Posts

Showing posts from January, 2017

दमक–लखनपुर भेट्रानलाई उपाधि

Image
धरान । दोस्रो पुर्वाञ्चल गोटबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापाको दमक–लखनपुर भेट्रान क्लबले जितेको छ । सोमबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा मोरङको डाँगीहाट भेट्रान क्लब ३–० गोलअन्तरले हराउदै दमकले उपाधि जितेको हो । दमक–लखनपुरको जितमा सुवास आङथुपोले २ गोल गरे भने विकास राईले एक गोल गरेका थिए । जितसँगै दमक–लखनपुरले नगद ७५ हजारसहित च्याम्पियन ट्रफी हात पा¥यो भने उपविजेता डाँगीहाटले नगद ४० हजारमा चित्त बुझायो ।खेलमा पहिलो हाफको ३१ औं मिनेटमा विकास राईले दमक–लखनपुरको लागि पहिलो गोल गरेका थिए । बाँकी दुवै गोल सुवास आङथुपोले दास्रो हाफमा गरेका थिए । दोस्रो हाफको २१ औं र २३ औं मिनेटमा उनले गोल गर्दै टिमको जित सुनिश्चित गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै दमक–लखनपुरका सुवासले नगद ५ हजारसहित ट्रफी हात पारे भने प्रतियोगिताअवधिभर ४ गोल गरेका उनले नगद ३ हजारसहितको हाइ स्कोररको पुरस्कार पनि पाए । फाइनल खेलको म्यान अफ दि म्याच पनि दमक–लखनपुरका सुसिल तामाङ घोषित हुदै नगद २ हजार पाए । विजेता तथा उपविजेता टिमका खे

श्रमजीवी पत्रकार ऐनप्रति सरकार नै उदासिन

Image
धरान । श्रमजीवी पत्रकार ऐनमा कार्यान्वयमा सरकार नै उदासिन रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा व्यक्त गरेका छन् । श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्थाबारे समितिद्धारा धरानमा आयोजित १ नम्बर प्रदेशस्तरीय अन्र्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सरकारद्धारा सञ्चालित सञ्चारमाध्यममा नै ऐन लागु गर्न उदासि रहेकोले नीति सञ्चारमाध्यम झनै समस्या भएको औल्याएका छन् । सरकारी स्वामित्वका ४ सञ्चारमाध्यममा हजारौं श्रमजीवी पत्रकारहरु स्ट्रिंजरकोरुपमा कार्यरत छन् । सरकार आफैले बनाएको ऐन नियम आफ्ना सञ्चारमाध्यममा लागु नगर्दा नीजी क्षेत्रका मिडिया हाउसले ऐन लागु गर्न दबाब अनुभव नगरेको झाले बताए । ‘सरकार स्वयंले आफ्ना सञ्चारमाध्यममा यो ऐन लागु नगरी सम्बद्ध संस्थाका फरक फरक कानुन प्रयोग गर्दा नीजी क्षेत्रका मिडिया हाउसले यो ऐन लागु गर्न दबाब अनुभव गरेनन्, तिनलाई राज्यले कारबाही गर्ने भय पनि रहेन’–झाको कार्यपत्रमा भनिएको छ–‘जहिले ऐन कार्यान्वयनको कुरा उठ्ने गर्छ, नीजी क्षेत्रका मिडियाले जिम्मेवारी पन्छाउछन् र सरकारमाथि दायित्व थोपर्छन् ।’

युवा संघका इञ्चार्ज घाइते,तरुण दलका उपसभापति पक्राउ, पत्रकारमाथि पनि कुटपिट

Image
आक्रमणमा परी गम्भीर घाइते भएका दिवस राई । धरान । एक साताअघि युवाहरुबीच भएको झगडा मिलाउने क्रममा आइतबार राती एमाले उपमहानगर कमिटि सदस्य तथा युवा फाँटका इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन् । कांग्रेस निटक तरुण दलका जिल्ला उपसभापति सन्तोष बिकसहितको समुहले धारिलो हतियार प्रहार गरी राईलाई गम्भीर घाइते बनाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका बिकलाई आइतबार राती नै नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका अन्य युवाहरु भने फरार छन् । गम्भीर घाइते रहेका राईलाई प्रहरीले उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गरिएको थियो । सोमबार थप उपचारको लागि उनलाई काठमाण्डौं लगिएको छ । हातको नशा काटिएकोले चिकित्सकको सल्लाह अनुसार उनलाई काठमाण्डौं लगिएको युवा संघले जनाएको छ । संघका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बुका अनुसार खतरामुक्त भएपनि घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ । घटना आइतबार राती करिब साढे ७ बजे धरान १८ स्थित शिवमार्गमा भएको हो । धारिलो हतियारले टाउको, नाक, दुवै हात र शरीरको विभिन्न अंगमा गम्भीर चोट पुगेको छ । उ

