र तिनले गरेको अनुसन्धानबाट फाइदा लिन सक्नेछन् । ‘विद्यार्थीहरुले विभिन्न रिसर्चहरु गरिरहेक

जलेकी बालिकालाई उपचारमा समस्या

Image
धरान । तीन सातादेखि याङसिला ३, मोरङका दम्पत्ति हंसबहादुर र यशोदा राई न रातमा सुत्न सक्छन्, न दिनमा नै चैन छ । यसको कारण हो, ठुली छोरीको स्वास्थ्य ।     बैशाख ४ गते राती घरमा आगलागी हुदा ठुली छोरी सफिना राईको शरीर जलेको थियो । घरमा आगो सल्किएपछि सामान निकाल्ने क्रममा १२ बर्षीय सफिनाको ढाड माथि आगोसहितको छानो खसेको थियो । जलेर गम्भीर घाइते भएकी उनलाई छिमेकीहरुले राती नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । सफिनाको स्वास्थ्यमा केही सुधार भएपनि उनलाई थप उपचार गर्न राजधानी लैजान प्रतिष्ठानका चिकित्सकले सुझाएका छन् । गरिब परिवारका राई दम्पत्तिसँग छोरीलाई अब अन्यत्र उपचारमा लैजान सक्ने अवस्था छैन । ‘खाने लाउने केही छैन, सबै जलेर खरानी भयो’–नागरिकसँग हंसबहादुरले पीडा पोखे–‘जग्गा जमिन भएपनि बिक्री गरेर लान हुन्थ्यो, छोरीको भविष्यदेखि साह्रो चिन्ता छ ।’ आगोले सफिनाको ढाड, दुवै हात, खुट्टा र अनुहार नराम्रोसँग जलेको छ । उनको जलेको हातको बीपीमा अप्रेशन पनि भइसक्यो । अचेल दिनहुँ ड्रेसिङ भइरहेको छ । ड्रेसिङ पछि सफिनाको शरीर आगो झै भत्भती पोल्न थाल्छ, उनी रुन्छिन् । नजिकै

टुर डे लुम्बिनीमा धराने साइक्लिष्ट युवाहरु

Image
धरान । शान्ति, सम्मृद्धि र समुन्नति नारा दिएर यहाँका साइक्लिष्ट युवाहरु टुर डे लुम्बिनी साइकल यात्रामा निस्किएका छन् । यहाँका १४ जना साइक्लिष्टहरु पाइडल पर पिसको सन्देश बोकेर आइतबार लुम्बिनीसम्मको साइकल यात्रामा निस्किएका हुन् । उनीलाई नगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेशप्रसाद खतिवडाले खादा लगाउनुका साथै राष्ट्रिय झण्डा फहराएर विदाई गरेका थिए । नगरपालिकाको कार्यलयबाट विदाई भएपछि धरान छोड्नुअघि साइक्लिष्टहरुले यहाँको सबै गुम्बाहरुमा पुगेर दर्शन गरेका थिए ।  टुर डे लुम्बिनी कार्यक्रम काठमाण्डौंबाट सन् २०१२ देखि शुरु भएको थियो । शुरुका दुई बर्ष राजधानीबाट साइक्लिष्ट युवाहरु लुम्बिनीसम्म साइकलबाट पुगेका थिए । यस बर्ष भने धरान बाइकिङ क्लबको पहलमा यहाँका युवाहरु पनि टुर डे लुम्बिनीमा सहभागी भएका हुन् । चौध साइक्लिष्टमध्ये ३ जना युवती पनि छन् । शान्ति, सम्मृद्धि र समुन्नतिको कामनासँगै धरानलाई पर्यटकीय गन्तब्यकोरुपमा चिनाउन एवं वातावरणमैत्री बनाउन कार्यक्रममा सहभागी भएको क्लबका सचिव आशिक साहनीले बताए । ‘धरानलाई साइकलमैत्री शहरकोरुपमा चिनाउन, वातावरण संरक्षण र पर्यटकीय गन्तव्

