Posts

Showing posts from March, 2015

सेउतीमा सम्झौता उल्लंघन गरी ढुंगा, गिटी उत्खनन

Image
धरान । ठेक्का सम्झौता विपरीत धरानको सेउती खोलाबाट ठेकेदारले स्काभेटर प्रयोग गरि जथाभावी मिक्स गिटी, ढुंगालगयात नदीजन्य पदार्थ उत्खनन गरिरहेको पाइएको छ । जिल्ला विकास समिति सुनसरी र ठेकेदार कम्पनी जय श्री पाथिभारा ट्रेड एण्ड सप्लायर्स इटहरीबीच भएको ठेक्का सम्झौतामा नदीलाई तीन भागमा विभाजन गरी बीचको भागबाट गहिराई औषतमा ०.७५ मिटर(पौने मिटर) भन्दा बढी नहुने गरि मात्र उत्खनन गर्न पाइने उल्लेख भएपनि सेउतीमा दोब्बर बढी गहिराईसम्म उत्खनन भइरहेको भेटिएको छ । इलाका वन कार्यालयको एक टोलीले मंगलबार स्थलगतरुपमा निरीक्षण एवं नापजाच गर्दा स्काभेटरले २ मिटर गहिराईसम्म उत्खनन भइरहेको फेला पारेको हो । सम्झौतामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(आइइइ)मा उल्लेख भएका नाकाहरुमा मात्रै मेशनरी(स्काभेटर)को प्रयोग गर्दा अनिवार्यरुपमा जिविसको प्राविधिक र वातावरण अधिकृतको रोहवरमा गर्नुपर्ने उल्लेख छ । तर, सेउतीमा जिविसका प्रविधिक र वातावरण अधिकृत दुवै जनाको रोहबर विना नै स्काभेटर प्रयोग भइरहेको छ । त्यसबारेमा जिविसले पनि कुनै चासो दिएको छैन । ‘ठेक्का सम्झौतामा प्रष्ट पौने मिटर गहिराईसम्म मात्रै उत्खन

दुई पानी उद्योगविरुद्ध प्रशासनमा मुद्दा दायर

Image
धरान । न्युन गुणस्तरको प्रशोधित पिउने पानी उत्पादन गरेको अभियोगमा सुनसरीका दुई पानी उद्योगविरुद्ध झण्डै एक महिनापछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा दर्ता गरेको छ । हाँसपोशा २, तरहरास्थित दिव्य जल र इटहरी ५, पचरुखीस्थित ए वान शुद्ध जललाई खाद्य ऐन २०२३ अन्तर्गत दण्ड, सजायको माग गर्दै कार्यालयले सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयबाट खाद्य ऐन २०२३ अन्र्तगत कारबाही चलाउन आदेश गर्ने निर्णय भएपछि सोमबार नै जिल्ला प्रशासनमा दुवै उद्योग विरुद्ध मुद्दा दर्ता गरेको खाद्य निरीक्षक रमेश दाहालले जानकारी दिए । निरीक्षक दाहालका अनुसार दिव्य जलले यसअघि पनि न्युन गुणस्तरको पानी उत्पादन गरेर गुणस्तरको मापदण्ड उल्लंघन गरिसकेको हुनाले पटके कायम गर्दै हदैसम्मको सजाय माग दाबी गरिएको छ  । ए वानलाई यसअघि मौखिक चेतावनी मात्रै दिइएको हुनाले पटके कायम हुन नपाएको उनले बताए । ‘सरकारी वकिल कार्यालयले खाद्य ऐन २०२३ अन्र्तगत कारबाही चलाउने निर्णय दिएलगत्तै आजै जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको छुँ’–खाद्य निरीक्षक दाहालले भने–‘

