Posts

Showing posts from September, 2017

धरानमा आस्था राउतको बेजोड प्रस्तुती

Image
धरान,असोज ७ । खोइ त मलाई झुम्के बुलकी..,चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा.. भन्दै आम युवतीहरुको पीडा गीतमार्फत पोख्ने गायिका आस्था राउतको फ्यानहरु धरानमा नभएका होइनन् । उनका गीत गुन्गुनाउने मात्र होइन, स्टेजमा पर्फम गर्ने स्थानीय कलाकारहरु पनि थुप्रै छन् । नेपालका गायक, गायिकाहरु सकभर धरानमा कन्सर्ट वा सांगीतिक कार्यक्रममा आउन छुटाउदैनन् । गीत,संगीत भनेपछि धरानेहरु हुरुक्कै हुन्छन् । युवाहरुमाझ लोकप्रिय गायिका राउत धरानेहरुमाझ आफ्नो प्रस्तुती दिन लालयित थिइन् । उनी शनिबार साँझ होटल इजी राइडरमा आयोजित दशैं शुभकामना साँझमा पहिलो पटक स्टेजमा उत्रिइन् । उनले अपेक्षा गरेजस्तो दर्शक थिएन । त्यो गुनासो पनि पोखिन्, तर प्रस्तुतीमा भने दर्शक संख्याको कुनै प्रभाव देखाइनन् । ‘मेरो धरानमा पहिलो पटक हो, तपाईहरु जति हुनुहुन्छ, म त गाइदिने हो,’प्रस्तुती शुरु गर्नुअघि आस्थाले भनिन् । को छ यहाँ  .... बोलको नयाँ गीतबाट उनले गाउन शुरु गरिन् । त्यसपछि खोइ त मलाई झुम्के बुलकी.., दशैं आयो..,चौबन्दिमा पटुकी बाध्या छैन भन्दैमा.., नरोउ माया सम्झेर मलाई.., सालको पात टपरी गाँसेर.. जस्ता चर्चित गीतहरु गाइद

रुबि भइन्, मिस पुर्वाञ्चलको विजेता

Image
धरान,असोज ७ । तेह्रथुमको पौठाक पुख्यौली घर भएकी धरान ११ की २० बर्षीय रुबि लिम्बूले नेपाल आइस नेचुरा मिस पुर्वाञ्चल २०१७ को उपाधि जितेकी छिन् । शुक्रबार राती सभागृहमा सम्पन्न फाइनल स्पर्धामा आफुलाई अब्बल सावित गर्दै रुबिले पुर्वाञ्चलको सबैभन्दा ठुलो मानिएको सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी हुन् । फाइनलमा मुख्य निर्णायक एवं पिएलओ लुब्रिकेन्टका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले सोधेको ‘महिला हुनुको महत्व के छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले मिस पुर्वाञ्चलको ताज पहिरिन् । दुलालको जवाफमा उनले ‘महिलालाई माया, सहनशीलता र दयाको खानी’कोरुपमा ब्याख्या गरेकी थिइन् । उनको त्यही जवाफले ताज पहिरिन सफल भइन् ।  विजेता रुबिले ताजसँगै यामाहा स्कुटी हात पारिन् भने एक साताको हङकङ टुर प्याकेजको पुरस्कार पनि पाएकी छिन् । धरानस्थित सुनसरी टेक्निकल कलेजमा माइक्रोबायोलोजी तेस्रो बर्षमा पढ्दै गरेकी रुबि भविष्यमा अध्ययनमा केन्द्रीत हुदै सामाजिक काममा सक्रिय हुने योजना रहेको बताउछिन् । सामाजिक क्षेत्रमा लाग्न प्रेरणा मिल्ने र अनुभव बटुल्ने प्लेटफर्मकोरुपमा लिएर मिस पुर्वाञ्चलमा सहभागी भएको उनले ब

