Posts

Showing posts from October, 2016

मण्डलाको नाट्य यात्रा सकियो,डिग्री माइला मञ्चन

Image
धरान । अभिनेता तथा रंगकर्मी दयाहाङ राईको निर्देशन रहेको चर्चित नाटक डिग्री माइला मञ्चन गर्दै मण्डला थिएटरको पुर्वाञ्चल नाट्य यात्रा २०७३ सकिएको छ । धरान ८ स्थित सभागृहमा शनिबार दुई शो मञ्चन गर्दै मण्डलाले आफ्नो पुर्वाञ्चल नाट्य यात्रा औपाचारिकरुपमा समापन गरेको हो । मोफसलमा पनि रंगमञ्चीय गतिविधिलाई प्रर्वद्धन एवं जगाउने उद्देश्यले मण्डलाले कार्तिक ४ गतेदेखि नाट्या यात्रा थालेको थियो । मोवाइल थिएटर(जुनकिरी)मा मनचिन्ते फिरन्ते नाटक मञ्चन गर्दै मण्डलाले धरानबाट यात्राको शुरुवात गरेको थियो । मनचिन्ते फिरन्ते निःशुल्क मञ्चन गरेपनि डिग्री माइला टिकट शो भएको थियो । राजन खतिवडाको निर्देशन रहेको मनचिन्ते फिरन्तेलाई मण्डलाले खुल्लारुपमा मञ्चन गरेको थियो । शनिबार दुई शो मञ्चन भएको डिग्री माइला राजन खतिवडाले लेखेका हुन् । नाटकमा दयाहाङ, सृर्जना सुब्बा, सोमनाथ खनाल, बुद्धि तामाङ, उमेश तामाङ, सारदशा अधिकारी, निशा कार्की, इँगि होपो कोइँच सुनुवार, नाजिर हुसैन, प्रदिपकुमार चौधरी, विकास जोशी, उमेश तामाङ, निमिश कटेल, रोहित पौडेल, सिजन दाहाललगायतको अभिनय रहेको थियो । यस्तै, दिपक श्रेष्ठ, आधा सुर र सुस

दिपावली साँझमा मन्त्र ब्याण्ड

Image
धरान । तिहार त्यसैपनि रमाइलो चाड । लक्ष्मी पुजाको साँझदेखि देउसी भैलो र विभिन्न क्लबहरुको सांगीतिक कार्यक्रमहरु शुरु हुन्छ । केटाकेटी, युवायुवतीदेखि वृद्धवृद्धाहरुसम्म तिहारमा खुब रमाउछन् । तिहार शुरु हुनुअगावै बिहिबार साँझ भने धरानमा बेग्लै रौनक छायो । तिहारको पहिलो दिन काग तिहारभन्दा अघिल्लो साँझमा नै धरान १८ स्थित बीपी सुन्दर बजारमा तिहारको रमझम थियो । हरेक बर्ष लक्ष्मी पुजाको अघिल्लो साँझ हुदै आएको दिपावली म्युजिकल नाइट यो बर्षभने एक दिनअघि नै आयोजना भएको थियो । फेन्टासी धरानद्धारा आयोजित सांगीतिक कार्यक्रममा स्थानीय कलाकार, नेपालका युवा गायकको प्रस्तुतीसँगै मेची पारी दार्जिलिङको चर्चित ब्याण्ड मन्त्रले पनि दमदार प्रस्तुती दियो । तिहार शुरु हुनुअगावै धरानका युवायुवतीहरु भने दिपावली नाइटमा रमाए । निःशुल्क आयोजना भएको कार्यक्रममा युवायुवतीहरुको थामिनसक्नु भीड थियो । युवा पुस्ता माझ परिचित मन्त्र ब्याण्डले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर पुनः धराने युवा पुस्ताको मन जित्यो । यही हो मेरो देश..बोलको गीतबाट प्रस्तुती शुरु गरेको मन्त्रले तर झिल्केले हाम्रो कुरा सन्दैन.., सिरमा टोपी

