Posts

Showing posts from December, 2016

भेडेटारमा फुड फेस्टिवल शुरु

Image
धरान । अंग्रेजी नयाँ बर्षको अवसर पारेर पुर्वको प्रमुख पर्यकीयस्थल भेडेटरामा तीन दिने भेडेटार फुड फेस्टिवल(खानपान उत्सव) शनिबारदेखि शुरु भएको छ । नयाँ बर्षमा घुम्न आउने आन्तरिक र बिशेष गरी भारतीय पर्यटकहरुलाई लक्षित गरेर होटल एशोसिएशन अफ भेडेटारले उत्सवको आयोजना गरेको हो । सधै चिसो र सफा रहने भेडेटार उत्सवको कारण चिटिक्क सिंगारिएको छ भने शनिबार बिहानैदेखि भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहल पहल बढको छ । सोमबारसम्म चल्ने उत्सवको कांग्रेस नेता तथा भौतिक योजना तथा यातायात राज्यमन्त्री सिताराम मेहेताले गरेका थिए । मन्त्री मेहेताले समृद्ध नेपाल बन्ने आधार पर्यटन भएको उल्लेख गर्दै भेडेटारको पर्यटकीय पुर्वाधार विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । भेडेटार धरानदेखि करिब १६ किलोमिटर उत्तरमा धनकुटा र सुनसरी जिल्लाको सिमानामा अवस्थित छ । पछिल्लो समय छिमेकी मुलुक भारतबाट पुर्व घुम्ने आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । तिनै भारतीय पर्यटकहरुको बसाई लम्ब्याउने उद्देश्यले अंग्रेजी नयाँ बर्षको मौका पारेर उत्सव आयोजना गरिएको होटल एशोसिएशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए ।

मध्यपश्चिममा भेट्ने वाचासहित सातौं खेलकुदको समापन(फोटोफिचर)

Image
धरान । अबको दुई बर्षपछि २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चल क्षेत्रमा आयोजना गर्ने प्रतिवद्धतासहित पुर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुद शुक्रबार समापन भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित भव्य समापन समारोहमा आठौं खेलकुद मध्यपश्चिममा गर्ने घोषणा गरिएको थियो । उक्त घोषणासँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले आठौं खेलकुदको आयोजक क्षेत्रलाई झण्डा हस्तान्तरण पनि गरे । आठौंसँगै त्यसको २ बर्षपछि २०७७ सालमा हुने नवौं खेलकुदको आयोजना स्थलको पनि सातौंको समापन समारोहमा नै घोषणा गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद पश्चिमाञ्चल क्षेत्रमा आयोजना गर्ने निर्णय भएको परिषदले जानकारी दियो । यद्यपी, आठौं खेलकुदको आयोजनास्थल मध्यपश्चिमलाई घोषणा गरिरहदा पश्चिमाञ्चल क्षेत्रले भने तीब्र असन्तुष्टी जनायो । आठौं खेलकुद आयोजना पालो पश्चिमाञ्चल क्षेत्रको थियो । खेलकुद मन्त्रीले आफ्नो क्षेत्रमा दबाब दिएर आठौं खेलकुद गर्ने निर्णय भएको भन्दै पश्चिमाञ्चल क्षेत्र आक्रोशित बनेको थियो । समापन समारोहसँगै सातौं अन्र्तगतको पुरुष फुटबलको फाइनल खेल पनि सञ्चाल

क्रस कन्ट्री माउण्टेन बाइकमा बुद्धि र लक्ष्मी प्रथम

Image
धरान । सातौ वृहत राष्ट्रिय खेलकुद प्रतियोगितअन्तर्गत बिहिबार धरानमा आयोजित १५ औं क्रस कन्ट्री माउण्टेन बाइक प्रतियोगितामा पुरुषतर्फको खुला स्पर्धामा नुवाकोटका बुद्धिबहादुर तामाङ च्याम्पियन भए । महिलातर्फको खुला स्पर्धामा पनि नुवाकोटकै लक्ष्मी मगर च्याम्पियन बनिन् । धरान १४ विजयपुर गढीस्थित पञ्चकन्या मन्दिर र पार्क क्षेत्रमा आयोजित प्रतियोगितामा च्याम्पियन हुदै दुवैले स्वर्ण पदक हात पारे । तामाङले निर्धारित ९ ल्यापको दुरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पुरा गरेका थिए भने मगरले निर्धारित ६ ल्यापको दुरी १ घण्टा १४ मिनेट २९ सेकेण्डमा पुरा गरिन् । प्रतियोगितामा एक ल्याप बराबर ३.२ किलोमिटर दुरी थियो । पुरुष खुलातर्फ १ घण्टा २७ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका काठमाण्डौंका नारायण गोपाल महर्जन दोस्रो हुदै रजतमा चित्त बुझाए भए भने १ घण्टा ३३ मिनेट २४ सेकेण्डमा दुरी पुरा गरेका काठमाण्डौंकै राजकमार श्रेष्ठ तेस्रो हुदै कास्य पदक थापे । महिला खुलातर्पm निर्धारित दुरी १ घण्टा १७ मिनेट ३४ सेकेण्डमा पार गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्का दोस्रो र आर्मीकै पुष्पाकुमारी भण्डारीले १ घण्टा २० मिनेट

पुलिसलाई फुटबलमा काँस्य(फोटोफिचर)

Image
धरान । सातौं वृहत राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले काँस्य पदक जितेको छ ।धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार मध्यमाञ्चल क्षेत्रलाई ४–३ गोलअन्तरले पराजित गर्दै पुलिसले काँस्य पदक जितेको हो । प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा पुलिसका तीर्थ राना मगरले दुई गोल गरे भने भोला सिलवालले एक गोल गरेका थिए । एक गोल भने मध्यमाञ्चलका खेलाडीले आत्मघाती गरेका थिए । पहिलो हाफको १३ औं मिनेटमा भेला सिलवालले गोल गर्दै पुलिसलाई अग्रता दिलाए भने २३ औं मिनेटमा रवि पासवानको पासमा तीर्थ राना मगरले गोल गरेका थिए । दोस्रो हाफको १९ औं मिनेटमा तीर्थ रानाले पुलिसको लागि तेस्रो गोल गरे भने इञ्जुरी समयमा मध्यमाञ्चलका कुदलीप कार्कीले आत्मघाती गोल गरेका थिए । मध्यमाञ्चलको लागि टंकबहादुर स्याङ्देनले २ र श्याम बाबु क्याप्छाकी मगरले एक गोल गरे । दोस्रो हाफको ५ मिनेटमा टंकबहादुरले पहिलो गोल गरेका थिए । यस्तै, १८ औं मिनेटमा श्याम बाबुले हेडमार्फत दोस्रो गोल गरे भने ३९ औं मिनेटमा टंकबहादुरले तेस्रो गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच पुलिसका तीर्थ राना मग