Posts

Showing posts from June, 2016

कुहिएको चामल बिक्री, कारबाहीको माग गर्ने पत्रकारमाथि हातपात

Image
धरान । कुहिएको चामल बिक्री गर्ने व्यापारी र उत्पादन गर्ने कम्पनीलाई कारबाहीको माग गर्ने धरानका एक पत्रकारमाथि हातपात भएको भएको छ । व्यापारीहरुले कारबाहीको विरोधमा बुधबार केहीबेर धरानको बजार पनि बन्द गराउदै हिडेका थिए । त्यसक्रममा उनीहरुले पत्रकारविरुद्ध नारासमेत लगाए । टेलिभिजन पत्रकार सन्तोष काफ्लेले खरीद गरेको चामल कुहिएको अवस्थामा फेला परेको थियो । घरमा बोरा लगेदेखि नै गन्हाउन थालेपनि काफ्लेले बुधबार खोलेर हेर्दा मात्र कुहिएको चामल भेटिएको र बोरा फिर्ता गरेर अनुसन्धानको प्रक्रिया थाल्दा हातपात भएको हो । ‘घरमा बोरा लगेदेखि नै गन्हाउन थालेको थियो, मुसा पो म¥यो कि भनेर किचन सफा ग¥यौं’–उनले भने–‘बुधबार बोरा खोलेर चामल ड्रममा खन्याउदा पो ह्वास्सै गन्हायो । चामल त कुहिएर डल्ला परिसकेको रहेछ ।’ उनले धरान ४ स्थित भवानी श्री ट्रेडर्सबाट ४ दिनअघि चामल खरीद गरेर लगेका थिए । राजकुमार अग्रहरीको यो टेड्रेर्स चामलको होलसेल बिक्रेता हो । चामल भने इटहरीको गोयल एग्रो प्रालिले उत्पादन गरेको हो । चामलको बोरामा ब्याच नम्बर ११ लेखिएको चामलको उत्पादन मिति मे २०१६ हो । कुहिएको चामल भेटिएपछि उपभोक्ताको स

धान दिवसमा प्लटिङको चिन्ता, पानवारीमा रोपाईको उल्लास(फोटोफिचर)

Image
धरान । दशकअघिसम्म धरान २३ पानवारीका भैरवप्रसाद सुवेदी अढाई बिघा जग्गा अधिया लिएर खेती गर्थे । धान पनि मनग्यै फलाउथे । केही बर्षयता भने उनको अधिया जग्गा घटेर १६ कट्ठा मात्र रह्यो । यो बर्ष पनि उनले बिउ त राखेका छन्, तर धान रोप्न पाउछु कि पाउदिन भन्नेमा उनी ढुक्क छैनन् । उनी ढुक्क हुन नसक्नुमा अधिया कमाइरहेको खेतमा प्लटिङ गर्ने चर्चा भइरहेको छ । अढाई बिघा अधिया कमाउने उनी गत बर्षसम्म १६ कट्ठामा झर्नुमा पनि प्लटिङकै कारण थियो । यो बर्ष त त्यही जग्गा पनि रोपाई गर्न हातबाट उम्केला जस्तो उनलाई भइरहेको छ । ‘बिउ त राखेको छु, प्लटिङ गर्ने भन्दैछन् । रोप्न पाउछु कि पाउदिन थाह छैन’–असार १५ कै दिन हलो जोत्दै भेटिएका सुवेदीले भने । उनको आफ्नै २ कट्टा जग्गा छ । उनी त्यही गोरु दाउदै थिए । ‘प्लटिङले खेत जति सक्ने भयो, पुजी हुनेलाई पो राम्रो, हामीजस्ता नहुनेले के गरी खानु ? उब्जनी नहुुदा महंगी पनि बढ्छ’–उनले चिन्ता जताए । बुधबार देशभर राष्ट्रिय धान दिवस मनाउदै गर्दा खेतीयोग्य उर्बर भुमि प्लटिङले मासिदै गएकोप्रति चिन्तित हुने कृषक सुवेदी एक्ला भने होइनन् । धरान २३ पानवारीमा दोस्रो रोपाई महोत्सव चलिर

बाढी आउदा ढुंगा टिप्नेको लर्को(फोटोफिचर)