मासिक ५० हजार कमिशन लिएर ठेकेदारलाई छुट

Image
धरान । वन क्षेत्रमा पुग्ने क्षतिबारे जानकार हुदा हुदै पनि यहाँका दुई सामुदायिक वन समितिले ठेकेदारबाट मासिक ५० हजारको दरले पैसा लिएर सेउती खोलामा स्काभेटर चलाउन छुट दिएको पाइएको छ । स्काभेटरले सेउती खोलाबाट जथाभावी मिसगिटी र ढुंगा निकाल्दा बर्षायाममा बर्षेनी वन क्षेत्र कटान हुन्छ, र सयौं रुखबिरुवा बगाएर क्षति पुर्याउछ । कोशी राजमार्गअन्र्तगतको धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुल उत्तरको वन क्षेत्र खोला दायाँबाया बाँझगरा र पानवारी सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ । यी दुवै वन उपभोक्ता समितिले सेउतीबाट मिसगिटी झिकेवापत ठेकेदारबाट मासिक ५० हजार लिने गरेको छ । समितिले वन जोगाउन तटबन्धन निर्माण गर्ने उद्देश्यले पैसा लिएको दाबी गरेपनि काम भने गरेका छैनन् । दुवै वन समितिको संयुक्त सेउती खोला संरक्षण समितिले खोलाबाट मिसगिटी झिक्न नदिने निर्णय विपरीत पैसा लिएर वन समितिले स्विकृति दिएको पनि खुलेको छ । पैसा लिएर खोलामा स्काभेटर प्रयोग गर्न दिएर वन क्षेत्रसँगै वस्तीलाई पनि जोखिममा परेकोप्रति स्थानीय एवं सरोकारवाला भने वन समितिका पदाधिकारीप्रति रुष्ट छन् । पैसा लिएर पनि बर्षायाम

निःशुल्क शिक्षाको धज्जी उडाउदै सरकारी स्कुलमा रकम असुली

Image
धरान । प्रावितहको स्कुलबाट ठुलो छोरा मौसमले कक्षा ५ उर्तीण गरेपछि धरान १७, रेल्वेकी उर्मिला राईले नजिकैको पञ्चकन्या माविमा नाम लेखाउन पुगिन् । मौषमको स्कुल परिवर्तन हुने भएपछि बहिनी मौसमी(कक्षा ४) र भाई भोला(कक्षा २)ले पनि दाजुसँगै पढ्ने जिद्दी कसे ।     नयाँ स्कुलमा आफ्ना तीनै जना सन्तानको नाम लेखाउन पुगेकी उर्मिलाले भने निराश भएर फर्किनु पर्यो । भर्ना गरेवापत विद्यालयलाई सहयोग रकम दिए मात्रै नाम लेखाउने जवाफ पाइन् । नयाँ शैक्षिक सत्र शुरु भइसके पनि उनले अझै तीन छोराछोरीलाई स्कुलमा भर्ना गरेकी छैनन् । ‘नाम लेखाउन गएको थिए, २ जनाको पैसा तिरेमात्रै कान्छालाई निःशुल्क गरिदिन्छौं भन्यो’–निराश हुदै उर्मिलाले भनिन्–‘खर्च गरेर पढाउन सक्दिन, नाम पनि लेखाएको छुइन, नपढाउ कि जस्तो भइसक्यो ।’ अर्काको घरमा बनिबुतो गरेर ४ जनाको पेट पाल्दै आएकी एकल महिला उर्मिला आफै पनि रोगी र अपांग छिन् । ठूलो छोरासँगै नयाँ स्कुल जाने भनेर फक्ल्याण्ड वस्तीको दिपेन्द्र प्रावि छोडेका छोराछोरीले छिटो नाम लेखाइदिनु भनिरहेपनि नसुनेझै गर्न उनी बाध्य छिन् । उनलाई विद्यालयले कक्षा ६ मा ठुलो छोराको नाम लेखाउन ८ सय, कक्

अलस्टर च्याम्पियन(फोटोफिचर)

Image
धरान । पाँचौ मनमोहन अधिकारी स्मृति कप फुटबल प्रतियोगितामा धरान १५ स्थित अलस्टर क्लब च्याम्पियन बनेको छ । धरान ८ स्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सोही वडाको बाँझगरा फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउदै अलस्टर च्याम्पियन बनेको हो । खेलमा रोशन भुजेल र सुमन राईले गोल गर्दै अलस्टरलाई जित दिलाए । रोशनले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने शुभम कार्कीको पासमा दोस्रो हाफको अन्तिम मिनेटमा सुमनले विजयी गोल गरेका थिए । एक गोलले पछि परेकोस्थितिमा दोस्रो हाफमा बाँझगराका निराजन खड्काले बराबरी गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ए डिभिजन क्लबका खेलाडी खड्काको कर्नर प्रहार अलस्टरका गोलकिपर कृष्ण कार्कीले रोक्ने प्रयास गर्दा आत्मघाती गोल भएको थियो । बाँझगराबाट खड्कासँगै ए डिभिजन क्लबका प्रकाश बुढाथोकी, गोलकिपर विनय श्रेष्ठ र सागर घिमिरे मैदानमा उत्रिए पनि उपाधि जित्न भने सकेन । च्याम्पियन अलस्टारले नगद २५ हजार र च्याम्पियन ट्रफी हात पार्यो भने उपविजेता बाँझगराले नगद १५ हजारमै चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि