Posts

Showing posts from 2015

पर्यटन तथा सँस्कृति मन्त्रीले राजेन्द्र महतोलाई भेटेर स्वास्थ्यलाभको कामना गरे

Image
धरान । सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री आनन्दप्रसाद पोख्रेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबार धरान १८ स्थित नेपाल बौद्ध गुम्बा पुर्वाञ्चलको रजत महोत्सवमा सहभागी हुन आएका मन्त्री पोख्रेलले प्रतिष्ठानको पेइङ वार्डको वेड नम्बर ४ मा पुगेर नेता महतोलाई सीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यसक्रममा उनले महतोलाई संवैधानिक प्रक्रियामा आएर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुन पनि आग्रह गरे । फलफुल बोकेर महतोलाई भेट्न पुगेका मन्त्री पोख्रेलले सञ्चो विसञ्चो सोध्दै शरीरमा भएको चोटसमेत हेरेका थिए । स्वास्थ्यको कारण भन्दै महतोले मन्त्री पोख्रेलसँग दोहोरो संवाद भने गरेनन् । ‘सञ्चो विसञ्चो सोधे, चाडै निको भएर प्रजातान्त्रिक आन्दोलनमा सरिक हुन आग्रह गरे’–महतोसँगको भेटपछि मन्त्री पोख्रेलले भने–‘लोकतन्त्रको लागि लडेको मान्छे हो उहाँ, हामी एउटै समितिमा पनि रहेर काम गरेका थियौं । संवैधानिक प्रक्रियाको बाटोमा आउनुस् भने ।’ मन्त्री पोख्रेलले नेता महतोलाई द

बौद्ध गुम्बा पुर्वाञ्चलको रजत जयन्ती एवं तमु ल्होछार सम्पन्न(फोटोफिचर)

Image
धरान । नेपाल बौद्ध गुम्बा पुर्वाञ्चल(धरान १८)को स्थापनाको रजत जयन्ती महोत्सव एवं गुरुङ जातिको चाड ल्होछार बुधबार धरानमा भव्यरुपमा सम्पन्न भएको छ । धरान १८ स्थित गुम्बामा आयोजित कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमसँगै गुम्बा स्थापनामा योगदान पुर्याएका एवं रजत जयन्ती समारोहलाई सहयोग गर्ने बिषेश व्यक्तिहरुलाई सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री आनन्दप्रसाद पोख्रेल थिए । आयोजककोतर्फबाट मन्त्री पोख्रेलले सम्मान पत्र प्रदान गरेका थिए । समारोहलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले बुद्धको जन्म र बुद्धत्व प्राप्त गरेको स्थानबारे भारतीयहरुले धेरै भ्रम सृर्जना गरेकोमा आक्रोश पोख्दै सिदार्थ गौतमले जन्मिएकै बेला बुद्धत्व प्राप्त गरेको नयाँ अवधारणालाई अघिबढाउनुपर्ने बताए । उनले बौद्ध धर्म एवं दर्शनका गुरुहरुले बुद्ध जन्मिएकै बेला बुद्धत्व पाएकोबारे बहस र चर्चा गर्नुपर्ने पनि बताए । सिदार्थ गौतम लुम्बिनीमा जन्मिएलगत्तै सात पाइला हिडेर आफु पृथ्वीमा शान्ति र सद्भाव छर्न आएको भनेको हुनाले बुद्धले नेपालमा जन्म र बुद्धत्वसँगै पाएको नय

नयाँ बर्षमा भेडेटार आउनेलाई प्याकेज

Image
धरान । अंग्रेजी नयाँ बर्षमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पुुर्वको पर्यटकीयस्थल भेडेटारका पर्यटन व्यावसायीहरुले तीन दिने टुर प्याकेज घोषणा गरेका छन् । तीन दिने चौथो भेडेटार फुड फेष्टिवलको तयारीमा जुटेको होटल एशोसिएशन भेडेटारले पहिलो पटक पर्यटकलाई लक्षित गरेर टुर प्याकेज बनाएको हो । बैशाखको भुकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीले तहसनहस पारेको पर्यटनलाई टुर प्याकेजले उठाउने पर्यटनकर्मीहरुको अपेक्षा छ । भेडेटारमा पुष १६ देखि १८ गते(डिसेम्बर ३१ देखि जनवरी २)सम्म फुड फेष्टिवल आयोजना हुदैछ । ‘फेष्टिवलको अवसरमा भेडेटार आउने पर्यटकहरुलाई ३ दिनको प्याकेज तयार गरेका छौं, ट्राभल एजेन्सीसँगको सहकार्यमा इच्छुक पर्यटकहरुलाई ती गन्तव्यहरुमा घुम्ने सुविधा दिनेछांै’–एशोसिएशनका सचिव जितेन्द्र रुम्दालीले भने–‘यो प्याकेजले भेडेटारको पर्यटनलाई थप आयाम थप्ने र पर्यटकहरुको आगमनमा वृद्धि हुने अपेक्षा लिएका छांै ।’ पर्यटन व्यावसायीहरुका अनुसार मधेश आन्दोलनपछि पुर्वको पर्यटन व्यावसाय ९० प्रतिशतले गिरावट छ । भेडेटारलगायत पुर्वको पर्यटकीय गन्तव्यहरुमा सीमावर्ती भारतीय राज्य विहार, वेष्ट

राजेन्द्र महतोको बीपी(धरान)मा उपचार

Image
धरान । शनिबार विराटनगरको जोगवनी नाका ठप्प पार्न धर्नामा बस्दा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका नेता महतो आइतबार मध्यराति एम्बुलेन्समा प्रतिष्ठान आएका थिए । मध्यरातमा आइसियुमा भर्ना गरेर उपचार गरिएका महतोको सोमबार बिहानदेखि पेइङ वार्डमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री हुदा प्रतिष्ठानका सहकुलपतिसमेत रहेका महतोलाई प्रतिष्ठानका पदाधिकारीले उपचारको लागि धरान ल्याएको चर्चा चले पनि पदाधिकारीले भने नकारेका छन् । महतोको टाउको र हात, खुट्टामा चोटपटक लागेकोले न्युरो सर्जन र अर्थोपेडिक चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । हाडजोर्नी विभागका सह प्राध्यापक एवं प्रतिष्ठानका डेपुटी निर्देशक पशुपति चौधरीको नेतृत्वमा उनको उपचार भइरहेको छ । चिकित्सक चौधरीका अनुसार महतोको स्वास्थ्यमा सुधार भइरहेको छ, र उनी खतरामुक्त छन् । उपचारको क्रममा महतोले चिकित्सकलाई रिगटा लागेको पनि बताएका थिए । ‘स्वास्थ्यमा सुधार भइरहेको छ,

धरानमा पनि फुटसल शुरु

Image
धरान । फुटबल खेलप्रति स्थानीयको लगावले मिनि ब्राजिलको उपनाम पाएको धरानमा फुटबलको सानो रुप फुटसल पनि भित्रिएको छ । खेल मैदानको अभावसँगै पछिल्लो समय शहरीय युवाहरुमा लोकप्रिय बन्दै गएको फुटसलको सोमबार धरानमा औपचारिक शुरुवात भएको छ । धरान १९ स्थित शिवमार्गमा तीन युवाहरुले लगानी गरेर बुढासुब्बा फुटसल शुरु गरेका हुन् । उक्त फुटसलको एक समारोहबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गरेका थिए । दक्षिण अमेरिकाबाट सन् १९३० को दशकमा फुटसल शुरु भएको मानिन्छ । इन्डोर खेलिने यो खेल काठमाण्डौ, पोखरा र पुर्वको विराटनगरमा पनि सञ्चालन भइरहेको थियो । फुटसलमा दुई टिम पाँच पाँच जना खेलाडीको टिम बनाएर खेलिन्छ । बिहान, दिउसो र बेलुकाको सिफ्टमा चल्ने फुटसलमा तोकिएको शुल्क तिरेर दुई टिमले एक एक घण्टा खेल्न पाउनेछ । धरानमा युवाहरु मानबहादुर मगर, सन्तोष बिक र दिपक थापा मगरले बुढासुब्बा फुटसल शुरु गरेका हुन् । सञ्चालकहरुका अनुसार ६५ लाख बढी लगानी भएको छ । धरान खेलकुद र खेलाडीहरुको शहर भएकोले फुटसल सञ्चालनमा ल्याएको लगानीकर्तामध्येका दिपक थापा मगरले बताए । फुटसलबाट खेल पर्यटन विकासको सम्भ

सञ्जयको टिमलाई प्रो एम उपाधि

Image
धरान । सुर्य नेपाल इष्टर्न ओपनअन्र्तगत शनिबार सम्पन्न प्रो–एम स्पर्धामा व्यावसायिक खेलाडी सञ्जय लामाको टिमले उपाधि जितेको छ । पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा स्टेवल फोर्डको आधारमा भएको खेलमा कुल १३६ अंकका साथ लामाको टिम विजेता बनेको हो । उनको टिममा एमेच्योर खेलाडीहरु सन्तोष कार्की, शेखर लिम्बु र एसएसपी राजेन्द्र श्रेष्ठ थिए । स्पर्धामा व्यावसायिक खेलाडी लामाले ३४, सन्तोषले ४४, शेखरले ३१ र एसएसपी श्रेष्ठले ३७ अंक बटुलेका थिए । समान अंक १३६ भएपनि ब्याक काउण्टको आधारमा नम्वर वान व्यावसायिक खेलाडी शिवराम श्रेष्ठको टिम उपविजेता बन्यो । उनको टिममा एमेच्योरहरु सुमोद बास्तकोटी, उत्तम राई र अरुण राई थिए । खेलमा शिवरामले ३६, सुमोदले ३२, उत्तमले ३५ र अरुणले ३३ अंक पाएका थिए । यस्तै, व्यावसायिक खेलाडी भुवन नगरकोटीको टिम तेस्रो भएको थियो । उनको टिममा एमेच्योर खेलाडीहरु रितेश तामाङ, विरेन लिम्बु र रोहित आचार्य थिए । भुवनले ४४, रितेशले ३२, विरेनले ३३ र रोहितले ३६ अंक बटुलेका थिए । विजेता व्यावसायिक खेलाडीहरुले नगद पुरस्कार पाए भने एमेच्योरहरुले ट्रफी थापे । स्पर्धामा क्लोजेट टु दि

सुर्य इष्टर्नमा भुवन च्याम्पियन(फोटोफिचर)

Image
धरान । नेपालका नम्वर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछि पार्दै भुवन नगरकोटी(उमेश)ले सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शुक्रबार ३ अण्डर ६७ को स्कोर खेलेका उनले कुल ४ अण्डर २०६ स्कोरका साथ उपाधि चुमेका हुन् । पहिलो दिन एक अण्डर ६९ स्कोर गर्दै उनी तेस्रो स्थानमा थिए भने दोस्रो दिन इभन पार ७० स्कोर खेल्दै उनी तेस्रो स्थानमा थिए । एक स्ट्रोकले पछि परेका शिवराम कुल ३ अण्डर १३८ स्कोरका साथ दोस्रो स्थानमा चित्त बुझाए । नगरकोटीले च्याम्पियन ट्रफीसँगै नगद एक लाख हात पारे । सन् २००१ देखि प्रो टर्न भएका भुवनको खेल जीवनमा यो दोस्रो उपाधि हो । यसअघि उनले गत बर्ष पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन जितेका थिए । तेस्रो दिन सुखद शुरुवात गर्ने क्रमममा फ्रन्ट नाइनमा पहिलो, दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए भने तेस्रो, चौथो र नवौ होलमा बुगी खेप्दै २ अण्डर ३३ को कार्ड बनाए । ब्याक नाइन एक अण्डर ३४ खेल्ने क्रममा १४ औं, १६ औं र १८ औं होलमा बर्डी गरे भने ११ औं र १३ औं होलमा बुगी खेपेका