Image
धरान । ठुलो बर्षा हुन थालेपछि धरानको सर्दु खोला उर्लिएर आउछ । त्यतिबेला धरान ११ सगरमाथा वस्तीका ६६ बर्षीय चन्द्रबहादुर बिकको बेचैनी बढ्छ । बर्षा विस्तारै कम हुदै गएपछि उनी सर्दु खोलातिर दौडन्छन् । चन्द्रबहादुर बेचैन हुनु र हतारिदै दौडनु सर्दु खोलाले घर र बस्तीलाई क्षति गर्छ भन्ने चिन्ताले भने होइन । ठुलो बर्षासँगै सर्दुको बाढीले मझौला खालको ढुंगा बगाएर ल्याएको हुन्छ । उनी त तिनै ढुंगा संकलन गर्न हतारिदै खोलातिर दौडिएका हुन् । बर्खायाम लागेपछि जब जब बर्षा हुन्छ, उनी त्यसरी नै सर्दुमा जान्छन् । अनि, ज्यानले सकेसम्म किनारमा ढुंगा संकलन गर्छन् । संकलन गरेको ढुंगा एक ट्याक्टर बनाएर बिक्री गर्छन् । सर्दु उर्लेर आउदा मनमा ढुंगा टिप्ने लालसा बोकेर छटपटिने चन्द्रबहादुर एक्ला भने होइनन् । बर्षा कम भएपछि सर्दुमा ढुंगा टिप्नेहरुको लस्कर हुन्छ । आसपासका वस्तीबाट सयौं स्थानीयहरु बाढीले बगाएर ल्याएको ढुंगा संकलन गर्न पुग्छन् । त्यसरी ढुंगा संकलन गर्नु गैरकानुनी हो । धरानको सर्दु खोला चुरे क्षेत्रमा पर्छ । चुरे क्षेत्रमा ढुंगा, मिसगिट्टी संकलन तथा उत्खनन गर्न प्रतिबन्ध छ । असार १ गतेदेखि भदौसम्म स

गैरकानुनी ढुंगा निकासीमा प्रहरीद्धारा रोक

Image
धरान । असारे बजेट सक्न निर्माण ठेकेदार र वन समुहका पदाधिकारीकै मिलेमतोमा चुरे क्षेत्रबाट गैरकानुनीरुपमा भइरहेको ढुंगा निकासीमा प्रहरीले रोक लगाएको छ । धरान २१ मा पर्ने चुरे क्षेत्रको प्रतिबन्धित लेदुवा खोलाबाट ठेकेदार र पत्रांबारी सामुदायिक वन समुहका केही पादधिकारीको मिलेमतोमा ढुंगा निकासी भएको सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय धरानले रोक लगाएको हो । प्रत्यक्ष सरोकारवाला निकाय जिल्ला वन कार्यालय र मातहतको धरानस्थित सेक्टर वन कार्यालयले भने वन क्षेत्रमासमेत पर्ने खोलाबाट ढुंगा निकासी गरिरहेको बिषयमा मौनता साधेको छ । वन उपभोक्ताहरुले वन कार्यालयको मौनताप्रति आर्थिक चलखेलको आशंका जनाएका छन् । असार १ गतेबाट खोला क्षेत्रमा ढुंगा, मिसगिट्टी निकासीमा रोक लागेको छ भने चुरे क्षेत्रबाट ढुंगा निकासी गर्न पुर्ण प्रतिबन्ध छ । गैरकानुनीरुपमा ढुंगा निकासीबारे जानकारी पाएपछि मंगलबार स्थलगत निरीक्षणमा गएको प्रहरीले जिल्ला विकास समितिबाट स्वीकृति नल्याएसम्म ढुंगा निकाल्न रोक लगाएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘जबसम्म जिविसबाट ढुंगा निकासीको स्वीकृति पत्र ल्याउदैनन्, तबसम्म निकासी गर्न

असारे बजेट सक्न चटारो, अवैधरुपमा ढुंगा निकासी

Image
धरान । असारे बजेट सक्ने चटारोले धरान २१ देवीगाउँमा निर्माणाधिन ड्रेनमा ठेकेदारले प्रतिबन्धित चुरे क्षेत्रको खोलाबाट गैरकानुनीरुपमा ढुंगा निकासी गरेको पाइएको छ । सडक डिभिजन कार्यालय विराटनगरबाट ड्रेन निर्माण ठेक्का पाएको श्री कृष्ण निर्माण सेवा, भोक्राहले लेदुवा खोलाबाट गैरकानुनीरुपमा ढुंगा निकालेर प्रयोग गरिरहेको हो । शनिबार र आइतबार गरी ठेकेदारले उक्त खोलाबाट ३० ट्रिप(ट्याक्टर) बढी ढुंगा निकासी गरिसकेको छ । लेदुवा खोला चुरे क्षेत्रमा छ । साथै, पत्राङबारी सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रभित्र पनि पर्छ । चुुरे क्षेत्रमा ढुंगा, गिट्टी, वालुवा निकासीमा पुर्ण प्रतिबन्ध छ भने असार १ गतेदेखि भदौसम्म सबै खोलाबाट ढुंगा, गिट्टी, वालुवा निकासीमा सरकारले रोक लगाएको छ । चुरे क्षेत्रको खोलाबाट ढुंगा निकासीमा रोक लगाउनुपर्ने वन समुहकै पदाधिकरीको आडमा ठेकेदारले ढुंगा निकालेको हो । ठेकेदार सुनिल शाहले पत्राङ्वारीकासह सचिव चन्द्रबहादुर कुलुङ र सदस्य राजन चाम्लिङलाई स्थानीयस्तरमा ड्रेन निर्माणको जिम्मा दिएका छन् । सचिव दुर्गादास कुलुङले पनि दुवैलाई साथ दिएका छन् । ड्रेन निर्माणको लागि अन्यत्रबा