प्रहरीद्धारा सेवा केन्द्रको गतिविधिमाथि कडाई

Image
धरान । संस्था स्थापनाको उद्देश्य र कार्यक्षेत्र नाघेर अंश र सम्बन्ध विच्छेदको मुद्दामा छलफलै नगराई सामुदायिक सेवा केन्द्रका केही पदाधिकारी आफ्र साक्षी बसेर महिलाहरुलाई सिधै अदालतमा मुद्दा हाल्न उक्साएको आरोप लागेपछि प्रहरीले केन्द्रको गतिविधि माथि कडाई गरेको छ । गत असोज दोस्रो साता तीन व्यक्तिले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै केन्द्रकी कोषाध्यक्ष तारा शाक्यको नेतृत्वमा केही महिलाहरुले सम्बन्ध विच्छेद र अंश मुद्दामा साक्षी बसेर परिवार भाडेको आरोप लगाएका थिए । उक्त आरोप पछि प्रहरीले आन्तरिक अनुसन्धान गर्दा तीनै जनाको बिषयमा प्रहरी र सेवा केन्द्रमा औपचारिक तथा अनौपचारिकरुपमा जानकारीमै नआएको खुलेपछि प्रहरीले सेवा केन्द्रको गतिविधिमाथि कडाई गरेको हो । प्रहरी कार्यालय परिसरभित्र नागरिक सहायता कक्षसँगै रहेको सेवा केन्द्रको कोठाको चाबी प्रहरीले नै राख्न थालेको छ भने कुनै पनि मुद्दामा प्रहरी अधिकृतको उपस्थिति विना छलफल गराउन पनि बन्देज लगाएको छ । यसअघि, तालाचाबी सेवा केन्द्रका केही व्यक्तिको हातमा थियो भने प्रहरीको उपस्थिति विना नै मुद्दाको छलफल र छिनोफानो हुने गरेको थियो । ‘ताला चाबी

नेचुरल थिएटर-खोर्साने खाप

Image
कोशी राजमार्गको धरान–इटहरी सडक खण्डमा पर्ने तरहरादेखि करिब ५ किलोमिटर पुर्वमा छ, तालतलैया । प्रकृति एवं जैविक विविधता भएको तालतलैयामा गत माघमा अन्र्तराष्ट्रिय मुर्तिकला कार्यशाला भएपछि कलाको पारखीहरुको पनि गन्तव्य बनेको छ । विभिन्न देशका कलाकारहरुले बडेमानका निर्जिव ढुंगाहरुमा प्राण भरेर सुन्दर आकृर्ति दिएका छन् । घुमफिर गर्न रुचाउने पुर्वेलीहरु तालतलैया नपुग्ने सायदै होलान् । तर, त्यही तालतलैयादेखि एक किलोमिटर पुर्वमा रहेको गाउँ खोर्साने खाप र त्यहाँको होम स्टे भने बत्तिमुनि अध्यारो भन्ने उक्ति झै बनेको छ । तालतलैयामा दैनिक सयांै आन्तरिक पर्यटक घुम्न पुग्छन् । तर, नजिकको खोर्साने खाप र त्यहाँ रहेको होम स्टेसम्म उनीहरु पुग्दैनन् । ओझेलमा परेको त्यही गाउँमा विश्व पर्यटन दिवसको दिन असोज ११ गते (२७ सेप्टेम्बर) धरानबाट ३० भन्दा बढी टोली पुग्यौं । त्यसमध्ये पनि २० जना धरानबाट साइक्लिङ गर्दै पुगे । अरु मोटरसाइकल र गाडीमार्फत । सुनसरी उद्योग वाणिज्य संघ र धरान जेसिजले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले खोर्साने खापलाई गन्तव्य छनौट गरेको थियो । एक रात बास बस्ने योजनासहित । यात्रामा जुनियर