रुद्राक्षको व्यापार खस्कियो

Image
धरान । चीनका उपभोक्ताहरुले गुणस्तरीय मात्र खरीद गर्न थालेपछि दुई बर्षयता रुद्राक्षको व्यापार खस्किएको छ । यसले व्यापारी भन्दा बढी रुद्राक्ष खेती गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन् । नेपालमा उत्पादन हुने रुद्राक्षको सबैभन्दा ठुलो बजार चीन हो । करिब ६ बर्ष अघिदेखि नेपालमा उत्पादन भएको रुद्राक्ष अत्यधिक मात्रामा चीन खपत हुन थालेको थियो । रुद्राक्ष खरीद गर्न चीनीया व्यापारीहरु आफै उत्पादन हुने पहाडी जिल्लामै पुग्ने गर्थे । किसानहरुले भाउ पनि राम्रो पाएका थिए । दुई बर्षयता भने चीनीयाहरुले गुणस्तरीय रुद्राक्ष मात्र खरीद गर्न थालेपछि व्यापार खस्किएको किसान तथा व्यापारीहरुको भनाई छ । विगत ४ बर्षदेखि रुद्राक्षको खेती र व्यापार दुवैमा संलग्न धनकुटा ६ का सनम नेवा खड्गीका अनुसार यो बर्ष पनि पहाडी जिल्लामा रुद्राक्षको उत्पादन अत्यधिक छ । तर, बजारले कोल्टे फेरेपछि रुद्राक्ष बिक्री नभएर किसानहरु चिन्तित छन् । ‘रुद्राक्षको उत्पादन अत्यधिक छ, तर बजारले कोल्टे फे¥यो । व्यापार खस्किएर किसानहरु मारमा परेका छन्’–खड्गीले भने–‘चीनीयाहरुले दाना(रुद्राक्ष)को स्तर हेरेर मात्र खरीद गर्न थालेपछि य

हिसान खेलकुद सप्ताह हुदै

Image
धरान । उच्च माध्यमिक विद्यालय संघ नेपाल(हिसान) सुनसरीको ५ औं बार्षिक खेलकुद कार्यक्रमअन्र्तगत हिसान खेलकुद सप्ताह आइतबारदेखि शुरु हुने भएको छ । संघले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै माघ १६ गतेदेखि २१ गतेसम्म सप्ताहव्यापी विविध खेलकुदका कार्यक्रमहरु आयोजना गरिने जानकारी दिएको हो । विद्यार्थीहरुमा रहेको प्रतिस्पर्धी क्षमताको विकास गर्न तथा प्रतिभा प्रर्दशनको अवसर प्रदान गर्न खेल सप्ताह आयोजना गरिएको संघले जनाएको छ । ‘विद्यार्थीलाई नियमित पढाईमा मात्र केन्द्रीत गरेका छैनौं, उनीहरुको चौतर्फी विकासको लागि अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि हामी सचेत छौं’–संघका अध्यक्ष मुकुन्द घिमिरले भने–‘हिसान खेलकुद सप्ताह त्यसैको एउटा उदाहरण हो, यो कार्यक्रमले जिल्लाको उच्चमाविहरुमा रौनक छाएको छ । खेलकुद गतिविधिहरु बढेको छ र उत्सवकोरुप लिएको छ ।’ सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि सहभागीताको लागि आग्रह गरेको उल्लेख गर्दै उनले आगामी बर्ष केही विधाहरुमा सामेल गराउन छलफल गरिने बताए । संघमा सुनसरी जिल्लाका २४ वटा उच्चमाविहरु सदस्य छन् । ती मध्ये अधिकांशले खेलकुद सप्ताहमा भाग लिनेछन् । सप