मिस पुर्वाञ्चलको ताज कृर्तिकालाई(फोटोफिचर)

Image
धरान । शनि अर्जुन नगरपालिका ७, झापाकी १९ बर्षीय कृर्तिका गिरीले मिस पुर्वाञ्चल २०१६ को ताज पहिरिएकी छिन् । धरान ८ स्थित सभागृह हलमा शनिबार राती सम्पन्न सुन्दरी प्रतियोगितामा १९ प्रतियोगीहरुमध्ये आफुलाई अब्बल सावित गर्दै उनले मिस पुर्वाञ्चलको ताज पहिरिएकी हुन् । दुई चरणबाट उत्कृष्ट ५ मा छनौट भएका प्रतियोगीहरुलार्य मुख्य निर्णायक जिल्ला अदालत सुनसरीका न्यायाधिश अर्जुन कोइरालाले प्रश्न सोधेका थिए,–‘तपाईले नेपालकी महिला राष्ट्रपतिसँग केही घण्टा भेट गर्ने अवसर पाउदा के कस्ता बिषय उठाउनुहुन्छ र किन ?’ पाँच मिनेटको समयमा कृर्तिकाले यस्तो उत्तर लेखेकी थिइन्,–‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने अवसर पाउदा अहिलेसम्म भुपकम्प पीडितहरुले किन राहत पाएको छैन भन्ने बिषय उठाउछु । भुकम्प पीडितहरुले राहतको आशमा बसेको हप्ता, महिना र बर्षौं बितिसक्यो । उनीहरुप्रति ध्यान दिनुप¥यो र तत्काल राहत दिनुप¥यो भन्छु ।’ गत बर्षको बैशाख १२ र २९ गतेको महाभुकम्प पीडित नेपालीको अवस्थाप्रति चिन्तित हुदै कृर्तिकाले दिएको यो जवाफले उनलाई मिस पुर्वाञ्चलको ताज पहिराएको थियो । उनले ताजसँगै यामाहा फेस

सर्दुमा पुल नहुदा सास्ती, जनताको मागप्रति सधै उपेक्षा

Image
धरान । ‘यो सर्दु खोला हो, धरान र विगतको विष्णुपादुका बीचको खोला । यो क्षेत्रको सभासद(सांसद) छैनन ? त्यहाँ जनता छैनन् ? यहाँ आजसम्म एउटा पनि पुल छैन, सेउतीमा गन्न नसक्ने पुल बनेको बन्यै छ’–धरान ८ का पुन्य बहादुर राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बाढी आएको सर्दु खोलामा मुश्किलले मोटरसाइकल तार्दै गरेको फोटो पनि उनले पोष्ट गरे । उनले फेसबुकमा आक्रोश पोख्नुको कारण छ । किरातेश्वर कृर्षि सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनी प्रत्येक दिन सर्दु खोला पारी धरान २६, माछामारास्थित संस्थाको कृर्षि खेती र वंगुरपालन भएको ठाउँमा पुग्नुपर्छ । तर, बर्खा लागेपछि भने त्यहाँ जाने क्रम टुट्छ । सर्दुमा बाढी आउदा उनी मोटरसाइकल थन्काउछन् । सके खोलामा हेलिदै पार गर्छन्, नसके जादैनन् । ‘बर्खाभरी अवस्था यस्तै हो, जोखिम मोलेर सर्दु खोला तर्नुपर्छ’–पुर्व ब्रिटिश गोर्खा सैनिक राईले भने–‘सर्दुमा पुल नबनिदिदा विष्णुपादुका क्षेत्रका जनताले धेरै दुःख पाएका छन् ।’ सर्दु खोलामा पुल नहुदा विष्णुपादुका क्षेत्रका जनताले पाएको दुःख र सास्तीको सामु उनको भोगाई भने न्युन हो । सर्दु खोला उर्लदा रउनी त माछामारा नगएप