मण्डला थिएटरको पुर्वाञ्चल यात्रा, धरानमा मनचिन्ते फिरेन्ते मञ्चन

Image
धरान । हिउदको मौसम शुरु हुनै लागेको हुन्छ । अन्नको कमीले भोकभोकै मर्न लागेपछि मुसा समुदायमा खैलाबैला मच्चिन्छ । मुखियाले अनिकाल रोक्न नसक्ने लाचारी प्रकट गर्छन् । एउटी मुसा(कलाकार सिर्जना सुब्बा जसलाई अरु मुसाले दिदी भन्छन्)ले अनिकाल रोक्न नसक्ने भए मुखिया पद छोडिदिन चुनौती दिन्छिन्, र घोषणा गर्छिन्,–‘यो हिउँदमा सबैभन्दा धेरै जसले अन्न थुपार्न सक्छ उही मुखिया बन्ने ।’ मुखियासहितका मुसाहरु हिउँदभरिलाई अन्न जोहो गर्नलाग्दा पनि मनचिन्ते नाम गरेको एउटा मुसा भने फिरन्ते भई आफ्नै दुनियामा रमाउछ । उसलाई न हिउद आउन लागेकोसँग मतलब छ, न अनिकाल लाग्छ भन्नेमा कुनै चिन्ता । ‘खानेकुराले मात्र जीवन चल्दैन, खान मात्र ठुलो कुरा होइन’–मनचिन्ते भन्छन्–‘खानेकुरा मात्र खोज्न थाल्दा जीवनको अन्य रंगविहिन हुन्छौं ।’ तर, अरुले उसको कुरा बुझ्दैन, खिल्लि उडाउदै अरु मुसा अन्न जोहो गर्नतिर लाग्छन् । हिउदको लागि सबै मुसाहरु अन्न जोहो गरिरहदा मनचिन्ते भने गीतार बजाउदै नौलो धुनहरुको जोहो गर्छ । अरु मुसाले होच्याउदै डुकु नामले उनलाई तेरो पेट छैन ? भन्दा ऊ घाम डुब्नै लागेकोले रंगहरुको जोहो गरिरहेको बताउछ । मुख

विष्फोटक पदार्थसहित समाजवादी नेता पक्राउ

Image
धरान । भारतबाट ल्याएर लुकाई राखेको रक्तचन्दनसहित ठुलो परिमाणमा अवैध विष्फोटक पदार्थसहित संघीय समाजवादी फोरम नेपालका एक स्थानीय नेतालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । संखुवासभाको चेपुवा गाविस ६ स्थायी घर भएका ३८ बर्षीय ङिमा अन्दी भोटेलाई प्रहरीले मंगलबार राती विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । उनी धरान १५ मा बसोबास गरिरहे पनि विष्फोटक पदार्थ भने धरान ६ स्थित दुर्गा रिजालको घरमा भाडामा लिएको कोठाबाट प्रहरीले वरामद गरेको हो । गोप्य सुराकीको आधारमा प्रहरीले छापा मारेपछि फुस्रेस्थित कालीबक्स गणबाट गएको सेनाको बिशेषज्ञ टोलीले वरादम गरिएको सामग्री विष्फोटक पदार्थ भएको पुष्टि गरेका थिए । पक्राउ परेका भोटे संघीय समाजवादी फोरमको सुनसरी क्षेत्र नम्बर १ का सचिव हुन् भने आदिबासी जनजाति आन्दोलनमा पनि सक्रिय व्यक्ति मानिन्छन् । उनी धरानमा निमा पोङ्सुवा नामले परिचित छन् । प्रहरीका अनुसार भोटेको साथबाट गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसागर ४१ केजी, समुन्द्र मन्थन १० केजी र निलोतुथो ६ केजी वरामद भएको छ । साथै, ३ केजी रक्तचन्दन, ६ हजार ९ सय ४० रुपैया र भारु २ हजार पनि वरामद भएको प्रहरीले जनाएको

पर्यटन विकासमा संगीतिक कार्यक्रमको सहारा

Image
धरान । मोरङको उत्तरी भेगमा अवस्थित याङसिला गाविसलाई पर्यटकीय केन्द्र बनाउन सांगीतिक कार्यक्रमको मद्दत लिएर स्थानीयबासीहरु प्रचारप्रसारमा जुटेका छन् । प्राकृतिक एवं जैविक विविधताले धनी भएर पनि सबै क्षेत्रबाट ओझेलमा परेको भन्दै याङसिलाबासीहरु आफ्नो ठाउँको प्रचारप्रसार र विकासमा गीत,संगीतको माध्यमबाट अघि बढेका हुन् । स्थानीय याङसिला साँस्कृतिक समूहको नेतृत्वमा यही कार्तिक ६ गते याङसिला ८ स्थित सावित्री माविको प्रङ्गणमा तेस्रो रिमिक्स धमाका कार्यक्रम हुदैछ । चर्चित कलाकरहरुको प्रस्तुती रहने कार्यक्रमको उद्देश्य मनोरञ्जन दिलाउनु मात्र होइन, गाविसको पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको प्रचारप्रसार गर्नुपनि हो । ‘याङसिलामा पुग्नैपर्ने, हेर्नेपर्ने थुप्रै ठाउँहरु छन्, तर राज्य र मिडियाको आँखामा नपर्दा ओझेलमा छ’–कार्यक्रम संयोजक दोर्पध्वज राईले बुधबार पत्रकार सम्मेलनमा भने–‘कार्यक्रमले मनोरञ्जन गराउनु त छदैछ, सँगसँगै ती सम्भावना बोकेको जैविक विविधता र प्राकृतिक सुन्दरताको ठाउँहरुबारे सबैलाई जानकारी गराउनु,प्रचारप्रसार गराउनु पनि हो ।’ शनिबार हुने कार्यक्रममा तक्मे बुढाको नामले ख्याति कमाएका