धरानमा खुल्यो नयाँ अमन बजार

Image
धरान । उपभोक्ताहरुलाई सर्वसुलभ उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले धरान ५ स्थित महेन्द्र पथमा नयाँ मिनि मार्केट(अमन बजार) खुलेको छ । एकै थलोमा सर्वसाधारण एवं उपभोक्ताहरुले विविध समानहरु खरीद गर्न सक्ने बजारका सञ्चालकहरुको भनाई छ । यो बजर धरानका व्यापारीद्धय काजी गिरी र प्रेमप्रसाद पराजुलीले लिजमा लिएर सञ्चालनमा ल्याएका हुन् । यो बजारमा तरकारी र फलफुल पसलदेखि फेन्सी, डेरी, बेकरी, होटल तथा रेष्टुरेष्ट र नर्सरीसमेतको पसल खुलेको छ । पर्याप्त पार्किङस्थल, महिला र पुरुषको छुट्टै सौचालय र सुरक्षा गार्डसमेतको व्यवस्था भएकोले धरानका अन्य भएका बजारहरुमध्ये व्यवस्थित बजार भएको सञ्चालकमध्येका एक प्रेम पराजुलीले बताए । ‘एउटै कम्पाउण्डभित्र विविध सामानहरु उपभोक्ताहरुलाई उपलब्ध गराउन बजार खुलेको हो, यहाँ सब्जी तथा फलफुल बजारदेखि फेन्सी, नर्सरी, डेरी, बेकरीलगायत विभिन्न किसिमका पसलहरु खुल्नेक्रम जारी छ’–पत्रकार सम्मेलन गर्दै पराजुलीले भने–‘यहाँ अन्यत्र भन्दा सस्तोमा सामानहरु खरीद गर्न पाइन्छ ।’ सञ्चालकद्धयका अनुसार बजारमा ६४ वटा सटरसहितका कोठाहरु छन् । ती कोठाको भाडा न्युनतम २ हजारदेखि ६ हजा

सर्दुजलाधार प्रकरण,४२ बिघा जलाधार क्षेत्रमा व्यक्तिको कब्जा

Image
धरान । पहिल्यै सट्टाभर्ना पाएपनि सुनसरीको साविक बाँझगरा ९(ग)स्थित सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा अढाई दशकदेखि विभिन्न व्यक्तिले कब्जा गरी भोगचलन गर्दै आएको खुलेको छ । जलाधार क्षेत्र संरक्षणको लागि सरकारले स्थानीयलाई २०३४ सालदेखि सट्टाभर्ना दिएर मोरङको वयरवनमा स्थानान्तरण गरेपनि फर्केर सोही जग्गामा कब्जा जमाएको मालपोत कार्यालय बेलबारी मोरङले जनाएको छ  । ‘जलाधार आसपासका बासिन्दालाई सरकारले वयरवनमा सट्टाभर्ना दिएको कागजात हुदाहुदै पनि उनीहरुले त्यहाँको जग्गा भोगचलन गर्दै आएका छन्’–मालपोत कार्यालय बेलबारीका एक कर्मचारीले भने–‘भूमाफियाको बलमा विभिन्न चलखेल गरी सर्वोच्च अदालतबाट उक्त जग्गामा हकभोग अधिकार कायम गराई उनीहरुले भोग्दै आएका छन् ।’ जलाधारको यतिधेरै जग्गा खुलेआम भोगचलन गर्दै आएको देखिएपछि  काठमाण्डौंस्थित भुमिसुधार तथा व्यावस्थापन विभागले सोत चासो लिएको ती कर्मचारीको भनाई छ । सट्टाभर्ना नपाएको दाबी गर्दै अदालत पुगेका विभिन्न १५ जना जग्गाधनीलाई ६ बर्षअघि सर्वोच्च अदालतले हकभोग अधिकार कायम गराएपनि ययार्थ पत्ता लगाउन विभागले मालपोत कार्यालय बेलबारीलाई निर्देशन दिएको थियो । २०