खेलकुदको शहर धरान

Image
गत फागुन १६ गतेदेखि २३ गतेसम्म धरानमा सञ्चालन भएको १७ औं बुढासुब्बा गोल्डकपको चर्चा सेलाइसकेकै छैन । फुटबलको कारण धरानले ‘मिनि ब्राजिल’ को उपमा पाएको छ । विगत १७ बर्षदेखि नियमित सञ्चालनमा आएको एक मात्र प्रतियोगिता हो बुढासुब्बा गोल्डकप । गोल्डकप हुदा धरान बाहिर र स्थानीय कति दर्शक आएर खेल हेरे ? भन्ने चर्चाले धरान सधै तातिन्छ । गोल्डकप सञ्चालन हुदा सहभागी टिमका खेलाडी र अफिसियलले धरानका होटल, लज झण्डै एक सातासम्म खचाखच हुन्छ । फुटबल हेर्न सनुसरीका विभिन्न स्थानसँगै धनकुटा, मोरङ, झापादेखि इलाम जिल्लाबाटसमेत दर्शक आउने गर्छन् । कुनै समय एन्फाको विवादले ए डिभिजन लिग नहुदा शुन्यप्रायः भएको नेपाली फुटबललाई बुढासुब्बाले धानेको थियो । यति महत्व बोकेको बुढासुब्बा गोल्डकपको माध्यमबाट पर्यटन प्रर्वद्धनमा पनि सघाउ पुगिरहेको छ भन्नेतर्फ भने कमैको ध्यान छ । फुटबललाई मात्रै खेल र मनोरञ्जनको एक साधन मात्रै हो ठान्ने सोच हावी छ । जसले प्रचुर सम्भावना भएर पनि यहाँ खेल पर्यटनको अवधारणा फष्टाउन सकेको छैन । सरोकारवालाले ध्यान नदिए पनि आयोजक धरान फुटबल क्लब भने गोल्डकपले पर्यटन प्रर्वद्धनमा ठुलो भु

लाइसेन्सको फारम भर्न घण्टौं लाममा

Image
धरान । सवारी अनुमति पत्र(लाइसेन्स)को फारम भर्न आइतबार धरानबाट इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीअन्र्तगतको सवारी अनुमति पत्र कार्यालय पुग्दा सुलभ गजमेर निराश भए । कारण थियो, त्यहाँ उनीजस्ता हजारौं युवाहरु फारम भर्न र दर्ता गराउन तछाड मछाड गरिरहेका थिए । कोशी अञ्चलमा चैत १५ र १६ गते मोटरसाइकल र मोपेड तथा चैत १७ गते स्कुटरको लाइसेन्सको लागि फारम दर्ता खुलेपछि यतिबेला इटहरीमा हजारौं युवाहरुको घुइचो छ । उनीहरु बिहान झिसमिसेदेखि नै फारम दर्ता गर्न लाइनमा उभिएका छन् । कोशी राजमार्गको धरान इटहरी सडकखण्डमै रहेको कार्यालयमा फारम दर्ता गर्ने र उनीहरुका मोटरसाइकलको भीड छ । ‘यतिको भिड होला भन्ने सोचेकै थिइन, सरकारले लाइसेन्स वितरणलाई नियमित र व्यवस्थित गर्नुपर्छ’–सुलभले भने । सरकारले नियमितरुपमा लाइसेन्स वितरण नगर्दा सुलभ जस्ता हजारौं युवाहरु सवारी चालक अनुमतिपत्रबाट बञ्चित छन् । यसअघि भदौ १९ गते लाइसेन्स खुलेको थियो । त्यसयता भने लाइसेन्स वितरण अवरुद्ध थियो । कार्यालयका अनुसार यो पटक कम्तीमा ६ देखि १० हजारले लाइसेन्सको लागि फारम भर्ने अनुमान छ । ‘लामो समयपछि खुलेकोले गर्दा भिड भएको