धरानमा तमू सार्क सम्मेलनको तयारी

Image
धरान । विभिन्न मुलुकमा बसोबास गरिरहेका तमू(गुरुङ) जातिबीच एकता कायम गराउन तथा पहिचान र अस्तित्वलाई स्थापित गराउन नेपालमा दुई दिने तमू सार्क सम्मेलन हुने भएको छ । तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदको आयोजनामा आगाम कार्तिक ७ र ८ गते धरानमा ऐतिहासिक प्रथम तमू सार्क सम्मेलन २०७३ हुन लागेको हो । परिषद केन्द्रीय कार्यसमितिले धरानमा पत्रकार सम्मेलन गर्दै सम्पुर्ण तमू(गुरुङ)हरुको आह्वान ! एकता, अस्तित्व र पहिचानको लागि तमू सार्क सम्मेलन भन्ने मुल नारासहित सम्मेलन गर्ने जानकारी दिएको छ । ‘तमूहरु नेपालमा मात्रै छैनौं, भारत, भुटान, वर्मालगायत मुलुकहरुमा पनि स्थायीरुपमा बसोबास गर्छन्’–केन्द्रीय अध्यक्ष रेशम तमूले भने–‘ती मुलुकमा बसेका गुरुङहरुबीच एकता कायम गराउन, पहिचान र अस्तित्वलाई बचाउन भइरहेको आन्दोलनलाई थप वल पु¥याउन पनि सार्क सम्मेलन गर्न लागेका हौं ।’ तमूहरुको भाषा, सँस्कार एवं परम्परा संकटमा रहेकोले त्यसलाई जोगाउनकै लागि पनि सम्मेलन गर्न लागेको उनले प्रष्ट्याए । दुई दिने सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनमगरले गर्नेछन् । पहिलो दिन भानुचौकमा खुला आमसभा हुने र सभामार्

स्वरोजगार कोषले ५ लाखसम्म ऋण दिने

Image
धरान । युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको युवा तथा साना व्यावसायी स्वरोजगार कोषले ऋण प्रवाहको दायरा बढाउने भएको छ । कोषले उपलब्ध गराउने ऋण ज्यादै कम भएको र व्यावसाय गर्नेले धेरै समस्या भोग्नु परेको चौतर्फी गुनासो आएको भन्दै कोषले ऋणको दायरा बढाउन लागेको हो । कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालका अनुसार सबैको गुनासो र सुझावको आधारमा ऋणको दायरा बढाएर ५ लाख पु¥याउने बोर्डले निर्णय गरिसकेको छ । यो निर्णय लागु गराउन मन्त्रीपरिषदबाट नियमावली संशोधन गर्ने तयारी भइरहेको पनि उपाध्यक्ष दंगालले जानकारी दिए । यद्यपी उनले हालसम्म कोषबाट उपलब्ध हुदै आएको अधिकतम ऋण २ लाख रुपैया अपुग भने नभएको जिकिर गरे । ‘दुई लाख अपुग भएको छैन, अहिले पनि १० हजार नपाएर सानो चिया वा घुम्ती पसल गर्न नपाएका मानिसहरु छन्’–कोषसम्बन्धी सोमबार धरान ५ स्थित बराह वचत तथा ऋण सहकारी संस्थामा आयोजित अन्र्तक्रिया दंगालले भने–‘तरपनि, ऋण लिएका व्यक्ति, सहकारीहरु सबैको सुझावअनुसार ऋण प्रवाह ५ लाख बनाउने बोर्डमा निर्णय भइसकको छ, नियमावली संशोधन भएपछि लागु हुन्छ ।’ उनका अनुसार कोषको नियमाव