Posts

Showing posts from January, 2015

नारायण गोपाल क्रस कन्ट्री विजेता(फोटोफिचर)

Image
धरान । नेपाल नम्बर २ साइक्लिष्ट काठमाण्डौंका २९ बर्षीय नारायण गोपाल महर्जनले सो डाउन धरान २०१५ अन्र्तगतको मुख्य स्पर्धा क्रस कन्ट्री इलिट च्याम्पियनसिपको उपाधि जितेका छन् । आइतबार धरानको विजयपुर क्षेत्रमा सम्पन्न ५ ल्यापको ५.६ किलोमिटर दुरीको मुख्य स्पर्धा एक घण्टा ३७ मिनेट ६ सेकेण्डमा पुरा गर्दै मुख्य विधाका स्पर्धामा च्याम्पियन बने । चौथो ल्यापसम्म नेपालका नम्बर १ साइक्ष्टि अजय पण्डित क्षेत्रीसँग पछि परेका मर्हजनले अन्तिम ल्यापमा भने अग्रता लिदै रोमाञ्चक जित हात पारे । मर्हजन साइक्लिङमा नेपालका नम्बर २ खेलाडी हुन् । स्पर्धामा दोस्रो भएका पण्डितले भने उक्त दुरी १ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा पार गरे ।  यसैगरि, एक घण्टा ३८ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गर्दै बुद्धिबहादुर तामाङ तेस्रो भए भने २ घण्टा २ मिनेट ४ सेकेण्डमा दुरी पार गरेका राजन भण्डारी चौथो र २ घण्टा २ मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै जेभी लिम्बु पाँचौ भए । विजेता नारायण गोपालले नगद ४० हजारसँगै मेडल र प्रमाणपत्र हात पारे भने दोस्रो भएका अजयले नगद २० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । तेस्रो भएका बुद्धिबहादुरले नगद १

पब्लिक उच्चमाविमा महापुराण

Image
धरान । प्राविधिक विषयको पढाई शुरु गर्ने उद्देश्यले धरान १२ स्थित पब्लिक उच्च माविमा एक सातादेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भइरहेको छ । पुस २२ गतेदेखि सञ्चालन भएको महायज्ञ आज पुस २९ गते सकिदैछ । महापुराणमा दिनबन्धु पोख्रेलले कथावाचन गरिरहेका छन् । पुराण सुन्न दैनिक सयौं सर्वसाधारण एवं श्रद्धालुहरुको भीड लाग्छ । धरानको गौरबका रुपमा रहेको विद्यालयलाई आर्थिक, भौतिक र शैक्षिकरुपले उत्कृष्ट बनाउन महायज्ञ आयोजना गरिएको आयोजक मुल व्यवस्थापन समितिकी संयोजक श्यामा रेग्मीले बताइन् । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको दृष्टिकोण खस्किदैं गएकोले उनीहरुलाई प्राविधिक शिक्षा मार्फत आकर्षित गर्ने विद्यालयको योजना हो । महायज्ञबाट करोड बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य लिएपनि एक दिन मात्रै बाँकी रहदा रकम भने अपेक्षाविपरीत न्युन मात्रामा संकलन भएको छ ।

राजेश भए डाउनहिल च्याम्पियन(फोटोफिचर)

Image
धरान । पूर्वमा साहसिक खेल प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित शोडाउन धरान २०१५ अन्र्तगतको डाउनहिल इलिट च्याम्पियनसिपको काठमाण्डौंका १९ बर्षीय राजेश मगरले जितेका छन् । विजेता मगरले निर्धारित ६.८ किलोमिटर दुरी १२ मिनेट ३६ सकेण्ड पार गर्दै स्पर्धामा पहिलो भए । डाउनहिलका नम्बरवान खेलाडी १५ बर्षीय क्रिस केलिङ भने २२ सकेण्डले पछि पर्दै स्पर्धामा दोस्रो स्थानमा चित्त बुझाए । यस्तै, साकार याक्थुम्बाले निर्धारित दुरी १३ मिनेट ३२ सेकेण्डमा पार गर्दै तेस्रो   एभने १४ मिनेट ३२ सेकेण्डमा पार गर्दै स्टेफन डान्यो चौथो र १४ मिनेट ३९ सेकेण्डमा पार गर्दै धनजित राई पाँचौ स्थानमा रहे । च्याम्पियन मगरले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र हात पारे । उनी डाउनहिल विधातर्फ गत बर्ष मार्चमा हात्तिवनमा आयोजित प्रतियोगिताका राष्ट्रिय च्याम्पियनसमेत हुन् । पाल्पामा भएको डाउनहिल स्पर्धामा भने उनी क्रिस केलिङसँग पछि पर्दै दोस्रो भएक थिए । पाँच बर्षअघिदेखि साइक्लिङ गर्न थालेका उनले विगत दुई बर्षदेखि डाउनहिल विधाको स्पर्धाहरुमा व्यावसायिकरुपमा भाग लिन थालेका हुन् । च्याम्पियन भएपछि मगरले भने–‘ढुक्क नभए पनि आज पहिल