पारसले जोगाए मिस्टर पूर्वाञ्चलको उपाधि

Image
धरान । फिटनेश फ्याक्ट्री धरानका खेलाडी पारस भुजेल छैठौं मिस्टर पूर्वाञ्चल शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार धरान ८ स्थित सभागृहमा आयोजित खुल्ला क्षेत्रीय प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै भुजेलले उपाधि जोगाएका हुन् । प्रतियोगितामा ७० केजी तौल समुहमा प्रथम हुदै भुजेल उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गरेका थिए । धरान ११ मंगलबारेका भुजेलले गत बर्ष पाँचौं सँस्करण पनि जितेका थिए भने उनी गत बर्षकै मिस्टर नेपाल पनि भइसकेका खेलाडी हुन् । उनी पोखरामा सम्पन्न मिस्टर बुलम्यानमा भने उनी दोस्रो भएका थिए । उपाधि जोगाएपछि खुशी हुदै भुजेलले जेठ तेस्रो साता विराटनगरमा हुने मिस्टर नेपालको तयारीमा जुट्ने बताए । ‘उपाधि जोगाउन सके, खुशी छुँ । अब जेठमा हुने मिस्टर नेपालको टाइटल मेरो लक्ष्य हुनेछ’–उनले भने । च्याम्पियन भुजेलले नगद ५० हजारसहित ट्रफी र मेडल हात पारे । यसबाहेक उनले २५ हजार बराबरको ट्रेड मिल(जगर मेशिन) र नगद ५ हजारसहित वेष्ट पोजरको पुरस्कार पनि पाए । दुई पटक मिस्टर पूर्वाञ्चल भइसकेका यारो जिम क्लब दमकका विकास धिमाल दोस्रो भए । उनी ६५ केजी तौल समुहमा प्रथम

डाक्टर गोविन्द केसीको आन्दोलनमा बीपीका डाक्टरहरुको पनि ऐक्यवद्धता

Image
धरान । शुक्रबार दिउसो ४ बजेतिर गलामा स्टेथेस्कोप भिरेर एप्रोन पहिरिएका डाक्टरहरुको समुह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेटबाट बाहिरियो । गेटबाहिर पुगेपछि पनि डाक्टरहरु रोकिएनन् । त्यो समुह सरासर भानुचौकतर्फ लम्कियो । सडक दाया बायाँबाट सर्वसाधारणहरु उनीहरुलाई जिज्ञासापुर्वक हेर्थे । डाक्टरहरुको समुहले सबैभन्दा अगाडी आमरण अनसन(सत्याग्रह)मा बसेका डाक्टर गोविन्द केसीको फोटो र मागसहितको ब्यानर बोकेको थियो । चिकित्सका शिक्षा नीति, चिकित्सा विश्वविद्यालयलगायतको माग गर्दै विगत ६ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर केसीको मागप्रति ऐक्यवद्धता जनाउदै प्रतिष्ठानका रेजिडेन्ट डाक्टरहरु पनि शुक्रबार सडकमा उत्रिएका हुन् । डाक्टर केसीको माग, उनको स्वास्थ्य स्थितिप्रति आम जनताको ध्यानाकर्षण गराउन प्रतिष्ठानस्तिथ गोविन्द केसी बचाउ अभियान सडकमा निस्किएको जनाएको छ । यो अभियानले डाक्टर केसीको स्वास्थ्य बिग्रदै गएकोमा चिन्ता जताउदै चाडै माग पुरा गरेर ज्याउन बचाउन सरकारसँग मागसमेत गरेको छ । गत बर्ष पनि डाक्टर केसी आमरण अनसनमा रहदा उनको आन्दोलनप्रति एक्यवद्धता जनाउदै प्रतिष्ठानका रेजिडेन्टह

न्युन गुणस्तरको पानी ए–वान र दिव्य जललाई अझै कारबाही भएन

Image
धरान । न्युन गुणस्तरको प्रशोधित पिउने पानी बिक्री गरेर कारबाहीको सिफारिश भएका सुनसरीका दुई उद्योग अझैसम्म कारबाही भएको छैन । यसपटक कारबाही हुनबाट जोगिदै आएको यी दुवै उद्योग यसअघि भने कारबाहीमा परिसकेको पाइएको छ । कारबाहीको सिफरिश परेका उद्योगबारे विगतमा भएको (पटके )कारबाहीसमेत उल्लेख गरेर पठाउन भन्दै सुनसरीस्थित जिल्ला सरकारी वकिल कार्यालयले फाइल विराटनगरस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा फिर्ता पठाएपछि पटके कारबाहीबाट खुलेको हो । सरकारी वकिलको कार्यालयबाट बिहिबार फाइल आइपुगेको र पटके कारबाही भएको मिति उल्लेख गरेर पुनः कारबाहीको लागि पठाइने कार्यालयका क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले बताए । उनका अनुसार इटहरी ५ पचरुखीस्थित ए–वान शुद्ध जल उद्योग र हाँसपोशा २, तरहरास्थित दिव्येश्वरी जल उद्योग यसअघि पनि न्युन गुणस्तरणको पानी उत्पादन गरेको अभियोगमा कारबाही खेपिसकेका उद्योग हुन् । ‘यी दुवै उद्योग पटक पटक गुणस्तर उल्लंघन गरिसकेको उद्योग हुन्, त्यसैले पटके कायम अनुसार बढी दण्ड, सजाय माग गरेर फाइल पठाएका थियौं’–क्षेत्रीय प्रमुख कोइरालाले भने–‘पटके कारबाहीको मिति उल्ल