बीपी प्रतिष्ठानमा बेथिती:कांग्रेसभित्रको कलहले बीपी चपेटामा

Image
धरान,असोज ७ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एवं नेपाली कांग्रेसका नेतासमेत रहेका सुजेन्द्र गोले तामाङ नेतृत्वमा रहेको कर्मचारी कल्याण समाजले भदौ दोस्रोत साता २१ बँुदे माग अघि सारेर उपकुलपतिलाई ज्ञापन पत्र बुझायो । समाजले ज्ञापनपत्र बुझाए लगत्तै कांग्रेस कार्यकर्ता राजन कोइराला नेतृत्वको कर्मचारीको तदर्थ समितिले पनि उपकुलपति डा.राजकुमार रौनियारलाई अलगै भेटेर आफ्नो माग पत्र बुझायो भने भदौ १९ गते धरान एकता समाजको नाममा गएको एक टोलीले उपकुलपति रौनियारसहित चारै पदाधिकारीलाई भेटेर बीपीको तलब खाएर राजनीति गरेको भन्दै समाजका अध्यक्ष तामाङ र कांग्रेसका क्षेत्रीय सदस्यसमेत रहेका समाजका वरिष्ठ उपाध्यक्ष उमेश थापालाई कारबाही गर्न माग गर्यो । कांग्रेसको जिल्ला कमिटिमा रहीसकेका एकता समाजको संरक्षक सन्दिप श्रेष्ठको नेतृत्वमा पुगेको टोलीमा अन्य संस्था र पार्टीका प्रतिनिधिहरु भएपनि अधिकांश कांग्रेसका स्थानीय नेता एवं कार्यकर्ताहरु नै थिए । एकता समाजको नेतृत्वमा पनि अधिकांश कांग्रेसीहरु नै छन् । यो टोली २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयमा न

बीपी प्रतिष्ठानमा बेथितीःअस्तव्यस्त बन्दै प्रतिष्ठान, पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, बाहिरबाट गुण्डा ल्याएर धम्की दिएको आरोप

Image
धरान,असोज ७ । आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्नुको साटो उपकुलपतिले  आन्दोलनकारीलाई दबाउन ‘बाहिरी सहयोग’ खोजेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्तब्यस्त हुन पुगेको छ । करिब दुई सातादेखि आन्दोलनरत कर्मचारी कल्याण समाजको माग सम्बोधन गर्नु भन्दा पनि उपकुलपतिले समाजका नेतृत्वको विरोधी समुह र बाहिरी व्यक्तिहरुको सहयोग लिएर भाड्ने रणनीति लिएपछि आन्दोलन चर्किएको छ भने प्रतिष्ठान थप अस्तब्यस्त एवं संकटमा फस्दै गएको छ । समाजले तलबमान आयोगको सिफारिश खारेज गरी सरकारी कर्मचारी सरह तलब वृद्धिसँगै उपकुलपति डा.राजकुमार रौनियार नियुक्ति भएपछि एमआरआई मेशिन खरीद, मुटु तथा क्यान्सर सेन्टरको परामर्शदाता नियुक्ती र टेण्डर रद्द गरेको बिषयमा भ्रष्टचार गरेको भन्दै छानबिनको माग राखेको छ । भ्रष्टचार छानबिनको मागलाई प्रमुखताका साथ उठाएपछि उपकुलपति रौनियार समाजका नेतृत्वप्रति रुष्ट छन् । एमआरआई खरीद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लगिसकेको छ । आफ्ना मागहरुका बिषयमा वार्ता गरेर पनि सम्बोधन गर्न व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै आन्दोलनरत कर्मचारीहरुले शुक्रबार बिहान प्रति