धरान सडक उत्सव शुरु

Image
धरान । घुम्न जाउँ धरान भन्ने नाराका साथ तीन दिने १३ आंै धरान सडक उत्सव २०७३ शनिबारदेखि शुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित उत्सवको एक समारोहबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) दिपक जोशीले गरेका थिए । होटल एशोसिएशन अफ धरान आयोजक रहेको उत्सवस्थल धरान १२ स्थित चतरालाइन रहेको छ । उत्सवमा खाना, सामाजिक संघसंस्था, पर्यटन सम्बद्ध संस्था, उद्योग व्यावसाय, स्वास्थ्य, शैक्षिकलगायत विभिनन ९० वटा स्टलहरु रहेका छन् । उत्सव अवधिभर धरानका होटल व्यावसायीहरुले पर्यटकहरुलाई खानाको आइटममा २० प्रतिशत छुट दिएका छन् भने बास बस्दा लजमा १५ प्रतिशतको छुटको पनि घोषणा गरको छन् । यस्तै, प्याराग्लाइडिङ, र्याफ्टिङ, जंगल सफारीलगायत टुर प्याकेजमा टुर अपरेटरहरुले बिशेष छुट पनि उपलब्ध गराएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन बोर्डका सिइओ जोशीले उत्सव जस्ता गतिविधिहरुले पर्यटन प्रर्वद्धन एवं विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । निजी क्षेत्रले नेतृत्व लिए पर्यटनले चाडै फड्को मार्ने जनाउदै उनले सरकारी निकायहरुको सधै सपोर्ट रहने बताए । यस्तै, विराट क्षेत्र पर्यट

गोधुली रनिङ कपमा वडा १३ च्याम्पियन(फोटोफिचर)

Image
धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १३ ले नयाँ च्याम्पियनको इतिहास रचेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार वडा नम्बर १७ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै वडा १३ च्याम्पियन बनेको हो । प्रतियोगितामा पहिलो पटक फाइनल खेलेको वडा १३ ले इतिहास रच्दा छैटौं पटक उपाधि जित्ने वडा १७ को सपना अधुरै रह्यो । वडा १७ ले यसअघि गोधुलीको पहिलो, चौथो, आठौं, दशौं र १६ औं सँस्करणमा फाइनल खेलेको थियो । जितसँगै वडा १३ ले च्याम्पियन ट्रफीसहित नगद ७५ हजार हात पा¥यो भने उपविजेता वडा १७ ले नगद ४० हजारसहित उपविजेता ट्रफीमा चित्त बुझायो । यो पटक वडा १३ ले वडा नम्बर २७ लाई र वडा १७ ले वडा नम्बर २७ लाई सेमीफाइनलमा हराउदै फाइनल यात्रा तय गरेको थियो । दुवै टिमले सेमीफाइनलमा टाइब्रेकरमा जित पाएको थियो । फाइनलमा पनि वडा १३ टाइब्रेकरमा भाग्यमानी सावित भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको थियो । पेनाल्टी सुटआउटमा वडा १७ का मिलन राई र चाल्र्स राई चुकेपछि वडा १३ ले उपाधि चुम्यो ।

मिलेमतोमा जर्बजस्ती स्काभेटरद्धारा उत्खनन, वन कार्यालय गैरजिम्मेवार

Image
धरान । गैरकानुनीरुपमा राष्ट्रिय वन क्षेत्रको खोलामा स्काभेटर नचलाउन उपभोक्ता समुहले दिएको चेतावनी वेवास्ता गर्दै जिविस सुनसरी र ठेकेदारको मिलेमतोमा सेउती खोलामा जर्बजस्ती उत्खनन् थालिएको छ । खोलामा स्काभेटर प्रयोग गर्ने निर्णय नभए पनि जिविस र इटहरीस्थित ठेकेदार कम्पनी पाथीभारा निर्माण सेवाले शुक्रबारदेखि वन क्षेत्रमा पर्ने सेउती खोलामा जर्बजस्ती उत्खनन थालेको हो । स्काभेटर प्रयोग भएपछि बाँझगरा वन समुहले विरोध जनाए पनि ठेकदार र जिविसको वलमिच्याईप्रति कुनै जोर चलेन । ‘राष्ट्रिय वन क्षेत्रमा स्काभेटर लगाउनु गैरकानुनी हो’ भन्ने जिल्ला वन कार्यालय पनि शुक्रबार रोक लगाउन वा ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन सक्रियता देखाएन । दिउँसो करिब ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट असईको नेतृत्वमा प्रहरी टोली खोलामा पुगेपनि कारबाही नगरी फर्कियो । प्रहरी टोली खोलामा पुग्दा स्काभेटरले धमाधम उत्खनन गरिरहेको थियो । बाँझगरा वन समुहका अध्यक्ष राजन मोक्तानले जिल्ला वन अधिकृत(डिएफओ)ले स्कोभटर चलाउन नदिनु भनेपछि आफु खोलामा गएर रोक लगाए पनि वन कार्यालय र प्रहरीको टोली कोही पनि समयमै नआएको गुनासो गरे ।