बाह्र वटा वडामा सामाजिक परिचालकको छनौट वदर

Image
धरान । सामाजिक परिचालक छनौटमा त्रुटी देखिएको भन्दै धरान उपमहानगरपालिकाले विवादित एवं उजुरी परेको वडाहरुको नतिजा वदर गरेर पुनः छनौट प्रक्रिया अघिबढाउन निर्देशन दिएको छ । छनौटको जिम्मा पाएका तीन वटा सेवा प्रदायक संस्थाहरुलाई पत्रमार्फत उपमहानगरपालिकाले सामाजिक परिचालन कार्यविधि २०७१ मा तोकिए वमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी पुनः सामाजिक परिचालक छनौट प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । सेवा प्रदायक संस्थाहरु नगरपालिकाको निर्देशनपछि छनौट परीक्षाको नजितासमेत प्रकाशित भइसकेको २१ वडा मध्ये ९ वटा वडाको मात्रै सदर भएको छ । बाँकी १२ वटा वडामा पुनः सुचना आह्वान गर्दै नयाँ नियुक्ती प्रक्रिया शुरु हुने भएको छ । ‘सामाजिक परिचालक छनौटको क्रममा केही वडामा प्रक्रियागत त्रुटी रहेको पाइयो, त्यसैले ती वडामा परीक्षाको नतिजा वदर गरेर नयाँ प्रक्रियाबाट अघिबढाउन पत्र पठाइसकेका छौं ’–उपमहानगरपालिकाका वातावण तथा सरसफाई शाखा अधिकृत शिशिर श्रेष्ठले भने । सेवा प्रदायक संस्थाले गत फागुन ३ गते एकै दिन लिखित र मौखिक परीक्षा लिएको थियो । फागुन २६ गते नतिजा प्रकाशित भएकै भोलीपल्ट परीक्षार्थीहरुले उपमहानगरपा

सरकारले नै मेथाडोन नामको कडा लागुऔषध खुवाउदै, धरानमा संघर्ष समिति गठन

Image
धरान । अफिमजन्य(हेरोइन)का दुव्र्यसनीहरुलाई उपचार विधि भन्दै नेपाल सरकारले सुईको प्रयोग हटाउन दिईरहेको ‘मेथाडोन’ झनै कडा लागुऔषध भएको दाबी गर्दै धरानका पूर्वलागुऔषध प्रयोगकर्ताहरुले विरोध जनाएका छन् । दातृ निकायको सहयोगमा सञ्चालित प्रोजेक्टमार्फत मेथाडोन धरानमा भित्रिन लागेपछि भुक्तभोगी युवाहरुले संघर्ष समिति गठन गरेर धरानमा मेथाडोन प्रयोगमा आउन नदिन अभियान चलाएका छन् । मेथाडोन कडा खालको लागुऔषध भएको र प्रोजेक्ट सकिएपछि युवापिढी यसको तलमा फसेर निस्कनै नसक्ने पूर्वलागुऔषध प्रयोगकर्ताहरुको भनाई छ । युवाहरुको विरोध भएपछि धरानस्थित कियाचु पुर्नजिवन केन्द्रले चैत १ गतेदेखि सुनसरी(धरान)मा मेथाडोन कार्यक्रम कार्यान्वयन गर्न पाएको छैन । ग्लोबल फण्डको आर्थिक सहायतामा सेभ द चिल्ड्रेनले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । धरानमा सुधार केन्द्रजस्ता उपचार विधि सफल भएर आफुहरु समाजमा सम्मानित जीवन बिताइरहेको उदाहरण प्रस्तुत गर्दै पूर्वदुव्र्यसनीहरुले मेथाडोनको प्रयोग उपचार नभएको दाबी गरेका छन् । ‘यो दातृनिकायको डलर खेती गर्ने उद्देश्यले मात्रै कार्यक्रम लागु भएको हो । यसले युवापिढीलाई उपचार गराउन