बीपी प्रतिष्ठानमा बेथिती:कांग्रेसको भातृसंगठन झैं कर्मचारीमा गुट

Image
धरान,असोज ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारको संयोजकत्वमा गठित वार्ता समिति र आन्दोलनरत कर्मचारी कल्याण समाजबीच बुधबार बिहान वार्ताको तयारी भइरहदा तदर्थ समितिको नाममा कर्मचारीहरुको अर्को समुह भने आफ्ना १३ बुँदे मागहरुको बिषयमा ध्यानाकर्षण गराउन भन्दै उपकुलपति कार्यालयमा प्रवेश गर्दै थिए । बीपीमा कार्यरत कर्मचारीहरु दुई गुटमा विभाजित भएको बुझ्न यही दृष्य काफी थियो । एउटै संस्थामा कार्यरत कर्मचारीहरुको माग पनि समान छन् । तर, उनीहरुबीचमा नै एकता छैन । कर्मचारी कल्याण समाज २१ बुँदे माग अघि सारेर आन्दोलनमा छ । तदर्थ समितिले पनि १३ बुँदे माग अघि सारेका छ, तर आन्दोलनमा भने छैन । प्रतिष्ठानमा कार्यरत कर्मचारी र व्यवस्थापन एवं पदाधिकारीलाई प्रभावमा राखिरहन समाज र तदर्थ समितिको नेतृत्वमा सधै हानाथाप हुने गरेको जानकारहरु बताउछन् । पुर्व उपकुपतिको नजिक समाज थियो भने अहिलेका उपकुलपति नजिक तदर्थ समितिका नेतृत्व छ । एकले अर्काेलाई सांगठनिकरुपमा कमजोर बनाउनमा पनि दुवै नेतृत्व एकअर्काको विपरीत ध्रुवमा उभिन्छ । संयोग के छ भने समाज र तदर्थ समिति दुवैको नेतृत्वमा नेपाली कांग्र

मासु बजारको अनुगमन:अव्यवस्थित पसल, अस्वस्थ्यकर मासु

Image
धरान,असोज ४ । दशैं तिहार जस्ता चाडमा मासुको खपत एवं बिक्रीवितरण अत्यधिक हुने गरेको छ । तर, ती सबै मासुहरु खान योग्य अथवा स्वास्थ्यकर छन् त ? यही प्रश्नको जवाफ खोज्न बुधबार बिहानै उपप्रमुखको नेतृत्वमा धरानको मासु बजारको अनुगमनमा एक टोली निस्कियो । अनुगमन टोलीले अनुगमन गरेको मासु पसलहरु मध्ये ज्यादै थोरै मासु पसल मात्र सन्तोषजनक रहेको भेट्यो । अनुगमन गरेकोमध्ये अधिकांश मासु पसल र वधशाला उपभोक्ताको स्वास्थ्यमा सिधैं असर पुग्ने गरी अव्यवस्थित, असुरक्षितरुपमा सञ्चालनमा रहेको अनुगमनकर्ताहरुले बताएका छन् । अनुगमन टोलीले त्यस्ता मासु पसल र बधशालालाई पहिलो चरणमा सचेत गराउदै १० दिनभित्र सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको छ । ‘अनुगमन गरेकोमध्ये अधिकांश मासु खान योग्य देखिदैन, बधशाला नजिकै मासु बिक्री भइरहेको छ । मासु पसल फोहोर छ, यो उपभोक्ताको स्वास्थ्यमाथि लापरवाही र खेलवाड हो,’अनुगमन टोलीकी संयोजक एवं उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्,‘पहिलो चरणमा वार्निङ दिएका छौं, र १० दिनभित्र मापदण्डा पुरा गर्नुपर्छ भनेर निर्देशन दिएका छौं । अटेर गरे कारबाही गछौं ।’ स्थानीय सरकार(उपमहानगर)ले छिट

बीपी प्रतिष्ठानमा बेथिती:नागरिक समाज, पार्टी र पत्रकार पनि ध्रुवीयकरण

Image
धरान,असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो समय भइरहेको कर्मचारी आन्दोलन र भ्रष्टचार भएको भन्ने बिषयमा यहाँका बुद्धिजिवि, नागरिक समाज र राजनैतिक दलबीचमा तीब्र धु्रवीकरण देखा परेको छ । बीपी प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको अगुवाईमा भ्रष्टचारविरुद्ध नागरिक दबाब समुह गठन भएको २ दिन नबित्दै अर्को नागरिकस्तरको समुह गठनको पहल शुरु भएको छ । नागरिक समाज, दल र बुद्धिजिवि विभाजित भएसँगै बीपी प्रतिष्ठानबारे सञ्चारमाध्यममा पनि अनेकता देखिन थालेको छ । कसैले उपकुलपति रौनियारको विरोधमा त कसैले कर्मचारी कल्याण समाज र आन्दोलनको विरोधमा समाचारहरु प्रकाशन, प्रसारण गरिरहेको छ । बीपी प्रतिष्ठान बचाउ भन्ने नारा दिएर धरान एकता समाजले मंगलबार सिद्धि नेवाः परिषदमा आयोजना गरेको वृहत अन्र्तक्रिया कार्यक्रमपछि शिक्षासेवी कमल पोख्रेललाई संयोजक तोकेर नागरिक समुह गठनको पहल शुरु भएको हो । बिहिबार पुनः भेला गरेर पोख्रेल संयोजकको समितिलाई पुर्णता दिइने आयोजकले जनाएको छ । दुवै समुहको भेलामा वक्ताहरुले भ्रष्टचारबाट प्रतिष्ठानलाई मुक्त गरिनुपर्ने धारणा राखेपनि उनीहरुको तारो भने अलग अ