भूपू भारतीय सैनिकले बीपीमा निःशुल्क उपचार सेवा पाउने

Image
धरान । भारतीय सेनाका अवकाश प्राप्त(भूपू) सैनिक र तिनका आश्रित परिवारलाई भारत सरकारले नेपालमै निःशुल्क सम्पुर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । यसको लागि भारत सरकार र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सोमबार सम्झौता भएको छ । भारत सरकारले पूर्वक्षेत्रका भूपू भारतीय सेनालाई लक्षित गरेर बीपी प्रतिष्ठानसँग सम्झौता गरेको हो । यो सम्झौताको अवधि दुई बर्षको रहेको छ । यसलाई दुवै पक्षले नियमित पूनरावलोकन गर्दै अवधि थप्नेछन् । सम्झौता पत्रमा भारत सरकारकोतर्फबाट भारतीय दुतावासका सुरक्षा सल्लाहकार एवं कर्णेल मनराज सिंह मान र बीपीकोतर्फबाट उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले हस्ताक्षर गरेका थिए । भारत सरकारले यसअघि पश्चिमका भूपू सैनिकलाई लक्षित गर्दै पोखरास्थित मणिपाल अस्पतालसँग पनि यस्तै सम्झौता गरिसकेको जनाएको छ । यी दुवै शहरमा भारतीय पेन्सन पेइङ कार्यालय पनि छ । सम्झौताअनुसार बीपी प्रतिष्ठानले भूपू सैनिक र तिनका परिवारजनलाई आवश्यक सम्पुर्ण बिशेषज्ञ सेवा उपलब्ध गराउनेछ । उपचार खर्च भने भारत सरकारले दिनेछ । भूपू भारतीय सैनिकहरुलाई भारत सरकारले उपलब्ध गराउदै आएको निःशुल्क

अदुवाको भाउ ओरालो, किसान चिन्तित

Image
धरान । गत आर्थिक बर्षमा एकदशक यताकै उच्च मुल्य पाएर अदुवा खेती गर्न हौसिएका किसानहरु यो बर्ष भने निराश छन् । गत बर्ष झै अदुवाको मुल्य नपाउदा यतिबेला पूर्वका किसानहरु परिश्रम र लगानी डुब्ने चिन्तामा छन् । गत बर्ष किसानले अदुवाको भाउ प्रतिकेजी १ सय ६० रुपैयासम्म पाएका थिए । अदुवाको यो मुल्य एक दशक यताकै उच्च थियो । त्यही कारण अदुवा खेती बढाएका किसानहरु यो बर्ष भने मुल्य नपाउदा लगानी खेरजाला भनेर चिन्तित छन् । धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अनुसार अहिले किसानले प्रतिकेजी २२ देखि २५ रुपैयासम्म मात्रै अदुवाको मुल्य पाइराखेका छन् । गत बर्ष भने यही(पुष) महिनामा किसानहरुले प्रतिकेजी ६० देखि ७० रुपैया मुल्य पाएका थिए । ‘पोहोर राम्रो भाउ पायौं, त्यसैले धेरैले अदुवा लगाए’–विष्णुपादुका ६(हाल धरान उपमहानगरपालिका २६)का किसान डम्बर तामाङले भने–‘यसपाली त अदुवाको भाउ नै छैन, व्यापारीहरुले किन्नै मानेका छैनन् । मेहनत र लगानी खेर जाने भो भनेर हामी चिन्तित छौं ।’ व्यापारीहरुका अनुसार अदुवाको मुल्य छिमेकी मुलुक भारतमा हुने माग र खपतमा निर्भर हुने भएकोले उतारचढाव हुनेगर्छ । भारतमा उत्पादन कम हुदा न