धरानको खानेपानी आयोजनाको निर्माण ठेक्का सम्झौता

Image
धरान । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालन भइरहेको एकीकृत सहरी विकास आयोजनाअन्र्तगत धरानमा खानेपानी आयोजनाको निर्माण कार्य शुरु गर्न ग्लोबल टेण्डरद्धारा स्वीकृत कम्पनी र धरान उपमहानगरपालिकाबीच ठेक्का सम्झौता भएको छ । निर्माण कार्यको ठेक्का पाएको कम्पनी तियाञ्जिन तुदी जेभी र उपमहानगरपालिकाबीच शहरी विकास आयोजनाका उपनिर्देशक पराग कायस्थ, परामर्शदाता बिडिएका निर्देशक अरुण नेपालको उपस्थितिमा बुधबार ठेक्का सम्झौता भएको हो । सम्झौतामा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई र कम्पनीका प्रतिनिधि निर्माण गोउलीले हस्ताक्षर गरेका छन् । आयोजनाका अनुसार भ्याटसहित कुल लागत खर्च १ अर्ब ४८ करोड ७३ लाख १७ हजार ५ सय ६५ रुपैया छ । नेपाल सरकार, एडिबिलगायत निकायले दुई चरणको प्राविधिक र आर्थिक प्रस्ताव मुल्यांकन गरेर मात्रै तियाञ्जिन तुदीको प्रस्ताव स्वीकृत गरेको हो । धरानको मुख्य खानेपानी समस्या हल गर्ने लक्ष्यसहित शुरु आयोजनाको लागि एडिबिमार्फत नेपाल सरकारले ५० प्रतिशत अनुदान, नगरविकास कोषले ३५ प्रतिशत ऋण दिनेछ भने १५ प्रतिशत बजेट उपमहानगरपालिकाको सहभागीता हुनेछ ।

दश हजार क्षयरोगी उपचार गराउदैनन्

Image
धरान । क्षयरोग निवारण तथा उन्मुलुन गर्ने उद्देश्यले नेपाल सरकारले एक दशकदेखि वृहत कार्यक्रमहरु गरिरहे पनि बर्षेनी बर्षेनी ४० देखि ४५ हजारको संख्यामा क्षयरोगीका नयाँ विरामीहरु देखा पर्ने गरेका छन् । चिकित्सकहरुका अनुसार ती मध्ये पनि ३० देखि ३५ हजारको हाराहारीमा मात्रै क्षयरोगीहरु उपचार गराउन अस्पताल एवं स्वास्थ्य संस्थामा पुग्छन् । सम्पुर्ण औषधी उपचार निःशुल्क भए पनि अन्य दश हजारको संख्यामा क्षयरोगीहरु उपचार गराउन अस्पताल वा स्वास्थ्य संस्थासम्म पुग्दैनन् । ती व्यक्तिबाट क्षयरोगका किटाणु अन्य व्यक्तिमा सरिरहेकोले उनीहरुलाई अस्पताल एवं उपचारको पहुचमा ल्याउनु मुख्य चुनौती रहेको चिकित्सकहरुको ठम्याईछ । ‘नेपालमा १० बर्षदेखि वृहतरुमा क्षयरोगबारे कार्यक्रम चलिरहेको छ, तर पनि बर्षेनी ४० देखि ४५ हजार क्षयरोगी भेटिन्छन् । चिन्ताको कुरा के छ भने ती मध्ये ३० देखि ३५ हजार मात्रै अस्पतालमा पुग्छन्’–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्षयरोग कार्यक्रम संयोजक एवं जनस्वास्थ्य कन्सल्टेण्ट डाक्टर दिपक कुमार यादवले भने–‘बाँकी दशहजार जति हराइरहेका छन्, अर्थात उनीहरु घरमा, समाजमा रहेर अरुलाई क