बीपीमा बेथिती:छापा मारेर अख्तियार मौन, तर, अख्तियार भन्छ,‘कुनै फाइल बन्द भएको छैन’

Image
धरान,असोज ४ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितीबारे आइतबार धरानमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बुद्धिजिवी एवं सहप्राध्यापक डा.राजेन्द्र शर्माले कडा टिप्पणी गरे,‘बीपीको भ्रष्टचार, अनियमिताबारे अख्तियारमा कुरा नपुगेको होइन, तर त्यहाँ पनि सेटिङ छ । अब मन्त्रालय र अख्तियारमा हुने सेटिङ भत्काउनुपर्छ ।’ आर्थिक अनियमितता एवं भ्रष्टचारबारे अनुसन्धान गर्न गठित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति शर्माको कडा टिप्पणी सतहीरुपमा आएको भने होइन । दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था मानिएको प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिदेखि भौतिक संरचना निर्माण, प्रवेश परीक्षा, टेण्डरलगायत विभिन्न बिषयमा आर्थिक चलखेल एवं भ्रष्टचार भएको आरोपमा विवादमा पर्ने गरेको छ । यी विवादबारे अख्तियारमा उजुरी पनि पर्छ । अख्तियारले सम्बन्धित बिषयको फाइल अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लैजान्छ । तर, अहिलेसम्म ती अनुसन्धानको दायरामा आएका बिषयहरुमा प्रतिष्ठानले सफाइ पायो वा दोषी देखियो, अन्यौल छ । बषौं बितेपनि प्रतिष्ठानको उजुरीप्रति अख्तियारले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकेको छ

पानी चौतारी श्रृंखला ३, भुमिगत स्रोत रिचार्ज नगरे रित्तिन्छ

Image
धरान,असोज ३ । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्र्तगत भुमिगत खानेपानी योजना शुरु हुदा धरानबासीहरुले एउटा चिन्ता प्रकट गरेका थिए,‘बोरिङ गरेर पानी निकालिरहदा भुमिगत स्रोत पनि सुक्दै जान्छ कि !’ तर, आयोजना अन्तिम चरणमा आइसक्दा पनि यसको उचित जवाफ भने धरानेहरुले पाउन सकेका थिएनन् । धरान पानी चौतारीको श्रृंखला ३ मा भने आयोजित छलफलमा विज्ञहरुले यसबारे प्रष्ट्याउदै भने,‘भुमिगत पानी झिकिरहने मात्र हो भने बषौं समय लाग्छ, तर जलभण्डार रिक्तिनसक्छ ।’ भुमिगत जलभण्डार रित्तिन नदिन विज्ञहरुले रिचार्ज(पुर्नभण्डारण) गर्ने विधि अपनाउन पनि सुझाव दिएका छन् । साउथ एसिया इन्टिच्युट अफ एडभान्स स्टडिज(सियास)ले शहरी करण, जलवायु परिवर्तन र यसले पर्यावरण एवं पानीको स्रोतमा पार्ने असरहरुबारे धरानमा अध्ययन गर्दै आइरहेको छ । अध्ययनकै क्रममा सियासको पहलमा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डले पानी श्रृंखला आयोजना गर्दै जलवायु तथा पानीका स्रोतहरुको विभिन्न समस्या एवं मुद्दाहरुमा विज्ञसहित सरोकारवालाहरुबीच छलफल पनि गराउदै आएको छ । तेस्रो श्रृंखलामा अध्ययनका टिम लिडर एव